< Imbombo zya Atume 19 >

1 U Apolo nali hu Korintho, u Paulo ashilile hunsi izya pamwanya afishile hu Efeso atangine na manyili yhwo.
अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभागको बाटोहुँदै एफिसस सहर आइपुगे र त्यहाँ कतिपय चेलाहरूलाई भेटे ।
2 U Paulo wabhabhuzya, “Huje, mwamposhiye Umpepo Ufinjile pamwahitishe?” Bhaga, “Ha' aa, atahuhwumvwe siga tahumvwizye huje huli Umpepo Ufinjile.”
पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ त?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ ।”
3 U Paulo wabhabhuuzya, “Eshi mwahoziwe?” Wozyonshii, “Abheene bhaga uwozyo wa Yohana.
पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्‍तिस्मा लियौ त?” तिनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्मामा ।”
4 U Paulo waga, “U Yohana abhozizye huwozyo wa alambe. Abhabhuulile bhaala aje bhamwitishe uyo yahwinza pamande uYesu.”
त्यसैले पावलले जवाफ दिए, “यूहन्‍नाले दिने बप्‍तिस्माचाहिँ पश्‍चात्तापको हो । उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्‍वास गर्नुपर्छ ।”
5 Abhantu nabhuumvwa enongwa ezi bhoziwa hwitawa lya Yesu Kilisti.
मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए ।
6 U Paulo nawabhabhishila amakhono pitwe Umpepo Ufinjile wabhishila bhanda ayanje enjango empya nakuwe.
त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे ।
7 Bhahali alume ilonga na bhabhili.
उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए ।
8 U Paulo ahinjila mwisinagogi amezi gatatu. Alongozyaga enjangano na bhavute abhantu hwa Yesu nu uumwene uwa humwanya.
पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै तीन महिना बिताए । उनले परमेश्‍वरको राज्यको बारेमा मानिसहरूसँग बहस गरे र विश्‍वास दिलाए ।
9 Lelo Ayahudi bhamo bhahali na mampuli sigabhahitihaga, bhaligaga nabhayangaga ezya Yesu. U Paulo wabhefwa aKtilisti wabhala nabho muukumbi wa Tirano abhamanyizye.
तर केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, अनि तिनीहरूले ख्रीष्‍टको मार्गको विरुद्धमा भिडहरूका सामु दुष्‍ट कुरा बोल्न थाले । यसकारण पावलले उनीहरूलाई छोडे र विश्‍वासहरूलाई लिएर त्यहाँबाट गए । उनले टुरान्‍नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले ।
10 Ahindiliye isho humaha gabhili bhonti bhabhakhalaga hu Asia bhahumvwizye izu lya Ngulubhi Ayahudi na Ayunani(Agriki).
यो प्रक्रिया दुई वर्षसम्म चल्यो र यसरी एसियामा भएका यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।
11 Ungulubhi abhombaga amambo amagosi hukhono gwa Paulo,
पावलको हातबाट परमेश्‍वरले महान् कामहरू गर्नुभयो ।
12 abhabhinu bhaponaga ata utuleso na menda gagafumile mubili gwa Paulo bhabhapalamansiaga nago bhaponaga ne Mpepo embibhi zyahepaga mwabhantu.
पावलको शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्‍ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए ।
13 Bhahali Ayahudi bhamo bhaali bhemazimu, bhahanzaga alitumile itawa lya Yesu hu faida yabho, bhabhabhuulaga abhantu bhabhali ne Mpepo embibhi epa hwitawa lya Yesu ula yalumbililwa nu Paulo.”
तर त्यस इलाकामा येशूको नाउँलाई आफू अनुकुल प्रयोग गर्ने केही यहूदी झारफुक गर्नेहरू पनि थिए । तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्‍ने गर्थे, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।”
14 Bhabhabhombaga isho bhali saba bhahali bhanabha sikewa yahali Gosi wishibhanza sha Yahudi, Skewa.
त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए ।
15 Zila Impepo embibhi zyabhabhuula zyaga, “U Paulo timinye nu Yesu wope timinye amwe mwenanuu?”
एउटा दुष्‍ट आत्माले तिनीहरूलाई यसो भनेर जवाफ दियो, “येशूलाई म चिन्छु; पावललाई पनि चिन्छु, तर तँचाहिँ को होस्?”
16 Zila empepo zyabhatomoshela zya bhamena ikhoni, zyabhavwalazya. Bhashimbila shabhali welele afume munyumba mula.
त्यो दुष्‍ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे ।
17 Ijambo eli lyamanyiha hwa bhantu bhonti, Ayahudi na Giriki, bhogopa itawa lya Yesu lyatinihwa na bhantu.
एफिससमा बस्‍ने यहूदी र ग्रीक सबै विश्‍वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठुलो भय उत्त्पन्‍न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो ।
18 Akristo bhinji bhenza alambe, bhazibhonesya embibhi zabhabhomba.
साथै धेरै विश्‍वासीहरू आएर आफूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे ।
19 Abhantu bhabhatumilaga evitabu alagulile bhahaleta evitabu vyabhobhavipemba nu mwoto, bhabhazizye egalama yakwe yahali evipanda vyehala elfu amalongo gasanu.
टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्‍ने जलाए । तिनीहरूले यी सबैको मूल्याङ्कन गर्दा पचास हजार चाँदीका सिक्‍का बराबर भयो ।
20 Izu lya Ngulubhi lyanyampana hwonti.
यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो ।
21 U Paulo nawamala imbombo yakwe hula hu Efeso Umpepo walongozya abhale hu Yerusalemu ashilile hu Makedonia na hu Akaya; Waga na nakhala uhwo nehaibhala hu Rumi.”
अब पावलले एफिससमा अफ्नो सेवा-कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे । उनले भने, “यरूशलेम पुगेपछि म रोममा पनि जानै पर्छ ।”
22 U Paulo wabhatuma amanyili bhakwe bhabhili, u Timotheo nu Erasto, bhabhamwavwize. Lelo umwene ahasagala hu Asia.
पावलले आफ्ना दुई जना चेलाहरू तिमोथी र एरास्तसलाई माकेडोनिया पठाए जसले उनलाई सहयोग गरेका थिए । तर पावल आफैँचाहिँ केही समय एसियामै बसे ।
23 Hula hu Efeso abhantu bhaletile efujo husababu yidala liila.
त्यसैबेला एफिससमा यो मार्गको विषयमा ठुलो खैलाबैला मच्‍चियो ।
24 Umuntu umo ali Sonara itawa ali yu Demetrio, alinganya ga utufwanitwihela ufwa Ungulubhi u Diana, aletile ebiashara yakwe hwa fundi.
डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थे ।
25 Wabhabunganya afundi bhonti abhimbombo iyo, wabhabhuula huje, “Mumenye ebiashara ene huja etipela ehela zyinyinji.
त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ ।
26 Siga hu Efeso hwene, nahu Asia hwonti eshi unu uPaulo abhasulihenye abhantu aiga numo Ungulubhi yalinginywe namakhono.
तर तपाईंहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्‍वरहरू होइनन् भनिरहेछ ।
27 Nantele ehweli ehatali iyaje ebiashara yetu sihaihwanziwa, sigayibiashara nyene nu Ngulubhi ushiwi tu ugosi uDiana abhazalauliwe netezye ougosi waluwe, nantele abha Asia bhonti bhahupuuta nensi yonti.
त्यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन तर हाम्री महान् देवी डायनाको मन्दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ ।”
28 Nabhahumvwa isho bhahabwaga wikhatwe ni lyoyo, bhahaga, “uDiana wa bha Efeso gosi.”
यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन्!”
29 Umuji gwonti gwabha nefujo abhantu binjila muukumbi wiyango. Bhabhakhate bhabhashulaga nu Paulo, u Gayo nu Aristariko, bhabhafumile hu Makedonia.
यसरी सहरका सबै मानिसहरू अलमलमा परे । अनि पावलसँग माकेडोनियाबाट यात्रा गरी आएका गायस र अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्गशालाभित्र दौडे ।
30 U Paulo ahanzaga ahwinjile mwabhali muukumbi, lelo amanyili bakwe bhaha khanizyu.
पावल पनि त्यस भिडमा जान चाहन्थे, तर चेलाहरूले उनलाई रोके ।
31 Amaafisa abhe mkoa bhabhali bhakundane nu Paulo bhatumile uujumbe huje asahinjile muukumbi uwinyango.
साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले उनलाई त्यस भिडमा नआउन अनुरोध गर्दै खबर पठाए ।
32 Abhantu bhachanganyikine sigabhaminye ne zyabhayanga, bhamo bhaiga eshi bhamo shila.
केही मानिसहरू एउटा कुरा भन्दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे, कारण भिडका मानिसहरू अलमलमा थिए । धेरै मानिसहरूलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्‍ने कुरा समेत थाहा थिएन ।
33 Ayahudi bhaleta u Iskanda hwabhabhungine abhantu bhabhiha hwitagalila. U Iskanda ahabhapumya abhantu aje ayanje na bhantu, afumye amaelezo.
यहूदीहरूले एलेक्जेन्डरलाई भिडको पंक्तिमा ल्याए र तिनले आफ्ना हातद्वारा इशारा गरेर भिडलाई केही कुरा बुझाउन बोल्न लागे ।
34 Abhantu nabhamanya huje Iskanda Yahudi bhabwaga ibwago amasala gabhili bhaga uDiana gosi wa bha Efeso.”
तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहूदी हुन् भन्‍ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म “एफिसीहरूकी देवी डायना महान् छिन्!” भन्दै चिच्याए ।
35 Usimbi we muji nawabhapumya ubhungano gula waga amwe mubhalume mubha Efeso wenu yasiga aminye huje umuji ogu gwa Efeso gwagutunza eshibhanza sha Diana ugosi nela epicha yehagwiye afume humwanya?
तब नगर-सचिवले भिडलाई शान्त गराएर भने, “एफिससका मानिसहरू हो! एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र?
36 Eshi poomi nasoti, ezi sigatibhomba nanali, musabhombe nahamo.
यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन, यसकारण तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन ।
37 Eshi mubhaletile abhantu ebha palonzi sigabhiibha nantele sigabhalijile Ungulubhi wetu ushe.
किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्‍वरनिन्दा नै गरेका छन् ।
38 Eshi u Demetrio na bhamwabho nafundi bhakwe nkashele bhali na mashitako gagonti numuntu yayonti ikoroti lihweli wazi bhaletwe palonzi.
त्यसकारण, डेमेत्रियस र उसका कारीगरहरूसँग कसैको विरुद्धमा केही भएमा अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । त्यहाँ तिनीहरूले उजुरी दिऊन् ।
39 Lelo nkashele uhwanza amambo aganji tibhagalonje sheshinza.
तर यदि अरू कुराहरू भएमा नियमित सभामा निर्णय लिइने छ ।
40 Tili muhatari iyalongwe uefujo ezi nantele sigatibhajiye azigolosye enongwa ezi.
किनभने आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा छ । यो बिनाकारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौँ ।”
41 Nawayanga isho wabhanyampanya abhantu.
यति भनेपछि उनले सभालाई विसर्जन गरे ।

< Imbombo zya Atume 19 >