< Zachariasza 14 >
1 Oto przychodzi dzień PANA, a twój łup będzie rozdzielony pośród ciebie.
हेर! परमप्रभुको त्यो दिन आउँदै छ जब तिमीहरूको लुटको सम्पत्ति तिमीहरूका माझमा बाँडिनेछ ।
2 Zgromadzę bowiem do bitwy wszystkie narody przeciwko Jerozolimie, a miasto zostanie zdobyte, domy splądrowane i kobiety zgwałcone. Połowa miasta pójdzie do niewoli, a resztka ludu nie będzie wygnana z miasta.
किनभने म यरूशलेमको विरुद्ध युद्ध गर्नको निम्ति सारा जातिलाई तयार गर्नेछु र त्यो सहर कब्जा हुनेछ । घरहरू लुटिनेछन् र स्त्रीहरूको इज्जत लुटिनेछ । आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरू सहरबाट बहिष्कृत हुनेछैनन् ।
3 Wtedy PAN wyruszy i będzie walczył przeciwko tym narodom, tak jak wtedy, gdy walczył w dniu bitwy.
तर परमप्रभु बाहिर निस्कनुहुनेछ र यूद्धको दिनमा झैँ ती जातिहरूको विरूद्ध लडाइँ सुरु गर्नुहुनेछ।
4 I jego nogi staną w tym dniu na Górze Oliwnej, która [leży] naprzeciw Jerozolimy od strony wschodniej, a Góra Oliwna rozpadnie się na pół, na wschód i na zachód, [tworząc] wielką dolinę; i połowa tej góry cofnie się na północ, a połowa jej – na południe.
त्यस दिन उहाँले यरूशलेमको पूर्वतिर भएको जैतून डाँडामा आफ्ना खुट्टा टेक्नुहुनेछ । जैतून डाँडाको पूर्व र पश्चिम एउटा ठुलो बेँसीद्वारा दुई भाग हुनेछ र त्यस डाँडाको आधा भाग उत्तरतिर जानेछ र आधा भाग दक्षिणतिर जानेछ ।
5 Wtedy będziecie uciekać do doliny [tych] gór, bo dolina tych gór będzie sięgać aż do Azal. Będziecie uciekać, jak uciekaliście przed trzęsieniem ziemi za dni Uzjasza, króla Judy. Potem przyjdzie PAN, mój Bóg, [a] z nim wszyscy święci.
अनि तिमीहरू परमप्रभुका पर्वतहरूको बिचको बेँसीतर्फ भाग्नेछौ, किनकि ती पर्वतहरूका बिचको बेँसी आसेलसम्म पुग्दछ । यहूदाका राजा उज्जियाहका दिनमा भूकम्पबाट भागेझैँ तिमीहरू भाग्नेछौ । त्यसपछि परमप्रभु मेरा परमेश्वर आउनुहुनेछ र सबै पवित्र जनहरू उहाँसँग हुनेछन् ।
6 A w tym dniu nie będzie wspaniałej światłości ani gęstej ciemności;
त्यस दिन त्यहाँ उज्यालो हुनेछैन, न त चिसो हुनेछ, न तुसारो पर्नेछ ।
7 Lecz będzie to jeden dzień, który jest znany [tylko] PANU, nie [będzie] to dzień ani noc. A o wieczornej porze nastanie światło.
त्यस दिन, जुन दिनको विषयमा परमप्रभुलाई मात्र थाहा छ, दिन वा रात हुनेछैन, किनभने साँझचाहिँ उज्यालोको समय हुनेछ ।
8 W tym dniu wyjdą wody żywe z Jerozolimy; połowa ich do morza wschodniego, a połowa – do morza zachodniego. Będzie [to] w lecie i w zimie.
त्यस दिन यरूशलेमबाट जिउँदो पानी बग्नेछ । गर्मीमा र जाडोमा, आधाचाहिँ पूर्वीय समुद्रतिर र आधाचाहिँ पश्चिमी समुद्रतिर बग्नेछ ।
9 A PAN będzie królem nad całą ziemią. W tym dniu jeden będzie PAN i jedno jego imię.
परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ । त्यस दिन एक मात्र परमेश्वर परमप्रभु हुनुहुनेछ, र उहाँको नाउँ मात्र रहनेछ ।
10 Cała ziemia zamieni się w równinę od Geba aż do Rimmon, na południe od Jerozolimy. Będzie wywyższona i zamieszkana na swoim miejscu, od Bramy Beniamina aż do miejsca dawnej bramy i aż do Bramy Narożnej i od Wieży Chananeela aż do tłoczni królewskich.
गेबादेखियरूशलेमको दक्षिण रिम्मोनसम्म सारा भूमि अराबाजस्तै हुनेछ । यरूशलेम निरन्तर माथि उठाइनेछ र बेन्यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म, कुने ढोकासम्म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्म त्यो आफ्नै ठाउँसम्म रहनेछ ।
11 I będą w niej mieszkać, a nie będzie już przekleństwem. Jerozolima będzie zamieszkiwać w pokoju.
मानिसहरू यरूशलेममा बस्नेछन् र परमेश्वरद्वारा तिनीहरूको पूर्ण विनाश हुनेछैन । यरूशलेम सुरक्षित रहनेछ ।
12 A taka będzie plaga, którą PAN dotknie wszystkie narody, które walczyły przeciwko Jerozolimie: Ich ciała będą się rozkładać, gdy jeszcze będą stać na nogach, ich oczy będą gnić w oczodołach i ich język zgnije w ustach.
यरूशलेमको विरुद्ध युद्ध सुरु गर्ने सबै जातिहरूलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछः तिनीहरू आफ्ना खुट्टा उभिरहँदा पनि तिनीहरूको मासु कुहेर जानेछ । तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूकै मुखमा कुहुनेछन् ।
13 W tym dniu będzie wśród nich wielkie zamieszanie od PANA, tak że jeden uchwyci rękę drugiego, a jego ręka podniesie się na rękę swego bliźniego.
त्यस दिन तिनीहरूका बिचमा परमप्रभुको त्यो महान् भय छाउनेछ । हरेकले अर्को व्यक्तिको हात समाउनेछ, र एउटाको हात अर्काको विरुद्ध उठ्नेछ ।
14 Juda także będzie walczyć w Jerozolimie, a bogactwa wszystkich narodów okolicznych będą zgromadzone: złoto, srebro i szaty w wielkiej ilości.
यहूदा पनि यरूशलेमको विरुद्ध लडाइँ गर्नेछ । तिनीहरूले वरपरका सबै जातिहरूका सम्पत्तिहरू-सुन, चाँदी, र असल लुगाहरू प्रशस्त मात्रामा बटुल्नेछन् ।
15 A taka sama plaga jak tamta dotknie konie, muły, wielbłądy, osły oraz wszystkie zwierzęta, które będą w tym obozie.
घोडाहरू र खच्चरहरू, ऊँटहरू र गधाहरू, र ती छाउनीहरूमा भएका सबै पशुहरूमा त्यही महामारी फैलिनेछ ।
16 Wszyscy pozostali [spośród] wszystkich narodów, które wyruszyły przeciwko Jerozolimie, będą przychodzić od roku do roku, by oddawać pokłon Królowi, PANU zastępów, i obchodzić Święto Namiotów;
यरूशलेमको विरुद्धभएका तीजातिहरूका सबै बाँकी रहेकाहरू वर्षेनी राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न, र छाप्रो-वासको पर्व मनाउन माथि जानेछन् ।
17 A jeśli ktoś spośród rodów ziemi nie pójdzie do Jerozolimy, by oddawać pokłon Królowi, PANU zastępów, na tego nie będzie [padać] deszcz.
ती सारा जातिहरूमध्ये कोही राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न माथि यरूशलेममा गएनन् भने, परमप्रभुले तिनीहरूमाथि झरी वर्षाउनुहुनेछैन ।
18 A jeśli ród Egiptu nie wyruszy i nie przyjdzie, choć na niego deszcz nie [pada], spadnie jednak [na niego ta] plaga, którą PAN dotknie narody, które nie przyjdą, by obchodzić Święto Namiotów.
यदि मिश्रदेशका मानिसहरू माथि गएनन् भने, त्यहाँ वर्षात हुनेछैन । छाप्रो-बासको पर्व मनाउन माथि नजाने जातिहरूमाथि परमप्रभुको महामारीको प्रहार हुनेछ ।
19 Taka będzie kara dla Egiptu i kara dla wszystkich narodów, które nie przychodzą na obchody Święta Namiotów.
छाप्रो-बासको पर्व मनाउन माथि नजाने मिश्रको निम्ति र हरेक जातिको निम्ति यही दण्ड हुनेछ ।
20 W tym dniu na dzwoneczkach koni będzie [taki napis]: Świętość PANU; a kotłów w domu PANA będzie jak czasz przed ołtarzem.
तर त्यस दिन, घोडाहरूका घन्टीमा यस्तो लेखिएको हुन्छ, “परमप्रभुको निम्ति अलग गरिएको,” र परमप्रभुको घरानाका बाटाहरू वेदीसामुका कचौराहरूझैँ हुन्छन् ।
21 Każdy kocioł w Jerozolimie i Judzie będzie poświęcony PANU zastępów. Wszyscy, którzy składają ofiary, przyjdą i będą je brali, i będą w nich gotowali. W tym dniu nie będzie już Kananejczyka w domu PANA zastępów.
किनकि यरूशलेम र यहूदाका हरेक भाँडाहरू सेनाहरूका परमप्रभुको निम्ति अलग गरिनेछन् र बलिदान ल्याउने सबैले तीबाटै खानेछन् र तिनमा नै पकाउनेछन् । त्यस दिन सेनाहरूका परमप्रभुको भवनमा कोही व्यापारीहरू बाँकी हुनेछैनन् ।