< Deuteronômio 2 >
1 Depois viramo-nos, e caminhamos ao deserto, caminho do Mar Vermelho, como o Senhor me tinha dito, e muitos dias rodeamos a montanha de Seir.
तब हामी परमप्रभुले मलाई भन्नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड-स्थानमा यात्रा गर्यौँ । हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्यौँ ।
2 Então o Senhor me falou, dizendo:
परमप्रभुले मलाई यसो भन्नुभयो, '
3 Assás tendes rodeado esta montanha: virai-vos para o norte.
तिमीहरू धेरै दिनसम्म यस पर्वतको वरिपरि घुम्दै छौ । अब उत्तरतिर फर्क ।
4 E dá ordem ao povo, dizendo: Passareis pelos termos de vossos irmãos, os filhos de Esaú, que habitam em Seir: e eles terão medo de vós; porém guardai-vos bem,
मानिसहरूलाई यसो भनी आज्ञा दे, 'तिमीहरू सेइरमा बस्ने एसावका सन्तानहरू अर्थात् तिमीहरूका दाजुभाइहरूको सिमाना पार गरेर जानुपर्छ । तिनीहरू तिमीहरूदेखि डराउने छन् । त्यसकारण सावधान होओ ।
5 Não vos entremetais com eles, porque vos não darei da sua terra nem ainda a pisada da planta de um pé: porquanto a Esaú tenho dado a montanha de Seir por herança.
तिनीहरूसँग लडाइँ नगर्नू किनकि म तिनीहरूको कुनै पनि देश तिमीहरूलाई दिने छैनँ । पैतलाले टेक्ने जत्रो ठाउँ पनि म तिमीहरूलाई दिने छैनँ । किनकि मैले सेइर पर्वत एसावको अधिकारमा दिएको छु ।
6 Comprareis deles, por dinheiro, comida para comerdes: e também água para beber deles comprareis por dinheiro.
तिमीहरूले खानका लागि पैसा तिरेर तिनीहरूबाट खाना किन्नू । तिमीहरूले पिउनका लागि पैसा तिरेर तिनीहरूबाट पानी पनि किन्नू ।
7 Pois o Senhor teu Deus te abençoou em toda a obra das tuas mãos; ele sabe que andas por este grande deserto: estes quarenta anos o Senhor teu Deus esteve contigo, coisa nenhuma te faltou.
किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको छ । यो ठुलो उजाड-स्थानको यात्राभरि उहाँले तिमीहरूको हेरचाह गर्नुभएको छ । यी चालिस वर्ष परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुभएको छ, र तिमीहरूलाई कुनै कुरोको कमी भएको छैन' ।”
8 Passando pois de nossos irmãos, os filhos de Esaú, que habitavam em Seir, desde o caminho da planície de Elath e de Ezeon-geber, nos viramos e passamos o caminho do deserto de Moab.
त्यसैले हामी सेइरमा बस्ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ । यो ठाउँ एलात र एस्योन-गेबेर अनि अराबाट पर पर्छ । तब हामी फर्केर मोआबको उजाड-स्थानको बाटो लाग्यौँ ।
9 Então o Senhor me disse: Não molestes a Moab, e não contendas com eles em peleja, porque te não darei herança da sua terra; porquanto tenho dado a Ar aos filhos de Lot por herança.
परमप्रभुले मलाई भन्नुभयो, 'मोआबलाई दुःख नदे, र तिनीहरूसित लडाइँ नगर् । म त्यसको देश तिमीहरूको आफ्नो अधिकार हुनलाई दिन्नँ किनभने मैले आर सहरलाई लोतका सन्तानहरूको अधिकार हुनलाई दिएको छु ।'
10 (Os emeos de antes habitaram nela: um povo grande e numeroso, e alto como os gigantes;
(पहिले त्यहाँ एमीहरू बस्थे जुन जाति पराक्रमी, असङ्ख्य र अनाकीहरूजस्तै अग्ला-अग्ला थिए ।
11 Também estes foram contados por gigantes como os enaquins: e os moabitas os chamavam emeos.
अनाकीहरूझैँ यी मानिसहरू पनि रपाईहरू हुन् भनी ठानिन्छ, तर मोआबीहरूले तिनीहरूलाई एमी भन्थे ।
12 De antes os horeus também habitaram em Seir: porém os filhos de Esaú os lançaram fora, e os destruiram de diante de si, e habitaram no seu lugar, assim como Israel fez à terra da sua herança, que o Senhor lhes tinha dado.
सेइरमा पहिले होरीहरू पनि बस्थे, तर एसावका सन्तानहरूले तिनीहरूलाई धपाए । तिनीहरूले होरीहरूलाई त्यहाँबाट निकाली तिनीहरूको ठाउँमा बसोबास गरे जस्तो परमप्रभुले इस्राएललाई तिनीहरूको अधिकारको रूपमा यो देश दिनुभएको थियो ।)
13 Levantai-vos agora, e passai o ribeiro de Zered: assim passamos o ribeiro de Zered.
'अब उठेर जेरेद खोला पारि जाओ ।' त्यसैले हामी जेरेद खोला पारि गयौँ ।
14 E os dias que caminhamos, desde Cades-barnea até que passamos o ribeiro de Zered, foram trinta e oito anos, até que toda aquela geração dos homens de guerra se consumiu do meio do arraial, como o Senhor lhes jurara.
कादेश-बर्नेबाट जेरेद खोला पारिसम्म आउन हामीलाई अठतिस दिन लाग्यो । त्यस बेलासम्म परमप्रभुले शपथ खानुभएझैँ लडाइँको लागि योग्य सबै मानिसको त्यो पुस्ता नष्ट भइसकेको थियो ।
15 Assim também foi contra eles a mão do Senhor, para os destruir do meio do arraial até os haver consumido.
त्यस बाहेक, तिनीहरूलाई नष्ट नपारूञ्जेल परमप्रभुको हात त्यो पुस्ताको विरुद्धमा थियो ।
16 E sucedeu que, sendo já consumidos todos os homens de guerra, pela morte, do meio do arraial.
जब मानिसहरूका बिचबाट लडाइँको लागि योग्य सबै मानिस मरेर गए,
17 O Senhor me falou, dizendo:
परमप्रभुले मलाई यसो भन्नुभयो,
18 Hoje passarás a Ar, pelos termos de Moab;
'आज तिमीहरूले मोआबको सिमाना आर सहरलाई पार गर्नुपर्छ ।
19 E te chegarás até defronte dos filhos de Ammon: não os molestes, e com eles não contendas: porque da terra dos filhos de Ammon te não darei herança, porquanto aos filhos de Lot a tenho dado por herança.
तिमीहरू अम्मोनका मानिसहरूको सिमानामा आइपुग्दा तिनीहरूलाई दुःख नदेओ वा तिनीहरूसित लडाइँ नगर । अम्मोनीहरूको कुनै पनि भूमि म तिमीहरूको अधिकारको रूपमा दिन्नँ । किनकि मैले यो देश लोतका सन्तानहरूलाई अधिकारको रूपमा दिएको छु ।'
20 (também esta foi contada por terra de gigantes; de antes nela habitavam gigantes, e os ammonitas os chamavam zamzummeus:
(त्यसलाई पनि रपाईहरूको देश ठानिन्थ्यो । त्यहाँ पहिले रपाईहरू बस्थे, तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्दथे ।
21 Um povo grande, e numeroso, e alto, como os gigantes: e o Senhor os destruiu de diante de si, e eles os lançaram fora, e habitaram no seu lugar;
तिनीहरू पराक्रमी, असङ्ख्य र अनाकीहरूझैँ अग्ला-अग्ला थिए । तर परमप्रभुले अम्मोनीहरूकै सामुन्ने तिनीहरूलाई नष्ट गरिदिनुभयो र तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे ।
22 Assim como fez com os filhos de Esaú, que habitavam em Seir, de diante dos quais destruiu os horeus, e eles os lançaram fora, e habitaram no seu lugar até este dia
परमप्रभुले सेइरमा बस्ने एसावका सन्तानहरूकै सामुन्ने होरीहरूलाई नष्ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्नुहुँदा यिनीहरूका लागि पनि यसै गर्नुभयो । यिनीहरू आजसम्म यहाँ बसोबास गर्दै छन् ।
23 Também os caftoreus, que sairam de Caftor, destruiram os aveus, que habitavam em Kazerim até Gaza, e habitaram no seu lugar).
गाजासम्म टाढा गाउँहरूमा बस्ने अव्वीहरूलाई कप्तोरबाट आएका कप्तोरीहरूले नष्ट पारी तिनीहरूको ठाउँमा बसोबास गरे ।)
24 Levantai-vos, parti e passai o ribeiro de Arnon; eis aqui na tua mão tenho dado a Sehon, amorreu, rei de Hesbon, e a sua terra; começa a possui-la, e contende com eles em peleja.
'अब उठेर आफ्ना यात्रा थाल अनि अर्नोनको बेँसी पार गर । हेर, मैले हेश्बोनका राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूलाई दिएको छु । यसलाई कब्जा गर्न थाल र त्योसित लडाइँ गर ।
25 Neste dia começarei a pôr um terror e um temor de ti diante dos povos que estão debaixo de todo o céu: os que ouvirem a tua fama tremerão diante de ti e se angustiarão.
पुरै आकाशमुनि भएका जाति-जातिहरूमा म तिमीहरूको डर र त्रास हाल्न सुरु गर्ने छु । तिनीहरूले तिमीहरूको बारेमा भएको खबर सुनेर थरथर काम्ने छन् अनि तिमीहरूको कारणले विचलित हुने छन् ।'
26 Então mandei mensageiros desde o deserto de Quedemoth a Sehon, rei de Hesbon, com palavras de paz, dizendo:
मैले कदेमोतको उजाड-स्थानबाट हेश्बोनका राजा सीहोनलाई शान्तिका वचनहरूसहित सन्देशवाकहरू पठाएँ,
27 Deixa-me passar pela tua terra: somente pela estrada irei; não me desviarei para a direita nem para a esquerda.
'मलाई तपाईंको देश भएर जान दिनुहोस् । म लोकमार्ग भएर जानेछु । म दाहिने र देब्रे लाग्ने छैनँ ।
28 A comida que eu coma vender-ma-ás por dinheiro, e dar-me-ás por dinheiro a água que beba: tão somente deixa-me passar a pé;
खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ । केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्
29 Como fizeram comigo os filhos de Esaú, que habitam em Seir, e os moabitas que habitam em Ar: até que eu passe o Jordão, a terra que o Senhor nosso Deus nos há de dar.
। जसरी सेइरमा बस्ने एसावका सन्तानहरू र आर सहरमा बस्ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।'
30 Mas Sehon, rei de Hesbon, não nos quis deixar passar por si, porquanto o Senhor teu Deus endurecera o seu espírito, e fizera obstinado o seu coração, por to dar na tua mão, como neste dia se vê.
तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् र हामीलाई तिनको बाटो भएर जान दिएनन् । किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिनको मन कठोर बनाइदिनुभएको थियो र तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको छ ।
31 E o Senhor me disse: eis aqui, tenho começado a dar-te Sehon, e a sua terra diante de ti: começa pois a possui-la, para que herdes a sua terra.
परमप्रभुले मलाई भन्नुभयो, 'हेर्, मैले तेरै सामुन्ने सीहोन र त्यसको देश तँलाई दिन थालेको छु । यस देशमाथि तेरो अधिकार होस् भनेर यसलाई कब्जा गर्न थाल् ।'
32 E Sehon saiu-nos ao encontro, ele e todo o seu povo, à peleja, a Jahaz:
तब सीहोन आफ्ना सबै मानिस लिएर यहसा भन्ने ठाउँमा हाम्रो विरुद्धमा लड्न आए ।
33 E o Senhor nosso Deus no-lo deu diante de nós, e o ferimos a ele, e a seus filhos, e a todo o seu povo.
परमप्रभु हाम्रा परमेश्वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो र हामीले तिनी, तिनका छोराहरू र तिनका सबै मानिसलाई पराजित गर्यौँ ।
34 E naquele tempo tomamos todas as suas cidades, e destruímos todas as cidades, homens, e mulheres e crianças: não deixamos a ninguém.
त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर, पुरुष र स्त्रीहरू अनि बालबच्चाहरूलाई पूर्ण रूपले नष्ट पार्यौँ । एउटै पनि बाँचेन ।
35 Somente tomamos em presa o gado para nós, e o despojo das cidades que tinhamos tomado.
आफ्ना निम्ति लुटको मालको रूपमा लगेका गाईवस्तु र सहरबाट लुटिएका मालहरू मात्र हामीले लियौँ ।
36 Desde Aroer, que está à borda do ribeiro de Arnon, e a cidade que está junto ao ribeiro, até Gilead, nenhuma cidade houve que de nós escapasse: tudo isto o Senhor nosso Deus nos entregou diante de nós.
अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्वरले ती हाम्रा हातमा दिनुभयो ।
37 Somente à terra dos filhos de Ammon não chegaste: nem a toda a borda do ribeiro de Jabbok, nem às cidades da montanha, nem a coisa alguma que nos proibira o Senhor nosso Deus.
केवल अम्मोनका सन्तानहरूको देशसाथै यब्बोक नदीका सबै किनाराका जग्गा अनि पहाडी देशका सहरहरू जहाँ परमप्रभु हाम्रा परमेश्वरले जान हामीलाई निषेध गर्नुभयो थियो, त्यहाँ तिमीहरू गएनौ ।