< Salmos 94 >
1 Ó Senhor Deus, a quem a vingança pertence, ó Deus, a quem a vingança pertence, mostra-te resplandecente.
हे परमप्रभु, परमेश्वर जसले बदला लिनुहुन्छ । हे बदला लिनुहुने परमेश्वर, हामीमाथि चम्किनुहोस् ।
2 Exalta-te, tu, que és juiz da terra: dá a paga aos soberbos.
हे पृथ्वीका न्यायकर्ता, उठ्नुहोस् । घमण्डीहरूलाई जे सुहाउँदो हुन्छ, त्यो तिनीहरूलाई दिनुहोस् ।
3 Até quando os ímpios, Senhor, até quando os ímpios saltarão de prazer?
हे परमप्रभु, दुष्टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्टहरू कहिलेसम्म आनन्दित हुनेछन्?
4 Até quando proferirão, e falarão coisas duras, e se glóriarão todos os que obram a iniquidade?
तिनीहरू आफ्ना घमण्डका शब्दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहङ्कार गर्छन् ।
5 Reduzem a pedaços o teu povo, e afligem a tua herança.
हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्चिन्छन् । तिनीहरूले तपाईंका जातिलाई कष्ट दिन्छन् ।
6 Matam a viúva e o estrangeiro, e ao órfão tiram a vida.
तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्या गर्छन् ।
7 Contudo dizem: O Senhor não o verá; nem para isso atenderá o Deus de Jacob.
तिनीहरू भन्छन्, “परमप्रभुले देख्नुहुन्न । याकूबका परमेश्वरले यो कुरामा ध्यान दिनुहुन्न ।”
8 Atendei, ó brutais dentre o povo; e vós, loucos, quando sereis sábios?
ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्नेछौ?
9 Aquele que fez o ouvido não ouvirá? e o que formou o olho não verá?
उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्नुहुन्न र? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्नुहुन्न र?
10 Aquele que argue as gentes não castigará? e o que ensina ao homem o conhecimento não saberá?
उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्छ, के उहाँले सच्याउनुहुन्न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ ।
11 O Senhor conhece os pensamentos do homem, que são vaidade.
परमप्रभुले मानिसहरूका विचारहरू जान्नुहुन्छ, ती वाफ हुन् ।
12 Bem-aventurado é o homem aquém tu castigas, ó Senhor, e a quem ensinas a tua lei;
हे परमप्रभु, तपाईंले जसलाई शिक्षा दिनुहुन्छ, जसलाई तपाईंले आफ्नो व्यवस्था सिकाउनुहुन्छ, त्यो धन्यको हो ।
13 Para lhe dares descanço dos dias maus, até que se abra a cova para o ímpio.
दुष्टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्यसलाई कष्टको समयमा विश्राम दिनुहुन्छ ।
14 Pois o Senhor não rejeitará o seu povo, nem desamparará a sua herança.
किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई त्यग्नुहुन्न वा आफ्ना उत्तराधिकारलाई छोड्नुहुन्न ।
15 Mas o juízo voltará à retidão, e segui-lo-ão todos os retos do coração.
फैसला फेरि धर्मीको आधारमा हुनेछ । अनि हृदयमा सोझो हुनेहरू सबै जनाले यसको अनुसरण गर्नेछन् ।
16 Quem será por mim contra os malfeitores? quem se porá por mim contra os que obram a iniquidade?
खराब गर्नेहरूका विरुद्धमा मेरो सुरक्षा गर्न को उठ्नेछ? दुष्टको विरुद्धमा मेरो समर्थनमा को खडा हुनेछ?
17 Se o Senhor não tivera ido em meu auxílio, a minha alma quase que teria ficado no silêncio.
परमप्रभु मेरो सहायता नहुनुभएको भए, म तुरुन्तै मौनताको ठाउँमा पल्टिरहेको हुनेथिएँ ।
18 Quando eu disse: O meu pé vacila; a tua benignidade, Senhor, me susteve.
जब मैले भनें, “मेरो खुट्टा चिप्लँदैछ,” हे परमप्रभु, तपाईंको करारको विश्वस्तताले मलाई माथि उचाल्यो ।
19 Na multidão dos meus pensamentos dentro de mim, as tuas consolações recrearam a minha alma.
जब मभित्र फिक्रीहरू धैरै हुन्छन्, तब तपाईंका सान्त्वनाहरूले मलाई खुसी बनाउँछन् ।
20 Porventura o trono de iniquidade te acompanha, o qual forja o mal por uma lei?
के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र?
21 Eles se ajuntam contra a alma do justo, e condenam o sangue inocente.
तिनीहरू धर्मीको ज्यान लिन सँगै षड्यन्त्र रच्छन् र तिनीहरूले निर्दोषलाई मृत्युदण्ड दिन्छन् ।
22 Mas o Senhor é a minha defesa; e o meu Deus é a rocha do meu refúgio.
तर परमप्रभु मेरो अग्लो धरहरा हुनुभएको छ र मेरो परमेश्वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ ।
23 E trará sobre eles a sua própria iniquidade; e os destruirá na sua própria malícia: o Senhor nosso Deus os destruirá.
तिनीहरूका आफ्नै अधर्म उहाँले तिनीहरूमाथि ल्याउनुहुनेछ र तिनीहरूको आफ्नै दुष्टतामा तिनीहरूलाई नष्ट गर्नुहुनेछ । परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई नष्ट पार्नुहुनेछ ।