< Números 12 >
1 E falaram Miriam e Aarão contra Moisés, por causa da mulher cushita, que tomara: porquanto tinha tomado a mulher cushita.
मोशाले विवाह गरेका कूशी महिलाको कारण हारून र मिरियम मोशाको विरुद्धमा बोले ।
2 E disseram: Porventura falou o Senhor somente por Moisés? não falou também por nós? E o Senhor o ouviu.
तिनीहरूले भने, “के परमप्रभु मोशासँग मात्र बोल्नुभएको छ र? के उहाँ हामीसँगचाहिँ बोल्नुभएको छैन र?” तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्नुभयो ।
3 E era o homem Moisés mui manso, mais de que todos os homens que havia sobre a terra.
मोशा साह्रै नम्र मानिस थिए, तिनी संसारका सबैभन्दा नम्र थिए ।
4 E logo o Senhor disse a Moisés, e a Aarão, e a Miriam: Vós três saí à tenda da congregação. E sairam eles três.
त्यसै बेला परमप्रभु मोशा, हारून र मिरियमसित बोल्नुभयो, “तिमीहरू तिनै जना भेट हुने पालमा आओ ।” त्यसैले तिनै जना बाहिर आए ।
5 Então o Senhor desceu na coluna da nuvem, e se pôs à porta da tenda: depois chamou a Aarão e a Miriam, e eles sairam ambos.
अनि परमप्रभु बादलको खामोमा ओर्लेर आउनुभयो । उहाँ पालको प्रवेश-द्वारमा खडा हुनुभयो अनि हारून र मिरियमलाई बोलाउनुभयो । तिनीहरू दुवै अगि आए ।
6 E disse: Ouvi agora as minhas palavras; se entre vós houver profeta, Eu, o Senhor, em visão a ele me farei conhecer, ou em sonhos falarei com ele.
परमप्रभुले भन्नुभयो, “मेरो वचन सुन । मेरो अगमवक्ता तिमीहरूसँग हुँदा म आफैलाई त्यससँग दर्शनमा प्रकट गर्नेछु र त्यससँग सपनामा कुरा गर्छु ।
7 Não é assim com o meu servo Moisés que é fiel em toda a minha casa.
मेरो दास मोशा त्यस्तो होइन । त्यो मेरा सबै घरानामा विश्वासयोग्य छ ।
8 Boca a boca falo com ele, e de vista, e não por figuras; pois ele vê a semelhança do Senhor: porque pois não tivestes temor de falar contra o meu servo, contra Moisés?
म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन?”
9 Assim a ira do Senhor contra eles se acendeu; e foi-se.
परमप्रभुको क्रोध तिनीहरू विरुद्ध दन्कियो, र उहाँ तिनीहरूबाट जानुभयो ।
10 E a nuvem se desviou de sobre a tenda; e eis que Miriam era leprosa como a neve: e olhou Aarão para Miriam, e eis qua era leprosa.
बादल पालमाथिबाट हट्यो र मिरियम अचानक कुष्ठरोगी भइन् । तिनी हिउँजस्तै सेतो भइन् । हारून मिरियमतिर फर्कंदा तिनले तिनलाई कुष्ठ रोग लागेको देखे ।
11 Pelo que Aarão disse a Moisés: Ah senhor meu, ora não ponhas sobre nós este pecado, que fizemos loucamente, e com que havemos pecado.
हारूनले मोशालाई भने, “हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ ।
12 Ora não seja ela como um morto, que saindo do ventre de sua mãe, a metade da sua carne já está consumida.
बिन्ती छ, तिनी आफ्नो आमाको गर्भबाट निस्कँदा नै आधा मासु कुहेको मृत जन्मेकोजस्तो नहोऊन् ।”
13 Clamou pois Moisés ao Senhor, dizendo: O' Deus, rogo-te que a cures.
यसैले मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्वर, बिन्ती छ, उनलाई निको पारिदिनुहोस् ।”
14 E disse o Senhor a Moisés: Se seu pai cuspira em seu rosto, não seria envergonhada sete dias? esteja fechada sete dias fora do arraial, e depois a recolham.
परमप्रभुले मोशालाई भन्नुभयो, “यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।”
15 Assim Miriam esteve fechada fora do arraial sete dias, e o povo não partiu, até que recolheram a Miriam.
यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् ।
16 Porém depois o povo partiu de Hazeroth; e assentaram o arraial no deserto de Paran.
त्यसपछि, मानिसहरू हसेरोतबाट यात्रा गरेर पारानको मरुभूमिमा छाउनी लगाए ।