< လူကး 20 >

1 အထဲကဒါ ယီၑု ရ္မနိဒရေ သုသံဝါဒံ ပြစာရယန် လောကာနုပဒိၑတိ, ဧတရှိ ပြဓာနယာဇကာ အဓျာပကား ပြာဉ္စၑ္စ တန္နိကဋမာဂတျ ပပြစ္ဆုး
येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए ।
2 ကယာဇ္ဉယာ တွံ ကရ္မ္မာဏျေတာနိ ကရောၐိ? ကော ဝါ တွာမာဇ္ဉာပယတ်? တဒသ္မာန် ဝဒ၊
तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”
3 သ ပြတျုဝါစ, တရှိ ယုၐ္မာနပိ ကထာမေကာံ ပၖစ္ဆာမိ တသျောတ္တရံ ဝဒတ၊
उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु ।
4 ယောဟနော မဇ္ဇနမ် ဤၑွရသျ မာနုၐာဏာံ ဝါဇ္ဉာတော ဇာတံ?
यूहन्‍नाको बप्‍तिस्‍माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट?”
5 တတသ္တေ မိထော ဝိဝိစျ ဇဂဒုး, ယဒီၑွရသျ ဝဒါမသ္တရှိ တံ ကုတော န ပြတျဲတ သ ဣတိ ဝက္ၐျတိ၊
उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’
6 ယဒိ မနုၐျသျေတိ ဝဒါမသ္တရှိ သရွွေ လောကာ အသ္မာန် ပါၐာဏဲ ရှနိၐျန္တိ ယတော ယောဟန် ဘဝိၐျဒွါဒီတိ သရွွေ ဒၖဎံ ဇာနန္တိ၊
तर यदि हामीले मानिसबाट हो भन्यौँ भने, ‘सबै मानिसले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनभने उनीहरूले यूहन्‍नालाई अगमवक्‍ता हो भनी विश्‍वास गरेका छन्’ ।”
7 အတဧဝ တေ ပြတျူစုး ကသျာဇ္ဉယာ ဇာတမ် ဣတိ ဝက္တုံ န ၑက္နုမး၊
यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।”
8 တဒါ ယီၑုရဝဒတ် တရှိ ကယာဇ္ဉယာ ကရ္မ္မာဏျေတာတိ ကရောမီတိ စ ယုၐ္မာန် န ဝက္ၐျာမိ၊
येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”
9 အထ လောကာနာံ သာက္ၐာတ် သ ဣမာံ ဒၖၐ္ဋာန္တကထာံ ဝက္တုမာရေဘေ, ကၑ္စိဒ် ဒြာက္ၐာက္ၐေတြံ ကၖတွာ တတ် က္ၐေတြံ ကၖၐီဝလာနာံ ဟသ္တေၐု သမရ္ပျ ဗဟုကာလာရ္ထံ ဒူရဒေၑံ ဇဂါမ၊
उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।
10 အထ ဖလကာလေ ဖလာနိ ဂြဟီတု ကၖၐီဝလာနာံ သမီပေ ဒါသံ ပြာဟိဏောတ် ကိန္တု ကၖၐီဝလာသ္တံ ပြဟၖတျ ရိက္တဟသ္တံ ဝိသသရ္ဇုး၊
तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए ।
11 တတး သောဓိပတိး ပုနရနျံ ဒါသံ ပြေၐယာမာသ, တေ တမပိ ပြဟၖတျ ကုဝျဝဟၖတျ ရိက္တဟသ္တံ ဝိသသၖဇုး၊
तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए ।
12 တတး သ တၖတီယဝါရမ် အနျံ ပြာဟိဏောတ် တေ တမပိ က္ၐတာင်္ဂံ ကၖတွာ ဗဟိ ရ္နိစိက္ၐိပုး၊
तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकाली दिए ।
13 တဒါ က္ၐေတြပတိ ရွိစာရယာမာသ, မမေဒါနီံ ကိံ ကရ္တ္တဝျံ? မမ ပြိယေ ပုတြေ ပြဟိတေ တေ တမဝၑျံ ဒၖၐ္ဋွာ သမာဒရိၐျန္တေ၊
त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’
14 ကိန္တု ကၖၐီဝလာသ္တံ နိရီက္ၐျ ပရသ္ပရံ ဝိဝိစျ ပြောစုး, အယမုတ္တရာဓိကာရီ အာဂစ္ဆတဲနံ ဟန္မသ္တတောဓိကာရောသ္မာကံ ဘဝိၐျတိ၊
तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ ।’
15 တတသ္တေ တံ က္ၐေတြာဒ် ဗဟိ ရ္နိပါတျ ဇဃ္နုသ္တသ္မာတ် သ က္ၐေတြပတိသ္တာန် ပြတိ ကိံ ကရိၐျတိ?
अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?
16 သ အာဂတျ တာန် ကၖၐီဝလာန် ဟတွာ ပရေၐာံ ဟသ္တေၐု တတ္က္ၐေတြံ သမရ္ပယိၐျတိ; ဣတိ ကထာံ ၑြုတွာ တေ 'ဝဒန် ဧတာဒၖၑီ ဃဋနာ န ဘဝတု၊
उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस्!”
17 ကိန္တု ယီၑုသ္တာနဝလောကျ ဇဂါဒ, တရှိ, သ္ထပတယး ကရိၐျန္တိ ဂြာဝါဏံ ယန္တု တုစ္ဆကံ၊ ပြဓာနပြသ္တရး ကောဏေ သ ဧဝ ဟိ ဘဝိၐျတိ၊ ဧတသျ ၑာသ္တြီယဝစနသျ ကိံ တာတ္ပရျျံ?
तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “यो धर्मशास्‍त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो?’
18 အပရံ တတ္ပာၐာဏောပရိ ယး ပတိၐျတိ သ ဘံက္ၐျတေ ကိန္တု ယသျောပရိ သ ပါၐာဏး ပတိၐျတိ သ တေန ဓူလိဝစ် စူရ္ဏီဘဝိၐျတိ၊
त्यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलोपिठो पार्नेछ ।”
19 သောသ္မာကံ ဝိရုဒ္ဓံ ဒၖၐ္ဋာန္တမိမံ ကထိတဝါန် ဣတိ ဇ္ဉာတွာ ပြဓာနယာဇကာ အဓျာပကာၑ္စ တဒဲဝ တံ ဓရ္တုံ ဝဝါဉ္ဆုး ကိန္တု လောကေဘျော ဗိဘျုး၊
त्यसकारण, शास्‍त्री र मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा भन्‍नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे ।
20 အတဧဝ တံ ပြတိ သတရ္ကား သန္တး ကထံ တဒွါကျဒေါၐံ ဓၖတွာ တံ ဒေၑာဓိပသျ သာဓုဝေၑဓာရိဏၑ္စရာန် တသျ သမီပေ ပြေၐယာမာသုး၊
तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए ।
21 တဒါ တေ တံ ပပြစ္ဆုး, ဟေ ဥပဒေၑက ဘဝါန် ယထာရ္ထံ ကထယန် ဥပဒိၑတိ, ကမပျနပေက္ၐျ သတျတွေနဲၑွရံ မာရ္ဂမုပဒိၑတိ, ဝယမေတဇ္ဇာနီမး၊
उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न तर परमेश्‍वरको मार्गको सत्यता सिकाउनुहुन्छ ।
22 ကဲသရရာဇာယ ကရောသ္မာဘိ ရ္ဒေယော န ဝါ?
हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?”
23 သ တေၐာံ ဝဉ္စနံ ဇ္ဉာတွာဝဒတ် ကုတော မာံ ပရီက္ၐဓွေ? မာံ မုဒြာမေကံ ဒရ္ၑယတ၊
येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्‍नुभयो,
24 ဣဟ လိခိတာ မူရ္တိရိယံ နာမ စ ကသျ? တေ'ဝဒန် ကဲသရသျ၊
“मलाई एउटा सिक्‍का देखाओ, यसमा कसको नाम र चित्र खोपिएको छ?” उनीहरूले भने, “कैसरको ।”
25 တဒါ သ ဥဝါစ, တရှိ ကဲသရသျ ဒြဝျံ ကဲသရာယ ဒတ္တ; ဤၑွရသျ တု ဒြဝျမီၑွရာယ ဒတ္တ၊
उहाँले उनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे कैसर को हो, कैसरलाई देओ र जे परमेश्‍वरको हो परमेश्‍वरलाई देओ ।”
26 တသ္မာလ္လောကာနာံ သာက္ၐာတ် တတ္ကထာယား ကမပိ ဒေါၐံ ဓရ္တုမပြာပျ တေ တသျောတ္တရာဒ် အာၑ္စရျျံ မနျမာနာ မော်နိနသ္တသ္ထုး၊
मानिसहरूको सामुन्‍ने उहाँले बोल्नुभएका कुरामा शास्‍त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्‍क परे र केही पनि भन्‍न सकेनन् ।
27 အပရဉ္စ ၑ္မၑာနာဒုတ္ထာနာနင်္ဂီကာရိဏာံ သိဒူကိနာံ ကိယန္တော ဇနာ အာဂတျ တံ ပပြစ္ဆုး,
त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्‍ने सदूकीहरू उहाँकहाँ आए,
28 ဟေ ဥပဒေၑက ၑာသ္တြေ မူသာ အသ္မာန် ပြတီတိ လိလေခ ယသျ ဘြာတာ ဘာရျျာယာံ သတျာံ နိးသန္တာနော မြိယတေ သ တဇ္ဇာယာံ ဝိဝဟျ တဒွံၑမ် ဥတ္ပာဒယိၐျတိ၊
र उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्‍नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ ।
29 တထာစ ကေစိတ် သပ္တ ဘြာတရ အာသန် တေၐာံ ဇျေၐ္ဌော ဘြာတာ ဝိဝဟျ နိရပတျး ပြာဏာန် ဇဟော်၊
सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निसन्तान मर्‍यो
30 အထ ဒွိတီယသ္တသျ ဇာယာံ ဝိဝဟျ နိရပတျး သန် မမာရ၊ တၖတီယၑ္စ တာမေဝ ဝျုဝါဟ;
अनि माहिलाले पनि त्यसलाई विवाह गर्‍यो र निसन्तान मर्‍यो ।
31 ဣတ္ထံ သပ္တ ဘြာတရသ္တာမေဝ ဝိဝဟျ နိရပတျား သန္တော မမြုး၊
साहिँलाले पनि त्यसलाई विवाह गर्‍यो अनि त्यसरी नै ती सातै जना निसन्तान मरे ।
32 ၑေၐေ သာ သ္တြီ စ မမာရ၊
पछिबाट त्यो स्‍त्री पनि मरी ।
33 အတဧဝ ၑ္မၑာနာဒုတ္ထာနကာလေ တေၐာံ သပ္တဇနာနာံ ကသျ သာ ဘာရျျာ ဘဝိၐျတိ? ယတး သာ တေၐာံ သပ္တာနာမေဝ ဘာရျျာသီတ်၊
यसकारण, मृतकबाट पुनरुत्थान हुँदा त्यो स्‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए ।”
34 တဒါ ယီၑုး ပြတျုဝါစ, ဧတသျ ဇဂတော လောကာ ဝိဝဟန္တိ ဝါဂ္ဒတ္တာၑ္စ ဘဝန္တိ (aiōn g165)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् । (aiōn g165)
35 ကိန္တု ယေ တဇ္ဇဂတ္ပြာပ္တိယောဂျတွေန ဂဏိတာံ ဘဝိၐျန္တိ ၑ္မၑာနာစ္စောတ္ထာသျန္တိ တေ န ဝိဝဟန္တိ ဝါဂ္ဒတ္တာၑ္စ န ဘဝန္တိ, (aiōn g165)
तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्‍त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् । (aiōn g165)
36 တေ ပုန ရ္န မြိယန္တေ ကိန္တု ၑ္မၑာနာဒုတ္ထာပိတား သန္တ ဤၑွရသျ သန္တာနား သွရ္ဂီယဒူတာနာံ သဒၖၑာၑ္စ ဘဝန္တိ၊
तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूत समान हुन् र पुनरुत्‍थानका सन्तान भएकाले परमेश्‍वरका सन्तान हुन् ।
37 အဓိကန္တု မူသား သ္တမ္ဗောပါချာနေ ပရမေၑွရ ဤဗြာဟီမ ဤၑွရ ဣသှာက ဤၑွရော ယာကူဗၑ္စေၑွရ ဣတျုက္တွာ မၖတာနာံ ၑ္မၑာနာဒ် ဥတ္ထာနသျ ပြမာဏံ လိလေခ၊
तर मृतकहरू जीवित भई उठ्नेछन् भन्‍नेकुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए ।
38 အတဧဝ ယ ဤၑွရး သ မၖတာနာံ ပြဘု ရ္န ကိန္တု ဇီဝတာမေဝ ပြဘုး, တန္နိကဋေ သရွွေ ဇီဝန္တး သန္တိ၊
उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।”
39 ဣတိ ၑြုတွာ ကိယန္တောဓျာပကာ ဦစုး, ဟေ ဥပဒေၑက ဘဝါန် ဘဒြံ ပြတျုက္တဝါန်၊
अनि शास्‍त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले सही जवाफ दिनुभयो ।”
40 ဣတး ပရံ တံ ကိမပိ ပြၐ္ဋံ တေၐာံ ပြဂလ္ဘတာ နာဘူတ်၊
उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन् ।
41 ပၑ္စာတ် သ တာန် ဥဝါစ, ယး ခြီၐ္ဋး သ ဒါယူဒး သန္တာန ဧတာံ ကထာံ လောကား ကထံ ကထယန္တိ?
येशूले उनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन्?
42 ယတး မမ ပြဘုမိဒံ ဝါကျမဝဒတ် ပရမေၑွရး၊ တဝ ၑတြူနဟံ ယာဝတ် ပါဒပီဌံ ကရောမိ န၊ တာဝတ် ကာလံ မဒီယေ တွံ ဒက္ၐပါရ္ၑွ ဥပါဝိၑ၊
किनकि भजनको पुस्तकमा दाऊद आफैँले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस,
43 ဣတိ ကထာံ ဒါယူဒ် သွယံ ဂီတဂြန္ထေ'ဝဒတ်၊
जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’
44 အတဧဝ ယဒိ ဒါယူဒ် တံ ပြဘုံ ဝဒတိ, တရှိ သ ကထံ တသျ သန္တာနော ဘဝတိ?
यसकारण, दाऊदले ख्रीष्‍टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र भए?”
45 ပၑ္စာဒ် ယီၑုး သရွွဇနာနာံ ကရ္ဏဂေါစရေ ၑိၐျာနုဝါစ,
सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
46 ယေ'ဓျာပကာ ဒီရ္ဃပရိစ္ဆဒံ ပရိဓာယ ဘြမန္တိ, ဟဋ္ဋာပဏယော ရ္နမသ္ကာရေ ဘဇနဂေဟသျ ပြောစ္စာသနေ ဘောဇနဂၖဟသျ ပြဓာနသ္ထာနေ စ ပြီယန္တေ
“शास्‍त्रीहरूदेखि होसियार रहो जो लामा वस्‍त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् ।
47 ဝိဓဝါနာံ သရွွသွံ ဂြသိတွာ ဆလေန ဒီရ္ဃကာလံ ပြာရ္ထယန္တေ စ တေၐု သာဝဓာနာ ဘဝတ, တေၐာမုဂြဒဏ္ဍော ဘဝိၐျတိ၊
तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”

< လူကး 20 >