< 1 Tessalonicenses 3 >
1 Pelo que, não podendo esperar mais, de boamente quizemos deixar-nos ficar sós em Athenas;
यसकारण जब हामीले अरू धेरै सहन सकेनौँ, तब एथेन्समा एकलै रहन उचित ठान्यौँ ।
2 E enviámos Timotheo nosso irmão, e ministro de Deus, e nosso cooperador no evangelho de Christo, para vos confortar e vos exhortar ácerca da vossa fé
तिमीहरूको विश्वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्टका सुसमाचार र परमेश्वरका सेवक हुन् ।
3 Para que ninguem se commova por estas tribulações; porque vós mesmos sabeis que para isto fomos ordenados.
यी कष्टहरूबाट कोही नखल्बलियोस्, किनकि यसैको खातिर हामी नियुक्त भएका छौँ ।
4 Pois, estando ainda comvosco, vos prediziamos que haviamos de ser affligidos, como tambem succedeu, e vós o sabeis.
साँच्चै हामीहरू तिमीहरूका बिचमा रहँदा पहिले नै भनेका थियौँ कि हामी कष्टका नजिक छौँ, तिमीहरूलाई थाहा नै छ यो हुन आयो ।
5 Portanto, não podendo eu tambem esperar mais, mandei-o saber da vossa fé, temendo que o tentador vos tentasse, e o nosso trabalho viesse a ser inutil.
यसैकारण, जब मैले सहनै सकिन तिमीहरूको विश्वासबारे जान्न र परीक्षा गर्नेवालाले तिमीहरूलाई परीक्षामा पारेर हाम्रो मेहनत व्यर्थमा जान्छ कि भनेर मैले उनलाई पठाएँ ।
6 Vindo, porém, agora Timotheo de vós para nós, e trazendo-nos boas novas ácerca da vossa fé e caridade, e de como sempre tendes boa lembrança de nós, desejando muito ver-nos, como nós tambem a vós;
जब तिमोथी तिमीहरू कहाँबाट विश्वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ ।
7 Pelo que, irmãos, nós ficámos consolados ácerca de vós em toda a nossa afflicção e necessidade, pela vossa fé,
यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्टकर अवस्थामा तिमीहरूको विश्वासद्वारा हामीलाई सान्त्वना मिलेको छ ।
8 Porque agora vivemos, se estaes firmes no Senhor.
यदि तिमीहरू प्रभुमा स्थिर रह्यौ भने, अब हामी साँच्चै जिउदछौँ ।
9 Porque, que acção de graças poderemos dar a Deus por vós, por todo o gozo com que nos regozijamos por vossa causa diante do nosso Deus,
तिमीहरूका कारण हामीमा भएको आनन्दको खातिर परमेश्वरको सामु हामी कसरी परमेश्वरलाई धन्यवाद चढाऔँ?
10 Orando abundantemente dia e noite, para que possamos vêr o vosso rosto, e suppramos o que falta á vossa fé?
तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्वासमा जुन कुराको कमी छ, सो दिन सकौँ भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्दछौँ ।
11 Ora o mesmo nosso Deus e Pae, e nosso Senhor Jesus Christo, encaminhe a nossa viagem para vós.
हाम्रा परमेश्वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्,
12 E o Senhor vos augmente, e faça abundar em caridade uns para com os outros, e para com todos, como tambem abundamos para comvosco;
र प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन् जसरी हामी तिमीहरूप्रति गर्दछौ ।
13 Para confortar os vossos corações, para que sejaes irreprehensiveis em sanctificação diante de nosso Deus e Pae, na vinda de nosso Senhor Jesus Christo com todos os seus sanctos.
हाम्रा प्रभु येशू उहाँका पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा पिताका सामु तिमीहरूलाई पवित्रतामा निष्कलङ्क बनाऊन् ।