< Salmos 150 >
1 Aleluia! Louvai a Deus em seu santuário; louvai-o no firmamento de seu poder.
परमप्रभुको प्रशंसा गर । परमेश्वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।
2 Louvai-o por suas proezas; louvai-o conforme a imensidão de sua grandeza.
उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्चर्यको महान्ताको निम्ति उहाँको प्रशंसा गर ।
3 Louvai-o com com de trombeta; louvai-o com lira e harpa.
सिङ बजाएर उहाँको प्रशंसा गर । वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर ।
4 Louvai-o com tamborim e flauta; louvai-o com instrumentos de cordas e de sopro.
खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर । तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर ।
5 Louvai-o com címbalos bem sonoros; louvai-o com címbalos de sons de alegria.
ठुलो सोरका झ्यालीहरूले उहाँको प्रशंसा गर । चर्को सोरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर ।
6 Tudo quanto tem fôlego, louve ao SENHOR! Aleluia!
सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस् । परमप्रभुको प्रशंसा गर ।