< Jó 18 >
1 Então Bildad, o Shuhite, respondeu,
तब बिल्दद शुहीले जवाफ दिए र भने,
2 “Quanto tempo você vai caçar por palavras? Considere, e depois falaremos.
“आफ्नो कुरा तपाईं कहिले बन्द गर्नुहुन्छ? विचार गर्नुहोस्, र त्यसपछि हामी बोल्नेछौं ।
3 Por que somos contados como animais, que se tornaram impuros à sua vista?
तपाईंको दृष्टिमा हामीलाई किन जङ्गली पशुहरू जस्तै मूर्ख छौं?
4 Você que se rasga em sua raiva, a terra será abandonada para você? Ou a rocha será removida de seu lugar?
तपाईंले आफ्नो रिसमा आफैलाई छिया-छिया पार्नुहुन्छ, के तपाईंको निम्ति पृथ्वीलाई त्यागिदिने? वा चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने?
5 “Sim, a luz dos ímpios será apagada. A faísca de seu fogo não vai brilhar.
वास्तवमा दुष्ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।
6 A luz será escura em sua tenda. Sua lâmpada acima dele será apagada.
उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।
7 Os passos de sua força serão encurtados. Seu próprio conselho o abaterá.
उसको शक्तिका पाइलाहरू छोटा बनाइनेछन् । उसका आफ्नै योजनाहरूले उसलाई तल पार्नेछन् ।
8 Pois ele é lançado em uma rede por seus próprios pés, e ele vagueia em sua malha.
किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फल्नेछ । ऊ खल्डोतिर भौंतारिंदै जानेछ ।
9 Um laço o pegará pelo calcanhar. Uma armadilha vai pegá-lo.
पासोले त्यसलाई कुर्कुच्चोमा समात्ने छ । जालले त्यसलाई पसाउनेछ ।
10 Um laço está escondido para ele no chão, uma armadilha para ele no caminho.
उसको लागि जमिनमा एउटा पासो लुकाइएको छ । अनि एउटा पासोले उसलाई समात्नेछ ।
11 Os terrores o farão ter medo de todos os lados, e o perseguirão em seus calcanhares.
त्रासहरूले चारैतिरबाट उसलाई डरमा पार्नेछन् । तिनले उसलाई पछिपछि खेद्नेछन् ।
12 Sua força será esfomeada. A calamidade estará pronta a seu lado.
उसको धन-सम्पत्तिले भोकमा पुर्याउनेछ, र विपत्तिले उसको छेउमै पर्खिनेछ ।
13 Os membros de seu corpo serão devorados. O primogênito da morte devorará seus membros.
उसको शरीरका अंगहरू नष्ट पारिनेछन् । वास्तवमा, मृत्युको जेठो सन्तानले उसका अंगहरू निल्नेछ ।
14 Ele será retirado da segurança de sua tenda. Ele será levado ao rei dos terrores.
आफ्नो पालको सुरक्षाबाट उसलाई घिस्याइन्छ, र त्रासको राजाकहाँ लगिन्छ ।
15 Lá habitará em sua tenda o que não é dele. O enxofre será disperso em sua habitação.
अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्ने छैनन् ।
16 Suas raízes serão secas por baixo. Seu ramo será cortado acima.
उसका जराहरू तलतिरका नै सुक्नेछन् । माथिको उसको हाँगा काटिनेछ ।
17 Sua memória perecerá da terra. Ele não terá nome na rua.
पृथ्वीबाट उसको सम्झना लुप्त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।
18 Ele será conduzido da luz para a escuridão, e expulsos do mundo.
उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ ।
19 Ele não terá nem filho nem neto entre seu povo, nem qualquer remanescente onde ele morava.
उसका मानिसका बिचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ ।
20 Aqueles que vierem depois ficarão surpresos com seu dia, como aqueles que foram antes estavam assustados.
एक दिन उसलाई जे हुन्छ, त्यसमा पश्चिममा बस्नेहरू मानिसहरू आतङ्कित हुनेछन् भने, पूर्वमा बस्नेहरू त्यसमा त्रसित हुनेछन् ।
21 Certamente tais são as habitações dos injustos. Este é o lugar daquele que não conhece a Deus”.
निश्चय नै अधर्मी मानिसहरूका घरहरू यस्तै हुन्छन् । परमेश्वरलाई नचिन्नेहरूका ठाउँहरू यस्तै हुने छन् ।