< ယာကူဗး 1 >

1 ဤၑွရသျ ပြဘော ရျီၑုခြီၐ္ဋသျ စ ဒါသော ယာကူဗ် ဝိကီရ္ဏီဘူတာန် ဒွါဒၑံ ဝံၑာန် ပြတိ နမသ္ကၖတျ ပတြံ လိခတိ၊
परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टका सेवक याकूबबाट, छरपष्‍ट भएका बाह्र कुललाई अभिवादन ।
2 ဟေ မမ ဘြာတရး, ယူယံ ယဒါ ဗဟုဝိဓပရီက္ၐာၐု နိပတတ တဒါ တတ် ပူရ္ဏာနန္ဒသျ ကာရဏံ မနျဓွံ၊
मेरा भाइहरू हो, तिमीहरूले अनेकौँ किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ,
3 ယတော ယုၐ္မာကံ ဝိၑွာသသျ ပရီက္ၐိတတွေန ဓဲရျျံ သမ္ပာဒျတ ဣတိ ဇာနီထ၊
तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँदछ ।
4 တစ္စ ဓဲရျျံ သိဒ္ဓဖလံ ဘဝတု တေန ယူယံ သိဒ္ဓါး သမ္ပူရ္ဏာၑ္စ ဘဝိၐျထ ကသျာပိ ဂုဏသျာဘာဝၑ္စ ယုၐ္မာကံ န ဘဝိၐျတိ၊
धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् ।
5 ယုၐ္မာကံ ကသျာပိ ဇ္ဉာနာဘာဝေါ ယဒိ ဘဝေတ် တရှိ ယ ဤၑွရး သရလဘာဝေန တိရသ္ကာရဉ္စ ဝိနာ သရွွေဘျော ဒဒါတိ တတး သ ယာစတာံ တတသ္တသ္မဲ ဒါယိၐျတေ၊
तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ ।
6 ကိန္တု သ နိးသန္ဒေဟး သန် ဝိၑွာသေန ယာစတာံ ယတး သန္ဒိဂ္ဓော မာနဝေါ ဝါယုနာ စာလိတသျောတ္ပ္လဝမာနသျ စ သမုဒြတရင်္ဂသျ သဒၖၑော ဘဝတိ၊
तर उसले शङ्का नगरी विश्‍वाससाथ मागोस् । किनभने शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ ।
7 တာဒၖၑော မာနဝး ပြဘေား ကိဉ္စိတ် ပြာပ္သျတီတိ န မနျတာံ၊
त्यस्तो व्यक्‍तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस् ।
8 ဒွိမနာ လောကး သရွွဂတိၐု စဉ္စလော ဘဝတိ၊
त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ ।
9 ယော ဘြာတာ နမြး သ နိဇောန္နတျာ ၑ္လာဃတာံ၊
दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्,
10 ယၑ္စ ဓနဝါန် သ နိဇနမြတယာ ၑ္လာဃတာံယတး သ တၖဏပုၐ္ပဝတ် က္ၐယံ ဂမိၐျတိ၊
तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ ।
11 ယတး သတာပေန သူရျျေဏောဒိတျ တၖဏံ ၑောၐျတေ တတ္ပုၐ္ပဉ္စ ဘြၑျတိ တေန တသျ ရူပသျ သော်န္ဒရျျံ နၑျတိ တဒွဒ် ဓနိလောကော'ပိ သွီယမူဎတယာ မ္လာသျတိ၊
किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।
12 ယော ဇနး ပရီက္ၐာံ သဟတေ သ ဧဝ ဓနျး, ယတး ပရီက္ၐိတတွံ ပြာပျ သ ပြဘုနာ သွပြေမကာရိဘျး ပြတိဇ္ဉာတံ ဇီဝနမုကုဋံ လပ္သျတေ၊
त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनभने परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।
13 ဤၑွရော မာံ ပရီက္ၐတ ဣတိ ပရီက္ၐာသမယေ ကော'ပိ န ဝဒတု ယတး ပါပါယေၑွရသျ ပရီက္ၐာ န ဘဝတိ သ စ ကမပိ န ပရီက္ၐတေ၊
परीक्षामा पर्दा “यो परीक्षा परमेश्‍वरबाट आएको हो” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्‍न ।
14 ကိန္တု ယး ကၑ္စိတ် သွီယမနောဝါဉ္ဆယာကၖၐျတေ လောဘျတေ စ တသျဲဝ ပရီက္ၐာ ဘဝတိ၊
तर हरेक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ ।
15 တသ္မာတ် သာ မနောဝါဉ္ဆာ သဂရ္ဘာ ဘူတွာ ဒုၐ္ကၖတိံ ပြသူတေ ဒုၐ္ကၖတိၑ္စ ပရိဏာမံ ဂတွာ မၖတျုံ ဇနယတိ၊
अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ ।
16 ဟေ မမ ပြိယဘြာတရး, ယူယံ န ဘြာမျတ၊
मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।
17 ယတ် ကိဉ္စိဒ် ဥတ္တမံ ဒါနံ ပူရ္ဏော ဝရၑ္စ တတ် သရွွမ် ဦရ္ဒ္ဓွာဒ် အရ္ထတော ယသ္မိန် ဒၑာန္တရံ ပရိဝရ္တ္တနဇာတစ္ဆာယာ ဝါ နာသ္တိ တသ္မာဒ် ဒီပ္တျာကရာတ် ပိတုရဝရောဟတိ၊
हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न ।
18 တသျ သၖၐ္ဋဝသ္တူနာံ မဓျေ ဝယံ ယတ် ပြထမဖလသွရူပါ ဘဝါမသ္တဒရ္ထံ သ သွေစ္ဆာတး သတျမတသျ ဝါကျေနာသ္မာန် ဇနယာမာသ၊
उहाँले सृष्‍टि गर्नुभएका सबै कुरामध्‍ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्‍वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्‍नुभयो ।
19 အတဧဝ ဟေ မမ ပြိယဘြာတရး, ယုၐ္မာကမ် ဧကဲကော ဇနး ၑြဝဏေ တွရိတး ကထနေ ဓီရး ကြောဓေ'ပိ ဓီရော ဘဝတု၊
मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् ।
20 ယတော မာနဝသျ ကြောဓ ဤၑွရီယဓရ္မ္မံ န သာဓယတိ၊
किनभने मानिसको रिसले परमेश्‍वरको धार्मिकताको काम गर्दैन ।
21 အတော ဟေတော ရျူယံ သရွွာမ် အၑုစိကြိယာံ ဒုၐ္ဋတာဗာဟုလျဉ္စ နိက္ၐိပျ ယုၐ္မန္မနသာံ ပရိတြာဏေ သမရ္ထံ ရောပိတံ ဝါကျံ နမြဘာဝေန ဂၖဟ္လီတ၊
यसकारण, सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई मिल्‍काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्‍छ ।
22 အပရဉ္စ ယူယံ ကေဝလမ် အာတ္မဝဉ္စယိတာရော ဝါကျသျ ၑြောတာရော န ဘဝတ ကိန္တု ဝါကျသျ ကရ္မ္မကာရိဏော ဘဝတ၊
आफैँलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर ।
23 ယတော ယး ကၑ္စိဒ် ဝါကျသျ ကရ္မ္မကာရီ န ဘူတွာ ကေဝလံ တသျ ၑြောတာ ဘဝတိ သ ဒရ္ပဏေ သွီယၑာရီရိကဝဒနံ နိရီက္ၐမာဏသျ မနုဇသျ သဒၖၑး၊
किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो ।
24 အာတ္မာကာရေ ဒၖၐ္ဋေ သ ပြသ္ထာယ ကီဒၖၑ အာသီတ် တတ် တတ္က္ၐဏာဒ် ဝိသ္မရတိ၊
उसले आफैँलाई जाँच्छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ ।
25 ကိန္တု ယး ကၑ္စိတ် နတွာ မုက္တေး သိဒ္ဓါံ ဝျဝသ္ထာမ် အာလောကျ တိၐ္ဌတိ သ ဝိသ္မၖတိယုက္တး ၑြောတာ န ဘူတွာ ကရ္မ္မကရ္တ္တဲဝ သန် သွကာရျျေ ဓနျော ဘဝိၐျတိ၊
तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
26 အနာယတ္တရသနး သန် ယး ကၑ္စိတ် သွမနော ဝဉ္စယိတွာ သွံ ဘက္တံ မနျတေ တသျ ဘက္တိ ရ္မုဓာ ဘဝတိ၊
यदि कसैले आफैँलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्‍त्रण गर्दैन भने उसले आफ्‍नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्‍छ ।
27 က္လေၑကာလေ ပိတၖဟီနာနာံ ဝိဓဝါနာဉ္စ ယဒ် အဝေက္ၐဏံ သံသာရာစ္စ နိၐ္ကလင်္ကေန ယဒ် အာတ္မရက္ၐဏံ တဒေဝ ပိတုရီၑွရသျ သာက္ၐာတ် ၑုစိ ရ္နိရ္မ္မလာ စ ဘက္တိး၊
हाम्रा परमेश्‍वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्‍नु ।

< ယာကူဗး 1 >