< ဣဗြိဏး 4 >

1 အပရံ တဒွိၑြာမပြာပ္တေး ပြတိဇ္ဉာ ယဒိ တိၐ္ဌတိ တရှျသ္မာကံ ကၑ္စိတ် စေတ် တသျား ဖလေန ဝဉ္စိတော ဘဝေတ် ဝယမ် ဧတသ္မာဒ် ဗိဘီမး၊
यसकारण, हामी निकै होसियार होऔँ ताकि हामीमध्ये कोही पनि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा हुँदा हुँदै विश्राम गर्नदेखि वञ्‍चित हुन नपरोस् ।
2 ယတော 'သ္မာကံ သမီပေ ယဒွတ် တဒွတ် တေၐာံ သမီပေ'ပိ သုသံဝါဒး ပြစာရိတော 'ဘဝတ် ကိန္တု တဲး ၑြုတံ ဝါကျံ တာန် ပြတိ နိၐ္ဖလမ် အဘဝတ်, ယတသ္တေ ၑြောတာရော ဝိၑွာသေန သာရ္ဒ္ဓံ တန္နာမိၑြယန်၊
किनभने तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन । किनकि सुन्‍नेहरूले विश्‍वाससाथ स्वीकार गरेनन् । (नोटः अरू संस्करणमा पढ्छौँ) तर त्यो सन्देश सुन्‍नेहरू जसले विश्‍वासविना नै सहभागी भए तिनीहरूलाई फाइदा भएन ।
3 တဒ် ဝိၑြာမသ္ထာနံ ဝိၑွာသိဘိရသ္မာဘိး ပြဝိၑျတေ ယတသ္တေနောက္တံ, "အဟံ ကောပါတ် ၑပထံ ကၖတဝါန် ဣမံ, ပြဝေက္ၐျတေ ဇနဲရေတဲ ရ္န ဝိၑြာမသ္ထလံ မမ၊ " ကိန္တု တသျ ကရ္မ္မာဏိ ဇဂတး သၖၐ္ဋိကာလာတ် သမာပ္တာနိ သန္တိ၊
किनकि हामी जसले विश्‍वास गरेका छौँ त्यस विश्राममा हामी प्रवेश गर्नेछौँ, जसरी उहाँले भन्‍नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” उहाँले यसो भन्‍नुभयो, यद्यपि संसारको उत्‍पत्तिमा नै उहाँका सृष्‍टिका कामहरू पुरा भइसकेका थिए ।
4 ယတး ကသ္မိံၑ္စိတ် သ္ထာနေ သပ္တမံ ဒိနမဓိ တေနေဒမ် ဥက္တံ, ယထာ, "ဤၑွရး သပ္တမေ ဒိနေ သွကၖတေဘျး သရွွကရ္မ္မဘျော ဝိၑၑြာမ၊ "
किनकि सातौँ दिनको विषयमा उहाँले केही भन्‍नुभएको छ, “परमेश्‍वरले सातौँ दिनमा आफ्ना सबै कामबाट विश्राम लिनुभयो ।”
5 ကိန္တွေတသ္မိန် သ္ထာနေ ပုနသ္တေနောစျတေ, ယထာ, "ပြဝေက္ၐျတေ ဇနဲရေတဲ ရ္န ဝိၑြာမသ္ထလံ မမ၊ "
फेरि उहाँले भन्‍नुभएको छ, “तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन् ।”
6 ဖလတသ္တတ် သ္ထာနံ ကဲၑ္စိတ် ပြဝေၐ္ဋဝျံ ကိန္တု ယေ ပုရာ သုသံဝါဒံ ၑြုတဝန္တသ္တဲရဝိၑွာသာတ် တန္န ပြဝိၐ္ဋမ်,
त्यसकारण, उहाँको विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ, र धेरै इस्राएलीहरूले सुसमाचार सुने, तर तिनीहरूले आज्ञापालन नगरेको कारण यस विश्राममा प्रवेश गर्न सकेनन् ।
7 ဣတိ ဟေတေား သ ပုနရဒျနာမကံ ဒိနံ နိရူပျ ဒီရ္ဃကာလေ ဂတေ'ပိ ပူရွွောက္တာံ ဝါစံ ဒါယူဒါ ကထယတိ, ယထာ, "အဒျ ယူယံ ကထာံ တသျ ယဒိ သံၑြောတုမိစ္ဆထ, တရှိ မာ ကုရုတေဒါနီံ ကဌိနာနိ မနာံသိ ဝး၊ "
“आज” भनेर परमेश्‍वरले फेरि एउटा निश्‍चित दिन ठहराउनुभएको छ । धेरै दिनपछि उहाँ दाऊदद्वारा बोल्नुभयो, जसरी यो अगिबाटै भनिएको थियो, “आज तिमीहरूले उहाँको आवाजलाई सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार ।”
8 အပရံ ယိဟောၑူယော ယဒိ တာန် ဝျၑြာမယိၐျတ် တရှိ တတး ပရမ် အပရသျ ဒိနသျ ဝါဂ် ဤၑွရေဏ နာကထယိၐျတ၊
किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले अर्को दिनको विषयमा बोल्नुहुने थिएन ।
9 အတ ဤၑွရသျ ပြဇာဘိး ကရ္တ္တဝျ ဧကော ဝိၑြာမသ္တိၐ္ဌတိ၊
यसकारण, परमेश्‍वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ ।
10 အပရမ် ဤၑွရော ယဒွတ် သွကၖတကရ္မ္မဘျော ဝိၑၑြာမ တဒွတ် တသျ ဝိၑြာမသ္ထာနံ ပြဝိၐ္ဋော ဇနော'ပိ သွကၖတကရ္မ္မဘျော ဝိၑြာမျတိ၊
किनकि जसले परमेश्‍वरको विश्राममा प्रवेश गर्दछ, त्यो आफैँले पनि आफ्ना कामहरूबाट विश्राम लिन्छ, जसरी परमेश्‍वरले उहाँका कामहरूबाट विश्राम लिनुभयो ।
11 အတော ဝယံ တဒ် ဝိၑြာမသ္ထာနံ ပြဝေၐ္ဋုံ ယတာမဟဲ, တဒဝိၑွာသောဒါဟရဏေန ကော'ပိ န ပတတု၊
त्यसकारण, हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्‍न गरौँ, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे ।
12 ဤၑွရသျ ဝါဒေါ'မရး ပြဘာဝဝိၑိၐ္ဋၑ္စ သရွွသ္မာဒ် ဒွိဓာရခင်္ဂါဒပိ တီက္ၐ္ဏး, အပရံ ပြာဏာတ္မနော ရ္ဂြန္ထိမဇ္ဇယောၑ္စ ပရိဘေဒါယ ဝိစ္ဆေဒကာရီ မနသၑ္စ သင်္ကလ္ပာနာမ် အဘိပြေတာနာဉ္စ ဝိစာရကး၊
किनभने परमेश्‍वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग गर्दछ र छेड्दछ अनि यो हृदयका भावना र विचारहरूको जाँच गर्न सक्षम छ ।
13 အပရံ ယသျ သမီပေ သွီယာ သွီယာ ကထာသ္မာဘိး ကထယိတဝျာ တသျာဂေါစရး ကော'ပိ ပြာဏီ နာသ္တိ တသျ ဒၖၐ္ဋော် သရွွမေဝါနာဝၖတံ ပြကာၑိတဉ္စာသ္တေ၊
सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको दृष्‍टिमा लुकेको छैन । बरु, उहाँको दृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।
14 အပရံ ယ ဥစ္စတမံ သွရ္ဂံ ပြဝိၐ္ဋ ဧတာဒၖၑ ဧကော ဝျက္တိရရ္ထတ ဤၑွရသျ ပုတြော ယီၑုရသ္မာကံ မဟာယာဇကော'သ္တိ, အတော ဟေတော ရွယံ ဓရ္မ္မပြတိဇ္ဉာံ ဒၖဎမ် အာလမ္ဗာမဟဲ၊
त्यसकारण, हामीसँग महान् प्रधान पुजारी हुनुहुन्छ जो स्वर्ग भएर जानुभएको छ । उहाँ परमेश्‍वरका पुत्र येशू हुनुहुन्छ । तसर्थ, हामी हाम्रो विश्‍वासलाई दृढतासाथ थामिराखौँ ।
15 အသ္မာကံ ယော မဟာယာဇကော 'သ္တိ သော'သ္မာကံ ဒုးခဲ ရ္ဒုးခိတော ဘဝိတုမ် အၑက္တော နဟိ ကိန္တု ပါပံ ဝိနာ သရွွဝိၐယေ ဝယမိဝ ပရီက္ၐိတး၊
किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने एक जना प्रधान पुजारी हुनुहुन्‍न । त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ ।
16 အတဧဝ ကၖပါံ ဂြဟီတုံ ပြယောဇနီယောပကာရာရ္ထမ် အနုဂြဟံ ပြာပ္တုဉ္စ ဝယမ် ဥတ္သာဟေနာနုဂြဟသိံဟာသနသျ သမီပံ ယာမး၊
तब हामी परमेश्‍वरको अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔँ, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौँ ।

< ဣဗြိဏး 4 >