< ၂ ကရိန္ထိနး 7 >

1 အတဧဝ ဟေ ပြိယတမား, ဧတာဒၖၑီး ပြတိဇ္ဉား ပြာပ္တဲရသ္မာဘိး ၑရီရာတ္မနေား သရွွမာလိနျမ် အပမၖဇျေၑွရသျ ဘက္တျာ ပဝိတြာစာရး သာဓျတာံ၊
प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ । परमेश्‍वरको भयमा पवित्रतालाई पछ्याऔँ ।
2 ယူယမ် အသ္မာန် ဂၖဟ္လီတ၊ အသ္မာဘိး ကသျာပျနျာယော န ကၖတး ကော'ပိ န ဝဉ္စိတး၊
हाम्रा निम्ति ठाउँ बनाओ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्‍याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ ।
3 ယုၐ္မာန် ဒေါၐိဏး ကရ္တ္တမဟံ ဝါကျမေတဒ် ဝဒါမီတိ နဟိ ယုၐ္မာဘိး သဟ ဇီဝနာယ မရဏာယ ဝါ ဝယံ ယုၐ္မာန် သွာန္တးကရဏဲ ရ္ဓာရယာမ ဣတိ ပူရွွံ မယောက္တံ၊
मैले तिमीहरूलाई दोषी ठहर्‍याउन यो भनेको होइनँ । किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति ।
4 ယုၐ္မာန် ပြတိ မမ မဟေတ္သာဟော ဇာယတေ ယုၐ္မာန် အဓျဟံ ဗဟု ၑ္လာဃေ စ တေန သရွွက္လေၑသမယေ'ဟံ သာန္တွနယာ ပူရ္ဏော ဟရ္ၐေဏ ပြဖုလ္လိတၑ္စ ဘဝါမိ၊
तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु । हाम्रा सबै कष्‍टमा पनि म आनन्दले भरिएको छु ।
5 အသ္မာသု မာကိဒနိယာဒေၑမ် အာဂတေၐွသ္မာကံ ၑရီရသျ ကာစိဒပိ ၑာန္တိ ရ္နာဘဝတ် ကိန္တု သရွွတော ဗဟိ ရွိရောဓေနာန္တၑ္စ ဘီတျာ ဝယမ် အပီဍျာမဟိ၊
हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन । बरु, बाहिरका सङ्घर्षहरू र भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौँ ।
6 ကိန္တု နမြာဏာံ သာန္တွယိတာ ယ ဤၑွရး သ တီတသျာဂမနေနာသ္မာန် အသာန္တွယတ်၊
तर निरुत्साहितहरू लाई सान्त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो ।
7 ကေဝလံ တသျာဂမနေန တန္နဟိ ကိန္တု ယုၐ္မတ္တော ဇာတယာ တသျ သာန္တွနယာပိ, ယတော'သ္မာသု ယုၐ္မာကံ ဟာရ္ဒ္ဒဝိလာပါသက္တတွေၐွသ္မာကံ သမီပေ ဝရ္ဏိတေၐု မမ မဟာနန္ဒော ဇာတး၊
तिनको आगमनले मात्र हामीलाई परमेश्‍वरले सान्त्वना दिनुभएन । तर तीतसले तिमीहरूबाट प्राप्‍त गरेको सान्त्वनाबाट पनि हो । तिनले तिमीहरूको महान् प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए । यसकारण, म अझ धेरै आनन्दित भएँ ।
8 အဟံ ပတြေဏ ယုၐ္မာန် ၑောကယုက္တာန် ကၖတဝါန် ဣတျသ္မာဒ် အနွတပျေ ကိန္တွဓုနာ နာနုတပျေ၊ တေန ပတြေဏ ယူယံ က္ၐဏမာတြံ ၑောကယုက္တီဘူတာ ဣတိ မယာ ဒၖၑျတေ၊
मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ । मेरो पत्रले तिमीहरूलाई दुःखित बनाएको मैले देख्दा म पछुताएँ । तर तिमीहरू केही समयको लागि मात्र दुःखित भयौ ।
9 ဣတျသ္မိန် ယုၐ္မာကံ ၑောကေနာဟံ ဟၖၐျာမိ တန္နဟိ ကိန္တု မနးပရိဝရ္တ္တနာယ ယုၐ္မာကံ ၑောကော'ဘဝဒ် ဣတျနေန ဟၖၐျာမိ ယတော'သ္မတ္တော ယုၐ္မာကံ ကာပိ ဟာနိ ရျန္န ဘဝေတ် တဒရ္ထံ ယုၐ္မာကမ် ဤၑွရီယး ၑောကော ဇာတး၊
तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्‍चात्तापसम्म डोर्‍याएको कारणले अब म खुसी छु । तिमीहरूले ईश्‍वरीय शोकको महसुस गर्‍यौ । हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ ।
10 သ ဤၑွရီယး ၑောကး ပရိတြာဏဇနကံ နိရနုတာပံ မနးပရိဝရ္တ္တနံ သာဓယတိ ကိန္တု သာံသာရိကး ၑောကော မၖတျုံ သာဓယတိ၊
किनकि ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्‍तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ ।
11 ပၑျတ တေနေၑွရီယေဏ ၑောကေန ယုၐ္မာကံ ကိံ န သာဓိတံ? ယတ္နော ဒေါၐပြက္ၐာလနမ် အသန္တုၐ္ဋတွံ ဟာရ္ဒ္ဒမ် အာသက္တတွံ ဖလဒါနဉ္စဲတာနိ သရွွာဏိ၊ တသ္မိန် ကရ္မ္မဏိ ယူယံ နိရ္မ္မလာ ဣတိ ပြမာဏံ သရွွေဏ ပြကာရေဏ ယုၐ္မာဘိ ရ္ဒတ္တံ၊
हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्‍न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्‍णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।
12 ယေနာပရာဒ္ဓံ တသျ ကၖတေ ကိံဝါ ယသျာပရာဒ္ဓံ တသျ ကၖတေ မယာ ပတြမ် အလေခိ တန္နဟိ ကိန္တု ယုၐ္မာနဓျသ္မာကံ ယတ္နော ယဒ် ဤၑွရသျ သာက္ၐာဒ် ယုၐ္မတ္သမီပေ ပြကာၑေတ တဒရ္ထမေဝ၊
मैले तिमीहरूलाई लेखे तापनि त्यो खराबीग र्ने वा खराबी भोग्‍नेको खातिर मैले लेखिनँ । हामीप्रति भएको तिमीहरूको गम्भीरता परमेश्‍वरको सामु थाहा पाउन सकूँ भनेर मैले लेखेँ ।
13 ဥက္တကာရဏာဒ် ဝယံ သာန္တွနာံ ပြာပ္တား; တာဉ္စ သာန္တွနာံ ဝိနာဝရော မဟာဟ္လာဒသ္တီတသျာဟ္လာဒါဒသ္မာဘိ ရ္လဗ္ဓး, ယတသ္တသျာတ္မာ သရွွဲ ရျုၐ္မာဘိသ္တၖပ္တး၊
यही कारणले हामी उत्साहित हुन्छौँ । हाम्रा सान्त्वनासाथै हामी तीतसको आनन्दमा अझै रमायौँ किनकि तिमीहरूद्वारा तिनको प्राणलाई स्फूर्ति मिलेको छ ।
14 ပူရွွံ တသျ သမီပေ'ဟံ ယုၐ္မာဘိရျဒ် အၑ္လာဃေ တေန နာလဇ္ဇေ ကိန္တု ဝယံ ယဒွဒ် ယုၐ္မာန် ပြတိ သတျဘာဝေန သကလမ် အဘာၐာမဟိ တဒွတ် တီတသျ သမီပေ'သ္မာကံ ၑ္လာဃနမပိ သတျံ ဇာတံ၊
किनकि तिनीसँग तिमीहरूको बारेमा गर्व गर्दा म शर्माइनँ । यसको विपरीत, जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए, त्यसरी नै तिमीहरूको बारेमा हामीले तीतससँग गरेको गर्व पनि सत्य ठहरियो ।
15 ယူယံ ကီဒၖက် တသျာဇ္ဉာ အပါလယတ ဘယကမ္ပာဘျာံ တံ ဂၖဟီတဝန္တၑ္စဲတသျ သ္မရဏာဒ် ယုၐ္မာသု တသျ သ္နေဟော ဗာဟုလျေန ဝရ္တ္တတေ၊
तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले तिनलाई डर र कम्पसाथ गरेको स्वागत सम्झेर तिमीहरूप्रति तिनको स्‍नेह अझ बढ्छ ।
16 ယုၐ္မာသွဟံ သရွွမာၑံသေ, ဣတျသ္မိန် မမာဟ္လာဒေါ ဇာယတေ၊
म रमाउँछु, किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ ।

< ၂ ကရိန္ထိနး 7 >