< ၁ ကရိန္ထိနး 4 >

1 လောကာ အသ္မာန် ခြီၐ္ဋသျ ပရိစာရကာန် ဤၑွရသျ နိဂူဌဝါကျဓနသျာဓျက္ၐာံၑ္စ မနျန္တာံ၊
यसरी कुनै व्यक्‍तिले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरको गोप्य सत्यताको भण्डारे ठान्‍नुपर्छ ।
2 ကိဉ္စ ဓနာဓျက္ၐေဏ ဝိၑွသနီယေန ဘဝိတဝျမေတဒေဝ လောကဲ ရျာစျတေ၊
यस सम्बन्धमा, भण्डारेहरू विश्‍वासयोग्य हुन आवश्‍यक छ ।
3 အတော ဝိစာရယဒ္ဘိ ရျုၐ္မာဘိရနျဲး ကဲၑ္စိန် မနုဇဲ ရွာ မမ ပရီက္ၐဏံ မယာတီဝ လဃု မနျတေ 'ဟမပျာတ္မာနံ န ဝိစာရယာမိ၊
तर म तिमीहरूबाट र मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैँ पनि मेरो जाँच गर्दिनँ ।
4 မယာ ကိမပျပရာဒ္ဓမိတျဟံ န ဝေဒ္မိ ကိန္တွေတေန မမ နိရပရာဓတွံ န နိၑ္စီယတေ ပြဘုရေဝ မမ ဝိစာရယိတာသ္တိ၊
मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्‍ने चाहिँ होइन । परमेश्‍वरले नै मेरो न्याय गर्नुहुन्छ ।
5 အတ ဥပယုက္တသမယာတ် ပူရွွမ် အရ္ထတး ပြဘောရာဂမနာတ် ပူရွွံ ယုၐ္မာဘိ ရွိစာရော န ကြိယတာံ၊ ပြဘုရာဂတျ တိမိရေဏ ပြစ္ဆန္နာနိ သရွွာဏိ ဒီပယိၐျတိ မနသာံ မန္တြဏာၑ္စ ပြကာၑယိၐျတိ တသ္မိန် သမယ ဤၑွရာဒ် ဧကဲကသျ ပြၑံသာ ဘဝိၐျတိ၊
यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
6 ဟေ ဘြာတရး သရွွာဏျေတာနိ မယာတ္မာနမ် အာပလ္လဝဉ္စောဒ္ဒိၑျ ကထိတာနိ တသျဲတတ် ကာရဏံ ယုယံ ယထာ ၑာသ္တြီယဝိဓိမတိကြမျ မာနဝမ် အတီဝ နာဒရိၐျဓ္ဗ ဤတ္ထဉ္စဲကေန ဝဲပရီတျာဒ် အပရေဏ န ၑ္လာဃိၐျဓ္ဗ ဧတာဒၖၑီံ ၑိက္ၐာမာဝယောရ္ဒၖၐ္ဋာန္တာတ် လပ္သျဓွေ၊
अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।
7 အပရာတ် ကသ္တွာံ ဝိၑေၐယတိ? တုဘျံ ယန္န ဒတ္တ တာဒၖၑံ ကိံ ဓာရယသိ? အဒတ္တေနေဝ ဒတ္တေန ဝသ္တုနာ ကုတး ၑ္လာဃသေ?
किनकि कसले तिमीहरू र अरू मानिसहरूका बिचमा फरक देख्छ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सितैँमा पाएका होइनौ र? तिमीहरूले त्यो सितैँमा पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ?
8 ဣဒါနီမေဝ ယူယံ ကိံ တၖပ္တာ လဗ္ဓဓနာ ဝါ? အသ္မာသွဝိဒျမာနေၐု ယူယံ ကိံ ရာဇတွပဒံ ပြာပ္တား? ယုၐ္မာကံ ရာဇတွံ မယာဘိလၐိတံ ယတသ္တေန ယုၐ္မာဘိး သဟ ဝယမပိ ရာဇျာံၑိနော ဘဝိၐျာမး၊
तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ! तिमीहरू अगिबाटै धनी भएका छौ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्‍ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ ।
9 ပြေရိတာ ဝယံ ၑေၐာ ဟန္တဝျာၑ္စေဝေၑွရေဏ နိဒရ္ၑိတား၊ ယတော ဝယံ သရွွလောကာနာမ် အရ္ထတး သွရ္ဂီယဒူတာနာံ မာနဝါနာဉ္စ ကော်တုကာသ္ပဒါနိ ဇာတား၊
किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ ।
10 ခြီၐ္ဋသျ ကၖတေ ဝယံ မူဎား ကိန္တု ယူယံ ခြီၐ္ဋေန ဇ္ဉာနိနး, ဝယံ ဒုရ္ဗ္ဗလာ ယူယဉ္စ သဗလား, ယူယံ သမ္မာနိတာ ဝယဉ္စာပမာနိတား၊
हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।
11 ဝယမဒျာပိ က္ၐုဓာရ္တ္တာသ္တၖၐ္ဏာရ္တ္တာ ဝသ္တြဟီနာသ္တာဍိတာ အာၑြမရဟိတာၑ္စ သန္တး
यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ ।
12 ကရ္မ္မဏိ သွကရာန် ဝျာပါရယန္တၑ္စ ဒုးခဲး ကာလံ ယာပယာမး၊ ဂရှိတဲရသ္မာဘိရာၑီး ကထျတေ ဒူရီကၖတဲး သဟျတေ နိန္ဒိတဲး ပြသာဒျတေ၊
हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष्‌‌ दिन्छौँ । सतावटमा पर्दा हामी सहन्छौँ ।
13 ဝယမဒျာပိ ဇဂတး သမ္မာရ္ဇနီယောဂျာ အဝကရာ ဣဝ သရွွဲ ရ္မနျာမဟေ၊
मानिसले हामीलाई निन्‍दा गर्दा हामी दयापूर्वक बोल्‍छौँ । हामी संसारले इन्‍कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्‍ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ ।
14 ယုၐ္မာန် တြပယိတုမဟမေတာနိ လိခါမီတိ နဟိ ကိန္တု ပြိယာတ္မဇာနိဝ ယုၐ္မာန် ပြဗောဓယာမိ၊
तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु ।
15 ယတး ခြီၐ္ဋဓရ္မ္မေ ယဒျပိ ယုၐ္မာကံ ဒၑသဟသြာဏိ ဝိနေတာရော ဘဝန္တိ တထာပိ ဗဟဝေါ ဇနကာ န ဘဝန္တိ ယတော'ဟမေဝ သုသံဝါဒေန ယီၑုခြီၐ္ဋေ ယုၐ္မာန် အဇနယံ၊
किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्‍टमा तिमीहरूका पिता बनेँ ।
16 အတော ယုၐ္မာန် ဝိနယေ'ဟံ ယူယံ မဒနုဂါမိနော ဘဝတ၊
त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु ।
17 ဣတျရ္ထံ သရွွေၐု ဓရ္မ္မသမာဇေၐု သရွွတြ ခြီၐ္ဋဓရ္မ္မယောဂျာ ယေ ဝိဓယော မယောပဒိၑျန္တေ တာန် ယော ယုၐ္မာန် သ္မာရယိၐျတျေဝမ္ဘူတံ ပြဘေား ကၖတေ ပြိယံ ဝိၑွာသိနဉ္စ မဒီယတနယံ တီမထိယံ ယုၐ္မာကံ သမီပံ ပြေၐိတဝါနဟံ၊
यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन् ।
18 အပရမဟံ ယုၐ္မာကံ သမီပံ န ဂမိၐျာမီတိ ဗုဒ္ဓွာ ယုၐ္မာကံ ကိယန္တော လောကာ ဂရွွန္တိ၊
म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्‍ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् ।
19 ကိန္တု ယဒိ ပြဘေရိစ္ဆာ ဘဝတိ တရှျဟမဝိလမ္ဗံ ယုၐ္မတ္သမီပမုပသ္ထာယ တေၐာံ ဒရ္ပဓ္မာတာနာံ လောကာနာံ ဝါစံ ဇ္ဉာသျာမီတိ နဟိ သာမရ္ထျမေဝ ဇ္ဉာသျာမိ၊
तर यदि परमेश्‍वरको इच्छा भयो भने म त्यहाँ चाँडै नै आउनेछु । त्यसपछि म ती अहङ्कारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्‍ति हेर्नेछु ।
20 ယသ္မာဒီၑွရသျ ရာဇတွံ ဝါဂျုက္တံ နဟိ ကိန္တု သာမရ္ထျယုက္တံ၊
किनकि परमेश्‍वरको राज्य कुरामा होइन, तर शक्‍तिमा छ ।
21 ယုၐ္မာကံ ကာ ဝါဉ္ဆာ? ယုၐ္မတ္သမီပေ မယာ ကိံ ဒဏ္ဍပါဏိနာ ဂန္တဝျမုတ ပြေမနမြတာတ္မယုက္တေန ဝါ?
तिमीहरू के चाहन्छौ? म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा?

< ၁ ကရိန္ထိနး 4 >