< 2 Crônicas 18 >
1 Tinha pois Josaphat riquezas e gloria em abundancia: e aparentou-se com Achab.
यहोशापातसँग धेरै धन-सम्पत्ति र सम्मान थियो । तिनले आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर उनीसित वैवाहिक सम्बन्ध जोडे ।
2 E ao cabo d'alguns annos desceu elle para Achab a Samaria; e Achab matou ovelhas e bois em abundancia, para elle e para o povo que vinha com elle: e o persuadiu a subir com elle a Ramoth-gilead.
केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए । आहाबले तिनी र तिनका साथमा भएका मानिसहरूका निम्ति निम्ति धेरैवटा भेडा र गोरुहरू काटे । आहाबले आफूसँग मिलेर रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई फकाए ।
3 Porque Achab, rei d'Israel, disse a Josaphat rei de Judah: Irás tu commigo a Ramoth-gilead? e elle lhe disse: Como tu és, serei eu; e o meu povo, como o teu povo; seremos comtigo n'esta guerra.
इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन् । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।”
4 Disse mais Josaphat ao rei d'Israel: Consulta hoje, peço-te, a palavra do Senhor.
यहोशापातले इस्राएलका राजालाई भने, “कृपया, तपाईंको जवाफको निम्ति पहिले परमप्रभुको वचनको खोजी गर्नुहोस् ।”
5 Então o rei d'Israel ajuntou os prophetas, quatrocentos homens, e disse-lhes: Iremos á guerra contra Ramoth-gilead, ou deixal-o-hei? E elles disseram: Sobe; porque Deus a dará na mão do rei
तब इस्राएलका राजाले चार सय जना अगमवक्तालाई एकसाथ भेला गराए र तिनीहरूलाई सोधे, “के हामी रामोत-गिलादमा युद्ध गर्न जाऔं वा मैले जानुहन्न? तिनीहरूले भने, “आक्रमण गर्नुहोस्, किनभने परमेश्वरले त्यो तपाईंको हातमा दिनुहुनेछ ।”
6 Disse porém Josaphat: Não ha ainda aqui propheta algum do Senhor, para que o consultemos?
तर यहोशापातले भने, “के यहाँ सल्लाह लिन परमप्रभुको अर्को अगमवक्ता छैन जोसँग हामी सल्लाह लिन सक्छौं?”
7 Então o rei d'Israel disse a Josaphat: Ainda ha um homem por quem podemos consultar ao Senhor; porém eu o aborreço; porque nunca prophetiza de mim bem, senão sempre mal; este é Micha, filho de Imla. E disse Josaphat: Não falle o rei assim
इस्राएलका राजाले यहोशापातलाई भने, “परमप्रभुबाट सल्लाह लिनलाई अझै एक जना यिम्लाका छोरा मीकाया छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवाणी बोल्दैनन्, तर सधैं खराबी मात्र भन्दछन् ।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न ।”
8 Então chamou o rei d'Israel um eunucho, e disse: Traze aqui depressa a Micha filho de Imla.
तब इस्राएलका राजाले तुरुन्तै आफ्ना एक जना अधिकारीलाई बोलाए र भने, “यिम्लाका छोरा मीकायालाई तुरुन्तै झिकाऊ ।”
9 E o rei d'Israel, e Josaphat rei de Judah estavam assentados cada um no seu throno, vestidos de vestiduras, e estavam assentados na praça á entrada da porta de Samaria, e todos os prophetas prophetizavam na sua presença.
यति बेला इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आआफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोलिरहेका थिए ।
10 E Zedekias, filho de Canana, fez para si uns cornos de ferro, e disse: Assim diz o Senhor: Com estes escornearás aos syros, até de todo os consumires.
केनानका छोरा सिदकियाहले आफ्ना निम्ति फलामका सीङहरू बनाए र भने, “परमप्रभु यसो भन्नुहुन्छ: यसको सहायताले तपाईंहरूले अरामीहरू नष्ट नभएसम्म नै तिनीहरूलाई धकेल्नुहुनेछ ।”
11 E todos os prophetas prophetizavam o mesmo, dizendo: Sobe a Ramoth-gilead, e prosperarás; porque o Senhor a dará na mão do rei.
सबै अगमवक्ताले त्यसरी नै यसो भन्दै अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्, किनकि परमप्रभुले त्यो राजाको हातमा दिनुभएको छ ।”
12 E o mensageiro, que foi chamar a Micha, lhe fallou, dizendo: Eis-que as palavras dos prophetas, a uma bocca, são boas para com o rei: seja pois tambem a tua palavra como a d'um d'elles, e falla o que é bom.
मीकायालाई बोलाउन गएको दूतले तिनलाई भन्यो, “हेर्नुहोस् अगमवक्ताका वचनहरूले एकै मत भएर राजाको पक्षमा बोलिरहेका छन् । तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, र मिल्दो किसिमले बोल्नुहोस् ।”
13 Porém Micha disse: Vive o Senhor, que o que meu Deus me disser, isso fallarei.
मीकायाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमेश्वरले जे भन्नुहुन्छ, म त्यही भन्नेछु ।”
14 Vindo pois ao rei, o rei lhe disse: Micha, iremos a Ramoth-gilead á guerra, ou deixal-o-hei? E elle disse: Subi, e prosperareis; e serão dados na vossa mão.
जब तिनी राजाकहाँ आए, तब राजाले तिनलाई भने, “ए मीकाया, हामीले रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्छ, कि हुँदैन?” मीकायाले तिलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्! किनकि त्यो महान् विजय हुनेछ ।”
15 E o rei lhe disse: Até quantas vezes te conjurarei, para que me não falles senão a verdade no nome do Senhor?
तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्ट भनूँ?”
16 Então disse elle: Vi a todo o Israel disperso pelos montes, como ovelhas que não teem pastor: e disse o Senhor: Estes não teem senhor; torne cada um em paz para sua casa.
यसैले मीकायाले भने, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेडाहरूझैं डाँडाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले भन्नुभयो, ‘यिनीहरूका गोठाला छैनन् । हरेक मानिस शान्तिसित आफ्नो घर फर्केर जाओस् ।’”
17 Então o rei d'Israel disse a Josaphat: Não te disse eu, que este não prophetizaria de mim bem, porém mal
यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल अगमवाणी बोल्दैनन् तर विनाशको मात्र भन्छन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”
18 Disse mais: Pois ouvi a palavra do Senhor: Vi ao Senhor assentado no seu throno, e a todo o exercito celestial em pé á sua mão direita, e á sua esquerda.
तब मीकायाले भने, “यसकारण तपाईंहरू सबैले परमप्रभुको वचन सुन्नुपर्छः परमप्रभु आफ्नो सिंहासनमा बस्नुभएको र स्वर्गका सबै फौज उहाँका दाहिने र देब्रेपट्टि खडा भएका मैले देखें ।
19 E disse o Senhor: Quem persuadirá a Achab rei d'Israel, a que suba, e caia em Ramoth-gilead? disse mais: Um diz d'esta maneira, e outro diz d'outra.
परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई कसले बहकाउनेछ, ताकि त्यो माथि जाओस् र रामोत-गिलादमा मरोस्?’ एउटाले यसो र अर्कोले उसो भन्छ ।
20 Então saiu um espirito e se apresentou diante do Senhor, e disse: Eu o persuadirei. E o Senhor lhe disse: Com que?
तब एउटा आत्मा अगि आए र परमप्रभुको सामु खडा भए र भने, ‘म त्यसलाई बहकाउनेछु’ । “परमप्रभुले त्यसलाई सोध्नुभयो, ‘कसरी?’
21 E elle disse: Eu sairei, e serei um espirito de mentira na bocca de todos os seus prophetas. E disse o Senhor: Tu o persuadirás, e tambem prevalecerás; sae, e faze-o assim.
त्यो आत्माले जवाफ दिए, ‘म जानेछ र त्यसका सबै अगमवक्ताका मुखमा म झूट बोल्ने आत्मा हुनेछु ।’ परमप्रभुले भन्नुभयो, ‘तैंले त्यसलाई बहकाउनेछस्, र तँ सफल पनि हुनेछस् । अब जा र त्यसै गर् ।’
22 Agora pois, eis que o Senhor enviou um espirito de mentira na bocca d'estes teus prophetas: e o Senhor fallou o mal a teu respeito.
अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमेश्वरले तपाईंका सर्वनाशको आदेश दिनुभएको छ ।”
23 Então Zedekias, filho de Canana, se chegou, e feriu a Micha no queixo; e disse: Porque caminho passou de mim o Espirito do Senhor para fallar a ti?
तब केनानका छोरा सिदकियाह माथि आए, मीकायाको गालामा थप्पड हाने र भने, “अब कुन बाटो भएर परमप्रभुका आत्मा मबाट तिमीसँग बोल्नलाई जानुभयो त?”
24 E disse Micha: Eis que o verás n'aquelle dia, quando andares de camara em camara, para te esconderes.
मीकायाले भने, “हेर, त्यो त तिमी लुक्नलाई कुनै भित्री कोठामा गएको दिन तिमी आफैले थाहा पाउनेछौ ।”
25 Então disse o rei d'Israel; Tomae a Micha, e tornae a leval-o a Amon, o governador da cidade, e a Joás filho do rei.
इस्राएलका राजाले केही सेवकलाई भने, “तिमीहरूले मीकायालाई गिरफ्तार गर्नुपर्छ, र सहरका गभर्नर अमोन र मेरो छोरा योआशकहाँ लानुपर्छ ।
26 E direis: Assim diz o rei: Mettei este homem na casa do carcere; e sustentae-o com pão de angustia, e com agua d'angustia, até que eu volte em paz.
तिनलाई तिमीहरूले यसो भन्नेछौ, ‘राजा यसो भन्नुहुन्छ: यस मानिसलाई झ्यालखानमा राख र म कुशलसाथ नआएसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र देओ ।’”
27 E disse Micha: Se é que tornares em paz, o Senhor não tem fallado por mim. Disse mais: Ouvi, povos todos!
तब मीकायाले भने, “तपाईं कुशलसाथ फर्केर आउनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “ए सबै मानिसहरू हो, यो कुरा सुन्नुहोस् ।”
28 Subiram pois o rei d'Israel e Josaphat rei de Judah, a Ramoth-gilead.
यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादको विरुद्धमा उक्लेर गए ।
29 E disse o rei d'Israel a Josaphat: Disfarçando-me eu, então entrarei na peleja; tu porém veste as tuas vestiduras. Disfarçou-se pois o rei d'Israel, e entraram na peleja.
इस्राएलका राजाले यहोशापातलाई भने, “म आफूलाई गुप्त भेष धारण गर्नेछु र लडाइँमा जानेछु, तर तपाईं आफ्नो राजसी पोशाक नै लाउनुहोस् ।” यसैले इस्राएलका राजाले आफूलाई गुप्त भेष धारण गरे र तिनीहरू लडाइँमा गए ।
30 Deu ordem porém o rei da Syria aos capitães dos carros que tinha, dizendo: Não pelejareis nem contra pequeno, nem contra grande: senão só contra o rei d'Israel.
अरामका राजाले आफ्ना रथहरूका फौज पतिलाई यस्तो आज्ञा दिएका थिए, “साना वा ठुला फौजलाई आक्रमण नगर्नू । बरू, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।”
31 Succedeu pois que, vendo os capitães dos carros a Josaphat, disseram: Este é o rei d'Israel, e o cercaram para pelejarem; porém Josaphat clamou, e o Senhor o ajudou. E Deus os desviou d'elle.
यस्तो भयो, जब रथहरूका फौज पतिले यहोशापातलाई देखे, उनीहरूले भने, “इस्राएलका राजा यिनै हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्के, तर यहोशापात चर्को सोरले कराए, र परमप्रभुले तिनको सहायता गर्नुभयो । परमेश्वरले तिनीहरूलाई तिनीबाट अर्कोतिर फर्काउनुभयो ।
32 Porque succedeu que, vendo os capitães dos carros, que não era o rei d'Israel, tornaram de seguil-o.
यस्तो भयो, जब रथहरूका फौज पतिले तिनी त इस्राएलका राजा होइन रहेछन् भन्ने देखे, तिनलाई खेद्न छोडेर तिनीहरू फर्किए ।
33 Então um homem armou o arco na sua simplicidade, e feriu o rei d'Israel entre as junturas e a couraça: então disse ao carreteiro: Vira a tua mão, e tira-me do exercito, porque estou mui ferido.
तर कुनै मानिसले आफ्नो धनु जथाभाबी तान्यो र इस्राएलका राजालाई कवचको जोर्नीमा काँड हान्यो । तब आहाबले आफ्नो सारथिलाई भने, “रथलाई घुमाऊ र मलाई युद्ध मैदानबाट बाहिर लैजाऊ, किनकि म नराम्ररी घाइते भएको छु ।”
34 E aquelle dia cresceu a peleja, mas o rei d'Israel susteve-se em pé no carro defronte dos syros até á tarde; e morreu ao tempo do pôr do sol
त्यो दिनको लडाइँले भयङ्कर रूप लियो, र राजा साँझसम्म आफ्नो रथमा अडिएर अरामीहरूतर्फ फर्केर रहे । सूर्यास्त हुँने बेलामा तिनी मरे ।