< Gênesis 50 >
1 Joseph caiu no rosto de seu pai, chorou sobre ele, e o beijou.
तब योसेफ यति व्याकुल भए कि तिनी आफ्ना बुबाको अनुहारमाथि घोप्टो परेर रोए, र तिनलाई चुम्बन गरे ।
2 José ordenou a seus servos, os médicos, que embalsamassem seu pai; e os médicos embalsamaram Israel.
तब योसेफले आफ्नो सेवामा हुने वैद्यहरूलाई आफ्ना पिताको लाशमा सुगन्धित लेप दल्न लगाए । यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्धित लेप दले ।
3 Quarenta dias foram usados para ele, pois é o número de dias que leva para embalsamar. Os egípcios choraram por Israel durante setenta dias.
यसको निम्ति चालिस दिन लागेको थियो, किनकि सुगन्धित लेप लगाउँदा लाग्ने पुरा समय यति नै थियो । तिनको निम्ति मिश्रीहरूले सत्तरी दिन शोक मनाए ।
4 Quando os dias de choro por ele passaram, José falou ao pessoal do Faraó, dizendo: “Se agora eu encontrei favor em seus olhos, por favor fale aos ouvidos do Faraó, dizendo:
शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि ममाथि तपाईंहरूको निगाह छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदिनुहोस् ।
5 'Meu pai me fez jurar, dizendo: “Eis que estou morrendo”. Enterrai-me na minha sepultura que cavei para mim mesmo na terra de Canaã”. Agora, portanto, por favor, deixe-me subir e enterrar meu pai, e eu virei novamente”.
मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्नू । तैँले मलाई त्यहीँ गाड्नेछस् ।’ यसकारण गएर मेरा बुबालाई त्यहीँ गाड्न दिनुहोस्, र त्यसपछि म फर्केर आउनेछु।”
6 O Faraó disse: “Sobe e enterra teu pai, como ele te fez jurar”.
फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड ।”
7 José subiu para enterrar seu pai; e com ele subiram todos os servos do Faraó, os anciãos de sua casa, todos os anciãos da terra do Egito,
योसेफ आफ्ना बुबालाई गाड्न गए । तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्य मानिसहरू, साथै
8 toda a casa de José, seus irmãos, e a casa de seu pai. Somente seus pequeninos, seus rebanhos e seus rebanhos, eles partiram para a terra de Gósen.
योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए । तर तिनीहरूका बालबच्चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोडिए ।
9 Tanto as carruagens como os cavaleiros subiram com ele. Foi uma grande companhia.
तिनका साथमा रथहरू र घोडचढीहरू पनि गए । त्यो एउटा ठुलो मानिसहरूको समूह थियो ।
10 Eles chegaram à eira de Atad, que fica além do Jordão, e lá lamentaram com uma lamentação muito grande e severa. Ele lamentou por seu pai durante sete dias.
जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे । अनि त्यहाँ योसेफले सात दिनसम्म आफ्ना बुबाको निम्ति शोक गरे ।
11 Quando os habitantes da terra, os cananeus, viram o luto no chão de Atad, disseram: “Este é um luto doloroso por parte dos egípcios”. Por isso seu nome foi chamado Abel Mizraim, que está além do Jordão.
त्यस देशका बासिन्दा कनानीहरूले आतादको खलामा गरेको शोक देखेर भने, “यो त मिश्रीहरूको निम्ति ठुलो शोकको बेला रहेछ ।” यसकारण यर्दननेरको त्यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो । त्यो यर्दन पारिपट्टि छ ।
12 Seus filhos lhe fizeram exatamente como ele lhes ordenou,
यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम छोराहरूले गरे ।
13 pois seus filhos o levaram para a terra de Canaã, e o enterraram na caverna do campo de Macpela, que Abraão comprou com o campo, como posse para um local de sepultamento, de Efron, o hitita, perto de Mamre.
तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए, र हित्ती एप्रोनसँग खेतसहित अब्राहामले चिहान बनाउनलाई किनेको ओडार, अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडारमा तिनलाई गाडे ।
14 José voltou ao Egito - ele e seus irmãos, e tudo o que subiu com ele para enterrar seu pai, depois que ele havia enterrado seu pai.
आफ्ना बुबालाई गाडिसकेपछि आफ्ना दाजुभाइहरू र आफ्ना बुबालाई गाड्न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के ।
15 Quando os irmãos de Joseph viram que seu pai estava morto, eles disseram: “Pode ser que Joseph nos odeie, e nos pague integralmente por todo o mal que lhe fizemos”.
बुबाको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्मनी गरेर हामीले तिनलाई गरेका सबै खराबीको बदला लिए भने?”
16 Eles enviaram uma mensagem a Joseph, dizendo: “Seu pai ordenou antes de morrer, dizendo:
यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्दा अगि तपाईंका बुबाले यस्तो आज्ञा दिनुभएको थियो
17 'Você deve dizer a Joseph: “Agora, por favor, perdoe a desobediência de seus irmãos, e o pecado deles, porque eles lhe fizeram o mal”. Agora, por favor, perdoe a desobediência dos servos do Deus de seu pai”. José chorou quando eles falaram com ele.
‘तिमीहरूले योसेफलाई यसो भन, कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर’ ।” “अब बिन्ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्वरका दासहरूलाई क्षमा गर्नुहोस् ।” उनीहरूले यति भनेपछि योसेफ रोए ।
18 Seus irmãos também foram e caíram diante de seu rosto; e eles disseram: “Eis que somos teus servos”.
तिनका दाजुहरू पनि आएर तिनका सामुन्ने घोप्टो परे । तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ ।”
19 Joseph disse-lhes: “Não tenham medo, pois estou no lugar de Deus?
तर योसेफले उनीहरूलाई भने, “नडराउनुहोस् । के म परमेश्वरको स्थानमा छु र?
20 Quanto a vocês, quiseram dizer mal contra mim, mas Deus o quis dizer para o bem, para salvar muitas pessoas vivas, como está acontecendo hoje.
तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो, तर परमेश्वरले त्यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो, धेरै मानिसहरूलाई बचाउनको निम्ति, जुन तपाईंहरूले आज देख्नुहुन्छ ।
21 Agora, portanto, não tenha medo. Eu proverei para você e seus pequenos”. Ele os consolou e falou gentilmente com eles.
यसकारण नडराउनुहोस्, तपाईंहरू र तपाईंहरूका बालबच्चालाई चाहिने कुराको बन्दोबस्त म गर्नेछु ।” यसरी तिनले उनीहरूलाई ढाडस दिए र तिनीहरूसँग विनम्रतासँग बोले ।
22 Joseph viveu no Egito, ele e a casa de seu pai. José viveu cem e dez anos.
योसेफ तिनका बुबाका परिवारहरूसँगै मिश्रमा बसे । तिनी एक सय दस वर्ष बाँचे ।
23 Joseph viu os filhos de Efraim até a terceira geração. Os filhos também de Machir, o filho de Manasseh, nasceram de joelhos de José.
योसेफले एफ्राइमको पनातिसम्म पनि देखे । तिनले मनश्शेका छोरा माकीरका भर्खर जन्मेका बालबच्चा पनि देखे, र तिनीहरू योसेफकै घुँडामा राखिए ।
24 José disse a seus irmãos: “Estou morrendo, mas Deus certamente vos visitará e vos fará subir desta terra para a terra que ele jurou a Abraão, a Isaac, e a Jacó”.
तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई निकालेर लैजानुहुनेछ ।”
25 José fez um juramento dos filhos de Israel, dizendo: “Deus certamente vos visitará, e vós levareis meus ossos daqui para cima”.
अनि योसेफले इस्राएलका मानिसहरूलाई शपथ खान लगाए । उनले भने, “परमेश्वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ। त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू ।”
26 Então José morreu, tendo cem e dez anos de idade, e eles o embalsamaram, e foi colocado em um caixão no Egito.
यसरी योसेफ एक सय दस वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्धित लेप दलेर बाकसमा हालेर मिश्रमा नै राखे ।