< Ezequiel 18 >
1 E veio a mim a palavra do Senhor, dizendo:
फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 Que tendes vós, vós que dizeis esta parábola da terra de Israel, dizendo: Os pais comeram uvas verdes, e os dentes dos filhos se embotaram?
“इस्राएलका देशको बारेमा तैंले उखान भनेको अर्थ के होः “'बाबुहरू अमिलो अङ्गूर खाने र छोराछोरीका दाँत कुडिंने'?
3 Vivo eu, diz o Senhor Jehovah, que nunca mais direis esta parábola em Israel.
जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो—इस्राएलमा तिमीहरूलाई फेरि कहिल्यै यो उखान भन्ने अवसर हुनेछैन ।
4 Eis que todas as almas são minhas; como o é a alma do pai, assim também a alma do filho é minha: a alma que pecar, essa morrerá.
हेर, हरेक जीवित प्राण मेरै हो— बुबा र छोरा दुवै मेरा हुन् । जुन प्राणले पाप गर्छ, त्यही मर्नेछ ।
5 Sendo pois o homem justo, e fazendo juízo e justiça,
एक जना धर्मी र न्याय तथा धर्मिकता कायम राख्ने मानिसको बारेमा के भण्न सकिन्छ—
6 Se não comer sobre os montes, nem levantar os seus olhos para os ídolos da casa de Israel, nem contaminar a mulher do seu próximo, nem se chegar à mulher na sua separação,
उसले डाँडाहरूमा खाँदैन, वा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, र उसले आफ्नो छिमेकीकी पत्नीलाई अपवित्र पार्दैन, न त महिनावारीको समयमा कुनै स्त्रीकहाँ जान्छ । के ऊ धर्मी मानिस हो?
7 E se não oprimir a ninguém, tornando ao devedor o seu penhor, e se não fizer roubo, se der o seu pão ao faminto, e cobrir ao nu com vestido,
यस्तो मानिसको बारेमा के भन्न सकिन्छ, जसले कसैलाई थिचोमिचो गर्दैन, र लोन लिनेले धितो राखेको सामान लोन लिनेलाई उसले फर्काउँछ, र उसले चोरी गर्दैन, तर भोकालाई आफ्नो खानेकुरा दिन्छ, र नाङ्गालाई लुगा पहिराउँछ । के ऊ धर्मी मानिस हो?
8 Se não der o seu dinheiro à usura, e não receber demais, se desviar a sua mão da injustiça, e fizer verdadeiro juízo entre homem e homem,
यस्तो मानिसको बारेमा के भन्ने, जसले आफूले दिएको लोनको ब्याज धेरै लिंदैन, र आफूले बेचेको कुरामा धेरै नाफा लिंदैन? उसको बारेमा यसो भनिन्छ, उसले न्याय गर्छ र मानिसहरूका बिचमा विश्वस्तता कायम गर्छ ।
9 Se andar nos meus estatutos, e guardar os meus juízos, para obrar segundo a verdade, o tal justo certamente viverá, diz o Senhor Jehovah.
एक जना मानिस मेरा विधिहरू पालन गर्छ, र विश्वाससित मेरा नियमहरू मान्छ भने त्यो धर्मी मानिसको निम्ति प्रतिज्ञा यो होः त्यो निश्चय नै बाँच्नेछ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
10 E se ele gerar um filho ladrão, derramador de sangue, que fizer a seu irmão qualquer destas coisas;
तर मानौं, उसको एक जना हिंस्रक छोरो छ, जसले हत्या गर्छ र यी माथि उल्लेखित कुनै पनि काम गर्छ,
11 E que não fizer todas as demais coisas, mas antes comer sobre os montes, e contaminar a mulher de seu próximo,
(उसका बुबाले यी कुरामध्ये एउटै पनि नगरेको भए पनि) । उसले डाँडाहरूमा खान्छ, र आफ्नो छिमेकीकी पत्नीलाई बिटुलो पार्छ । उसको बारेमा के भन्न सकिन्छ र?
12 Oprimir ao aflito e necessitado, fizer roubos, não tornar o penhor, e levantar os seus olhos para os ídolos, e fizer abominação,
यो मानिसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, र उसले लुट्छ र डकैती गर्छ र धितो फर्काउँदैन, अनि उसले आफ्ना आँखा मूर्तिहरूतिर उचाल्छ, र घिनलाग्दा कामहरू गर्छ,
13 Der o seu dinheiro à usura, e receber demais, porventura viverá? Não viverá: todas estas abominações ele fez, certamente morrerá; o seu sangue será sobre ele.
र उसले महंगो ब्याजमा रुपियाँ दिन्छ र आफूले बेचेको कुरामा धेरै मुनाफा कमाउँछ । के यस्तो मानिस जीवित रहनुपर्छ? ऊ निश्चय पनि जीवित रहँदैन । ऊ निश्चय मर्नेछ र उसको रगत उसकै शिरमाथि पर्नेछ किनभने उसले यी सबै घिनलाग्दा कुराहरू गरेको छ ।
14 E eis que, se também ele gerar filho que vir todos os pecados que seu pai fez, e, vendo-os, não cometer coisas semelhantes,
तर हेर, मानौं एक जना मानिस छ र उसको एक जना छोरो छ, जसले आफ्ना बुबाले गरेका सबै पापहरू देख्छ, अनि उसले ती देखे तापनि उसले ती कुराहरू गर्दैन ।
15 Não comer sobre os montes, e não levantar os seus olhos para os ídolos da casa de Israel, e não contaminar a mulher de seu próximo,
त्यो छोरोले डाँडाका थानहरूमा खाँदैन, र उसले इस्राएलका घरानाका मूर्तिहरूतिर आफ्ना आँखा लगाउँदैन, र उसले आफ्नो छिमेकीकी पत्नीलाई बिटुलो पार्दैन । उसको बारेमा के भन्न सकिन्छ?
16 E não oprimir a ninguém, e não retiver o penhor, e não fizer roubo, der o seu pão ao faminto, e cobrir ao nu com vestido,
त्यो छोरोले कसैलाई थिचोमिचो गर्दैन, वा बन्धक खोस्दैन वा चोरीका सामानहरू लिंदैन, तर त्यसको साटोमा आफ्नो खानेकुरा भोकालाई दिन्छ, र नाङ्गालाई लुगाले ढाक्छ ।
17 Desviar do aflito a sua mão, não receber usura em demasia, fizer os meus juízos, e andar nos meus estatutos, o tal não morrerá pela maldade de seu pai; certamente viverá.
त्यो छोरोले कसैलाई थिचोमिचो गर्दैन वा महंगो ब्याज लिंदैन वा लोनबाट धेरै मुनाफा कमाउँदैन, तर उसले मेरा नियमहरू मान्छ, र मेरा विधिहरूअनुसार हिंड्छ । त्यो छोरो आफ्नो बुबाका पापको कारण मर्नेछैनः ऊ निश्चय नै बाँच्नेछ ।
18 Seu pai, porquanto fez opressão, roubou os bens do irmão, e fez o que não era bom no meio de seu povo, eis que ele morrerá pela sua maldade.
उसको बुबाले अरूबाट जबरदस्ती लिएर थिचोमिचो गरेको र आफ्नो भाइको डकैती गरेको, र आफ्ना मानिसहरूका माझमा जे असल छैन त्यही गरेको कारणले, हेर, ऊ आफ्नो अधर्ममा मर्नेछ ।
19 Porém dizeis: Porque não levará o filho a maldade do pai? Porque o filho fez juízo e justiça, e guardou todos os meus estatutos, e os praticou, por isso certamente viverá.
तर तिमीहरू भन्छौ, 'छोरोले आफ्नो बुबाको अधर्मको फल भोग्नु किन नपर्ने?' किनकि छोराले न्याय र धार्मिकता पुरा गर्छ र मेरा सबै विधिहरू पालन गर्छ । उसले ती पुरा गर्छ । ऊ निश्चय नै बाँच्नेछ ।
20 A alma que pecar, essa morrerá: o filho não levará a maldade do pai, nem o pai levará a maldade do filho: a justiça do justo será sobre ele, e a impiedade do ímpio será sobre ele.
जसले पाप गर्छ, मर्नेचाहिं उही हो । छोरोले आफ्नो बुबाको अधर्मको फल भोग्नेछैन, र बुबाले आफ्नो छोराको अधर्मको फल भोग्नेछैन । ठिक काम गर्नेको धार्मिकता उसमाथि नै रहनेछ र दुष्टको दुष्ट्याइँ पनि उसमाथि नै रहनेछ ।
21 Mas se o ímpio se converter de todos os seus pecados que cometeu, e guardar todos os meus estatutos, e fizer juízo e justiça, certamente viverá; não morrerá.
तर कुनै दुष्ट मानिसले आफूले गरेका सबै पापहरू त्याग्छ र मेरा सबै विधिहरू पालन गर्छ, र न्याय र धार्मिकता कायम गर्छ भने, ऊ निश्चय नै बाँच्नेछ, र मर्नेछैन ।
22 De todas as suas transgressões que cometeu não haverá lembrança contra ele: pela sua justiça que praticou viverá.
उसको विरुद्धमा उसले गरेको सारा अपराधको सम्झना फेरि गरिनेछैन । उसले अभ्यास गरेको धर्मिकताको कारणले ऊ बाँच्नेछ ।
23 Porventura de qualquer maneira desejaria eu a morte do ímpio? diz o Senhor Jehovah; porventura não desejo que se converta dos seus caminhos e viva?
के दुष्टको मृत्युमा म खुशी हुन्छु र—यो परमप्रभु परमेश्वरको घोषणा हो—र ऊ बाँचोस् भनी ऊ आफ्नो चाल छोडेर फर्केकोमा खुसी हुन्न र?
24 Mas, desviando-se o justo da sua justiça, e cometendo a iniquidade, fazendo conforme todas as abominações que faz o ímpio, porventura viveria? de todas as suas justiças que tiver feito não se fará memória: na sua transgressão com que transgrediu, e no seu pecado com que pecou, neles morrerá.
तर धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्यागेर पाप गर्छ, र दुष्ट मानिसले गरेका घिनलाग्दा कामहरू गर्छ भने, के त्यो बाँच्नेछ र? उसले विद्रोह गरेर मलाई धोका दिएको कारणले उसले अघि गरेको कुनै पनि धर्मिकताको कामको सम्झना हुनेछैन । यसैले उसले गरेका पापहरूमा नै ऊ मर्नेछ ।
25 Dizeis, porém: O caminho do Senhor não é direito. Ouvi agora, ó casa de Israel: Porventura não são os vossos caminhos indiretos?
तर तिमीहरू भन्छौ, 'परमप्रभुको चाल न्यायपुर्ण छैन' । ए इस्राएलका घराना, सुन । के मेरो चालहरू न्यायपुर्ण छैनन्? अन्यायपुर्ण त तिमीहरूका चालहरू होइनन् र?
26 Desviando-se o justo da sua justiça, e cometendo iniquidade, morrerá por ela: na sua iniquidade que cometeu morrerá.
जब धर्मी मानिसले आफ्नो धार्मिकता त्याग्छ र अधर्म गर्छ, र तिनका कारणले मर्छ, तब ऊ आफैले गरको अधर्मको कारणले ऊ मर्छ ।
27 Porém, convertendo-se o ímpio da sua impiedade que cometeu, e praticando o juízo e a justiça, conservará este a sua alma em vida.
तर जब दुष्ट मानिसले आफूले गरेका दुष्ट कामबाट फर्कन्छ, र न्याय र धार्मिकता कायम गर्छ, तब उसले आफ्नो जीवन बचाउनेछ ।
28 Porquanto considera, e se converte de todas as suas transgressões que cometeu; certamente viverá, não morrerá.
किनकि आफूले गरेका सबै अपराधहरू उसले देखेको छ र तीबाट फर्केको छ । ऊ निश्चय नै बाँच्नेछ, र ऊ मर्नेछैन ।
29 Contudo, diz a casa de Israel: O caminho do Senhor não é direito. Porventura os meus caminhos não serão direitos, ó casa de Israel? porventura não são os vossos caminhos indiretos?
तर इस्राएलको घरानाले भन्छ, 'परमप्रभुको चाल न्यायपुर्ण छैन' । ए इस्राएलको घराना, मेरो चाल कसरी न्यायपुर्ण छैन? तिमीहरूको चालचाहिं न्यायपुर्ण छैन ।
30 Portanto, eu vos julgarei, cada um conforme os seus caminhos, ó casa de Israel, diz o Senhor Jehovah: tornai-vos, e convertei-vos de todas as vossas transgressões, e a iniquidade não vos servirá de tropeço.
यसकारण, ए इस्राएलका घराना, म तिमीहरू हरेक मानिसको न्याय उसको चालअनुसार गर्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो । पश्चात्ताप गर, आफ्ना सबै अपराधहरूबाट फर्क, ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्ने ढुङ्गाहरू नबनून् ।
31 Lançai de vós todas as vossas transgressões com que transgredistes, e fazei-vos um coração novo e um espírito novo; pois por que razão morrerieis, ó casa de Israel?
तिमीहरूले गरेका सबै अपराधहरू आफूलाई अलग गर । आफ्ना निम्ति नयाँ हृदय र नयाँ आत्मा बनाओ । तिमीहरू किन मर्छौ, ए इस्राएलका घराना?
32 Porque não tomo prazer na morte do que morre, diz o Senhor Jehovah: convertei-vos, pois, e vivei.
किनकि मर्नेको मृत्युमा म खुसी हुन्न—यो परमप्रभु परमेश्वरको घोषणा हो—यसैले पश्चात्ताप गर, र बाँच ।