< မထိး 13 >
1 အပရဉ္စ တသ္မိန် ဒိနေ ယီၑုး သဒ္မနော ဂတွာ သရိတ္ပတေ ရောဓသိ သမုပဝိဝေၑ၊
त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्नुभयो ।
2 တတြ တတ္သန္နိဓော် ဗဟုဇနာနာံ နိဝဟောပသ္ထိတေး သ တရဏိမာရုဟျ သမုပါဝိၑတ်, တေန မာနဝါ ရောဓသိ သ္ထိတဝန္တး၊
उहाँको वरिपरि एउटा ठुलो भिड जम्मा भयो । त्यसैले, उहाँ एउटा डुङ्गाभित्र जानुभयो र त्यहाँ बस्नुभयो । सबै भिड समुद्रको किनारमा उभियो ।
3 တဒါနီံ သ ဒၖၐ္ဋာန္တဲသ္တာန် ဣတ္ထံ ဗဟုၑ ဥပဒိၐ္ဋဝါန်၊ ပၑျတ, ကၑ္စိတ် ကၖၐီဝလော ဗီဇာနိ ဝပ္တုံ ဗဟိရ္ဇဂါမ,
तब येशूले दृष्टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्नुभयो । उहाँले यसो भन्नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।
4 တသျ ဝပနကာလေ ကတိပယဗီဇေၐု မာရ္ဂပါရ္ၑွေ ပတိတေၐု ဝိဟဂါသ္တာနိ ဘက္ၐိတဝန္တး၊
जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए ।
5 အပရံ ကတိပယဗီဇေၐု သ္တောကမၖဒျုက္တပါၐာဏေ ပတိတေၐု မၖဒလ္ပတွာတ် တတ္က္ၐဏာတ် တာနျင်္ကုရိတာနိ,
अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन ।
6 ကိန္တု ရဝါဝုဒိတေ ဒဂ္ဓာနိ တေၐာံ မူလာပြဝိၐ္ဋတွာတ် ၑုၐ္ကတာံ ဂတာနိ စ၊
तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।
7 အပရံ ကတိပယဗီဇေၐု ကဏ္ဋကာနာံ မဓျေ ပတိတေၐု ကဏ္ဋကာနျေဓိတွာ တာနိ ဇဂြသုး၊
अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए ।
8 အပရဉ္စ ကတိပယဗီဇာနိ ဥရွွရာယာံ ပတိတာနိ; တေၐာံ မဓျေ ကာနိစိတ် ၑတဂုဏာနိ ကာနိစိတ် ၐၐ္ဋိဂုဏာနိ ကာနိစိတ် တြိံၑဂုံဏာနိ ဖလာနိ ဖလိတဝန္တိ၊
अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्न उब्जाए ।
9 ၑြောတုံ ယသျ ၑြုတီ အာသာတေ သ ၑၖဏုယာတ်၊
जोसँग कान छ, उसले सुनोस् ।”
10 အနန္တရံ ၑိၐျဲရာဂတျ သော'ပၖစ္ဆျတ, ဘဝတာ တေဘျး ကုတော ဒၖၐ္ဋာန္တကထာ ကထျတေ?
चेलाहरू आएर येशूलाई भने, “तपाईं भिडहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?”
11 တတး သ ပြတျဝဒတ်, သွရ္ဂရာဇျသျ နိဂူဎာံ ကထာံ ဝေဒိတုံ ယုၐ္မဘျံ သာမရ္ထျမဒါယိ, ကိန္တု တေဘျော နာဒါယိ၊
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।
12 ယသ္မာဒ် ယသျာန္တိကေ ဝရ္ဒ္ဓတေ, တသ္မာယေဝ ဒါယိၐျတေ, တသ္မာတ် တသျ ဗာဟုလျံ ဘဝိၐျတိ, ကိန္တု ယသျာန္တိကေ န ဝရ္ဒ္ဓတေ, တသျ ယတ် ကိဉ္စနာသ္တေ, တဒပိ တသ္မာဒ် အာဒါယိၐျတေ၊
किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।
13 တေ ပၑျန္တောပိ န ပၑျန္တိ, ၑၖဏွန္တောပိ န ၑၖဏွန္တိ, ဗုဓျမာနာ အပိ န ဗုဓျန္တေ စ, တသ္မာတ် တေဘျော ဒၖၐ္ဋာန္တကထာ ကထျတေ၊
त्यसैले, तिनीहरूसँग म दृष्टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् ।
14 ယထာ ကရ္ဏဲး ၑြောၐျထ ယူယံ ဝဲ ကိန္တု ယူယံ န ဘောတ္သျထ၊ နေတြဲရ္ဒြက္ၐျထ ယူယဉ္စ ပရိဇ္ဉာတုံ န ၑက္ၐျထ၊ တေ မာနုၐာ ယထာ နဲဝ ပရိပၑျန္တိ လောစနဲး၊ ကရ္ဏဲ ရျထာ န ၑၖဏွန္တိ န ဗုဓျန္တေ စ မာနသဲး၊ ဝျာဝရ္တ္တိတေၐု စိတ္တေၐု ကာလေ ကုတြာပိ တဲရ္ဇနဲး၊ မတ္တသ္တေ မနုဇား သွသ္ထာ ယထာ နဲဝ ဘဝန္တိ စ၊ တထာ တေၐာံ မနုၐျာဏာံ ကြိယန္တေ သ္ထူလဗုဒ္ဓယး၊ ဗဓိရီဘူတကရ္ဏာၑ္စ ဇာတာၑ္စ မုဒြိတာ ဒၖၑး၊
तिनीहरूका निम्ति यशैया अगमवक्ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।
15 ယဒေတာနိ ဝစနာနိ ယိၑယိယဘဝိၐျဒွါဒိနာ ပြောက္တာနိ တေၐု တာနိ ဖလန္တိ၊
किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरू सुन्नलाई कठोर भएका छन्, र तिनीहरू फेरि फर्केलान्, र मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् । यसैले, तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, वा तिनीहरूले आफ्ना कानले सुन्दैनन्, वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन् ।’
16 ကိန္တု ယုၐ္မာကံ နယနာနိ ဓနျာနိ, ယသ္မာတ် တာနိ ဝီက္ၐန္တေ; ဓနျာၑ္စ ယုၐ္မာကံ ၑဗ္ဒဂြဟား, ယသ္မာတ် တဲရာကရ္ဏျတေ၊
तर धन्यका हुन तिम्रा आँखा, किनकि तिनले देख्छन्; र तिम्रा कान, किनकि तिनले सुन्दछन् ।
17 မယာ ယူယံ တထျံ ဝစာမိ ယုၐ္မာဘိ ရျဒျဒ် ဝီက္ၐျတေ, တဒ် ဗဟဝေါ ဘဝိၐျဒွါဒိနော ဓာရ္မ္မိကာၑ္စ မာနဝါ ဒိဒၖက္ၐန္တောပိ ဒြၐ္ဋုံ နာလဘန္တ, ပုနၑ္စ ယူယံ ယဒျတ် ၑၖဏုထ, တတ် တေ ၑုၑြူၐမာဏာ အပိ ၑြောတုံ နာလဘန္တ၊
साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूले जे देखेका छौ धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले ती हेर्ने इच्छा गरे, र तिनीहरूले ती देखेनन् । तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्ने इच्छा गरे, तर तिनीहरूले ती सुनेनन् ।
18 ကၖၐီဝလီယဒၖၐ္ဋာန္တသျာရ္ထံ ၑၖဏုတ၊
तब बिउ छर्नेको दृष्टान्त सुन ।
19 မာရ္ဂပါရ္ၑွေ ဗီဇာနျုပ္တာနိ တသျာရ္ထ ဧၐး, ယဒါ ကၑ္စိတ် ရာဇျသျ ကထာံ နိၑမျ န ဗုဓျတေ, တဒါ ပါပါတ္မာဂတျ တဒီယမနသ ဥပ္တာံ ကထာံ ဟရန် နယတိ၊
जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो ।
20 အပရံ ပါၐာဏသ္ထလေ ဗီဇာနျုပ္တာနိ တသျာရ္ထ ဧၐး; ကၑ္စိတ် ကထာံ ၑြုတွဲဝ ဟရ္ၐစိတ္တေန ဂၖဟ္လာတိ,
ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ ।
21 ကိန္တု တသျ မနသိ မူလာပြဝိၐ္ဋတွာတ် သ ကိဉ္စိတ္ကာလမာတြံ သ္ထိရသ္တိၐ္ဌတိ; ပၑ္စာတ တတ္ကထာကာရဏာတ် ကောပိ က္လေသ္တာဍနာ ဝါ စေတ် ဇာယတေ, တရှိ သ တတ္က္ၐဏာဒ် ဝိဃ္နမေတိ၊
तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ ।
22 အပရံ ကဏ္ဋကာနာံ မဓျေ ဗီဇာနျုပ္တာနိ တဒရ္ထ ဧၐး; ကေနစိတ် ကထာယာံ ၑြုတာယာံ သာံသာရိကစိန္တာဘိ ရ္ဘြာန္တိဘိၑ္စ သာ ဂြသျတေ, တေန သာ မာ ဝိဖလာ ဘဝတိ၊ (aiōn )
काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ । (aiōn )
23 အပရမ် ဥရွွရာယာံ ဗီဇာနျုပ္တာနိ တဒရ္ထ ဧၐး; ယေ တာံ ကထာံ ၑြုတွာ ဝုဓျန္တေ, တေ ဖလိတား သန္တး ကေစိတ် ၑတဂုဏာနိ ကေစိတ ၐၐ္ဋိဂုဏာနိ ကေစိစ္စ တြိံၑဒ္ဂုဏာနိ ဖလာနိ ဇနယန္တိ၊
असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”
24 အနန္တရံ သောပရာမေကာံ ဒၖၐ္ဋာန္တကထာမုပသ္ထာပျ တေဘျး ကထယာမာသ; သွရ္ဂီယရာဇျံ တာဒၖၑေန ကေနစိဒ် ဂၖဟသ္ထေနောပမီယတေ, ယေန သွီယက္ၐေတြေ ပြၑသ္တဗီဇာနျော်ပျန္တ၊
येशूले तिनीहरूलाई अर्को दृष्टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्यो ।
25 ကိန္တု က္ၐဏဒါယာံ သကလလောကေၐု သုပ္တေၐု တသျ ရိပုရာဂတျ တေၐာံ ဂေါဓူမဗီဇာနာံ မဓျေ ဝနျယဝမဗီဇာနျုပ္တွာ ဝဝြာဇ၊
तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो ।
26 တတော ယဒါ ဗီဇေဘျော'င်္ကရာ ဇာယမာနား ကဏိၑာနိ ဃၖတဝန္တး; တဒါ ဝနျယဝသာနျပိ ဒၖၑျမာနာနျဘဝန်၊
जब बोट देखा पर्यो र तिनीहरूले अन्न फलाउन थाले, तब सामाहरू पनि देखा परे ।
27 တတော ဂၖဟသ္ထသျ ဒါသေယာ အာဂမျ တသ္မဲ ကထယာဉ္စကြုး, ဟေ မဟေစ္ဆ, ဘဝတာ ကိံ က္ၐေတြေ ဘဒြဗီဇာနိ နော်ပျန္တ? တထာတွေ ဝနျယဝသာနိ ကၖတ အာယန်?
त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र? अहिले यिनमा सामाहरू कसरी आए?’
28 တဒါနီံ တေန တေ ပြတိဂဒိတား, ကေနစိတ် ရိပုဏာ ကရ္မ္မဒမကာရိ၊ ဒါသေယား ကထယာမာသုး, ဝယံ ဂတွာ တာနျုတ္ပာယျ က္ၐိပါမော ဘဝတး ကီဒၖၑီစ္ဆာ ဇာယတေ?
तिनले उनीहरूलाई भने, ‘यो एउटा शत्रुले गरेको हो ।’ ती दासहरूले तिनलाई भने, ‘के हामी गएर त्यसलाई उखालेको तपाईं चाहनुहुन्छ?’
29 တေနာဝါဒိ, နဟိ, ၑင်္ကေ'ဟံ ဝနျယဝသောတ္ပာဋနကာလေ ယုၐ္မာဘိသ္တဲး သာကံ ဂေါဓူမာ အပျုတ္ပာဋိၐျန္တေ၊
त्यस जमिनका मालिकले भने, ‘होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ, तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला ।
30 အတး ၑ္သျကရ္တ္တနကာလံ ယာဝဒ် ဥဘယာနျပိ သဟ ဝရ္ဒ္ဓန္တာံ, ပၑ္စာတ် ကရ္တ္တနကာလေ ကရ္တ္တကာန် ဝက္ၐျာမိ, ယူယမာဒေါ် ဝနျယဝသာနိ သံဂၖဟျ ဒါဟယိတုံ ဝီဋိကာ ဗဒွွာ သ္ထာပယတ; ကိန္တု သရွွေ ဂေါဓူမာ ယုၐ္မာဘိ ရ္ဘာဏ္ဍာဂါရံ နီတွာ သ္ထာပျန္တာမ်၊
कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ । कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्नेछु, “पहिले सामाहरूलाई उखेल र त्यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर’ ।”
31 အနန္တရံ သောပရာမေကာံ ဒၖၐ္ဋာန္တကထာမုတ္ထာပျ တေဘျး ကထိတဝါန် ကၑ္စိန္မနုဇး သရ္ၐပဗီဇမေကံ နီတွာ သွက္ၐေတြ ဥဝါပ၊
त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो । उहाँले भन्नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्यो ।
32 သရ္ၐပဗီဇံ သရွွသ္မာဒ် ဗီဇာတ် က္ၐုဒြမပိ သဒင်္ကုရိတံ သရွွသ္မာတ် ၑာကာတ် ဗၖဟဒ် ဘဝတိ; သ တာဒၖၑသ္တရု ရ္ဘဝတိ, ယသျ ၑာခါသု နဘသး ခဂါ အာဂတျ နိဝသန္တိ; သွရ္ဂီယရာဇျံ တာဒၖၑသျ သရ္ၐပဲကသျ သမမ်၊
यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ । यो एउटा रुख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।”
33 ပုနရပိ သ ဥပမာကထာမေကာံ တေဘျး ကထယာဉ္စကာရ; ကာစန ယောၐိတ် ယတ် ကိဏွမာဒါယ ဒြောဏတြယမိတဂေါဓူမစူရ္ဏာနာံ မဓျေ သရွွေၐာံ မိၑြီဘဝနပရျျန္တံ သမာစ္ဆာဒျ နိဓတ္တဝတီ, တတ္ကိဏွမိဝ သွရ္ဂရာဇျံ၊
त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्यचाहिँ खमिरजस्तो हो जुन एउटी स्त्रीले लिइन् र तिन कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन् ।”
34 ဣတ္ထံ ယီၑု ရ္မနုဇနိဝဟာနာံ သန္နိဓာဝုပမာကထာဘိရေတာနျာချာနာနိ ကထိတဝါန် ဥပမာံ ဝိနာ တေဘျး ကိမပိ ကထာံ နာကထယတ်၊
येशूले यी सबै कुरा भिडलाई दृष्टान्तहरूमा भन्नुभयो । अनि दृष्टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन ।
35 ဧတေန ဒၖၐ္ဋာန္တီယေန ဝါကျေန ဝျာဒါယ ဝဒနံ နိဇံ၊ အဟံ ပြကာၑယိၐျာမိ ဂုပ္တဝါကျံ ပုရာဘဝံ၊ ယဒေတဒွစနံ ဘဝိၐျဒွါဒိနာ ပြောက္တမာသီတ်, တတ် သိဒ္ဓမဘဝတ်၊
योचाहिँ अगमवक्ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्नुभयो, “म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”
36 သရွွာန် မနုဇာန် ဝိသၖဇျ ယီၑော် ဂၖဟံ ပြဝိၐ္ဋေ တစ္ဆိၐျာ အာဂတျ ယီၑဝေ ကထိတဝန္တး, က္ၐေတြသျ ဝနျယဝသီယဒၖၐ္ဋာန္တကထာမ် ဘဝါန အသ္မာန် သ္ပၐ္ဋီကၖတျ ဝဒတု၊
तब येशूले भिडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको दृष्टान्त हामीलाई व्याख्या गरिदिनुहोस् ।”
37 တတး သ ပြတျုဝါစ, ယေန ဘဒြဗီဇာနျုပျန္တေ သ မနုဇပုတြး,
येशूले जवाफ दिनुभयो र भन्नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् ।
38 က္ၐေတြံ ဇဂတ်, ဘဒြဗီဇာနီ ရာဇျသျ သန္တာနား,
बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्टका छोराहरू हुन्,
39 ဝနျယဝသာနိ ပါပါတ္မနး သန္တာနား၊ ယေန ရိပုဏာ တာနျုပ္တာနိ သ ၑယတာနး, ကရ္တ္တနသမယၑ္စ ဇဂတး ၑေၐး, ကရ္တ္တကား သွရ္ဂီယဒူတား၊ (aiōn )
र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिँ दुष्ट हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिँ स्वर्गदूतहरू हुन् । (aiōn )
40 ယထာ ဝနျယဝသာနိ သံဂၖဟျ ဒါဟျန္တေ, တထာ ဇဂတး ၑေၐေ ဘဝိၐျတိ; (aiōn )
त्यसैले, जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ । (aiōn )
41 အရ္ထာတ် မနုဇသုတး သွာံယဒူတာန် ပြေၐယိၐျတိ, တေန တေ စ တသျ ရာဇျာတ် သရွွာန် ဝိဃ္နကာရိဏော'ဓာရ္မ္မိကလောကာံၑ္စ သံဂၖဟျ
मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् ।
42 ယတြ ရောဒနံ ဒန္တဃရ္ၐဏဉ္စ ဘဝတိ, တတြာဂ္နိကုဏ္ဍေ နိက္ၐေပ္သျန္တိ၊
तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
43 တဒါနီံ ဓာရ္မ္မိကလောကား သွေၐာံ ပိတူ ရာဇျေ ဘာသ္ကရဣဝ တေဇသွိနော ဘဝိၐျန္တိ၊ ၑြောတုံ ယသျ ၑြုတီ အာသာတေ, မ ၑၖဏုယာတ်၊
तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्कनेछन् । जससँग कान छ, उसले सुनोस् ।
44 အပရဉ္စ က္ၐေတြမဓျေ နိဓိံ ပၑျန် ယော ဂေါပယတိ, တတး ပရံ သာနန္ဒော ဂတွာ သွီယသရွွသွံ ဝိကြီယ တ္တက္ၐေတြံ ကြီဏာတိ, သ ဣဝ သွရ္ဂရာဇျံ၊
स्वर्गको राज्यचाहिँ जमिनमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । उसको आनन्दमा ऊ जान्छ, उसँग भएका सबैथोक बेच्छ, अनि उसले त्यो जमिन किन्छ ।
45 အနျဉ္စ ယော ဝဏိက် ဥတ္တမာံ မုက္တာံ ဂဝေၐယန္
फेरि, स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो ।
46 မဟာရ္ဃာံ မုက္တာံ ဝိလောကျ နိဇသရွွသွံ ဝိကြီယ တာံ ကြီဏာတိ, သ ဣဝ သွရ္ဂရာဇျံ၊
जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो ।
47 ပုနၑ္စ သမုဒြော နိက္ၐိပ္တး သရွွပြကာရမီနသံဂြာဟျာနာယဣဝ သွရ္ဂရာဇျံ၊
फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो ।
48 တသ္မိန် အာနာယေ ပူရ္ဏေ ဇနာ ယထာ ရောဓသျုတ္တောလျ သမုပဝိၑျ ပြၑသ္တမီနာန် သံဂြဟျ ဘာဇနေၐု နိဒဓတေ, ကုတ္သိတာန် နိက္ၐိပန္တိ;
जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्ने चिजहरूलाई फ्याँकिदिए ।
49 တထဲဝ ဇဂတး ၑေၐေ ဘဝိၐျတိ, ဖလတး သွရ္ဂီယဒူတာ အာဂတျ ပုဏျဝဇ္ဇနာနာံ မဓျာတ် ပါပိနး ပၖထက် ကၖတွာ ဝဟ္နိကုဏ္ဍေ နိက္ၐေပ္သျန္တိ, (aiōn )
संसारको अन्तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्टहरूलाई छुट्ट्याउनेछन् । (aiōn )
50 တတြ ရောဒနံ ဒန္တဲ ရ္ဒန္တဃရ္ၐဏဉ္စ ဘဝိၐျတး၊
उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
51 ယီၑုနာ တေ ပၖၐ္ဋာ ယုၐ္မာဘိး ကိမေတာနျာချာနာနျဗုဓျန္တ? တဒါ တေ ပြတျဝဒန်, သတျံ ပြဘော၊
के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौँ ।”
52 တဒါနီံ သ ကထိတဝါန်, နိဇဘာဏ္ဍာဂါရာတ် နဝီနပုရာတနာနိ ဝသ္တူနိ နိရ္ဂမယတိ ယော ဂၖဟသ္ထး သ ဣဝ သွရ္ဂရာဇျမဓိ ၑိက္ၐိတား သွရွ ဥပဒေၐ္ဋာရး၊
तब येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसकारण, स्वर्गको राज्यको चेला बनेको हरेक शास्त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।”
53 အနန္တရံ ယီၑုရေတား သရွွာ ဒၖၐ္ဋာန္တကထား သမာပျ တသ္မာတ် သ္ထာနာတ် ပြတသ္ထေ၊ အပရံ သွဒေၑမာဂတျ ဇနာန် ဘဇနဘဝန ဥပဒိၐ္ဋဝါန်;
येशूले यी दृष्टान्तहरू सक्नुभएपछि उहाँ त्यस ठाउँबाट जानुभयो ।
54 တေ ဝိသ္မယံ ဂတွာ ကထိတဝန္တ ဧတသျဲတာဒၖၑံ ဇ္ဉာနမ် အာၑ္စရျျံ ကရ္မ္မ စ ကသ္မာဒ် အဇာယတ?
तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिँ यस्तो भयो, कि तिनीहरू आश्चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्चर्यकर्महरू कहाँबाट पाउँछन्?
55 ကိမယံ သူတြဓာရသျ ပုတြော နဟိ? ဧတသျ မာတု ရ္နာမ စ ကိံ မရိယမ် နဟိ? ယာကုဗ်-ယူၐဖ်-ၑိမောန်-ယိဟူဒါၑ္စ ကိမေတသျ ဘြာတရော နဟိ?
के यी मानिस सिकर्मीका छोरा होइनन् र? के उनकी आमा मरियम होइनन् र? अनि उनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा होइनन् र?
56 ဧတသျ ဘဂိနျၑ္စ ကိမသ္မာကံ မဓျေ န သန္တိ? တရှိ ကသ္မာဒယမေတာနိ လဗ္ဓဝါန်? ဣတ္ထံ သ တေၐာံ ဝိဃ္နရူပေါ ဗဘူဝ;
अनि उनका सबै बहिनी हाम्रै माझमा छैनन् र? त्यसैले, यी मानिसले यी सबै कुरा कहाँबाट पाउँछन् त?”
57 တတော ယီၑုနာ နိဂဒိတံ သွဒေၑီယဇနာနာံ မဓျံ ဝိနာ ဘဝိၐျဒွါဒီ ကုတြာပျနျတြ နာသမ္မာနျော ဘဝတီ၊
तिनीहरू उहाँबाट अप्रसन्न भए । तर येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको आदर नहुने भनेको उनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।”
58 တေၐာမဝိၑွာသဟေတေား သ တတြ သ္ထာနေ ဗဟွာၑ္စရျျကရ္မ္မာဏိ န ကၖတဝါန်၊
र तिनीहरूको अविश्वासको कारण उहाँले त्यहाँ धेरै आश्चर्यकर्महरू गर्नुभएन ।