< Ezequiel 10 >
1 Então olhei, e eis que sobre o firmamento que estava sobre a cabeça dos querubins, havia como uma pedra de safira, com a aparência de um trono, que apareceu sobre eles.
जब मैले करूबहरूका शिरदेखि मास्तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरें । तीभन्दा माथि सिंहासनजस्तो स्वरूपमा नीरजस्तो केही कुरा देखा पर्यो ।
2 E falou ao homem vestido de linho, dizendo: Entra por entre as rodas debaixo dos querubins e enche tuas mãos de brasas acesas dentre os querubins, e as espalha sobre a cidade. E entrou diante de meus olhos.
तब परमप्रभुले ती सूती कपडा लगाएका मानिससँग बोल्नुभयो र यसो भन्नुभयो, “करूबहरूका मुन्तिर रहेका पाङ्ग्राहरूका बिचमा जा, र ती करूबहरूका बिचमा भएको जलिरहेको आगोको भुङ्ग्रो लिएर आफ्ना दुवै हातमा भर् र ती सहरको माथि छरिदे ।” तब मैले हेर्दाहेर्दै ती मानिस गए ।
3 E os querubins estavam à direita da casa quando aquele homem entrou; e a nuvem encheu o pátio de dentro.
ती मानिस भित्र जाँदा करूबहरूचाहिं मन्दिरको दाहिनेपट्टि खडा भए, र भित्री चोक बादलले भरियो ।
4 Então a glória do SENHOR se levantou de sobre o querubim para a entrada da casa; e a casa se encheu de uma nuvem, e o pátio se encheu do resplendor da glória do SENHOR.
परमप्रभुको महिमा करूबहरूबाट मास्तिर उठ्यो र मन्दिरको सँघारमाथि गयो । यसले मन्दिरलाई बादलले भरिदियो, र चोकचाहिं परमप्रभुको महिमाको चमकले भरिपूर्ण भयो ।
5 E o som das asas dos querubins era ouvido até o pátio de fora, como a voz do Deus Todo-Poderoso quando fala.
करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्मै सुनिन्थ्यो, जुन सर्वशक्तिमान् परमेश्वर बोल्नुहुँदा सुनिने आवाज जस्तै थियो ।
6 E sucedeu que, quando ele mandou ao homem vestido de linho, dizendo: Toma fogo dentre as rodas, dentre os querubins, então ele entrou, e ficou junto às rodas.
यस्तो भयो, परमेश्वरले त्यो सूती कपडा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुहुँदा, “ती करूबहरूका माझमा भएका पाङ्ग्राहरूका बिचबाट आगो ले,” तब ती मानिस भित्र गए र एउटा पाङ्ग्राको छेउमा खडा भए ।
7 E um querubim estendeu sua mão dentre os querubins ao fogo que estava entre os querubins, e tomou-o, e o deu nas mãos do que estava vestido de linho; o qual [o] tomou, e saiu.
करूबहरूका बिचमा भएको त्यो आगोतिर करूबहरूका बिचबाट एउटा करूबले आफ्नो हात छिराए, र त्यो माथि उठाए र सूती कपडा लाउने मानिसको हातमा त्यो राखिदिए । ती मानिसले त्यो लिए र फर्केर बाहिर गए ।
8 E apareceu nos querubins a forma de uma mão humana debaixo de suas asas.
ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्तै केही कुरा देखें ।
9 Então olhei, e eis que quatro rodas estavam junto aos querubins, uma roda junto a um querubim, e outra roda junto ao outro querubim; e o aparência das rodas era como o de pedra de berilo.
अनि मैले हेरें, र देखें । करूबहरूका छेउमा चार वटा पाङ्ग्रा थिए— प्रत्येक करूबको छेउमा एउटा पाङ्ग्रा थियो, र ती पाङ्ग्रा पीतमणीजस्ता देखिन्थे ।
10 Quanto à aparência delas, as quatro tinham uma mesma forma, como se estivesse uma roda no meio da outra.
ती चारै पाङ्ग्राहरू एकै किसिमका थिए, एकअर्कामा खप्टिएका देखिन्थे ।
11 Quando se moviam, movimentavam-se sobre seus quatro lados; não se viravam quando moviam, mas para o lugar aonde se voltava a cabeça, iam atrás; nem se viravam quando moviam.
ती हलचल गर्दा चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्थे, तिनीहरू जाँदा फर्कंदैन थिए । तर तिनीहरू जता फर्केका थिए त्यतै जान्थे, तिनीहरू पनि त्यसैतिर नफर्की जान्थे ।
12 E toda o seu corpo, suas costas, suas mãos, suas asas, e as rodas, estavam cheias de olhos ao redor; os quatro tinham suas rodas.
तिनीहरूका सम्पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्ग्राहरूसमेत सम्पूर्ण आँखाले भरिएका थिए ।
13 Quanto às rodas, eu ouvi que foram chamadas de “roda giratória”.
मैले सुन्दा, ती पाङ्ग्राहरूलाई “घुम्ने पाङ्ग्रा” भनियो ।
14 E cada um tinha quatro rostos: o primeiro rosto era de querubim; o segundo rosto, de homem; o terceiro rosto, de leão; e o quarto rosto, de águia.
ती हरेकका चार वटा अनुहार थिए । पहिलो अनुहार करूबको, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार गरुडको जस्तै थियो ।
15 E os querubins se levantaram; este é o mesmo ser que vi no rio de Quebar.
तब मैले कबार नहरको किनारमा देखेका करूबहरू अर्थात् जीवित प्राणीहरू उठे ।
16 E quando os querubins se moviam, as rodas se moviam junto com eles; e quando os querubins levantavam suas asas para se levantarem da terra, as rodas também não se viravam de junto a eles.
जब ती करूबहरू हलचल गर्थे, तब छेउका ती पाङ्ग्राहरू पनि तिनीहरूसितै जान्थे, र जब ती करूबहरू भूइँबाट माथि ऊठ्नलाई आफ्ना पखेटा फैलाउँथे, तब ती पाङ्ग्राहरू फर्कंदैन थिए । तिनीहरूकै छेउमा ती रहन्थे ।
17 Quando eles paravam, elas paravam; e quando eles se levantavam, elas levantavam com eles: porque o espírito dos seres estava nelas.
जब ती करूबहरू ठिङ्ग खडा हुन्थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग खडा नै रहन्थे, र जब ती माथि उठ्थे, तब ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्मा ती पाङ्ग्राहरूमा थिए ।
18 Então a glória do SENHOR saiu de sobre a entrada da casa, e se pôs sobre os querubins.
तब परमप्रभुको महिमा मन्दिरको सँघारबाट निस्केर गयो र ती करूबहरूका माथि अडियो ।
19 E os querubins levantaram suas asas, e subiram da terra diante de meus olhos, quando saíram; e as rodas estavam ao lado deles; e pararam à entrada da porta oriental da casa do SENHOR, e a glória do Deus de Israel estava por cima deles.
ती करूबहरूले आ-आफ्ना पखेटाहरू फैलाएर माथि उठे र मैले हेर्दै गर्दा बाहिर गए, र ती पाङ्ग्राहरूले पनि तिनीहरूका पछिपछि त्यसै गरे । परमप्रभुका मन्दिरको पूर्वतिरका ढोकाको मुखैमा तिनीहरू खडा भए, र इस्राएलका परमेश्वरको महिमा माथिबाट तिनीहरूमा आयो ।
20 Estes são os seres que vi debaixo do Deus de Israel no rio de Quebar; e notei que eram querubins.
कबार नहरको किनारमा इस्राएलका परमेश्वरको मुन्तिर मैले देखेका ती जीवित प्राणीहरू यी नै थिए, यसैले तिनीहरू त करूबहरू रहेछन् भनी मैले थाहा पाएँ ।
21 Cada um tinha quatro rostos, e cada um quatro asas; e havia semelhança de mãos humanas debaixo de seus asas.
ती प्रत्येकका चार वटा अनुहार र चार वटा पखेटा थिए, र तीनका पखेटामुनि मानिसका हातहरूजस्तै देखिन्थे,
22 E a semelhança de seus rostos era a dos rostos que vi junto ao rio de Quebar, suas aparências, e eles mesmos; cada um se movia na direção de seu rosto.
र तिनीहरूका अनुहारहरूका स्वरूप कबार नहरको किनारमा मैले देखेका अनुहारहरूजस्तै थिए, र तीमध्ये हरेक सिधै अगाडि हिंड्दथे ।