< Levítico 19 >
1 E falou o SENHOR a Moisés, dizendo:
परमप्रभुले मोशालाई भन्नुभयो,
2 Fala a toda a congregação dos filhos de Israel, e dize-lhes: Santos sereis, porque santo sou eu o SENHOR vosso Deus.
“इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ ।
3 Cada um temerá a sua mãe e a seu pai, e meus sábados guardareis: Eu sou o SENHOR vosso Deus.
हरेकले आफ्ना आमा र बुबालाई आदर गर्नू, र मेरो शबाथ पालन गर्नू । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
4 Não vos voltareis aos ídolos, nem fareis para vós deuses de fundição: Eu sou o SENHOR vosso Deus.
मूल्यहीन मूर्तिहरूलाई नपछ्याओ, न त आफ्नै निम्ति धातुका ईश्वरहरू बनाओ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
5 E quando sacrificardes sacrifício pacífico ao SENHOR, de vossa vontade o sacrificareis.
तिमीहरूले परमप्रभुलाई मेलबलि अर्पण गर्दा तिमीहरू स्वीकारिनको निम्ति त्यो अर्पण गर ।
6 Será comido o dia que o sacrificardes, e o dia seguinte: e o que restar para o terceiro dia, será queimado no fogo.
तिमीहरूले अर्पण गर्ने दिनमा वा अर्को दिनमा नै त्यो खाइयोस् । तेस्रो दिनसम्म केही बाँकी रह्यो भने, त्यो आगोद्वारा जलाइयोस् ।
7 E se se comer no dia terceiro, será abominação; não será aceito:
यदि त्यो तेस्रो दिनमा खाइयो भने, त्यो मासु अशुद्ध हो; त्यसलाई ग्रहण गरिनुहुँदैन,
8 E o que o comer, levará seu delito, porquanto profanou o santo do SENHOR; e a tal pessoa será eliminada de seus povos.
र त्यो जसले खान्छ त्यसले आफ्नो दोष बोकिरहने छ किनभने परमप्रभुको निम्ति जे पवित्र छ त्यो त्यसले अशुद्ध गरेको छ, र त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्कृत होस् ।
9 Quando ceifardes na colheita de vossa terra, não acabarás de ceifar o canto de tua plantação, nem espigarás tua terra ceifada.
तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना-कुनाहरूमा कटनी नगर्नू, न त आफ्ना फसल सबै बटुल्नू ।
10 E não coletarás os restos de tua vinha, nem recolherás as uvas caídas de tua vinha; para o pobre e para o estrangeiro os deixarás: Eu sou o SENHOR vosso Deus.
आफ्नो दाखबारीबाट सबै दाख तिमीहरूले नबटुल्नू, न त आफ्ना दाखबारीमा खसेका दाख बटुल्नू । तिमीहरूले ती गरिब र परदेशीहरूका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
11 Não furtareis, e não enganareis, nem mentireis ninguém a seu próximo.
चोरी नगर्नू । झुटो नबोल्नू । एक-अर्कालाई धोका नदिनू ।
12 E não jurareis em meu nome com mentira, nem profanarás o nome de teu Deus: Eu sou o SENHOR.
मेरो नामको झुटो शपथ खाएर तिमीहरूका परमेश्वरको नाउँलाई अशुद्ध नतुल्याउनू । म परमप्रभु हुँ ।
13 Não oprimirás a teu próximo, nem lhe roubarás. Não se deterá o trabalho do assalariado em tua casa até a manhã.
आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्नू । ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस् ।
14 Não amaldiçoes ao surdo, e diante do cego não ponhas tropeço, mas terás temor de teu Deus: Eu sou o SENHOR.
बहिरोलाई सराप नदिनू वा अन्धाको अगाडि ठेस लाग्ने कुरो नराख्नू । बरु, तिमीहरूले आफ्ना परमेश्वरको भय मान्नू । म परमप्रभु हुँ ।
15 Não farás injustiça no juízo: não favorecerás deslealmente ao pobre, nem honrarás a face do poderoso: com justiça julgarás a teu próximo.
झुटो न्याय नगर्नू । कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू । बरु, आफ्नो छिमेकीको सही न्याय गर्नू ।
16 Não andarás propagando boatos em teus povos. Não te porás contra o sangue de teu próximo: Eu sou o SENHOR.
आफ्ना मानिसहरूका बिचमा निन्दा फैलाउँदै नहिँड्नू, तर आफ्नो छिमेकीको प्राण बचाउने कोसिस गर्नू । म परमप्रभु हुँ ।
17 Não aborrecerás a teu irmão em teu coração: francamente repreenderás a teu próximo, e não consentirás sobre ele pecado.
आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्नू । आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्काउनू ।
18 Não te vingarás, nem guardarás rancor aos filhos de teu povo: mas amarás a teu próximo como a ti mesmo: Eu sou o SENHOR.
बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू । म परमप्रभु हुँ ।
19 Meus estatutos guardareis. A teu animal não farás ajuntar para espécies misturadas; tua plantação não semearás com mistura de sementes, e não te porás roupas com mistura de diversos materiais.
तिमीहरूले मेरा आज्ञाहरू मान्नू । आफ्ना पशुहरूलाई अर्कै प्रजातिका पशुसँग मिलन नगराओ । आफ्नो खेतमा दुई प्रकारका बिउहरू नछर । दुई प्रकारको सामग्री मिसिएको कपडा नलगाओ ।
20 E quando um homem tiver relação sexual com mulher, e ela for serva desposada com alguém, e não estiver resgatada, nem lhe houver sido dada liberdade, ambos serão açoitados: não morrerão, porquanto ela não é livre.
मगनी भएको तर मोल नतिरिएको वा स्वतन्त्र नगराइएको कमारी स्त्रीसँग सुत्नेलाई दण्ड दिइयोस् । तिनीहरूलाई मृत्युदण्ड नदिनू किनभने त्यो मुक्त थिई ।
21 E ele trará ao SENHOR, à porta do tabernáculo do testemunho, um carneiro em expiação por sua culpa.
त्यस मानिसले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ एउटा भेडा दोषबलिको रूपमा ल्याओस् ।
22 E com o carneiro da expiação o reconciliará o sacerdote diante do SENHOR, por seu pecado que cometeu: e se lhe perdoará seu pecado que cometeu.
त्यसपछि पुजारीले त्यस मानिसको लागि त्यसले गरेको पापको खातिर परमप्रभुको अगि दोषबलिको निम्ति त्यस भेडाद्वारा प्रायश्चित्त गर्ने छ । अनि त्यसले गरेको पाप क्षमा हुने छ ।
23 E quando houverdes entrado na terra, e plantardes toda árvore de comer, tirareis seu prepúcio, o primeiro de seu fruto: três anos vos será incircunciso: seu fruto não se comerá.
तिमीहरूले जमिनमा हर प्रकारका रुखहरूलाई फलको निम्ति लगाएपछि तिनीहरूले उत्पादन गरेका फललाई खानको निम्ति मनाही गरिएको मान्नू । ती फल तेरो निम्ति खानलाई तिन वर्षसम्म मनाही हुने छ । त्यो नखानू ।
24 E o quarto ano todo seu fruto será santidade de louvores ao SENHOR.
तर चौथो वर्षमा सबै फल परमप्रभुको निम्ति प्रशंसाको बलिदानझैँ पवित्र हुने छ ।
25 Mas ao quinto ano comereis o fruto dele, para que vos faça crescer seu fruto: Eu sou o SENHOR vosso Deus.
पाँचौँ वर्षमा रुखहरूले अझै बढी उत्पादन गरून् भनेर पर्खिसकेपछि तिमीहरू फल खान सक्छौ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
26 Não comereis coisa alguma com sangue. Não sereis encantadores, nem fareis adivinhações.
कुनै मासुमा रगत बाँकी छ भने त्यो नखानू । भविष्यबारे जान्न आत्माहरूसँग सल्लाह नलिनू, र अरूहरूलाई अलौकिक शक्तिहरूद्वारा नियन्त्रण गर्ने प्रयास नगर्नू ।
27 Não cortareis em redondo as extremidades de vossas cabeças, nem danificarás a ponta de tua barba.
तिमीहरूका कन्चेटको कपाल नखुर्कनू वा दाह्रीका कुना-कुना नकाट्नू ।
28 E não fareis cortes em vossa carne por um morto, nem imprimireis em vós sinal alguma: Eu sou o SENHOR.
मरेको मानिसको निम्ति आफ्नो शरीर नकाट्नू वा आफ्नो शरीरमा खोपेर कुनै छाप नबनाउनू । म परमप्रभु हुँ ।
29 Não contaminarás tua filha fazendo-a se prostituir: para não se prostitua a terra, e se encha de maldade.
आफ्नी छोरीलाई वेश्या बनाएर त्यसको अपमान नगर्नू, नत्रता सारा देश वेश्यागमनतिर लाग्ला र देश दुष्टताले भरिने छ ।
30 Meus sábados guardareis, e meu santuário tereis em reverência: Eu sou o SENHOR.
तिमीहरूले मेरो शबाथ मान्नू र मेरो पवित्र स्थानको आदर गर्नू । म परमप्रभु हुँ ।
31 Não vos volteis aos encantadores e aos adivinhos: não os consulteis contaminando-vos com eles: Eu sou o SENHOR vosso Deus.
मरेकाहरू वा आत्माहरूसँग बोल्नेहरूलाई नपछ्याओ । तिनीहरूको खोजी नगर, नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन् । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
32 Diante das cãs te levantarás, e honrarás o rosto do ancião, e de teu Deus terás temor: Eu sou o SENHOR.
फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर । तिमीहरूका परमेश्वरको भय मान । म परमप्रभु हुँ ।
33 E quando o estrangeiro morar contigo em vossa terra, não o oprimireis.
तिमीहरूका देशमा कुनै परदेशी बस्दछ भने, त्यसलाई कुनै हानि नगर्नू ।
34 Como a um natural de vós tereis ao estrangeiro que peregrinar entre vós; e ama-o como a ti mesmo; porque peregrinos fostes na terra do Egito: Eu sou o SENHOR vosso Deus.
तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका निम्ति तिमीहरूसँगै बसोबास गर्ने इस्राएलमै जन्मेको मानिसझैँ होस्, र त्यसलाई आफैलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
35 Não façais injustiça no juízo, na medida da terra, nem no peso, nem em outra medida.
लम्बाइ, तौल र सङ्ख्या नाप्दा छल नगर्नू ।
36 Balanças justas, pesos justos, efa justo, e him justo tereis. Eu sou o SENHOR vosso Deus, que vos tirei da terra do Egito.
तिमीहरूले ठिक-ठिक तराजु र ढक, र ठिक-ठिक नाप र तौलहरू प्रयोग गर्नू । तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
37 Guardai, pois, todos os meus estatutos, e todos os meus regulamentos, e os praticai. Eu sou o SENHOR.
तिमीहरूले मेरा सबै आज्ञाहरू र मेरा सबै विधिविधानहरू मान्नू र तीअनुसार चल्नू । म परमप्रभु हुँ’ ।”