< Hebreus 4 >
1 Temamos, pois, para que, havendo sido deixada a promessa de entrar no seu repouso, não pareça que algum de vós tenha ficado para trás.
यसकारण, हामी निकै होसियार होऔँ ताकि हामीमध्ये कोही पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा हुँदा हुँदै विश्राम गर्नदेखि वञ्चित हुन नपरोस् ।
2 Pois também a nós foi pregado o evangelho, assim como a eles; mas a palavra da pregação nada lhes aproveitou, porque não estava unida pela fé naqueles que [a] ouviram.
किनभने तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन । किनकि सुन्नेहरूले विश्वाससाथ स्वीकार गरेनन् । (नोटः अरू संस्करणमा पढ्छौँ) तर त्यो सन्देश सुन्नेहरू जसले विश्वासविना नै सहभागी भए तिनीहरूलाई फाइदा भएन ।
3 Porque nós, os que cremos, entramos no repouso, como ele disse: Então jurei na minha ira: “Eles não entrarão no meu repouso”; ainda que as [suas] obras já estivessem terminadas desde a fundação do mundo.
किनकि हामी जसले विश्वास गरेका छौँ त्यस विश्राममा हामी प्रवेश गर्नेछौँ, जसरी उहाँले भन्नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” उहाँले यसो भन्नुभयो, यद्यपि संसारको उत्पत्तिमा नै उहाँका सृष्टिका कामहरू पुरा भइसकेका थिए ।
4 Pois, em certo lugar, ele disse assim a respeito do [dia] sétimo: E Deus repousou no sétimo dia de todas as suas obras.
किनकि सातौँ दिनको विषयमा उहाँले केही भन्नुभएको छ, “परमेश्वरले सातौँ दिनमा आफ्ना सबै कामबाट विश्राम लिनुभयो ।”
5 E, outra vez neste [texto]: Não entrarão no meu repouso.
फेरि उहाँले भन्नुभएको छ, “तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन् ।”
6 Portanto, uma vez que resta alguns entrarem no repouso, e que aqueles a quem primeiramente foi pregado o evangelho não entraram por causa da desobediência,
त्यसकारण, उहाँको विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ, र धेरै इस्राएलीहरूले सुसमाचार सुने, तर तिनीहरूले आज्ञापालन नगरेको कारण यस विश्राममा प्रवेश गर्न सकेनन् ।
7 outra vez ele determina um certo dia, o “hoje”, dizendo por meio de Davi muito tempo depois (como já foi dito): Hoje, se ouvirdes a sua voz, não endureçais os vossos corações.
“आज” भनेर परमेश्वरले फेरि एउटा निश्चित दिन ठहराउनुभएको छ । धेरै दिनपछि उहाँ दाऊदद्वारा बोल्नुभयो, जसरी यो अगिबाटै भनिएको थियो, “आज तिमीहरूले उहाँको आवाजलाई सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार ।”
8 Pois se Josué tivesse lhes dado repouso, ele não teria falado depois a respeito de outro dia.
किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्वरले अर्को दिनको विषयमा बोल्नुहुने थिएन ।
9 Portanto, ainda resta um repouso como o do sábado para o povo de Deus.
यसकारण, परमेश्वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ ।
10 Pois aquele que entrou no seu repouso também repousou das suas obras, assim como Deus das suas.
किनकि जसले परमेश्वरको विश्राममा प्रवेश गर्दछ, त्यो आफैँले पनि आफ्ना कामहरूबाट विश्राम लिन्छ, जसरी परमेश्वरले उहाँका कामहरूबाट विश्राम लिनुभयो ।
11 Procuremos, pois, entrar naquele repouso; para que ninguém caia no mesmo exemplo de desobediência.
त्यसकारण, हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्न गरौँ, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे ।
12 Porque a palavra de Deus é viva e eficaz, e mais afiada do que toda espada de dois gumes, e que penetra até a divisão da alma e do espírito, das juntas e das medulas, e é apta para julgar os pensamentos e intenções do coração.
किनभने परमेश्वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग गर्दछ र छेड्दछ अनि यो हृदयका भावना र विचारहरूको जाँच गर्न सक्षम छ ।
13 E não há criatura alguma encoberta diante dele; pelo contrário, todas as coisas estão nuas e expostas aos olhos daquele a quem temos de prestar contas.
सृष्टिको कुनै पनि थोक परमेश्वरको दृष्टिमा लुकेको छैन । बरु, उहाँको दृष्टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।
14 Visto que temos um grande Sumo Sacerdote, Jesus, o Filho de Deus, que penetrou nos céus, mantenhamos firme a [nossa] declaração de fé.
त्यसकारण, हामीसँग महान् प्रधान पुजारी हुनुहुन्छ जो स्वर्ग भएर जानुभएको छ । उहाँ परमेश्वरका पुत्र येशू हुनुहुन्छ । तसर्थ, हामी हाम्रो विश्वासलाई दृढतासाथ थामिराखौँ ।
15 Pois não temos um Sumo Sacerdote que não possa se compadecer das nossas fraquezas; mas, sim, um que foi provado em tudo, conforme a [nossa] semelhança, [porém] sem pecado.
किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्ने एक जना प्रधान पुजारी हुनुहुन्न । त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ ।
16 Portanto, acheguemo-nos com confiança ao trono da graça, para que possamos receber misericórdia e encontrar graça para sermos socorridos no tempo adequado.
तब हामी परमेश्वरको अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔँ, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौँ ।