< Przysłów 28 >
1 Niegodziwi uciekają, choć nikt ich nie goni, ale sprawiedliwi są dzielni jak lew.
कसैले नलखेट्दा पनि दुष्ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्छन् ।
2 Z powodu grzechu ziemi wielu [jest] jej władców, ale dzięki człowiekowi roztropnemu i rozumnemu będzie trwała.
देशको अधर्मको कारण त्यहाँ धेरै शासकहरू हुन्छन्, तर समझशक्ति र ज्ञान भएको मानिसले अमनचैन कायम राख्ने छ ।
3 Ubogi człowiek, który gnębi biednych, [jest jak] gwałtowny deszcz, po którym nie ma chleba.
एउटा गरिब मानिसमाथि थिचोमिचो गर्ने अर्को गरिब मानिस अन्न सखाप पार्ने मुसलधारे वर्षाजस्तो हो ।
4 Ci, którzy odstępują od prawa, chwalą niegodziwych, lecz ci, którzy przestrzegają prawa, zwalczają ich.
व्यवस्था त्याग्नेहरूले दुष्ट मानिसहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरू तिनीहरूको विरुद्धमा लड्छन् ।
5 Źli ludzie nie rozumieją sądu, ale ci, którzy szukają PANA, rozumieją wszystko.
खराब मानिसले न्यायलाई बुझ्दैन, तर परमप्रभुको खोजी गर्नेहरूले हरेक कुरो बुझ्दछ ।
6 Lepszy jest ubogi, który postępuje uczciwie, niż człowiek przewrotny w [swych] drogach, chociaż jest bogaty.
आफ्ना मार्गहरूमा टेडो हुने धनी मानिसभन्दा आफ्नो निष्ठामा हिँड्ने गरिब मानिस उत्तम हुन्छ ।
7 Kto przestrzega prawa, jest rozumnym synem, a towarzysz rozwiązłych hańbi swego ojca.
व्यवस्था पालन गर्ने छोरो समझदार हुन्छ, तर घिचावाको सङ्गत गर्नेले चाहिँ आफ्नो बुबालाई लज्जित तुल्याउँछ ।
8 Kto pomnaża swój majątek lichwą i odsetkami, zbiera go dla tego, kto zlituje się nad ubogimi.
धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।
9 Kto odwraca swe ucho, aby nie słyszeć prawa, nawet jego modlitwa budzi odrazę.
कसैले व्यवस्था सुन्नबाट आफ्नो कान तर्कायो भने त्यसको प्रार्थना पनि घृणित हुन्छ ।
10 Kto sprowadza prawych na złą drogę, sam wpadnie we własny dół, ale nienaganni odziedziczą dobro.
सोझाहरूलाई खराब मार्गमा लैजाने जो कोही पनि आफूले खनेको खाल्डोमा जाकिने छ, तर खोटरहित मानिसले असल पैतृक-सम्पत्ति पाउने छ ।
11 Bogacz jest mądry w swoich oczach, ale rozumny biedak go bada.
धनी मानिस आफ्नै दृष्टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।
12 Gdy sprawiedliwi się radują, jest wielka chwała, a gdy niegodziwi powstają, człowiek się kryje.
धर्मीहरू विजय हुँदा ठुलो महिमा हुन्छ, तर दुष्टहरूको उदय हुँदा मानिसहरू लुक्न थाल्छन् ।
13 Kto ukrywa swe grzechy, nie będzie miał szczęścia, ale kto [je] wyznaje i porzuca, dostąpi miłosierdzia.
आफ्ना पापहरू लुकाउनेको उन्नति हुने छैन, तर तिनलाई स्वीकार गरी त्याग्नेलाई कृपा देखाइने छ ।
14 Błogosławiony człowiek, który się zawsze boi, ale kto zatwardza swoje serce, wpada w nieszczęście.
सधैँ आदरसाथ जिउने आशिषित् हुने छ, तर आफ्नो हृदयलाई कठोर बनाउनेचाहिँ कष्टमा पर्ने छ ।
15 Jak lew ryczący i zgłodniały niedźwiedź, tak niegodziwy władca panujący nad ubogim ludem.
गर्जने सिंह वा झम्टने भालुझैँ मानिसहरूमाथि शासन गर्ने दुष्ट शासक हुन्छ ।
16 Władca bezrozumny jest wielkim ciemięzcą, [a] kto nienawidzi chciwości, przedłuży swoje dni.
समझशक्ति कमी भएको शासक क्रुर हुन्छ, तर बेइमानीलाई घृणा गर्नेचाहिँको आयु लामो हुन्छ ।
17 Człowiek, który przeleje krew ludzką, ucieknie aż do dołu; [niech] nikt go nie zatrzymuje.
कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्यसको मृत्यु नभएसम्म त्यो भगुवा हुने छ र कसैले त्यसलाई सहायता गर्ने छैन ।
18 Kto postępuje uczciwie, będzie wybawiony, a przewrotny na [swoich] drogach nagle upadnie.
निष्ठासहित हिँड्ने सुरक्षित हुने छ, तर टेडो चाल भएको मानिस अकस्मात् पतन हुने छ ।
19 Kto uprawia swoją ziemię, nasyci się chlebem, a kto naśladuje próżniaków, nasyci się nędzą.
आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्नेचाहिँ दरिद्रताले भरिने छ ।
20 Wierny człowiek będzie opływał w błogosławieństwa, a kto chce się szybko wzbogacić, nie będzie bez winy.
विश्वासयोग्य मानिसले धेरै आशिष्हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन ।
21 Niedobrze jest mieć wzgląd na osobę, bo dla kęsa chleba niejeden popełni przestępstwo.
पक्षपात गर्नु राम्रो होइन, तरै पनि एक टुक्रा रोटीको लागि मानिसले गलत काम गर्छ ।
22 Kto chce szybko się wzbogacić, ma złe oko, a nie wie, że przyjdzie na niego bieda.
कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन ।
23 Kto strofuje człowieka, znajdzie potem [więcej] przychylności niż ten, który pochlebia językiem.
फुर्क्याउने जिब्रो भएकोले भन्दा अनुशासनमा राख्नेले नै पछि बढी निगाह पाउँछ ।
24 Kto kradnie ojcu lub matce i mówi: To nie grzech, jest towarzyszem zbójcy.
आफ्ना बुबा र आमालाई लुटेर “त्यो पाप होइन” भनी बताउने मानिस बर्बादी ल्याउनेको मित्र हुन्छ ।
25 Człowiek wyniosły wszczyna spór, ale kto pokłada ufność w PANU, będzie nasycony.
लोभी मानिसले द्वन्द्व निम्त्याउँछ, तर परमप्रभुमा भरोसा गर्नेको उन्नति हुने छ ।
26 Kto ufa własnemu sercu, jest głupi, a kto mądrze postępuje, będzie ocalony.
आफ्नै हृदयमा भरोसा गर्ने मानिस मूर्ख हो, तर बुद्धिमा चल्नेचाहिँ खतराबाट टाढै बस्छ ।
27 Kto daje ubogiemu, nie zazna braku, a [na tego], kto odwraca swe oczy [od niego], spadnie wiele przekleństw.
गरिबलाई दिनेलाई कुनै कुराको अभाव हुँदैन, तर तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउने छ ।
28 Gdy niegodziwi powstają, ludzie się kryją, ale gdy giną, sprawiedliwi się mnożą.
दुष्टहरूको उदय हुँदा मानिसहरू लुक्छन्, तर तिनीहरू नष्ट हुँदा धर्मीहरूको वृद्धि हुन्छ ।