< လူကး 7 >

1 တတး ပရံ သ လောကာနာံ ကရ္ဏဂေါစရေ တာန် သရွွာန် ဥပဒေၑာန် သမာပျ ယဒါ ကဖရ္နာဟူမ္ပုရံ ပြဝိၑတိ
सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्‍नुभएपछि येशू कफर्नहुममा प्रवेश गर्नुभयो ।
2 တဒါ ၑတသေနာပတေး ပြိယဒါသ ဧကော မၖတကလ္ပး ပီဍိတ အာသီတ်၊
एउटा कप्‍तानको दास जो उनका लागि अति नै महत्त्वपूर्ण थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो ।
3 အတး သေနာပတိ ရျီၑော ရွာရ္တ္တာံ နိၑမျ ဒါသသျာရောဂျကရဏာယ တသျာဂမနာရ္ထံ ဝိနယကရဏာယ ယိဟူဒီယာန် ကိယတး ပြာစး ပြေၐယာမာသ၊
तर उनले येशूको बारेमा सुनेको हुनाले कप्‍तानले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गएर उहाँ आएर आफ्नो दासलाई मर्नदेखि बचाइ दिनुहोस् भनी पठायो ।
4 တေ ယီၑောရန္တိကံ ဂတွာ ဝိနယာတိၑယံ ဝက္တုမာရေဘိရေ, သ သေနာပတိ ရ္ဘဝတောနုဂြဟံ ပြာပ္တုမ် အရှတိ၊
जब तिनीहरू येशूको नजिक आए, तब तिनीहरूले उहाँसँग यसो भन्दै बिन्ती गरे, तिनी योग्यका छन् यो तिनका निम्ति तपाईंले गरिदिनुहोस् ।
5 ယတး သောသ္မဇ္ဇာတီယေၐု လောကေၐု ပြီယတေ တထာသ္မတ္ကၖတေ ဘဇနဂေဟံ နိရ္မ္မိတဝါန်၊
किनकि उनले हाम्रा जातिहरूलाई प्रेम गर्छन् र उनी तिनै नै हुन् जसले हाम्रा लागि सभाघर पनि निर्माण गरिदिएका छन् ।”
6 တသ္မာဒ် ယီၑုသ္တဲး သဟ ဂတွာ နိဝေၑနသျ သမီပံ ပြာပ, တဒါ သ ၑတသေနာပတိ ရွက္ၐျမာဏဝါကျံ တံ ဝက္တုံ ဗန္ဓူန် ပြာဟိဏောတ်၊ ဟေ ပြဘော သွယံ ၑြမော န ကရ္တ္တဝျော ယဒ် ဘဝတာ မဒ္ဂေဟမဓျေ ပါဒါရ္ပဏံ ကြိယေတ တဒပျဟံ နာရှာမိ,
त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्‍नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्‍तानले साथीहरू पठाएर उहाँलाई यसो भन्‍न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ ।
7 ကိဉ္စာဟံ ဘဝတ္သမီပံ ယာတုမပိ နာတ္မာနံ ယောဂျံ ဗုဒ္ဓဝါန်, တတော ဘဝါန် ဝါကျမာတြံ ဝဒတု တေနဲဝ မမ ဒါသး သွသ္ထော ဘဝိၐျတိ၊
यही कारणले मैले आफैँलाई तपाईंकहाँ आउने प्रर्याप्‍त योग्यको ठानिनँ, तर वचन बोली दिनुहोस् र मेरो दास निको हुनेछ ।
8 ယသ္မာဒ် အဟံ ပရာဓီနောပိ မမာဓီနာ ယား သေနား သန္တိ တာသာမ် ဧကဇနံ ပြတိ ယာဟီတိ မယာ ပြောက္တေ သ ယာတိ; တဒနျံ ပြတိ အာယာဟီတိ ပြောက္တေ သ အာယာတိ; တထာ နိဇဒါသံ ပြတိ ဧတတ် ကုရွွိတိ ပြောက္တေ သ တဒေဝ ကရောတိ၊
किनकि म पनि एउटा अधिकार पाएको मानिस हुँ र मेरोमुनि सिपाहीहरू छन् । मैले एउटलाई जा भन्छु र त्यो जान्छ र अर्कोलाई आइज भन्छु र त्यो आउँछ र मेरो दासलाई ‘यसो गर भन्छु, ‘त्यसले त्यो गर्छ ।”
9 ယီၑုရိဒံ ဝါကျံ ၑြုတွာ ဝိသ္မယံ ယယော်, မုခံ ပရာဝရ္တျ ပၑ္စာဒွရ္တ္တိနော လောကာန် ဗဘာၐေ စ, ယုၐ္မာနဟံ ဝဒါမိ ဣသြာယေလော ဝံၑမဓျေပိ ဝိၑွာသမီဒၖၑံ န ပြာပ္နဝံ၊
जब येशूले त्यो सुन्‍नुभयो, उहाँ अचम्मित हुनुभयो र भिडतिर फर्केर उनलाई देखाउँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, कि इस्राएलमा पनि मैले कसैमा यस्तो विश्‍वास भेट्टाएको छैन ।”
10 တတသ္တေ ပြေၐိတာ ဂၖဟံ ဂတွာ တံ ပီဍိတံ ဒါသံ သွသ္ထံ ဒဒၖၑုး၊
तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए ।
11 ပရေ'ဟနိ သ နာယီနာချံ နဂရံ ဇဂါမ တသျာနေကေ ၑိၐျာ အနျေ စ လောကာသ္တေန သာရ္ဒ္ဓံ ယယုး၊
त्यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा यात्रा गरिरहनुभएको थियो । मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए ।
12 တေၐု တန္နဂရသျ ဒွါရသန္နိဓိံ ပြာပ္တေၐု ကိယန္တော လောကာ ဧကံ မၖတမနုဇံ ဝဟန္တော နဂရသျ ဗဟိရျာန္တိ, သ တန္မာတုရေကပုတြသ္တန္မာတာ စ ဝိဓဝါ; တယာ သာရ္ဒ္ဓံ တန္နဂရီယာ ဗဟဝေါ လောကာ အာသန်၊
जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो ।
13 ပြဘုသ္တာံ ဝိလောကျ သာနုကမ္ပး ကထယာမာသ, မာ ရောဒီး၊ သ သမီပမိတွာ ခဋွာံ ပသ္ပရ္ၑ တသ္မာဒ် ဝါဟကား သ္ထဂိတာသ္တမျုး;
तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ ।”
14 တဒါ သ ဥဝါစ ဟေ ယုဝမနုၐျ တွမုတ္တိၐ္ဌ, တွာမဟမ် အာဇ္ဉာပယာမိ၊
तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्‍नेहरू टक्‍क अडिए । उहाँले भन्‍नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।”
15 တသ္မာတ် သ မၖတော ဇနသ္တတ္က္ၐဏမုတ္ထာယ ကထာံ ပြကထိတး; တတော ယီၑုသ္တသျ မာတရိ တံ သမရ္ပယာမာသ၊
मृत मानिस उठ्यो र बोल्न थाल्यो । तब येशूले उसलाई उसकी आमालाई सुम्पनुभयो ।
16 တသ္မာတ် သရွွေ လောကား ၑၑင်္ကိရေ; ဧကော မဟာဘဝိၐျဒွါဒီ မဓျေ'သ္မာကမ် သမုဒဲတ်, ဤၑွရၑ္စ သွလောကာနနွဂၖဟ္လာတ် ကထာမိမာံ ကထယိတွာ ဤၑွရံ ဓနျံ ဇဂဒုး၊
तब तिनीहरू सबै डराए । तिनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरिरहे, “हाम्रा बिचमा एउटा महान् अगमवक्‍ता खडा भएका छन् र परमेश्‍वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।”
17 တတး ပရံ သမသ္တံ ယိဟူဒါဒေၑံ တသျ စတုရ္ဒိက္သ္ထဒေၑဉ္စ တသျဲတတ္ကီရ္တ္တိ ရွျာနၑေ၊
येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो ।
18 တတး ပရံ ယောဟနး ၑိၐျေၐု တံ တဒွၖတ္တာန္တံ ဇ္ဉာပိတဝတ္သု
यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।
19 သ သွၑိၐျာဏာံ ဒွေါ် ဇနာဝါဟူယ ယီၑုံ ပြတိ ဝက္ၐျမာဏံ ဝါကျံ ဝက္တုံ ပြေၐယာမာသ, ယသျာဂမနမ် အပေက္ၐျ တိၐ္ဌာမော ဝယံ ကိံ သ ဧဝ ဇနသ္တွံ? ကိံ ဝယမနျမပေက္ၐျ သ္ထာသျာမး?
तब यूहन्‍नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाएर प्रभुकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ?
20 ပၑ္စာတ္တော် မာနဝေါ် ဂတွာ ကထယာမာသတုး, ယသျာဂမနမ် အပေက္ၐျ တိၐ္ဌာမော ဝယံ, ကိံ သဧဝ ဇနသ္တွံ? ကိံ ဝယမနျမပေက္ၐျ သ္ထာသျာမး? ကထာမိမာံ တုဘျံ ကထယိတုံ ယောဟန် မဇ္ဇက အာဝါံ ပြေၐိတဝါန်၊
जब तिनीहरू येशूको नजिक गए, तब तिनीहरूले यसो भने, बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ?”
21 တသ္မိန် ဒဏ္ဍေ ယီၑူရောဂိဏော မဟာဝျာဓိမတော ဒုၐ္ဋဘူတဂြသ္တာံၑ္စ ဗဟူန် သွသ္ထာန် ကၖတွာ, အနေကာန္ဓေဘျၑ္စက္ၐုံၐိ ဒတ္တွာ ပြတျုဝါစ,
त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो ।
22 ယုဝါံ ဝြဇတမ် အန္ဓာ နေတြာဏိ ခဉ္ဇာၑ္စရဏာနိ စ ပြာပ္နုဝန္တိ, ကုၐ္ဌိနး ပရိၐ္ကြိယန္တေ, ဗဓိရား ၑြဝဏာနိ မၖတာၑ္စ ဇီဝနာနိ ပြာပ္နုဝန္တိ, ဒရိဒြာဏာံ သမီပေၐု သုသံဝါဒး ပြစာရျျတေ, ယံ ပြတိ ဝိဃ္နသွရူပေါဟံ န ဘဝါမိ သ ဓနျး,
येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । दृष्‍टिविहीनहरूले दृष्‍टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्‍नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ ।
23 ဧတာနိ ယာနိ ပၑျထး ၑၖဏုထၑ္စ တာနိ ယောဟနံ ဇ္ဉာပယတမ်၊
मेरो क्रियाकलापको कारणले मलाई विश्‍वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो ।
24 တယော ရ္ဒူတယော ရ္ဂတယေား သတော ရျောဟနိ သ လောကာန် ဝက္တုမုပစကြမေ, ယူယံ မဓျေပြာန္တရံ ကိံ ဒြၐ္ဋုံ နိရဂမတ? ကိံ ဝါယုနာ ကမ္ပိတံ နဍံ?
यूहन्‍नाका समाचार वाहकहरू गइसकेपछि येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमी उजाड-स्थानमा के हेर्नलाई गयौ, के बतासले हल्लाइराखेको निगालोलाई?
25 ယူယံ ကိံ ဒြၐ္ဋုံ နိရဂမတ? ကိံ သူက္ၐ္မဝသ္တြပရိဓာယိနံ ကမပိ နရံ? ကိန္တု ယေ သူက္ၐ္မမၖဒုဝသ္တြာဏိ ပရိဒဓတိ သူတ္တမာနိ ဒြဝျာဏိ ဘုဉ္ဇတေ စ တေ ရာဇဓာနီၐု တိၐ္ဌန္တိ၊
तर के हेर्नलाई तिमी गयौ, मलमलको कपडा लगाएको एउटा मानिसलाई? हेर, राम्रा सुन्दर कपडा लगाएका मानिसहरू राजाका दरबारमा भोगविलाससाथ जिउँछन् ।
26 တရှိ ယူယံ ကိံ ဒြၐ္ဋုံ နိရဂမတ? ကိမေကံ ဘဝိၐျဒွါဒိနံ? တဒေဝ သတျံ ကိန္တု သ ပုမာန် ဘဝိၐျဒွါဒိနောပိ ၑြေၐ္ဌ ဣတျဟံ ယုၐ္မာန် ဝဒါမိ;
तर के हेर्नलाई तिमीहरू बाहिर गयौ, एउटा अगमवक्‍तालाई? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्‍ताभन्दा पनि महान् यहाँ छ ।
27 ပၑျ သွကီယဒူတန္တု တဝါဂြ ပြေၐယာမျဟံ၊ ဂတွာ တွဒီယမာရ္ဂန္တု သ ဟိ ပရိၐ္ကရိၐျတိ၊ ယဒရ္ထေ လိပိရိယမ် အာသ္တေ သ ဧဝ ယောဟန်၊
यो जसको बारेमा लेखिएको छ, हेर, म मेरा सन्‍देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु ।
28 အတော ယုၐ္မာနဟံ ဝဒါမိ သ္တြိယာ ဂရ္ဗ္ဘဇာတာနာံ ဘဝိၐျဒွါဒိနာံ မဓျေ ယောဟနော မဇ္ဇကာတ် ၑြေၐ္ဌး ကောပိ နာသ္တိ, တတြာပိ ဤၑွရသျ ရာဇျေ ယး သရွွသ္မာတ် က္ၐုဒြး သ ယောဟနောပိ ၑြေၐ္ဌး၊
म तिमीहरूलाई भन्दछु, स्‍त्रीहरूबाट जन्मेकाहरूमध्येमा, बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा महान् कोही छैन, तापनि परमेश्‍वरको राज्यमा सबभन्दा कम महत्त्‍वको मानिस पनि उनीभन्दा महान् हुन्छ ।”
29 အပရဉ္စ သရွွေ လောကား ကရမဉ္စာယိနၑ္စ တသျ ဝါကျာနိ ၑြုတွာ ယောဟနာ မဇ္ဇနေန မဇ္ဇိတား ပရမေၑွရံ နိရ္ဒောၐံ မေနိရေ၊
जब सबै मानिसहरूले यो सुने, तब कर उठाउनेहरूसमेत, तिनीहरूले यो घोषणा गरे कि परमेश्‍वर धर्मी हुनुहुन्छ, जसले बप्‍तिस्मा-दिने यूहन्‍नासँगै बप्‍तिस्‍मा लिएका थिए ।
30 ကိန္တု ဖိရူၑိနော ဝျဝသ္ထာပကာၑ္စ တေန န မဇ္ဇိတား သွာန် ပြတီၑွရသျောပဒေၑံ နိၐ္ဖလမ် အကုရွွန်၊
तर फरिसीहरू र यहूदीहरूका व्यवस्थाका पण्डितहरू, जसले उनीबाट बप्‍तिस्‍मा लिएका थिएनन्, तिनीहरू आफैँले आफ्ना निम्ति परमेश्‍वरको बुद्धिलाई इन्कार गरे ।
31 အထ ပြဘုး ကထယာမာသ, ဣဒါနီန္တနဇနာန် ကေနောပမာမိ? တေ ကသျ သဒၖၑား?
यस पुस्ताका मानिसहरूलाई मैले केसित तुलना गरूँ? तिनीहरू केजस्ता छन्?
32 ယေ ဗာလကာ ဝိပဏျာမ် ဥပဝိၑျ ပရသ္ပရမ် အာဟူယ ဝါကျမိဒံ ဝဒန္တိ, ဝယံ ယုၐ္မာကံ နိကဋေ ဝံၑီရဝါဒိၐ္မ, ကိန္တု ယူယံ နာနရ္တ္တိၐ္ဋ, ဝယံ ယုၐ္မာကံ နိကဋ အရောဒိၐ္မ, ကိန္တု ယုယံ န ဝျလပိၐ္ဋ, ဗာလကဲရေတာဒၖၑဲသ္တေၐာမ် ဥပမာ ဘဝတိ၊
तिनीहरू बजार क्षेत्रमा खेलिरहने बालबालिकाहरूजस्ता छन्, जो बस्दछन् र एक अर्कोलाई यसो भन्दै बोलाउँछन्, “हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्‍यौँ, तर तिमीहरू रोएनौ ।”
33 ယတော ယောဟန် မဇ္ဇက အာဂတျ ပူပံ နာခါဒတ် ဒြာက္ၐာရသဉ္စ နာပိဝတ် တသ္မာဒ် ယူယံ ဝဒထ, ဘူတဂြသ္တောယမ်၊
किनकि बप्‍तिस्मा-दिने यूहन्‍ना न रोटी खाँदै आए न त दाखमद्य नै पिउदै आए र पनि तिमीहरू भन्छौ कि उसलाई भूत लागेको छ ।
34 တတး ပရံ မာနဝသုတ အာဂတျာခါဒဒပိဝဉ္စ တသ္မာဒ် ယူယံ ဝဒထ, ခါဒကး သုရာပၑ္စာဏ္ဍာလပါပိနာံ ဗန္ဓုရေကော ဇနော ဒၖၑျတာမ်၊
मानिसका पुत्र खाँदै र पिउँदै आए र तिमीहरू भन्छौ, “हेर, ऊ त एउटा घिचुवा र पियक्‍कड मानिस, कर उठाउने र पापीहरूका मित्र हो ।”
35 ကိန္တု ဇ္ဉာနိနော ဇ္ဉာနံ နိရ္ဒောၐံ ဝိဒုး၊
तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित हुन्छ ।”
36 ပၑ္စာဒေကး ဖိရူၑီ ယီၑုံ ဘောဇနာယ နျမန္တြယတ် တတး သ တသျ ဂၖဟံ ဂတွာ ဘောက္တုမုပဝိၐ္ဋး၊
अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो । त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्‍नुभयो ।
37 ဧတရှိ တတ္ဖိရူၑိနော ဂၖဟေ ယီၑု ရ္ဘေက္တုမ် ဥပါဝေက္ၐီတ် တစ္ဆြုတွာ တန္နဂရဝါသိနီ ကာပိ ဒုၐ္ဋာ နာရီ ပါဏ္ဍရပြသ္တရသျ သမ္ပုဋကေ သုဂန္ဓိတဲလမ် အာနီယ
हेर, त्यस सहरमा एउटी स्‍त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्‍नुभएको छ र तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन् ।
38 တသျ ပၑ္စာတ် ပါဒယေား သန္နိဓော် တသျော် ရုဒတီ စ နေတြာမ္ဗုဘိသ္တသျ စရဏော် ပြက္ၐာလျ နိဇကစဲရမာရ္က္ၐီတ်, တတသ္တသျ စရဏော် စုမ္ဗိတွာ တေန သုဂန္ဓိတဲလေန မမရ္ဒ၊
तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् ।
39 တသ္မာတ် သ နိမန္တြယိတာ ဖိရူၑီ မနသာ စိန္တယာမာသ, ယဒျယံ ဘဝိၐျဒွါဒီ ဘဝေတ် တရှိ ဧနံ သ္ပၖၑတိ ယာ သ္တြီ သာ ကာ ကီဒၖၑီ စေတိ ဇ္ဉာတုံ ၑက္နုယာတ် ယတး သာ ဒုၐ္ဋာ၊
जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए, तब उनले जान्‍ने थिए कि को र कस्ती प्रकारकी स्‍त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्‍त्री हो भनेर ।”
40 တဒါ ယာၑုသ္တံ ဇဂါဒ, ဟေ ၑိမောန် တွာံ ပြတိ မမ ကိဉ္စိဒ် ဝက္တဝျမသ္တိ; တသ္မာတ် သ ဗဘာၐေ, ဟေ ဂုရော တဒ် ဝဒတု၊
येशूले जवाफ दिएर उसलाई भन्‍नुभयो, “सिमोन मैले तिमीलाई केही भन्‍नु छ ।” उसले भन्यो, “गुरुज्यू, भन्‍नुहोस् ।”
41 ဧကောတ္တမရ္ဏသျ ဒွါဝဓမရ္ဏာဝါသ္တာံ, တယောရေကး ပဉ္စၑတာနိ မုဒြာပါဒါန် အပရၑ္စ ပဉ္စာၑတ် မုဒြာပါဒါန် ဓာရယာမာသ၊
येशूले भन्‍नुभयो, “दुई जना मानिसले एक जना साहुबाट ऋण लिएका थिए । एउटाले पाँच सय दिनार ऋण, र अर्कोले पचास दिनार ऋण लिएको रहेछ ।
42 တဒနန္တရံ တယေား ၑောဓျာဘာဝါတ် သ ဥတ္တမရ္ဏသ္တယော ရၖဏေ စက္ၐမေ; တသ္မာတ် တယောရ္ဒွယေား ကသ္တသ္မိန် ပြေၐျတေ ဗဟု? တဒ် ဗြူဟိ၊
तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण, तिनीहरूमध्ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ?”
43 ၑိမောန် ပြတျုဝါစ, မယာ ဗုဓျတေ ယသျာဓိကမ် ၒဏံ စက္ၐမေ သ ဣတိ; တတော ယီၑုသ္တံ ဝျာဇဟာရ, တွံ ယထာရ္ထံ ဝျစာရယး၊
सिमोनले उहाँलाई जवाफ दिए र भने, “म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे । येशूले उसलाई भन्‍नुभयो तिमीले ठिकसित न्याय गर्‍यौ ।”
44 အထ တာံ နာရီံ ပြတိ ဝျာဃုဌျ ၑိမောနမဝေါစတ်, သ္တြီမိမာံ ပၑျသိ? တဝ ဂၖဟေ မယျာဂတေ တွံ ပါဒပြက္ၐာလနာရ္ထံ ဇလံ နာဒါး ကိန္တု ယောၐိဒေၐာ နယနဇလဲ ရ္မမ ပါဒေါ် ပြက္ၐာလျ ကေၑဲရမာရ္က္ၐီတ်၊
येशू स्‍त्रीतिर फर्केर सिमोनलाई भन्‍नुभयो, “तिमी यो स्‍त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् ।
45 တွံ မာံ နာစုမ္ဗီး ကိန္တု ယောၐိဒေၐာ သွီယာဂမနာဒါရဘျ မဒီယပါဒေါ် စုမ္ဗိတုံ န ဝျရံသ္တ၊
तिमीले मलाई म्वाइँ खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैनन् ।
46 တွဉ္စ မဒီယောတ္တမာင်္ဂေ ကိဉ္စိဒပိ တဲလံ နာမရ္ဒီး ကိန္တု ယောၐိဒေၐာ မမ စရဏော် သုဂန္ဓိတဲလေနာမရ္ဒ္ဒီတ်၊
तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर तिनले मेरा पाउमा अत्तर घसिन् ।
47 အတသ္တွာံ ဝျာဟရာမိ, ဧတသျာ ဗဟု ပါပမက္ၐမျတ တတော ဗဟု ပြီယတေ ကိန္တု ယသျာလ္ပပါပံ က္ၐမျတေ သောလ္ပံ ပြီယတေ၊
यो घटनाको कारणले म तिमीलाई भन्दछु, कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ, तिनले धेरै प्रेम गरेकी छन् । तर जसलाई थोरै मात्र क्षमा गरिएको छ, उसले थोरै नै मात्र प्रेम गर्छ ।”
48 တတး ပရံ သ တာံ ဗဘာၐေ, တွဒီယံ ပါပမက္ၐမျတ၊
तब उहाँले तिनलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।”
49 တဒါ တေန သာရ္ဒ္ဓံ ယေ ဘောက္တုမ် ဥပဝိဝိၑုသ္တေ ပရသ္ပရံ ဝက္တုမာရေဘိရေ, အယံ ပါပံ က္ၐမတေ က ဧၐး?
त्यहाँ एकसाथ बसिरहेकाहरूले एक-अर्कामा भन्‍न थाले, ‘पाप क्षमा गर्ने यी को हुन् र?‘
50 ကိန္တု သ တာံ နာရီံ ဇဂါဒ, တဝ ဝိၑွာသသ္တွာံ ပရျျတြာသ္တ တွံ က္ၐေမေဏ ဝြဇ၊
तब येशूले स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”

< လူကး 7 >