< Liczb 8 >
1 I PAN przemówił do Mojżesza tymi słowy:
परमप्रभुले मोशालाई भन्नुभयो,
2 Powiedz Aaronowi: Gdy zapalisz lampy, siedem lamp ma rzucać światło na przednią stronę świecznika.
“हारूनलाई भन् । 'तैँले सातवटा बत्ती बाल्दा तिनीहरूले सामदानको अघिल्तिर प्रकाश दिनुपर्छ ।'
3 I Aaron tak uczynił. Z przedniej strony świecznika zapalił lampy, tak jak PAN rozkazał Mojżeszowi.
हारूनले यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएझैँ हारूनले सामदान अघिल्तिर प्रकाश दिनलाई बत्तीहरू बाले ।
4 Świecznik był wykuty ze złota, od trzonu aż po kwiaty był kuty. Zgodnie ze wzorem, który PAN pokazał Mojżeszowi, tak zrobił świecznik.
सामदान यस किसिमले बनाइएको थियो र परमप्रभुले मोशालाई यसको निम्ति नमुना देखाउनुभयो । यो आधारदेखि टुप्पोसम्म फूलजस्ता कचौरालाई पिटेको सुनको हुनुपर्थ्यो ।
5 Potem PAN powiedział do Mojżesza:
फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
6 Weź Lewitów spośród synów Izraela i oczyść ich.
“लेवीहरूलाई इस्राएलका मानिसहरूबाट ले र तिनीहरूलाई शुद्ध पार् ।
7 I tak postąpisz z nimi, aby ich oczyścić: Pokrop ich wodą oczyszczenia, a oni niech ogolą całe swoje ciało i wypiorą swoje szaty, wtedy będą czyści.
तिनीहरूलाई शुद्ध पार्न यसो गर्ः तिनीहरूमाथि प्रायश्चित्तको पानी छर्किदे । तिनीहरूको पुरै शरीर, तिनीहरूको लुगा धुन लगा र यसरी तिनीहरूलाई शुद्ध पार् ।
8 Następnie niech wezmą młodego cielca wraz z jego ofiarą pokarmową z mąki pszennej zmieszanej z oliwą, drugiego zaś młodego cielca weźmiesz na ofiarę za grzech.
त्यसपछि तिनीहरूलाई एउटा बाछो र तेलले मुछेको मसिनो पिठोको अन्नबलि ल्याउन लगा । तिनीहरूले पापबलिको रूपमा अर्को एउटा बाछो पनि ल्याऊन् ।
9 I przyprowadzisz Lewitów przed Namiot Zgromadzenia, i zbierzesz całe zgromadzenie synów Izraela;
तैँले लेवीहरूलाई भेट हुने पालको अघि ल्यानेछस् र इस्राएलका मानिसहरूको सारा समुदाय भेला हुनेछन् ।
10 I przyprowadzisz Lewitów przed PANA, a synowie Izraela położą na nich swoje ręce.
तैँले लेवीहरूलाई परमप्रभुको सामु ल्याउँदा इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्नुपर्छ ।
11 Wtedy Aaron przedstawi Lewitów przed PANEM jako ofiarę od synów Izraela, aby pełnili służbę dla PANA.
हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ, ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून् ।
12 Lewici zaś położą swoje ręce na głowy cielców. Ty złożysz jednego na ofiarę za grzech, a drugiego na ofiarę całopalną dla PANA, aby dokonać przebłagania za Lewitów.
लेवीहरूले साँढेहरूमाथि तिनीहरूका हात राख्नुपर्छ ।
13 Następnie postawisz Lewitów przed Aaronem i przed jego synami i przedstawisz ich jako ofiarę dla PANA.
तैँले लेवीहरूका प्रायश्चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा ।
14 W ten sposób oddzielisz Lewitów spośród synów Izraela i Lewici będą należeć do mnie.
१तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् ।
15 Potem Lewici wejdą, aby służyć w Namiocie Zgromadzenia, gdy ich oczyścisz i przedstawisz jako ofiarę.
त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न जानुपर्छ । तैँले तिनीहरूलाई शुद्ध पार्नुपर्छ । तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ ।
16 Oni bowiem są mi oddani spośród synów Izraela; w miejsce każdego, kto otwiera łono, w miejsce wszystkich pierworodnych synów Izraela wziąłem ich sobie.
यसो गर्, किनभने तिनीहरू इस्राएलका मानिसहरूबाट पूर्ण रूपमा मेरा हुन् । तिनीहरूले गर्भ खोल्ने इस्राएलका सबै सन्तानका पहिले जन्मेका हरेक पुरुष बालकको स्थान लिनेछन् । मैले लेवीहरूलाई आफ्नै निम्ति लिएको छु ।
17 Gdyż do mnie należy wszystko, co pierworodne wśród synów Izraela, zarówno z ludzi, jak i ze zwierząt. Poświęciłem ich sobie w dniu, w którym zabiłem wszystko, co pierworodne w ziemi Egiptu.
इस्राएलका मानिसहरूको पशु र मानिस दुवैबाट पहिले जन्मेकाहरू सबै मेरा हुन् । मैले मिश्र देशमा तिनीहरूका सबै पहिले जन्मेकाहरूलाई लिएको दिन नै मैले तिनीहरूलाई आफ्नै निम्ति अलग गरेँ ।
18 Wziąłem Lewitów w zamian za wszystkich pierworodnych wśród synów Izraela.
मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट सबै पहिले जन्मेकाहरूको सट्टामा लिएको छु ।
19 I dałem Lewitów jako dar Aaronowi i jego synom spośród synów Izraela, aby pełnili służbę synów Izraela w Namiocie Zgromadzenia i dokonywali przebłagania za nich, aby nie spadła na synów Izraela żadna kara, gdy będą zbliżać się do świątyni.
मैले लेवीहरूलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूबाट भेट हुने पालमा इस्राएलका मानिसहरूको काम गर्नलाई लिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूका निम्ति प्रायश्चित्त गर्नलाई दिएको छु, ताकि तिनीहरू पवित्र स्थानको नजिक आउँदा मानिसहरूमाथि कुनै विपत्ति नआओस् ।
20 Wtedy Mojżesz i Aaron oraz całe zgromadzenie synów Izraela postąpili z Lewitami tak, jak PAN rozkazał Mojżeszowi o Lewitach; tak postąpili z nimi synowie Izraela.
मोशा, हारून र इस्राएलका मानिसहरूका सारा समुदायले लेवीसँगै यो गरे । परमप्रभुले लेवीबारे मोशालाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले सबै थोक गरे । इस्राएलका मानिसहरूले तिनीहरूसँग यसै गरे ।
21 Lewici oczyścili się i wyprali swoje szaty, a Aaron przedstawił ich jako ofiarę przed PANEM i dokonał przebłagania za nich, aby ich oczyścić.
लेवीहरूले आफैलाई शुद्ध पारे र आ-आफ्ना लुगाहरू धोए, अनि हारूनले तिनीहरूलाई परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा चढाए र तिनले तिनीहरूलाई शुद्ध पार्न तिनीहरूको निम्ति प्रायश्चित्त गरे ।
22 Potem Lewici weszli, aby pełnić swoją służbę w Namiocie Zgromadzenia przed Aaronem i przed jego synami. Jak PAN rozkazał Mojżeszowi odnośnie do Lewitów, tak z nimi postąpili.
त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे ।
23 I PAN powiedział do Mojżesza:
परमप्रभुले मोशालाई भन्नुभयो,
24 Oto co [dotyczy] Lewitów: Od dwudziestego piątego roku życia wzwyż przystąpią, by pełnić służbę w Namiocie Zgromadzenia.
“यो सबै पच्चिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूका निम्ति हो । तिनीहरू भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुनुपर्छ ।
25 A od pięćdziesiątego roku [życia] przestaną pełnić służbę i więcej nie będą służyć.
तिनीहरू पचास वर्षको भएपछि यसरी सेवा गर्न छोड्नुपर्छ । त्यस उमेरमा तिनीहरूले सेवा गर्नुहुँदैन ।
26 Będą jednak usługiwać swym braciom w Namiocie Zgromadzenia w pełnieniu straży, lecz samej służby nie będą pełnić. Tak postąpisz z Lewitami w sprawie ich służby.
तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन्, तर तिनीहरूले सेवा गर्नुहुँदैन । तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ ।”