< Przysłów 23 >
1 Gdy usiądziesz do posiłku z władcą, zważaj pilnie, co jest przed tobą;
तँ खानलाई शासकसित बस्दा तेरो सामु राखिएको खानेकुरालाई होसियारीपूर्वक अवलोकन गर् ।
2 I przyłóż nóż do gardła, jeśli jesteś łakomy.
तँ धेरै खाने खन्चुवा हो भने तेरो घाँटीमा चक्कु राख् ।
3 Nie pragnij jego przysmaków, bo to pokarm zwodniczy.
तिनको स्वादिष्ट खानेकुराको लालसा नगर्, किनकि यो झुटको खाना हो ।
4 Nie zabiegaj o bogactwo, porzuć swoją mądrość.
धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् ।
5 Czy obrócisz swoje oczy na to, co jest niczym? Bo bogactwa robią sobie skrzydła i ulatują do nieba jak orzeł.
के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस्? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।
6 Nie jedz chleba człowieka, który ma złe oko, ani nie pożądaj jego przysmaków.
दुष्ट आँखा भएको मानिसको भोजन नखा, र त्यसको स्वादिष्ट खानेकुराको लालसा नगर् ।
7 Bo jak myśli w swym sercu, taki [on jest]. Jedz i pij – mówi do ciebie, ale jego serce nie jest z tobą.
किनकि त्यो भोजनको मूल्य गिन्ती गर्ने मानिस हो । त्यसले भन्छ, “खाऊ र पिऊ ।” तर त्यसको हृदय तँसित हुँदैन ।
8 Kęs, który zjadłeś, zwrócisz i utracisz swoje wdzięczne słowa.
तैँले खाएको थोरै खानेकुरा पनि तैँले बान्ता गर्ने छस्, र तैँले तेरो तारिफलाई त्यसै खेर जान दिनेछस् ।
9 Nie mów do uszu głupca, bo wzgardzi mądrością twoich słów.
मूर्खले सुन्ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्ने छ ।
10 Nie przesuwaj dawnej granicy i nie wchodź na pole sierot.
प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा वा अनाथहरूको खेतबारी नमिच् ।
11 Bo ich obrońca jest mocny, przeprowadzi ich sprawę przeciwko tobie.
किनभने तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ, र उहाँले तेरो विरुद्धमा तिनीहरूको मुद्दा लड्नुहुने छ ।
12 Nakłoń swoje serce na pouczenie, a swe uszy na słowa rozumne.
तेरो हृदयलाई अर्तीतिर लगा, र तेरा कानलाई ज्ञानका वचनहरूमा लगा ।
13 Nie szczędź dziecku karcenia, [bo] jeśli je bijesz rózgą, nie umrze.
बच्चाबाट अर्तीलाई नरोक्, किनकि तैँले त्यसलाई अनुशासनमा राखिस् भने त्यो मर्ने छैन ।
14 Będziesz je bił rózgą, a jego duszę ocalisz od piekła. (Sheol )
त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् । (Sheol )
15 Synu mój, jeśli twoje serce będzie mądre, moje serce będzie się radowało, właśnie moje;
हे मेरो छोरो, तेरो हृदय बुद्धिमानी छ भने मेरो हृदय पनि प्रसन्न हुने छ ।
16 I moje nerki będą się weselić, gdy twoje usta będą mówiły to, co jest prawe.
तेरो ओठले जे ठिक छ, त्यही बोल्दा मेरो अन्तस्करण रमाउने छ ।
17 Niech twoje serce nie zazdrości grzesznikom, lecz każdego dnia [postępuj] w bojaźni PANA;
तेरो हृदयलाई पापीहरूको ईर्ष्या गर्न नदे, तर दिनैभरि परमप्रभुको भयमा लागिराख् ।
18 Bo koniec jest pewny i twoja nadzieja nie będzie zawiedziona.
निश्चय नै एउटा भविष्य छ, र तेरो आशा निराश हुने छैन ।
19 Słuchaj, synu mój, i bądź mądry, i skieruj swoje serce na drogę.
हे मेरो छोरो, सुन् र बुद्धिमान् हो, अनि तेरो हृदयलाई सुमार्गमा लगा ।
20 Nie bywaj wśród pijaków ani wśród obżerających się mięsem;
मातेकाहरू वा धेरै मासु हुसर्नेहरूसित सङ्गत नगर्,
21 Bo pijak i żarłok zubożeją, a ospały będzie chodził w łachmanach.
किनकि मतवाला र घिचुवाहरू गरिब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ ।
22 Słuchaj ojca, który cię spłodził, a nie gardź matką, gdy się zestarzeje.
तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।
23 Kupuj prawdę i nie sprzedawaj [jej]; [kupuj] mądrość, karność i rozum.
सत्यलाई किन्, र त्यसलाई नबेच् । बुद्धि, अर्ती र समझशक्तिलाई किन् ।
24 Ojciec sprawiedliwego będzie się wielce radował, a kto spłodzi mądrego, będzie się z niego cieszył.
धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्न हुने छ ।
25 Niech się weseli twój ojciec i matka i niech się raduje ta, która cię rodziła.
तेरा बुबा र आमा प्रसन्न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन् ।
26 Synu mój, daj mi swoje serce, a niech twoje oczy strzegą moich dróg.
हे मेरो छोरो, मलाई तेरो हृदय दे, र तेरा आँखाले मेरा मार्गहरू हेरून् ।
27 Bo nierządnica [jest] głębokim dołem, a cudza [kobieta jest] ciasną studnią.
किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्त्री एउटा साँघुरो इनार हो ।
28 Ona też czyha jak zbój i pomnaża przewrotnych wśród ludzi.
त्यो चोरझैँ ढुकिबस्छे, र त्यसले मानिसहरूका बिचमा विश्वासघातीहरूको सङ्ख्या बढाउँछे ।
29 U kogo biada? U kogo żal? U kogo kłótnie? U kogo szemranie? Kto ma rany bez powodu? Kto ma zaczerwienione oczy?
कोसित कष्ट छ? कोसित शोक छ? कोसित कलह छ? कोसित गुनासो छ? कोसित विनाकारण चोट छ? कसका आँखा राताराता छन्?
30 Ci, którzy przesiadują przy winie; ci, którzy idą szukać zmieszanego wina.
तिनीहरूकै जो धेरै मद्य पिउँछन्, जसले मिश्रित मद्य पिउँछन् ।
31 Nie patrz na wino, gdy się czerwieni; gdy wydaje łunę swą w kielichu, a samo się przesuwa.
मद्य रातो हुँदा, कचौरामा त्यसको फिँज उठ्दा र त्यो सहजै उँधो जाँदा त्यसलाई नहेर् ।
32 Na koniec ugryzie jak wąż i ukąsi jak żmija;
अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ ।
33 Twoje oczy będą patrzeć na cudze kobiety, a twoje serce będzie mówiło rzeczy przewrotne;
तेरा आँखाहरूले अनौठा कुराहरू देख्ने छन्, र तेरो मनले टेडा कुराहरू व्यक्त गर्ने छन् ।
34 I będziesz jak ten, który leży na środku morza, i jak ten, który śpi na szczycie masztu;
तँ महासमुद्रमा सुतिरहने व्यक्तिझैँ वा मस्तुलको डोरीको मास्तिर बस्नेझैँ हुने छ ।
35 [Powiesz]: Bili mnie, a nie bolało, uderzyli mnie, a [nic] nie czułem. Gdy się obudzę, znów go poszukam.
तैँले भन्ने छस्, “तिनीहरू मलाई हिर्काए, तर मलाई चोट लागेन ।” तिनीहरूले मलाई पिटे, तर मलाई यसको अनुभूति भएन । म कहिले ब्युँझने छु? म अर्को चुस्की खोज्ने छु ।”