< Jó 8 >
1 Então respondeu Bildad o suhita, e disse:
तब बिल्दद शुहीले यस्तो जवाफ दिए:
2 Até quando fallarás taes coisas, e as razões da tua bocca serão como um vento impetuoso?
“कहिलेसम्म तपाईं यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंको मुखका वचनहरू हुरीबतासजस्तै छन्।
3 Porventura perverteria Deus o direito? e perverteria o Todo-poderoso a justiça?
के परमेश्वरले अन्याय गर्नुहुन्छ? अथवा के सर्वशक्तिमान्ले ठिक कुरालाई बिगार्नुहुन्छ र?
4 Se teus filhos peccaram contra elle, tambem elle os lançou na mão da sua transgressão.
जब तपाईंका छोराछोरीहरूले उहाँको विरुद्धमा पाप गरे, तब उहाँले तिनीहरूलाई तिनीहरूकै पापको सजाय दिनुभयो।
5 Mas, se tu de madrugada buscares a Deus, e ao Todo-poderoso pedires misericordia,
तर यदि तपाईंले परमेश्वरलाई इमानदारीसाथ खोज्नुभयो भने, र सर्वशक्तिमान्सँग बिन्ती गर्नुभयो भने
6 Se fôres puro e recto, certamente logo despertará por ti, e restaurará a morada da tua justiça.
यदि तपाईं शुद्ध र धर्मी हुनुहुन्छ भने, अहिले पनि उहाँ आफैँ तपाईंको पक्षमा जाग्नुहुनेछ, र उहाँले तपाईंलाई पुनर्समृद्धिमा निर्माण गर्नुहुनेछ।
7 O teu principio, na verdade, terá sido pequeno, porém o teu ultimo estado crescerá em extremo.
तपाईंको सुरुवात सामान्य देखिएला, तर तपाईंको भविष्य अति समृद्ध हुनेछ।
8 Porque, pergunta agora ás gerações passadas: e prepara-te para a inquirição de seus paes
“पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्, र तिनीहरूका पितापुर्खाहरूले सिकेका कुराहरूमा विचार गर्नुहोस्,
9 Porque nós somos de hontem, e nada sabemos; porquanto nossos dias sobre a terra são como a sombra.
किनकि हामी त हिजो मात्र जन्मेका हौ, र हामी केही जान्दैनौँ; अनि पृथ्वीमा हाम्रा दिनहरू छायाजस्ता छन्।
10 Porventura não te ensinarão elles, e não te fallarão, e do seu coração não tirarão razões?
के तिनीहरूले तपाईंलाई सिकाउँदैनन्, र के तपाईंलाई बताउँदैनन् र? के तिनीहरूले आफ्ना समझशक्तिका कुराहरू निकाल्दैनन् र?
11 Porventura sobe o junco sem lodo? ou cresce a espadana sem agua?
के सिमसार नभएको ठाउँमा काँस लहलहाउँछ र? के निगालाहरू पानीविना सप्रन्छन् र?
12 Estando ainda na sua verdura, ainda que a não cortem, todavia antes de qualquer outra herva se secca.
तिनीहरू बढ्दै जान्छन्, र नकाटीकनै ती अरू घाँसभन्दा छिटो ओइलाएर जान्छन्।
13 Assim são as veredas de todos quantos se esquecem de Deus: e a esperança do hypocrita perecerá.
परमेश्वरलाई बिर्सनेहरूको अवस्था पनि त्यस्तै हुन्छ; र यसरी नै ईश्वरहीन मानिसहरूको आशा नष्ट हुन्छ।
14 Cuja esperança fica frustrada: e a sua confiança será como a teia d'aranha.
तिनीहरूले भरोसा राखेको कुरा कमजोर हुन्छ; तिनीहरूले भर परेको कुरा माकुराको जालजस्तो हुन्छ।
15 Encostar-se-ha á sua casa, mas não se terá firme: apegar-se-ha a ella, mas não ficará em pé.
तिनीहरू जालमा आड लिन खोज्छन्, तर त्यो टिक्दैन; तिनीहरू त्यसलाई समात्छन्, तर त्यसले थाम्दैन।
16 Está sumarento antes que venha o sol, e os seus renovos saem sobre o seu jardim;
तिनीहरू घामपानी पाएको बिरुवाजस्तै हुन्छन्, जसका टुसाहरू बगैँचाभरि फैलिएका हुन्छन्;
17 As suas raizes se entrelaçam junto á fonte, para o pedregal attenta.
त्यसले आफ्ना जराहरूलाई ढुङ्गाको थुप्रोभित्र बटार्छ, र ढुङ्गाहरूका बीचमा ठाउँ खोज्छ।
18 Absorvendo-o elle do seu logar, negal-o-ha este, dizendo: Nunca te vi?
तर जब त्यो त्यसको ठाउँबाट उखेलिन्छ, तब त्यस ठाउँले त्यसलाई त्यागेर भन्छ, ‘मैले तँलाई कहिल्यै देखिनँ।’
19 Eis que este é alegria do seu caminho, e outros brotarão do pó.
निश्चय नै त्यसको जीवन यसरी नै अन्त्य हुन्छ, र त्यस माटोबाट अरू बोटबिरुवाहरू उम्रन्छन्।
20 Eis que Deus não rejeitará ao recto; nem toma pela mão aos malfeitores:
“निश्चय नै परमेश्वरले निर्दोष मानिसलाई त्याग्नुहुन्न अथवा दुष्ट काम गर्नेहरूका हातलाई बलियो पार्नुहुन्न।
21 Até que de riso te encha a bocca, e os teus labios de jubilação.
उहाँले अझै पनि तपाईंको मुखलाई हाँसोले र तपाईंका ओठलाई आनन्दको सोरले भरिदिनुहुनेछ।
22 Teus aborrecedores se vestirão de confusão, e a tenda dos impios não existirá mais.
तपाईंका शत्रुहरू लाजले ढाकिनेछ; र दुष्टका पालहरू रहनेछैन।”