< Ester 4 >
1 Quando mardoqueu soube tudo quanto havia passado, rasgou mardoqueu os seus vestidos, e vestiu-se de um saco com cinza, e saiu pelo meio da cidade, e clamou com grande e amargo clamor;
जब मोर्दकैले यी सबै कुरा थाहा पाए, तब तिनले आफ्ना लुगा च्याते अनि भाङ्ग्रा र खरानी लगाए । तिनी सहरको बिचमा गए, र ठुलो सोरले कराए, र विलाप गरे ।
2 E chegou até diante da porta do rei: porque ninguém vestido de saco podia entrar pelas portas do rei.
तिनी राजाको ढोकासम्म मात्र गए किनकि कसैलाई पनि भाङ्ग्रा लगाएर त्यसबाट जान अनुमति थिएन ।
3 E em todas as províncias aonde a palavra do rei e a sua lei chegava, havia entre os judeus grande luto, com jejum, e choro, e lamentação: e muitos estavam deitados em saco e em cinza.
राजाको हुकुम र आदेश पुगेको हरेक प्रान्तमा यहूदीहरूका माझमा उपवास, रुवाबासी र विलासँगै ठुलो शोक थियो । तिनीहरूमध्ये धेरै जानले भाङ्ग्रा लगाए, र खरानीमा बसे ।
4 Então vieram as moças de Esther, e os seus eunucos, e fizeram-lho saber, do que a rainha muito se doeu: e mandou vestidos para vestir a mardoqueu, e tirar-lhe o seu saco; porém ele os não aceitou.
जब एस्तरका युवतीहरू र सेविकाहरू आएर उनलाई त्यो कुरा बताए, तब रानी ठुलो शोकमा डुबिन् । उनले मोर्दकैको लागि पोशाकहरू पठाइन् (ताकि तिनले भाङ्ग्रा फुकालून्), तर तिनले ती स्वीकार गरेनन् ।
5 Então Esther chamou a Hathach (um dos eunucos do rei, que este tinha posto na presença dela), e deu-lhe mandado para mardoqueu; para saber que era aquilo; e para que.
तब एस्तरको सेवा गर्न खटाइएका राजाका अधिकारीहरूमध्ये हताकलाई तिनले बोलाइन् । के भएको थियो र यसको अर्थ के हो भनी जान्न उनले तिनलाई मोर्दकैकहाँ पठाइन् ।
6 E, saindo Hathach a mardoqueu, à praça da cidade, que estava diante da porta do rei,
त्यसैले हताक राजाको ढोकाको सामु सहरको खुला चोकमा मोर्दकैकहाँ गए ।
7 Mardoqueu lhe fez saber tudo quanto lhe tinha sucedido; como também a oferta da prata, que Haman dissera que daria para os tesouros do rei, pelos judeus, para os lançar a perder.
मोर्दकैको जीवनमा आइपरेका सबै कुरा, र यहूदीहरूलाई मार्नका लागि हामानले राज्यकोषमा दिने प्रतिज्ञा गरेका सम्पूर्ण चाँदीको मात्राबारे तिनले हताकलाई विवरण दिए ।
8 Também lhe deu a copia da lei escrita, que se publicara em Susan, para os destruir, para a mostrar a Esther, e a fazer saber: e para lhe ordenar que, se fosse ter com o rei, e lhe pedisse e suplicasse na sua presença pelo seu povo.
यहूदीहरूको विनाशको निम्ति शूशनमा जारी गरिएको उर्दीको नक्कल पनि तिनले हताकलाई दिए । हताकले यो एस्तरलाई देखाउन सकून्, अनि राजाको निगाहा प्राप्त गर्नलाई गएर बिन्ति चढाउने र आफ्नो जातिको पक्षमा उहाँलाई याचना गर्ने जिम्मेवारी तिनले उनलाई दिन सकून् भनेर तिनले यसो गरे ।
9 Veio pois Hathach, e fez saber a Esther as palavras de mardoqueu.
त्यसैले हताक गए र मोर्दकैले तिनलाई भनेका कुरा एस्तरलाई बताए ।
10 Então disse Esther a Hathach, e mandou-lhe dizer a mardoqueu:
तब एस्तरले हताकसित कुरा गरिन्, र तिनलाई मोर्दकैकहाँ फर्केर जान आज्ञा दिइन् ।
11 Todos os servos do rei, e o povo das províncias do rei, bem sabem que todo o homem ou mulher que entrar no pátio interior ao rei sem ser chamado não há senão uma sentença, que morra, salvo se o rei estender para ele o cetro de ouro, para que viva; e eu estes trinta dias não sou chamada para entrar ao rei
उनले भनिन्, “राजाका सबै अधिकारी र राजाका प्रान्तहरूका मानिसहरूलाई थाहा छ, कि राजाको नबोलाइकन कुनै पुरुष वा स्त्री भित्री दरबारमा प्रवेश गर्यो भने, त्यसको लागि एउटा मात्र कानुन छः कुनै व्यक्ति बाँचोस् भनेर राजाले आफ्नो सुनको राजदण्ड पसार्नुभएन भने त्यो मारिने छ । म आफैलाई पनि राजाकहाँ नबोलाइएको तिस दिन भइसक्यो ।”
12 E fizeram saber a mardoqueu as palavras de Esther.
त्यसैले हताकले एस्तरको कुरा मोर्दकैलाई बताए ।
13 Então disse mardoqueu que tornassem a dizer a Esther: Não imagines em teu ânimo que escaparás na casa do rei, mais do que todos os outros judeus.
मोर्दकैले यो सन्देश पठाए, “तिमी राजदरबारमा भएकी हुनाले अरू सबै यहूदीमध्ये तिमीचाहिं बाँच्नेछ्यौ भनी तिमीले नसोचे हुन्छ ।
14 Porque, se de todo te calares neste tempo, socorro e livramento doutra parte sairá para os judeus, mas tu e a casa de teu pai perecereis: e quem sabe se para tal tempo como este chegaste a este reino?
यस बेला तिमी चुप लाग्यौ भने, यहूदीहरूका निम्ति सहायता र छुटकारा अरू ठाउँबाट आउनेछ, तर तिमी र तिम्रो पिताको परिवार नष्ट हुनेछ । यस्तै समयको लागि नै तिमी यो राजकीय पदमा पुगेकी हुन सक्छ्यौ भनी कसलाई थाहा छ?”
15 Então disse Esther que tornassem a dizer a mardoqueu:
तब एस्तरले मोर्दकैलाई यो सन्देश पठाइन्,
16 Vai, ajunta a todos os judeus que se acharem em Susan, e jejuai por mim, e não comais nem bebais por três dias, nem de dia nem de noite, e eu e as minhas moças também assim jejuaremos: e assim entrarei a ter com o rei, ainda que não é segundo a lei; e, perecendo, pereça.
“जानुहोस्, र मेरो निम्ति उपवास बस्न शूशनमा बस्ने सबै यहूदीलाई भेला गर्नुहोस् । तिन दिन र तिन रातसम्म केही नखानुहोस्, न त केही पिउनुहोस् । मेरा युवतीहरू र म पनि त्यसरी नै उपवास बस्नेछौँ । त्यसपछि कानुनको विरुद्धमा भए तापनि म राजाकहाँ जानेछु, र मेरो नाश हुन्छ भने पनि होस् ।”
17 Então mardoqueu foi, e fez conforme a tudo quanto Esther lhe ordenou.
मोर्दकै गए, र तिनले एस्तरले भनेझैँ सबै गरे ।