< Isaías 15 >
1 Peso de Moab. Certamente de noite foi destruída Ar de Moab, e foi desfeita: certamente de noite foi destruída Kir de Moab, e foi desfeita.
मोआबको बारेमा एउटा घोषणा । साँच्चै, मोआबको आरलाई एकै रातमा उजाड र नष्ट पारिन्छ । साँच्चै, मोआबको कीरलाई एकै रातमा उजाड र नष्ट पारिन्छ ।
2 Vai subindo a Bayith, e a Dibon, aos lugares altos, a chorar: por Nebo e por Medeba Moab uivará; sobre todas as suas cabeças haverá calva, e toda a barba será rapada.
तिनीहरू माथि मन्दिरमा गएका छन्, दीबोनका मानिसहरू रुनलाई अग्लो ठाउँमा गए । नेबोको निम्ति र मेदबाको निम्ति मोआबले विलाप गर्छ । तिनीहरूका सबै शिर खौरिएका छन् र तिनीहरूका सबै दाह्रीहरू काटिएका छन् ।
3 Cingiram-se de sacos nas suas ruas: nos seus terraços e nas suas praças todos andam uivando, e veem descendo e chorando.
आफ्ना गल्लीहरूमा तिनीहरू भाङ्ग्रा लगाउँछन् । तिनीहरू घरका छतहरूमाथि र चोकहरूमा हरेकले आँसु बगाउँदै विलाप गर्छन् ।
4 Assim Hesbon como Eleale, andam gritando, até Jahas se ouve a sua voz; pelo que os armados de Moab fazem grande grita, a sua alma lhes será penosa.
हेश्बोन र एलाले सहायताको निम्ति पुकारा गर्छन् । तिनीहरूको सोर यहसासम्म सुनिन्छ । यसरी मोआबका हतियारधारी मानिसहरूले सहायताको निम्ति पुकारा गर्छन् । तिनीहरू आफैभित्र त्रसित हुन्छन् ।
5 O meu coração dá gritos por Moab: fugiram os seus fugitivos até Zoar, como a novilha de três anos: porque vai subindo com choro pela subida de Luhith, porque no caminho de Horonaim levantam um lastimoso pranto.
मेरो मनले मोआबको निम्ति पुकारा गर्छ । त्यसका भगौडाहरू सोअर र एग्लत-शलीशियाहतिर भाग्छन् । तिनीहरू लूहीतको उकालोमा रुँदै जान्छन् । आफ्नो विनाशको निम्ति होरोनैमको बाटोमा तिनीहरू ठुलो सोरमा विलाप गर्छन् ।
6 Porque as águas de Nimrim serão uma pura assolação; porque já secou o feno, pereceu a erva, e não há verdura alguma.
निम्रीमको पानीहरू सुख्खा भएका छन् । घाँस ओइलिएका छन् । हरियाली सुकेका छन् । त्यहाँ कुनै हरियो घाँस छैन ।
7 Pelo que a abundância que ajuntaram, e o de mais que guardaram, ao ribeiro dos salgueiros o levaram.
तिनीहरूले प्रशस्त उब्जनी गरेका कुरा र भण्डारण गरेका कुरा, तिनीहरू लहरे-पिपलहरूको खोलापारि लैजान्छन् ।
8 Porque o pranto rodeará aos limites de Moab; até Eglaim chegará o seu uivo, e ainda até Beerelim chegará o seu uivo
चित्कार मोआबको इलाकभरि नै गएको छ । विलापचाहिं एग्लेम र बेअर-एलीससम्म पुगेको छ ।
9 Porquanto as águas de Dimon estão cheias de sangue, porque ainda acrescentarei a Dimon os sobejos; a saber, leões contra aqueles que escaparem de Moab, como também contra as relíquias da terra.
किनभने दीबोनका पानीहरू रगतले भरिएका छन् । तर म दीबोनमाथि अझ धेरै ल्याउनेछु । मोआबबाट भाग्ने र त्यो देशमा बस्नेमा समेत एउटा सिंहले आक्रमण गर्नेछ ।