< Gênesis 21 >
1 E o Senhor visitou a Sarah, como tinha dito; e fez o Senhor a Sarah como tinha falado.
आफूले भन्नुभएअनुसार परमप्रभुले सारालाई ध्यान दिनुभयो, र आफूले प्रतिज्ञा गर्नुभएझैँ उहाँले साराको निम्ति गर्नुभयो ।
2 E concebeu Sarah, e pariu a Abraão um filho na sua velhice, ao tempo determinado, que Deus lhe tinha dito.
सारा गर्भवती भइन् र अब्राहामको वृद्ध अवस्थामा परमप्रभुले उनलाई भन्नुभएकै समयमा उनको निम्ति एउटा छोरो जन्माइन् ।
3 E chamou Abraão o nome de seu filho que lhe nascera, que Sarah lhe parira, Isaac.
आफू र साराबाट जन्मेको आफ्नो छोरोको नाउँ अब्राहामले इसहाक राखे ।
4 E Abraão circuncidou o seu filho Isaac, quando era da idade de oito dias, como Deus lhe tinha ordenado.
परमप्रभुले आज्ञा गर्नुभएझैँ आफ्नो छोरो आठ दिनको हुँदा अब्राहामले तिनको खतना गरिदिए ।
5 E era Abraão da idade de cem anos, quando lhe nasceu Isaac seu filho.
आफ्नो छोरो जन्मिँदा अब्राहाम सय वर्षका थिए ।
6 E disse Sarah: Deus me tem feito riso: todo aquele que o ouvir, se rirá comigo.
साराले भनिन्, “परमप्रभुले मलाई हाँसो दिनुभएको छ; सुन्नेहरू हरेक मसँगै हाँस्नेछन् ।”
7 Disse mais: Quem diria a Abraão que Sarah daria de mamar a filhos? porque pari-lhe um filho na sua velhice.
तिनले फेरि भनिन्, “साराले छोराछोरी हेरचाह गर्नेछे भनेर अब्राहामलाई कसले भन्नेथियो र, तर उनको वृद्ध अवस्थामा मैले उनको निम्ति एउटा छोरो जन्माएकी छु!”
8 E cresceu o menino, e foi desmamado; então Abraão fez um grande banquete no dia em que Isaac foi desmamado.
त्यो बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो, र इसहाकले दूध खान छोडेको दिन अब्राहामले एउटा ठुलो भोजको आयोजना गरे ।
9 E viu Sarah que zombava o filho de Hagar a egípcia, o qual tinha parido a Abraão.
मिश्री हागारले अब्राहामबाट जन्माएकी छोरोले ठट्टा गरिरहेको साराले देखिन् ।
10 E disse a Abraão: Deita fora esta serva e o seu filho; porque o filho desta serva não herdará com meu filho, com Isaac.
त्यसैकारण तिनले अब्राहामलाई भनिन्, “त्यस कमारी स्त्री र त्यसको छोरोलाई बाहिर निकालिदिनुहोस्, किनकि त्यस कमारी स्त्रीको छोरो मेरो छोरो इसहाकसँगै उत्तराधिकारी बन्नेछैन ।”
11 E pareceu esta palavra mui má aos olhos de Abraão, por causa de seu filho.
आफ्नो छोरोको कारण यो कुरा अब्राहामको निम्ति धेरै दुःखदायी थियो ।
12 Porém Deus disse a Abraão: Não te pareça mal aos teus olhos acerca do moço, e acerca da tua serva; em tudo o que Sarah te diz, ouve a sua voz; porque em Isaac será chamada a tua semente
तर परमप्रभुले अब्राहामलाई भन्नुभयो, “त्यो केटो र तेरी कमारी स्त्रीको निम्ति दुःख नमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ ।
13 Mas também do filho desta serva farei uma nação, porquanto é tua semente.
त्यस कमारी स्त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो ।”
14 Então se levantou Abraão pela manhã de madrugada, e tomou pão, e um odre d'água, e os deu a Hagar, pondo-os sobre o seu ombro; também lhe deu o menino, e despediu-a; e ela foi-se, andando errante no deserto de Berseba.
अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए । उनले बालकलाई तिनकै साथमा दिएर पठाए । तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन् ।
15 E consumida a água do odre, lançou o menino debaixo de uma das árvores.
जब मशकको पानी सक्कियो, तिनले बालकलाई एउटा पोथ्रोमुनि छोडिन् ।
16 E foi-se, e assentou-se em frente, afastando-se a distância dum tiro de arco; porque dizia: Que não veja morrer o menino. E assentou-se em frente, e levantou a sua voz, e chorou.
त्यसपछि तिनी त्यस बालकबाट केही दुरी (करिब एउटा काँडले पार गर्ने दुरी) मा गएर बसिन् र भनिन्, “मैले यस बालकको मृत्यु हेर्न नपरोस् ।” त्यस बालकबाट केही दुरीमा बसेर तिनले आफ्नो सोर उचालिन् र रोइन् ।
17 E ouviu Deus a voz do menino, e bradou o anjo de Deus a Hagar desde os céus, e disse-lhe: Que tens, Hagar? não temas, porque Deus ouviu a voz do moço desde o lugar onde está.
परमप्रभुले त्यस बालकको सोर सुन्नुभयो, र स्वर्गबाट परमप्रभुको एउटा दूतले हागारलाई बोलाएर भने, “हागार, तिमीलाई के कुराले सताइरहेको छ? नडराऊ, किनकि त्यस बालक भएको ठाउँबाट त्यसको सोर परमप्रभुले सुन्नुभएको छ ।
18 Ergue-te, levanta o moço, e pega-lhe pela mão, porque dele farei uma grande nação.
उठ, त्यस बालकलाई उठाऊ, र त्यसलाई उत्साहित गराऊ, किनभने म त्यसबाट एउटा महान् जाति खडा गर्नेछु ।”
19 E abriu-lhe Deus os olhos, e viu um poço d'água: e foi-se, e encheu o odre d'água, e deu de beber ao moço.
त्यसपछि परमप्रभुले तिनका आँखा खोलिदिनुभयो, र तिनले पानीको एउटा कुवा देखिन् । तिनी गएर त्यस मशकमा पानी भरिन्, अनि बालकलाई पानी दिइन् ।
20 E era Deus com o moço, que cresceu; e habitou no deserto, e foi flecheiro.
परमप्रभु त्यस बालकसँग हुनुहुन्थ्यो, र ऊ बढ्दै गयो । ऊ उजाड-स्थानमै बस्थ्यो र एउटा धनुर्धारी बन्यो ।
21 E habitou no deserto de Paran; e sua mãe tomou-lhe mulher da terra do Egito.
ऊ पारानको उजाड-स्थानमा बस्दा, उसकी आमाले उसको निम्ति मिश्रबाट एउटा पत्नी ल्याइदिइन् ।
22 E aconteceu naquele mesmo tempo que Abimelech, com Phichol, príncipe do seu exército, falou com Abraão, dizendo: Deus é contigo em tudo o que fazes;
त्यस समय अबीमेलेक र तिनका सेनापति पीकोलले अब्राहामलाई यसो भने, “तिमीले गर्ने सबै कुरामा परमप्रभु तिमीसँगै हुनुहुन्छ ।
23 Agora pois, jura-me aqui por Deus que me não mentirás a mim, nem a meu filho, nem a meu neto: segundo a beneficência que te fiz, me farás a mim, e à terra onde peregrinaste.
यसैकारण अब मसँग यहाँ परमप्रभुको सामु प्रतिज्ञा गर, कि तिमीले म, मेरा सन्तति र मेरा उत्तराधिकारीहरूसँग कुनै छल गर्नेछैनौ । मैले तिमीलाई प्रतिज्ञामा जस्तो विश्वसनीयता देखाएँ तिमीले पनि त्यस्तै विश्वसनीयता म, र तिमी बसोबास गर्दै आएको यस भूमिप्रति देखाउनू ।”
24 E disse Abraão: Eu jurarei.
अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु ।”
25 Abraão, porém, repreendeu a Abimelech por causa de um poço d'água, que os servos de Abimelech haviam tomado por força.
अब्राहामले अबीमेलेकसँग तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि गुनासो गरे ।
26 Então disse Abimelech: Eu não sei quem fez isto; e também tu mo não fizeste saber, nem eu o ouvi senão hoje.
अबीमेलेकले भने, “यो काम कसले गर्यो मलाई थाहा भएन । तिमीले यस विषयमा मलाई पहिले नै भनेनौ, र मैले यसबारे आजसम्म केही सुनेको छैनँ ।”
27 E tomou Abraão ovelhas e vacas, e deu-as a Abimelech; e fizeram ambos concerto.
यसैकारण अब्राहामले भेडाहरू र गाई-गोरुहरू अबीमेलेकलाई दिए, र तिनीहरूले प्रतिज्ञा गरे ।
28 Pôs Abraão, porém, à parte sete cordeiras do rebanho.
त्यसपछि आफ्नो बगालबाट अब्राहामले सातवटा पाठी छुट्ट्याए ।
29 E Abimelech disse a Abraão: Para que estão aqui estas sete cordeiras, que puseste à parte?
अबीमेलेकले अब्राहामलाई भने, “तिमीले छुट्ट्याएर राखेको यी सात पाठीको अर्थ के हो?”
30 E disse: Tomarás estas sete cordeiras de minha mão, para que sejam em testemunho que eu cavei este poço.
तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्त गर्नुहुनेछ ।”
31 Por isso se chamou aquele lugar Berseba, porquanto ambos juraram ali.
यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए ।
32 Assim fizeram concerto em Berseba. Depois se levantou Abimelech e Phichol, príncipe do seu exército, e tornaram-se para a terra dos philisteus.
तिनीहरूले बेर्शेबामा प्रतिज्ञा गरे, र त्यसपछि अबीमेलेक र सेनापति पीकोल पलिश्तीहरूको भूमिमा फर्के ।
33 E plantou um bosque em Berseba, e invocou lá o nome do Senhor, Deus eterno.
अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे । त्यसपछि उनले अनन्तका परमेश्वरको आराधना गरे ।
34 E peregrinou Abraão na terra dos philisteus muitos dias.
अब्राहाम धेरै दिन पलिश्तीहरूको भूमिमा परदेशी भएर नै रहे ।