< ၁ ကရိန္ထိနး 14 >

1 ယူယံ ပြေမာစရဏေ ပြယတဓွမ် အာတ္မိကာန် ဒါယာနပိ ဝိၑေၐတ ဤၑွရီယာဒေၑကထနသာမရ္ထျံ ပြာပ္တုံ စေၐ္ဋဓွံ၊
प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी अगमवाणी बोल्ने चाहना गर ।
2 ယော ဇနး ပရဘာၐာံ ဘာၐတေ သ မာနုၐာန် န သမ္ဘာၐတေ ကိန္တွီၑွရမေဝ ယတး ကေနာပိ ကိမပိ န ဗုဓျတေ သ စာတ္မနာ နိဂူဎဝါကျာနိ ကထယတိ;
किनभने अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्दछ । उसले गुप्‍त कुराहरूलाई आत्मामा बोल्दछ र उसको कुरा कसैले पनि बुझ्‍न सक्दैन ।
3 ကိန္တု ယော ဇန ဤၑွရီယာဒေၑံ ကထယတိ သ ပရေၐာံ နိၐ္ဌာယဲ ဟိတောပဒေၑာယ သာန္တွနာယဲ စ ဘာၐတေ၊
तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ ।
4 ပရဘာၐာဝါဒျာတ္မန ဧဝ နိၐ္ဌာံ ဇနယတိ ကိန္တွီၑွရီယာဒေၑဝါဒီ သမိတေ ရ္နိၐ္ဌာံ ဇနယတိ၊
अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ ।
5 ယုၐ္မာကံ သရွွေၐာံ ပရဘာၐာဘာၐဏမ် ဣစ္ဆာမျဟံ ကိန္တွီၑွရီယာဒေၑကထနမ် အဓိကမပီစ္ဆာမိ၊ ယတး သမိတေ ရ္နိၐ္ဌာယဲ ယေန သွဝါကျာနာမ် အရ္ထော န ကြိယတေ တသ္မာတ် ပရဘာၐာဝါဒိတ ဤၑွရီယာဒေၑဝါဒီ ၑြေယာန်၊
तिमीहरू सबै जना अन्य भाषा बोल भन्‍ने म चाहना गर्दछु । तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहना गर्दछु । (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ ।
6 ဟေ ဘြာတရး, ဣဒါနီံ မယာ ယဒိ ယုၐ္မတ္သမီပံ ဂမျတေ တရှီၑွရီယဒရ္ၑနသျ ဇ္ဉာနသျ ဝေၑွရီယာဒေၑသျ ဝါ ၑိက္ၐာယာ ဝါ ဝါကျာနိ န ဘာၐိတွာ ပရဘာၐာံ ဘာၐမာဏေန မယာ ယူယံ ကိမုပကာရိၐျဓွေ?
तर भाइहरू हो, यदि म तिमीहरूकहाँ अन्य भाषामा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्‍याउँछु र? जबसम्म मैले प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षाको लागि मा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्‍याउँदिनँ ।
7 အပရံ ဝံၑီဝလ္လကျာဒိၐု နိၐ္ပြာဏိၐု ဝါဒျယန္တြေၐု ဝါဒိတေၐု ယဒိ က္ကဏာ န ဝိၑိၐျန္တေ တရှိ ကိံ ဝါဒျံ ကိံ ဝါ ဂါနံ ဘဝတိ တတ် ကေန ဗောဒ္ဓုံ ၑကျတေ?
यदि मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका आवाजहरू निकाल्दैनन् भने कसैले कसरी कुनचाहिँ साधन बजाइएको हो भनेर जान्‍न सक्छ?
8 အပရံ ရဏတူရျျာ နိသွဏော ယဒျဝျက္တော ဘဝေတ် တရှိ ယုဒ္ဓါယ ကး သဇ္ဇိၐျတေ?
यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने कसरी कसैले लडाइँको लागि तयार हुने समय हो भनेर जान्‍ने?
9 တဒွတ် ဇိဟွာဘိ ရျဒိ သုဂမျာ ဝါက် ယုၐ္မာဘိ ရ္န ဂဒျေတ တရှိ ယဒ် ဂဒျတေ တတ် ကေန ဘောတ္သျတေ? ဝသ္တုတော ယူယံ ဒိဂါလာပိန ဣဝ ဘဝိၐျထ၊
तिमीहरूका लागि पनि त्यस्तै हो । यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने तिमीहरूले बोलेका कुरा कसरी बुझ्ने? तिमीहरू बोलिरहन्छौ र कसैले पनि तिमीहरूको कुरा बुझ्‍नेछैन ।
10 ဇဂတိ ကတိပြကာရာ ဥက္တယော ဝိဒျန္တေ? တာသာမေကာပိ နိရရ္ထိကာ နဟိ;
संसारमा धेरै भाषाहरू छन् भन्‍ने कुरामा कुनै शङ्का छैन र कुनै पनि अर्थ बिनाका छैनन् ।
11 ကိန္တူက္တေရရ္ထော ယဒိ မယာ န ဗုဓျတေ တရှျဟံ ဝက္တြာ မ္လေစ္ဆ ဣဝ မံသျေ ဝက္တာပိ မယာ မ္လေစ္ဆ ဣဝ မံသျတေ၊
तर यदि मैले भाषाको अर्थ बुझिनँ भने म त्यस व्यक्‍तिको लागि र त्यो व्यक्‍ति मेरो लागि विदेशी हुनेछ ।
12 တသ္မာဒ် အာတ္မိကဒါယလိပ္သဝေါ ယူယံ သမိတေ ရ္နိၐ္ဌာရ္ထံ ပြာပ္တဗဟုဝရာ ဘဝိတုံ ယတဓွံ,
तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।
13 အတဧဝ ပရဘာၐာဝါဒီ ယဒ် အရ္ထကရော'ပိ ဘဝေတ် တတ် ပြာရ္ထယတာံ၊
यसरी नै अन्य भाषामा बोल्ने व्यक्‍तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस् ।
14 ယဒျဟံ ပရဘာၐယာ ပြရ္ထနာံ ကုရျျာံ တရှိ မဒီယ အာတ္မာ ပြာရ္ထယတေ, ကိန္တု မမ ဗုဒ္ဓိ ရ္နိၐ္ဖလာ တိၐ္ဌတိ၊
किनकि यदि मैले अन्य भाषामा प्राथना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिँ निष्फल हुन्छ ।
15 ဣတျနေန ကိံ ကရဏီယံ? အဟမ် အာတ္မနာ ပြာရ္ထယိၐျေ ဗုဒ္ဓျာပိ ပြာရ္ထယိၐျေ; အပရံ အာတ္မနာ ဂါသျာမိ ဗုဒ္ဓျာပိ ဂါသျာမိ၊
मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु ।
16 တွံ ယဒါတ္မနာ ဓနျဝါဒံ ကရောၐိ တဒါ ယဒ် ဝဒသိ တဒ် ယဒိ ၑိၐျေနေဝေါပသ္ထိတေန ဇနေန န ဗုဒ္ဓျတေ တရှိ တဝ ဓနျဝါဒသျာန္တေ တထာသ္တွိတိ တေန ဝက္တံ ကထံ ၑကျတေ?
नत्रता यदि तिमीले आत्मामा धन्यवाद दिँदा यदि तिमीले भनेका कुरा बाहिरकाहरूले बुझेनन् भने कसरी तिनीहरूले आमेन भन्‍ने?
17 တွံ သမျဂ် ဤၑွရံ ဓနျံ ဝဒသီတိ သတျံ တထာပိ တတြ ပရသျ နိၐ္ဌာ န ဘဝတိ၊
किनकि तिमीले त निश्‍चय नै प्रशस्‍त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्‍तिको वृद्धि गर्दैन ।
18 ယုၐ္မာကံ သရွွေဘျော'ဟံ ပရဘာၐာဘာၐဏေ သမရ္ထော'သ္မီတိ ကာရဏာဒ် ဤၑွရံ ဓနျံ ဝဒါမိ;
म परमेश्‍वरलाई धन्‍यवाद दिन्छु कि म तिनीहरू सबैभन्दा बढी नै अन्य भाषाहरूमा बोल्दछु ।
19 တထာပိ သမိတော် ပရောပဒေၑာရ္ထံ မယာ ကထိတာနိ ပဉ္စ ဝါကျာနိ ဝရံ န စ လက္ၐံ ပရဘာၐီယာနိ ဝါကျာနိ၊
तर म मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु ।
20 ဟေ ဘြာတရး, ယူယံ ဗုဒ္ဓျာ ဗာလကာဣဝ မာ ဘူတ ပရန္တု ဒုၐ္ဋတယာ ၑိၑဝဣဝ ဘူတွာ ဗုဒ္ဓျာ သိဒ္ဓါ ဘဝတ၊
भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन । खराबीको निम्ति बालक बन । तर आफ्नो सोचाइमा परिपक्‍व बन ।
21 ၑာသ္တြ ဣဒံ လိခိတမာသ္တေ, ယထာ, ဣတျဝေါစတ် ပရေၑော'ဟမ် အာဘာၐိၐျ ဣမာန် ဇနာန်၊ ဘာၐာဘိး ပရကီယာဘိ ရွက္တြဲၑ္စ ပရဒေၑိဘိး၊ တထာ မယာ ကၖတေ'ပီမေ န ဂြဟီၐျန္တိ မဒွစး။
व्‍यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तर पनि तिनीहरूले मलाई सुन्‍नेछैनन्” परमप्रभु भन्‍नुहुन्छ ।
22 အတဧဝ တတ် ပရဘာၐာဘာၐဏံ အဝိၑ္စာသိနး ပြတိ စိဟ္နရူပံ ဘဝတိ န စ ဝိၑွာသိနး ပြတိ; ကိန္တွီၑွရီယာဒေၑကထနံ နာဝိၑွာသိနး ပြတိ တဒ် ဝိၑွာသိနး ပြတျေဝ၊
त्यसकारण, अन्य भाषा विश्‍वास नगर्नेहरूको लागि चिह्न हो, विश्‍वासीहरूको लागि होइन । तर अगमवाणीचाहिँ विश्‍वासीहरूका लागि चिह्न हो, विश्‍वास नगर्नेहरूका लागि होइन ।
23 သမိတိဘုက္တေၐု သရွွေၐု ဧကသ္မိန် သ္ထာနေ မိလိတွာ ပရဘာၐာံ ဘာၐမာဏေၐု ယဒိ ဇ္ဉာနာကာင်္က္ၐိဏော'ဝိၑွာသိနော ဝါ တတြာဂစ္ဆေယုသ္တရှိ ယုၐ္မာန် ဥန္မတ္တာန် ကိံ န ဝဒိၐျန္တိ?
त्यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुँदा सबै जनाले अन्य भाषा बोल्दा बाहिरकाहरू तथा विश्‍वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् र?
24 ကိန္တု သရွွေၐွီၑွရီယာဒေၑံ ပြကာၑယတ္သု ယဒျဝိၑွာသီ ဇ္ဉာနာကာင်္က္ၐီ ဝါ ကၑ္စိတ် တတြာဂစ္ဆတိ တရှိ သရွွဲရေဝ တသျ ပါပဇ္ဉာနံ ပရီက္ၐာ စ ဇာယတေ,
तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्‍वासी वा बाहिरको व्यक्‍ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ ।
25 တတသ္တသျာန္တးကရဏသျ ဂုပ္တကလ္ပနာသု ဝျက္တီဘူတာသု သော'ဓောမုခး ပတန် ဤၑွရမာရာဓျ ယုၐ္မန္မဓျ ဤၑွရော ဝိဒျတေ ဣတိ သတျံ ကထာမေတာံ ကထယိၐျတိ၊
उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् । परिणामस्वरूप, उसले परमेश्‍वरको सामु घोप्टो परी आराधना गर्नेछ । उसले परमेश्‍वर साँच्‍चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।
26 ဟေ ဘြာတရး, သမ္မိလိတာနာံ ယုၐ္မာကမ် ဧကေန ဂီတမ် အနျေနောပဒေၑော'နျေန ပရဘာၐာနျေန အဲၑွရိကဒရ္ၑနမ် အနျေနာရ္ထဗောဓကံ ဝါကျံ လဘျတေ ကိမေတတ်? သရွွမေဝ ပရနိၐ္ဌာရ္ထံ ယုၐ္မာဘိး ကြိယတာံ၊
भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।
27 ယဒိ ကၑ္စိဒ် ဘာၐာန္တရံ ဝိဝက္ၐတိ တရှျေကသ္မိန် ဒိနေ ဒွိဇနေန တြိဇနေန ဝါ ပရဘာၐာ ကထျတာံ တဒဓိကဲရ္န ကထျတာံ တဲရပိ ပရျျာယာနုသာရာတ် ကထျတာံ, ဧကေန စ တဒရ္ထော ဗောဓျတာံ၊
यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा तिनले पालैपालो बोलून् । र कसैले बोलिएको कुराको अर्थ खोलोस् ।
28 ကိန္တွရ္ထာဘိဓာယကး ကော'ပိ ယဒိ န ဝိဒျတေ တရှိ သ သမိတော် ဝါစံယမး သ္ထိတွေၑွရာယာတ္မနေ စ ကထာံ ကထယတု၊
तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने मण्डलीमा रहेको हरेक व्यक्‍ति चुप बसोस् । ऊ आफैँ र परमेश्‍वरसँग एकलै बोलोस् ।
29 အပရံ ဒွေါ် တြယော ဝေၑွရီယာဒေၑဝက္တာရး သွံ သွမာဒေၑံ ကထယန္တု တဒနျေ စ တံ ဝိစာရယန္တု၊
दुई वा तिन जना अगमवक्‍ता बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् ।
30 ကိန္တု တတြာပရေဏ ကေနစိတ် ဇနေနေၑွရီယာဒေၑေ လဗ္ဓေ ပြထမေန ကထနာတ် နိဝရ္တ္တိတဝျံ၊
तर यदि त्‍यो सेवामा बसिरहेको कसैलाई अन्‍तर्दृष्‍टि प्राप्‍त भयो भने बोलिरहेको व्यक्‍ति चुप लागोस् ।
31 သရွွေ ယတ် ၑိက္ၐာံ သာန္တွနာဉ္စ လဘန္တေ တဒရ္ထံ ယူယံ သရွွေ ပရျျာယေဏေၑွရီယာဒေၑံ ကထယိတုံ ၑက္နုထ၊
किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्‍तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् र सबै जना नै उत्साहित बनून् ।
32 ဤၑွရီယာဒေၑဝက္တၖဏာံ မနာံသိ တေၐာမ် အဓီနာနိ ဘဝန္တိ၊
अगमवक्‍ताका आत्माहरू अगमवक्‍ताकै नियन्‍त्रणमा हुन्छन् ।
33 ယတ ဤၑွရး ကုၑာသနဇနကော နဟိ သုၑာသနဇနက ဧဝေတိ ပဝိတြလောကာနာံ သရွွသမိတိၐု ပြကာၑတေ၊
किनकि परमेश्‍वर अन्योलका होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ । विश्‍वासीहरूका अन्य मण्डलीहरूमा भएजस्तै
34 အပရဉ္စ ယုၐ္မာကံ ဝနိတား သမိတိၐု တူၐ္ဏီမ္ဘူတာသ္တိၐ္ဌန္တု ယတး ၑာသ္တြလိခိတေန ဝိဓိနာ တား ကထာပြစာရဏာတ် နိဝါရိတာသ္တာဘိ ရ္နိဃြာဘိ ရ္ဘဝိတဝျံ၊
स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।
35 အတသ္တာ ယဒိ ကိမပိ ဇိဇ္ဉာသန္တေ တရှိ ဂေဟေၐု ပတီန် ပၖစ္ဆန္တု ယတး သမိတိမဓျေ ယောၐိတာံ ကထာကထနံ နိန္ဒနီယံ၊
यदि तिनीहरूले केही सिक्‍ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्‍त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।
36 အဲၑွရံ ဝစး ကိံ ယုၐ္မတ္တော နိရဂမတ? ကေဝလံ ယုၐ္မာန် ဝါ တတ် ကိမ် ဥပါဂတံ?
के परमेश्‍वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?
37 ယး ကၑ္စိဒ် အာတ္မာနမ် ဤၑွရီယာဒေၑဝက္တာရမ် အာတ္မနာဝိၐ္ဋံ ဝါ မနျတေ သ ယုၐ္မာန် ပြတိ မယာ ယဒ် ယတ် လိချတေ တတ္ပြဘုနာဇ္ဉာပိတမ် ဤတျုရရီ ကရောတု၊
यदि कसैले आफैँलाई अगमवक्‍ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ ।
38 ကိန္တု ယး ကၑ္စိတ် အဇ္ဉော ဘဝတိ သော'ဇ္ဉ ဧဝ တိၐ္ဌတု၊
तर यदि कसैले यसलाई स्वीकार गर्दैन भने उसलाई पनि स्वीकार नगरियोस् ।
39 အတဧဝ ဟေ ဘြာတရး, ယူယမ် ဤၑွရီယာဒေၑကထနသာမရ္ထျံ လဗ္ဓုံ ယတဓွံ ပရဘာၐာဘာၐဏမပိ ယုၐ္မာဘိ ရ္န နိဝါရျျတာံ၊
यसैले भाइहरू हो, अगमवाणी गर्ने दृढ चाहना गर र कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक ।
40 သရွွကရ္မ္မာဏိ စ ဝိဓျနုသာရတး သုပရိပါဋျာ ကြိယန္တာံ၊
तर सबै कामहरू उचित तरिकाले र व्यवस्थित रूपमा गर ।

< ၁ ကရိန္ထိနး 14 >