< 2 Samuel 20 >
1 Então se achou ali por acaso um homem de Belial, cujo nome era Seba, filho de Bichri, homem de Benjamin, o qual tocou a buzina, e disse: Não temos parte em David, nem herança no filho de Jessé; cada um às suas tendas, ó Israel.
त्यही ठाउँमा बेन्यामिनी बिक्रीको छोरो शेबा नाउँको एक जना समस्या उत्पन्न गराउने मानिस थियो । त्यसले तुरही फुक्यो र भन्यो, “दाऊदसँग हाम्रो कुनै हिस्सा छैन, न त यिशैको छोरासँग हाम्रो कुनै उत्तराधिकार नै छ । ए इस्राएल, हरेक मानिस आआफ्ना घर जाओ ।”
2 Então todos os homens de Israel subiram de detraz de David, e seguiram Seba, filho de Bichri; porém os homens de Judá se uniram ao seu rei desde o Jordão até Jerusalém.
त्यसैले इस्राएलका सबै मानिसले दाऊदलाई छोडे र बिक्रीको छोरा शेबाको पछि लागे । तर यहूदाका मानिसहरू यर्दन देखि यरूशलेमसम्म नै आफ्ना राजाको पछिपछि गए ।
3 Vindo pois David para sua casa, a Jerusalém, tomou o rei as dez mulheres, suas concubinas, que deixara para guardarem a casa, e as pôs numa casa em guarda, e as sustentava; porém não entrou a elas: e estiveram encerradas até ao dia da sua morte, vivendo como viúvas.
जब दाऊद यरूशलेममा आफ्नो दरबारमा आए, तब उनले दरबारको हेरचाह गर्न छोडेका दश जना पत्नीलाई लिए र तिनले उनीहरूलाई पालेको अधीनमा एउटा घरमा राखे । उनले उनीहरूलाई चाहिने सबै कुरा जुटाइदिए, तर तिनी फेरि उनीहरूसँग सुतेनन् । त्यसैले उनीहरूको मृत्युको दिनसम्म नै तिनीहरूलाई नजरबन्द गरियो, यसरी उनीहरू विधवाहरू भएझैं बसे ।
4 Disse mais o rei a Amasa: Convoca-me os homens de Judá para o terceiro dia: e tu então apresenta-te aqui.
त्यसपछि राजाले अमासालाई भने, “तीन दिनभित्र यहूदाका मानिसहरूलाई एकसाथ भेला गर । तिमी पनि यहाँ हुनुपर्छ ।”
5 E foi Amasa para convocar a Judá: porém demorou-se além do tempo que lhe tinha designado.
त्यसैले अमासा यहूदालाई बोलाउन गए तर तिनलाई राजाले तोकेको समयभन्दा तिनी ढिला भए ।
6 Então disse David a Abisai: Mais mal agora nos fará Seba, o filho de Bichri, do que Absalão: pelo que toma tu os servos de teu senhor, e persegue-o, para que porventura não ache para si cidades fortes, e escape dos nossos olhos.
त्यसैले दाऊदले अबीशैलाई भने, “अब बिक्रीका छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा धेरै हानि गर्ने छ । तिम्रो मालिकका सेवकहरू, अर्थात् मेरा सिपाहरूलाई लिएर जाऊ र त्यसलाई खेद नत्र त्यसले किल्लाबन्दी गरेको सहर भेट्टाउने छ र हाम्रा नजरबाट उम्किने छ ।”
7 Então sairam atráz dele os homens de Joab, e os cheretheus, e os peletheus, e todos os valentes: estes sairam de Jerusalém para irem atráz de Seba, filho de Bichri.
त्यसपछि योआबका मानिसहरू, करेतीहरू, पलेथीहरू र सबै वीर योद्धासँगै त्यसको पछिपछि गए । तिनीहरूले बिक्रीको छोरो शेबालाई खेदन यरूशलेमबाट विदा भए ।
8 Chegando eles pois à pedra grande que está junto a Gibeon, Amasa veio: e estava Joab cingido da sua roupa que vestiu, e sobre ela um cinto, ao qual estava pegada a espada a seus lombos na sua bainha; e, adiantando-se ele, lhe caiu.
जब तिनीहरू गिबोनको ठुलो ढुङ्गामा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए । योआबले हातियार सहितको जङ्गी पोशाक लगाएका थिए जसको कम्मरमा पेटी र त्यसमा दापमा छुरा हुन्थ्यो । जसै तिनी अगि बढे, छुरा खस्यो ।
9 E disse Joab a Amasa: vai contigo bem, meu irmão? E Joab, com a mão direita, pegou da barba de Amasa, para o beijar.
त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते ।
10 E Amasa não se resguardou da espada que estava na mão de Joab, de sorte que este o feriu com ela na quinta costela, e lhe derramou por terra as entranhas, e não o feriu segunda vez, e morreu: então Joab e Abisai, seu irmão, foram atráz de Seba, filho de Bichri.
अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् । योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्यो । योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे । यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्याउँदै गए ।
11 Mas algum dentre os moços de Joab parou junto a ele, e disse: Quem há que bem queira a Joab? e quem seja por David siga a Joab.
योआबका मानिसमध्ये एक जना अमासाको छेउमा खडा भयो र त्यो मानिसले भन्यो, “त्यो जसले योआबको पक्ष लिन्छ र त्यो जो दाऊदको पक्षमा छ, त्यसले योआबलाई पछ्याओस् ।”
12 E Amasa estava envolto no seu sangue no meio do caminho: e, vendo aquele homem que todo o povo parava, desviou a Amasa do caminho para o campo, e lançou sobre ele um manto; porque via que todo aquele que chegava a ele parava.
अमासा बिच बाटोमा आफ्नै रगतमा यताउता पल्टिरहे । सबै मानिस चुपचाप खडा भएको त्यो मानिसले देखेपछि त्यसले अमासालाई घिसारेर बाटोदेखि बाहिर खेतमा लग्यो । त्यसले लासमाथि कपडाले छोपिदियो किनभने उसको छेउमा आउने हरेक मानिस खडा भएको त्यसले देख्यो ।
13 E, como estava apartado do caminho, todos os homens seguiram a Joab, para perseguirem a Seba, filho de Bichri.
अमासालाई बाटोदेखि बाहिर लगेपछि बिक्रीको छोरो शेबालाई खेद्न सबै मानिसले योआबलाई पछ्याए ।
14 E passou por todas as tribos de Israel até Abel, a saber, a Beth-maaca e a todos os beritas: e ajuntaram-se, e também o seguiram.
शेबा इस्राएलका सबै कुल हुँदै गएर बेथ-माकाको हबिलमा पुग्यो र बरीहरूका सारा देशबाट भएर गयो जो एकसाथ भेला भए र शेबाको पछि लागे ।
15 E vieram, e o cercaram em Abel de Beth-maaca, e levantaram uma tranqueira contra a cidade, assim que já estava em frente do antemuro: e todo o povo que estava com Joab batia o muro, para o derribar.
तिनीहरूले त्यसलाई बेथ-माकाको हाबिलमा भेट्टाए र घेराबन्दी गरे । तिनीहरूले सहरको विरुद्ध एउटा घेरा-मचान बनाए । योआबसँग भएका सबै फौजले पर्खाललाई ढाल्नलाई त्यसमा हिर्काउन लागे ।
16 Então uma mulher sabia gritou de dentro da cidade: Ouvi, ouvi, peço-vos que digais a Joab: Chega-te cá, para que eu te fale.
त्यसपछि एक जना बुद्धिमान स्त्रीले सहरबाट कराएर भनिन्, “ए योआब, सुन्नुहोस्, कृपया सुन्नुहोस्! मेरो नजिक आउनुहोस् र म तपाईंसँग कुरा गर्न सक्छु ।”
17 Chegou-se a ela, e disse a mulher: Tu és Joab? E disse ele: Eu sou. E ela lhe disse: Ouve as palavras de tua serva. E disse ele: Ouço.
त्यसैले योआब तिनको नजिक गए र ती स्त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्छ?” तिनले जवाफ दिए, “म हुँ ।” तब तिनलाई उनले भनिन्, “तपाईंकी दासीको कुरा सुन्नुहोस् ।” तिनले जवाफ दिए, “म सुन्दै छु ।”
18 Então falou ela, dizendo: Antigamente costumava-se falar, dizendo: Certamente pediram conselho a Abel; e assim o concluiam.
तब उनले भनिन्, “प्राचीन समयमा तिनीहरू भन्ने गर्थे, 'निश्चय हबिलमा सल्लाह लिन जाऊ,' र त्यो सल्लाहले कुरा मिल्थ्यो ।
19 Sou eu uma das pacíficas e das fieis em Israel: e tu procuras matar uma cidade que é madre em Israel: porque pois devorarias a herança do Senhor?
इस्राएलको सबभन्दा शान्तिपूर्ण र विश्वासयोग्य हाम्रै सहर हो । तपाईंले इस्राएलको आमा सहरलाई नाश गर्न खोज्दै हुनुहुन्छ । तपाईंले परमप्रभुको उत्तराधिकारलाई किन निल्न चाहनुहुन्छ?
20 Então respondeu Joab, e disse: Longe, longe de mim que eu tal faça, que eu devore ou arruine!
त्यसैले योआबले जवाफ दिए र भने, “मैले सहर निल्ने वा नाश गर्ने कुरा मबाट दूर रहोस् ।
21 A coisa não é assim; porém um só homem do monte de Ephraim, cujo nome é Seba, filho de Bichri, levantou a mão contra o rei, contra David; entregai-me só este, e retirar-me-ei da cidade. Então disse a mulher a Joab; Eis que te será lançada a sua cabeça pelo muro.
त्यो सत्य होइन । तर बिक्रीको छोरा शेबा नाउँ गरेका एफ्राइमको पहाडी देशको एक जना मानिसले दाऊद राजाको विरुद्धमा आफ्नो हात उठाएको छ । त्यसलाई मकहाँ सुम्पिदिनुहोस् र म सहरबाट पछि हट्ने छु ।” ती स्त्रीले योआबलाई भनिन्, “त्यसको टाउको पर्खालबाट बाहिर तपाईंकहाँ फालिने छ ।”
22 E a mulher, na sua sabedoria, entrou a todo o povo, e cortaram a cabeça de Seba, filho de Bichri, e a lançaram a Joab; então tocou a buzina, e se retiraram da cidade, cada um para as suas tendas, e Joab voltou a Jerusalém, ao rei.
त्यसपछि ती स्त्री आफ्नो बुद्धिमा सबै मानिसकहाँ गइन् । तिनीहरूले बिक्रीका छोरा शेबाको टाउको काटे र त्यो बाहिर योआबकहाँ फालिदिए । तब योआबले तुरही फुके र तिनका मानिसहरूले सहर छोडेर हरेक मानिस आआफ्नो घर गए । अनि योआबचाहिं यरूशलेममा राजाकहाँ फर्के ।
23 E Joab estava sobre todo o exército de Israel; e Benaia, filho de Joiada, sobre os cheretheus e sobre os peletheus;
अब योआबचाहिं इस्राएलका सबै फौजका कमाण्डर थिए, र यहोयादाका छोरा बनायाह करेतीहरू र पलेथीहरूका अधिकृत थिए ।
24 E Adoram sobre os tributos; e Josaphat, filho de Ahilud, era o chanceler;
अदोनीरामचाहिं ज्यालाबिना काम गर्नेहरूका अधिकृत थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
25 E Seva o escrivão; e Zadok e Abiathar os sacerdotes;
शेभा शास्त्री र सादोक तथा अबियाथार पुजारीहरू थिए ।
26 E também Ira, o jairita, era o oficial-mór de David.
याईरी ईरा दाऊदका मुख्य सेवक थिए ।