< Salmos 52 >

1 Porque te glórias na malícia, ó homem poderoso? pois a bondade de Deus permanece continuamente.
हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ? परमेश्‍वरको करारको विश्‍वस्‍तता हरेक दिन आउँछ ।
2 A tua língua intenta o mal, como uma navalha amolada, traçando enganos.
छलपूर्ण रूपले काम गरेर तिम्रो जिब्रोले धारिलो छुराले जस्तै विनाशको योजना बनाउँछ ।
3 Tu amas mais o mal do que o bem, e a mentira mais do que o falar a retidão (Selah)
तिमीले असलभन्दा खराब र धार्मिकताभन्दा झुट बोल्न रुचाउँछौ । सेला
4 Amas todas as palavras devoradoras, ó língua fraudulenta.
तँ चली जिब्रो, तँ अरूलाई निल्ने सबै कुराहरू रुचाउँछस् ।
5 Também Deus te destruirá para sempre; arrebatar-te-á e arrancar-te-á da tua habitação; e desarreigar-te-á da terra dos viventes (Selah)
परमेश्‍वरले तँलाई त्यसरी नै सदासर्वदाको निम्‍ति नाश पार्नुहुनेछ । उहाँले तँलाई माथि उठाउनुहुनेछ, तेरो पालबाट तँलाई निकाल्नुहुनेछ र जीवितहरूको देशबाट तँलाई उखेल्नुहुनेछ । सेला
6 E os justos o verão, e temerão: e se rirão dele:
धर्मीहरूले यो देख्‍नेछन् र भय मान्‍नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्‍नेछन्,
7 Eis aqui o homem que não pôs em Deus a sua fortaleza; antes confiou na abundância das suas riquezas, e se fortaleceu na sua maldade.
“हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्‍ततामा भरोसा गर्‍यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”
8 Mas eu sou como a oliveira verde na casa de Deus; confio na misericórdia de Deus para sempre, eternamente.
तर मेरो बारेमा, परमेश्‍वरको मन्‍दिरमा म हरियो जैतूनको रूखजस्तो छु । म परमेश्‍वरको करारको विश्‍वस्‍ततामा सदासर्वदा भरोसा गर्नेछु ।
9 Para sempre te louvarei, porque tu o fizeste, e esperarei no teu nome, porque é bom diante de teus santos.
तपाईंले जे गर्नुभएको छ त्‍यसको निम्ति म तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछु । तपाईंका भक्‍तजनहरूका उपस्थितिमा म तपाईंको नाउँको आसा गर्नेछु, किनकि यो असल हो ।

< Salmos 52 >