< 2 Crônicas 25 >
1 Amaziah tinha vinte e cinco anos de idade quando começou a reinar, e reinou vinte e nove anos em Jerusalém. O nome de sua mãe era Jehoaddan, de Jerusalém.
अमस्याहले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशलेमकी यहोअदीन थियो ।
2 Ele fez o que era certo aos olhos de Iavé, mas não com um coração perfeito.
तिनले परमप्रभुको दृष्टिमा जे असल थियो सो गरे, तर पूरा हृदयले होइन ।
3 Agora, quando o reino foi estabelecido para ele, ele matou seus servos que haviam matado seu pai, o rei.
अनि यस्तो भयो, जब तिनको शासन राम्ररी स्थापित भयो, तब तिनले आफ्ना बुबा राजाको हत्या गरेका अधिकारीहरूलाई मारे ।
4 Mas ele não matou seus filhos, mas fez de acordo com o que está escrito na lei no livro de Moisés, como Javé ordenou, dizendo: “Os pais não morrerão pelos filhos, nem os filhos morrerão pelos pais; mas cada homem morrerá por seu próprio pecado”.
तर तिनले मोशाका व्यवस्थाको पुस्तकमा लेखिएको यसो भन्ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनीहरूका छोराछोरीलाई चाहिं मारेनन्, “बुबाहरूलाई छोराछोरीका निम्ति र छोराछोरीलाई बुबाहरूका निम्ति नमार्नू । बरू, हरेक मानिसले आफ्नै पापका निम्ति मर्नुपर्छ ।”
5 Moreover Amaziah reuniu Judah e os ordenou de acordo com as casas de seus pais, sob capitães de milhares e capitães de centenas, até mesmo todos os Judah e Benjamin. Ele os contou de vinte anos para cima, e descobriu que havia trezentos mil homens escolhidos, capazes de sair para a guerra, que podiam manejar lança e escudo.
यसको साथै अमस्याहले यहूदाका मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूका पुर्ख्यौली घरानाअनुसार सारा यहूदा र बेन्यामीनका हजार र सयका कमाण्डरहरूका अधीनमा राखिदिए । तिनले बीस वर्ष पुगेका र त्यसभन्दा बढी उमेरका मानिको गन्ती गरे, र तिनीहरूको सङ्ख्या तीन लाख रोजाइमा परेका मानिस, सबै लडाइँ गर्न र भाला र ढाल चलाउन सक्नेहरू भएका तिनले थाहा पाए ।
6 Ele também contratou cem mil homens poderosos de valor fora de Israel por cem talentos de prata.
तिनले एक सय चाँदीका तोडा तिरेर इस्राएलबाट एक लाख लडाकु योद्धाहरू भाडामा लिए ।
7 Um homem de Deus veio a ele, dizendo: “Ó rei, não deixe o exército de Israel ir com você, pois Javé não está com Israel, com todos os filhos de Efraim”.
तर परमेश्वरका एक जना मानिस तिनीकहाँ आए र भने, “ए राजा, इस्राएलका फौजलाई तपाईंसँग नलानुहोस्, किनकि परमप्रभु इस्राएलसँग हुनुहुन्न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्न ।
8 Mas se você for, aja, e seja forte para a batalha. Deus vos derrubará diante do inimigo; pois Deus tem poder para ajudar, e para derrubar”.
तर तपाईं त्यसरी गए पनि, र साहसी र बलियो भए पनि शत्रुहरूका सामु परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि सहायता गर्ने, र परास्त गर्ने शक्ति परमेश्वरसँग छ ।”
9 Amaziah disse ao homem de Deus: “Mas o que devemos fazer pelos cem talentos que eu dei ao exército de Israel? O homem de Deus respondeu: “Yahweh é capaz de lhe dar muito mais do que isso”.
अमस्याहले परमेश्वरका मानिसलाई भने, “तर इस्राएली फौजलाई मैले दिएको त्यो एक सय तोडाको बारेमा हामी के गरौं?” परमेश्वरका मानिसले जवाफ दिए, “परमप्रभुले तपाईंलाई त्योभन्दा धेरै बढी दिन सक्षम हुनुहुन्छ ।”
10 Então o Amaziah os separou, o exército que tinha vindo até ele de Efraim, para voltar para casa novamente. Portanto, a raiva deles foi muito acesa contra Judá, e eles voltaram para casa em fúria.
यसैले एफ्राइमबाट आफूकहाँ आएका फौजलाई अमस्याहले अलग गरे । तिनीहरूलाई तिनले फेरि घर पठाइदिए । यसैले यहूदाप्रतिको तिनीहरूको क्रोध धेरै भयो, र रीसले चूर भएर तिनीहरू घर फर्के ।
11 Amaziah tomou coragem, conduziu seu povo e foi para o Vale do Sal, e atingiu dez mil das crianças de Seir.
अमस्याहले साहस गरे र नूनको उपत्यकामा जानलाई आफ्ना मानिसहरूको नेतृत्व गरे । त्यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई पराजित गरे ।
12 As crianças de Judá levaram dez mil vivos, e os levaram ao topo da rocha, e os jogaram para baixo do topo da rocha, de modo que todos eles foram quebrados em pedaços.
यहूदाका फौजले अरू दश हजार मानिसलाई जीवितै लिएर गए । तिनीहरूले उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगे र त्यहाँबाट तिनीहरूलाई तल खसालिदिए ताकि तिनीहरू सबै टुक्राटुक्रा भए ।
13 Mas os homens do exército que Amazonas enviou de volta, para que não fossem com ele para a batalha, caíram sobre as cidades de Judá desde Samaria até Beth Horon, e atingiram deles três mil, e levaram muitos saques.
तर अमस्याहले आफूसित युद्धमा नजाउन् भनी फिर्ता पठाइदिएका फौजले यहूदाका सामरियादेखि बेथ-होरोनसम्मका सहरहरू आक्रमण गरे । तिनीहरूले तीन हजार जना मानिसलाई मारे, र धेरै लूटका माल लिएर गए ।
14 Agora, depois que Amazonas veio do massacre dos edomitas, ele trouxe os deuses dos filhos de Seir, e os colocou para serem seus deuses, e se curvou diante deles e queimou incenso para eles.
अब यस्तो भयो, एदोमीहरूलाई परास्त गरेर फर्केपछि अमस्याहले सेइरका मानिसहरूका देवताहरू ल्याए र ती आफ्नै देवताका रूपमा स्थापना गरे । तिनीहरूका सामु तिनी घोप्टो परे, र तिनीहरूलाई धूप बाले ।
15 Portanto, a ira de Javé ardia contra o Amazias, e ele lhe enviou um profeta que lhe disse: “Por que você procurou os deuses do povo, que não livraram seu próprio povo de suas mãos?
यसैले अमस्याहको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो । उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले भने, “आफ्नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्ने देवताहरूको खोजी तपाईं किन गर्नुभयो?”
16 Ao falar com ele, o rei lhe disse: “Fizemos de você um dos conselheiros do rei? Pare! Por que você deveria ser derrubado”? Então o profeta parou e disse: “Eu sei que Deus determinou destruir você, porque você fez isso e não ouviu meus conselhos”.
यस्तो भयो, जब अगमवक्ता तिनीसित बोलिरहेका थिए, तब राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाका सल्लाहकार बनएका छौं र? चूप लाग । तँ किन मारिने?” तब अगमवक्ता चूप लागे र भने, “मलाई थाहा छ कि तपाईंले यो काम गरेर मेरो सल्लाह नसुन्नुभएको हुनाले परमेश्वरले तपाईंलाई नाश गर्ने निर्णय गर्नुभएको छ ।”
17 Então Amaziah, rei de Judá, consultou seus conselheiros e enviou a Joás, filho de Jehoahaz, filho de Jeú, rei de Israel, dizendo: “Venha! Olhemos um para o outro no rosto”.
त्यसपछि यहूदाका राजा अमस्याहले आफ्ना सल्लाहकारहरूसँग सल्लाह लिए र इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशकहाँ यसो भनेर दूतहरू पठाए, “आऊ, युद्धमा हामी एक-अर्काको सामना गरौं ।”
18 Joás, rei de Israel, enviou ao Amazonas, rei de Judá, dizendo: “O cardo que estava no Líbano foi enviado ao cedro que estava no Líbano, dizendo: 'Dê sua filha a meu filho como esposa'. Então um animal selvagem que estava no Líbano passou e pisoteou o cardo.
तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहका दूतहरूलाई यसो भनेर फिर्ता पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर एउटा सन्देश पठायो, ‘तिम्री छोरी मेरा छोरालाई पत्नीको रूपमा देऊ,' तर लेबनानको एउटा जङ्गली पशु त्यताबाट भएर गयो र त्यो सिउँडीलाई कुल्चिदियो ।
19 Você diz para si mesmo que atingiu Edom; e seu coração o eleva para se vangloriar. Agora fique em casa. Por que você deveria se meter com problemas, que você deveria cair, até mesmo você e Judá com você”?
तिमीले भनेका छौ ‘हेर, मैले एदोमलाई हराएको छु,’ र तिम्रो हृदयले तिमीलाई माथि उचालेको छ । आफ्नो विजयमा गर्व गर, तर आफ्नै घरमा बस, आफ्नै र यहूदाको पनि आफूसँगै पतन ल्याउन तिमी किन खतरामा पर्छौ?”
20 Mas o Amazias não quis ouvir; pois era de Deus, para poder entregá-los nas mãos de seus inimigos, pois eles haviam procurado os deuses de Edom.
तर अमस्याहले सुनेनन्, किनभने यो घटना परमेश्वरबाट भएको थियो ताकि उहाँले यहूदाका मानिसहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिन सक्नुभएको होस्, किनभने, तिनीहरूले एदोमका देवताहरूबाट सल्लाह लिएका थिए ।
21 Então Joás, rei de Israel, subiu, e ele e Amazias, rei de Judá, olharam um para o outro no rosto de Bete-Semes, que pertence a Judá.
यसैले इस्राएलका राजा येहोआशले आक्रमण गरे । तिनी र यहूदाका राजा अमस्याह यहूदाको बेथ-शेमेशमा आमने सामने भएर युद्ध लडे ।
22 Judá foi derrotado por Israel; assim, cada homem fugiu para sua tenda.
इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस आआफ्नो घरमा भाग्यो ।
23 Joás, rei de Israel, tomou o Amazonas, rei de Judá, filho de Joás, filho de Jeoacaz, em Bet-Semes, e o levou a Jerusalém, derrubando o muro de Jerusalém desde a porta de Efraim até a porta da esquina, quatrocentos côvados.
इस्राएलका राजा येहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा गिरफ्तार गरे । तिनले उनलाई यरूशलेममा ल्याए र तिनले एफ्राइमको ढोकादेखि कुने-ढोकासम्म चार सय हात लामो यरूशलेमको पर्खाल भत्काइदिए ।
24 Ele levou todo o ouro e prata, e todos os vasos que foram encontrados na casa de Deus com Obede-Edom, e os tesouros da casa do rei, e os reféns, e voltou para Samaria.
तिनले ओबेद-एदोमको जिम्मामा राखिदिएका, परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र चाँदी र सबै भाँडाहरू, र राजमहलमा भएका बहुमूल्य थोकहरू र कैदीहरूलाई पनि लगे, र सामरियामा फर्के ।
25 Amaziah, filho de Joás, rei de Judá, viveu durante quinze anos após a morte de Joás, filho de Jehoahaz, rei de Israel.
इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्षसम्म बाँचे ।
26 Agora o resto dos atos do Amazonas, primeiro e último, eis que eles não estão escritos no livro dos reis de Judá e Israel?
अमस्याहका बारेमा भएका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
27 Agora, desde o momento em que o Amazias se afastou de seguir Iavé, eles fizeram uma conspiração contra ele em Jerusalém. Ele fugiu para Laquis, mas eles mandaram atrás dele para Laquis e o mataram lá.
अमस्याहले परमप्रभुको अनुसरण गर्नबाट तर्केर गएको दिनदेखि नै तिनीहरूले यरूशलेममा तिनको विरुद्ध षड्यन्त्र गर्न सुरु गरे । तिनी लाकीशमा भागे, तर तिनीहरूले लाकीशमा तिनको पछिपछि मानिसहरू पठाए र तिनलाई त्यहीं मारे ।
28 Eles o trouxeram em cavalos e o enterraram com seus pais na Cidade de Judá.
तिनीहरूले तिनको लाश घोडामा बोकाएर यरूशलेममा ल्याए र तिनलाई आफ्ना पुर्खाहरूसित यहूदाको सहरमा गाडे ।