< ယာကူဗး 2 >

1 ဟေ မမ ဘြာတရး, ယူယမ် အသ္မာကံ တေဇသွိနး ပြဘော ရျီၑုခြီၐ္ဋသျ ဓရ္မ္မံ မုခါပေက္ၐယာ န ဓာရယတ၊
मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूले विश्‍वास नगर ।
2 ယတော ယုၐ္မာကံ သဘာယာံ သွရ္ဏာင်္ဂုရီယကယုက္တေ ဘြာဇိၐ္ဏုပရိစ္ဆဒေ ပုရုၐေ ပြဝိၐ္ဋေ မလိနဝသ္တြေ ကသ္မိံၑ္စိဒ် ဒရိဒြေ'ပိ ပြဝိၐ္ဋေ
विचार गर कि कोही मानिस तिमीहरूको सभामा सुनका औँठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्‍यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा आयो ।
3 ယူယံ ယဒိ တံ ဘြာဇိၐ္ဏုပရိစ္ဆဒဝသာနံ ဇနံ နိရီက္ၐျ ဝဒေတ ဘဝါန် အတြောတ္တမသ္ထာန ဥပဝိၑတွိတိ ကိဉ္စ တံ ဒရိဒြံ ယဒိ ဝဒေတ တွမ် အမုသ္မိန် သ္ထာနေ တိၐ္ဌ ယဒွါတြ မမ ပါဒပီဌ ဥပဝိၑေတိ,
यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्‍नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीँ उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने,
4 တရှိ မနးသု ဝိၑေၐျ ယူယံ ကိံ ကုတရ္ကဲး ကုဝိစာရကာ န ဘဝထ?
के तिमीहरूले आफैँबिच न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्‍ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र?
5 ဟေ မမ ပြိယဘြာတရး, ၑၖဏုတ, သံသာရေ ယေ ဒရိဒြာသ္တာန် ဤၑွရော ဝိၑွာသေန ဓနိနး သွပြေမကာရိဘျၑ္စ ပြတိၑြုတသျ ရာဇျသျာဓိကာရိဏး ကရ္တ္တုံ ကိံ န ဝရီတဝါန်? ကိန္တု ဒရိဒြော ယုၐ္မာဘိရဝဇ္ဉာယတေ၊
मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्‍वरले संसारका गरिबहरूलाई विश्‍वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्‍नुभएन र?
6 ဓနဝန္တ ဧဝ ကိံ ယုၐ္မာန် နောပဒြဝန္တိ ဗလာစ္စ ဝိစာရာသနာနာံ သမီပံ န နယန္တိ?
तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ । के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र? र तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र?
7 ယုၐ္မဒုပရိ ပရိကီရ္တ္တိတံ ပရမံ နာမ ကိံ တဲရေဝ န နိန္ဒျတေ?
तिमीहरू जसका हौ, उहाँको सुनामलाई तिनीहरूले नै अपमान गर्दैनन् र?
8 ကိဉ္စ တွံ သွသမီပဝါသိနိ သွာတ္မဝတ် ပြီယသွ, ဧတစ္ဆာသ္တြီယဝစနာနုသာရတော ယဒိ ယူယံ ရာဇကီယဝျဝသ္ထာံ ပါလယထ တရှိ ဘဒြံ ကုရုထ၊
तथापि, यदि तिमीहरूले “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने धर्मशास्‍त्रको राजकीय व्यवस्थालाई पुरा गर्दछौ भने, तिमीहरूले असलै गर्दछौ ।
9 ယဒိ စ မုခါပေက္ၐာံ ကုရုထ တရှိ ပါပမ် အာစရထ ဝျဝသ္ထယာ စာဇ္ဉာလင်္ဃိန ဣဝ ဒူၐျဓွေ၊
तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्घन गर्नेहरू भनी दोषी ठहरिन्छौ ।
10 ယတော ယး ကၑ္စိတ် ကၖတ္သ္နာံ ဝျဝသ္ထာံ ပါလယတိ သ ယဒျေကသ္မိန် ဝိဓော် သ္ခလတိ တရှိ သရွွေၐာမ် အပရာဓီ ဘဝတိ၊
किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ ।
11 ယတော ဟေတောသ္တွံ ပရဒါရာန် မာ ဂစ္ဆေတိ ယး ကထိတဝါန် သ ဧဝ နရဟတျာံ မာ ကုရျျာ ဣတျပိ ကထိတဝါန် တသ္မာတ် တွံ ပရဒါရာန် န ဂတွာ ယဒိ နရဟတျာံ ကရောၐိ တရှိ ဝျဝသ္ထာလင်္ဃီ ဘဝသိ၊
किनभने जसले “व्यभिचार नगर” भनेर भन्‍नुभयो उहाँले “हत्या नगर” पनि भन्‍नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ ।
12 မုက္တေ ရွျဝသ္ထာတော ယေၐာံ ဝိစာရေဏ ဘဝိတဝျံ တာဒၖၑာ လောကာ ဣဝ ယူယံ ကထာံ ကထယတ ကရ္မ္မ ကုရုတ စ၊
यसकारण, स्वतन्‍त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैँ गरी बोल र व्यवहार गर ।
13 ယော ဒယာံ နာစရတိ တသျ ဝိစာရော နိရ္ဒ္ဒယေန ကာရိၐျတေ, ကိန္တု ဒယာ ဝိစာရမ် အဘိဘဝိၐျတိ၊
किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ । कृपा न्यायमाथि विजयी हुन्छ ।
14 ဟေ မမ ဘြာတရး, မမ ပြတျယော'သ္တီတိ ယး ကထယတိ တသျ ကရ္မ္မာဏိ ယဒိ န ဝိဒျန္တ တရှိ တေန ကိံ ဖလံ? တေန ပြတျယေန ကိံ တသျ ပရိတြာဏံ ဘဝိတုံ ၑက္နောတိ?
मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्‍वास छ भनी भन्दछ तर उसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्‍वासले उसलाई बचाउन सक्छ र?
15 ကေၐုစိဒ် ဘြာတၖၐု ဘဂိနီၐု ဝါ ဝသနဟီနေၐု ပြာတျဟိကာဟာရဟီနေၐု စ သတ္သု ယုၐ္မာကံ ကော'ပိ တေဘျး ၑရီရာရ္ထံ ပြယောဇနီယာနိ ဒြဝျာဏိ န ဒတွာ ယဒိ တာန် ဝဒေတ်,
विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ ।
16 ယူယံ သကုၑလံ ဂတွောၐ္ဏဂါတြာ ဘဝတ တၖပျတ စေတိ တရှျေတေန ကိံ ဖလံ?
विचार गर, कि तिमीहरूमध्ये कसैले उसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्यसबाट के लाभ भयो र?
17 တဒွတ် ပြတျယော ယဒိ ကရ္မ္မဘိ ရျုက္တော န ဘဝေတ် တရှျေကာကိတွာတ် မၖတ ဧဝါသ္တေ၊
यसै गरी, विश्‍वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ ।
18 ကိဉ္စ ကၑ္စိဒ် ဣဒံ ဝဒိၐျတိ တဝ ပြတျယော ဝိဒျတေ မမ စ ကရ္မ္မာဏိ ဝိဒျန္တေ, တွံ ကရ္မ္မဟီနံ သွပြတျယံ မာံ ဒရ္ၑယ တရှျဟမပိ မတ္ကရ္မ္မဘျး သွပြတျယံ တွာံ ဒရ္ၑယိၐျာမိ၊
तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्‍वास छ, र मसँग कामहरू छन् ।” कामविना तिमीहरूको विश्‍वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्‍वास तिमीहरूलाई देखाउनेछु ।
19 ဧက ဤၑွရော 'သ္တီတိ တွံ ပြတျေၐိ၊ ဘဒြံ ကရောၐိ၊ ဘူတာ အပိ တတ် ပြတိယန္တိ ကမ္ပန္တေ စ၊
परमेश्‍वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्‍वास गर्दछौ; तिमीहरूले त्यो असल गर्दछौ । तर भूतात्माहरूले पनि विश्‍वास गर्दछन्, र तिनीहरू थरथर काम्छन् ।
20 ကိန္တု ဟေ နိရ္ဗ္ဗောဓမာနဝ, ကရ္မ္မဟီနး ပြတျယော မၖတ ဧဝါသ္တျေတဒ် အဝဂန္တုံ ကိမ် ဣစ္ဆသိ?
मूर्ख मानिस हो, के तिमी यो जान्‍न चाहन्छौ, कि कामविनाको विश्‍वास व्यर्थ हुन्छ?
21 အသ္မာကံ ပူရွွပုရုၐော ယ ဣဗြာဟီမ် သွပုတြမ် ဣသှာကံ ယဇ္ဉဝေဒျာမ် ဥတ္သၖၐ္ဋဝါန် သ ကိံ ကရ္မ္မဘျော န သပုဏျီကၖတး?
जब हाम्रा पुर्खा अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के उनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र?
22 ပြတျယေ တသျ ကရ္မ္မဏာံ သဟကာရိဏိ ဇာတေ ကရ္မ္မဘိး ပြတျယး သိဒ္ဓေါ 'ဘဝတ် တတ် ကိံ ပၑျသိ?
तिमीहरू देख्दछौ, कि उनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै उनको विश्‍वास पूर्ण भयो ।
23 ဣတ္ထဉ္စေဒံ ၑာသ္တြီယဝစနံ သဖလမ် အဘဝတ်, ဣဗြာဟီမ် ပရမေၑွရေ ဝိၑွသိတဝါန် တစ္စ တသျ ပုဏျာယာဂဏျတ သ စေၑွရသျ မိတြ ဣတိ နာမ လဗ္ဓဝါန်၊
धर्मशास्‍त्रको यस्तो भन्‍ने वचन पुरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो ।” र उनि परमेश्‍वरको मित्र कहलिए ।
24 ပၑျတ မာနဝး ကရ္မ္မဘျး သပုဏျီကြိယတေ န စဲကာကိနာ ပြတျယေန၊
तिमीहरू देख्दछौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्‍वासद्वारा मात्र होइन ।
25 တဒွဒ် ယာ ရာဟဗ္နာမိကာ ဝါရာင်္ဂနာ စာရာန် အနုဂၖဟျာပရေဏ မာရ္ဂေဏ ဝိသသရ္ဇ သာပိ ကိံ ကရ္မ္မဘျော န သပုဏျီကၖတာ?
त्यसै गरी, राहाब वेश्याले पनि गुप्‍तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् र?
26 အတဧဝါတ္မဟီနော ဒေဟော ယထာ မၖတော'သ္တိ တထဲဝ ကရ္မ္မဟီနး ပြတျယော'ပိ မၖတော'သ္တိ၊
जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामबाट अलग हुँदा विश्‍वास पनि मर्दछ ।

< ယာကူဗး 2 >