< Deuteronômio 16 >
1 Guarda o mez d'Abib, e celebra a paschoa ao Senhor teu Deus: porque no mez d'Abib o Senhor teu Deus te tirou do Egypto, de noite.
आबीब महिनाको सम्झना राखेर परमप्रभु तिमीहरूका परमेश्वरको सामु निस्तार-चाड मान्नू किनकि आबीब महिनामा नै परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई रातमा मिश्रबाट ल्याउनुभयो ।
2 Então sacrificarás a paschoa ao Senhor teu Deus, ovelhas e vaccas, no logar que o Senhor escolher para ali fazer habitar o seu nome.
परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा गाईवस्तु र भेडा-बाख्राबाट उहाँको सामु निस्तार-चाडको बलि चढाउनू ।
3 N'ella não comerás levedado: sete dias n'ella comerás pães asmos, pão d'afflicção (porquanto apressadamente saiste da terra do Egypto), para que te lembres do dia da tua saida da terra do Egypto, todos os dias da tua vida.
योसँगै खमिर हालेको रोटी नखानू । सात दिनसम्म अखमिरी रोटी अर्थात् कष्टको रोटी खानू । किनकि तिमीहरू हतारमा मिश्र देशबाट निस्केर आयौ । तिमीहरू मिश्र देशबाट निस्केर आएको दिनलाई याद राख्न तिमीहरूका जीवनभरि यसको पालन गर्नू ।
4 Levedado não apparecerá comtigo por sete dias em todos os teus termos: tambem da carne que matares á tarde, no primeiro dia, nada ficará até á manhã
सात दिनसम्म तिमीहरूका सबै सिमानाभित्र कुनै पनि खमिर देखिनुहुँदैन । पहिलो दिनको साँझमा तिमीहरूले चढाउने बलिको कुनै पनि मासु भोलि बिहानसम्म रहनुहुँदैन ।
5 Não poderás sacrificar a paschoa em nenhuma das tuas portas que te dá o Senhor teu Deus;
परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने जुनसुकै सहरमा तिमीहरूले निस्तार-चाडको बलि नचढाउनू ।
6 Senão no logar que escolher o Senhor teu Deus, para fazer habitar o seu nome, ali sacrificarás a paschoa á tarde, ao pôr do sol, ao tempo determinado da tua saida do Egypto.
बरु, परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो पवित्र स्थानको रूपमा छान्नुहुने ठाउँमा त्यो चढाउनू । तिमीहरू मिश्रबाट निस्केर आएको वर्षको समय पारेर सूर्योदयको बेला साँझमा निस्तार-चाडको बलि चढाउनू ।
7 Então a cozerás, e comerás no logar que escolher o Senhor teu Deus; depois virás pela manhã, e irás ás tuas tendas
परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा त्यसलाई पोलेर खानू । तिमीहरू बिहान फर्केर आ-आफ्ना पालमा जानू ।
8 Seis dias comerás pães asmos e no setimo dia é solemnidade ao Senhor teu Deus: nenhuma obra farás.
छ दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू । सातौँ दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सामु पवित्र सभा हुने छ । त्यस दिन तिमीहरूले कुनै काम नगर्नू ।
9 Sete semanas contarás; desde que a foice começar na seara começarás a contar as sete semanas.
तिमीहरूले आफ्ना लागि सात दिन गन्नू । पाकेको बाली काट्न सुरु गर्ने समयदेखि तिमीहरूले सात दिन गन्नू ।
10 Depois celebrarás a festa das semanas ao Senhor teu Deus; o que déres será tributo voluntario da tua mão, segundo o Senhor teu Deus te tiver abençoado.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्मुताबिक तिमीहरूले दिने स्वैच्छिक बलिको योगदानसहित परमप्रभु तिमीहरूका परमेश्वरका लागि साताहरूको चाड मान्नू ।
11 E te alegrarás perante o Senhor teu Deus, tu, e teu filho, e tua filha, e o teu servo, e a tua serva, e o levita que está dentro das tuas portas, e o estrangeiro, e o orphão, e a viuva, que estão no meio de ti, no logar que escolher o Senhor teu Deus para ali fazer habitar o seu nome.
परमप्रभु तिमीहरूका परमेश्वरले पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, सहरभित्र भएको लेवी र परदेशीसाथै तिमीहरूका बिचमा भएका अनाथ र विधवाले परमप्रभु तिमीहरूका परमेश्वरको सामु आनन्द मनाओ ।
12 E lembrar-te-has de que foste servo no Egypto: e guardarás estes estatutos, e os farás.
तिमीहरू मिश्रमा कमारा थियो भनी तिमीहरूले याद गर्नू । तिमीहरूले यी विधिहरू मान्नू र पालन गर्नू ।
13 A festa dos tabernaculos guardarás sete dias, quando colheres da tua eira e do teu lagar.
तिमीहरूका खला र दाखको कोलबाट सबै फसल जम्मा गरिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड मान्नू ।
14 E na tua festa te alegrarás, tu, e teu filho, e tua filha, e o teu servo, e a tua serva, e o levita, e o estrangeiro, e o orphão, e a viuva, que estão das tuas portas para dentro.
तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, लेवी र परदेशीसाथै तिमीहरूका सहरभित्र भएका अनाथ र विधवाले चाड अवधिमा आनन्द मनाओ ।
15 Sete dias celebrarás a festa ao Senhor teu Deus, no logar que o Senhor escolher: porque o Senhor teu Deus te ha de abençoar em toda a tua colheita, e em toda a obra das tuas mãos; pelo que te alegrarás certamente.
परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्नू किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै फसल र तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुने छ र तिमीहरू पूर्ण रूपमा आनन्दित हुने छौ ।
16 Tres vezes no anno todo o macho entre ti apparecerá perante o Senhor teu Deus, no logar que escolher, na festa dos pães asmos, e na festa das semanas, e na festa dos tabernaculos; porém não apparecerá vazio perante o Senhor:
परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा वर्षको तिन पटक तिमीहरूका सबै पुरुष उहाँको सामु खडा होओः अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-वासको चाडमा । परमप्रभुको सामु कोही पनि रित्तो हात नजानू ।
17 Cada qual, conforme ao dom da sua mão, conforme á benção do Senhor teu Deus, que te tiver dado.
बरु, आफूले सकेजति हरेकले दिनू ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्लाई तिमीहरूले जान्न सक ।
18 Juizes e officiaes porás em todas as tuas portas que o Senhor teu Deus te der entre as tuas tribus, para que julguem o povo com juizo de justiça.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून् ।
19 Não torcerás o juizo, não farás accepção de pessoas, nem tomarás peitas; porquanto a peita cega os olhos dos sabios, e perverte as palavras dos justos
तिमीहरूले जबरजस्ती न्याय हरण नगर । पक्षपात नगर न त घुस लेओ किनकि घुसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
20 A justiça, a justiça seguirás; para que vivas, e possuas a terra que te dará o Senhor teu Deus.
न्यायको मात्र पछि लाग ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले दिनुहुने देशलाई अधिकार गरी त्यहाँ तिमीहरू बस्न सक्ने छौ ।
21 Não plantarás nenhum bosque d'arvores junto ao altar do Senhor teu Deus, que fizeres para ti,
तिमीहरूले आफ्ना लागि परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको छेउमा अशेरा देवीको निम्ति कुनै पनि खम्बा खडा नगर्नू ।
22 Nem levantarás estatua, a qual aborrece o Senhor teu Deus.
तिमीहरूले आफ्ना लागि कुनै चोखा ढुङ्गा खडा नगर्नू जसलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ ।