< Liczb 32 >
1 A synowie Rubena i synowie Gada mieli bardzo liczne stada. Gdy zobaczyli ziemię Jazer i ziemię Gilead, że jest to miejsce [odpowiednie] dla bydła;
रूबेन र गादका सन्तानहरूका गाईवस्तुहरू धेरै थिए । जब तिनीहरूले याजेर र गिलादको भूमी देखे, त्यो भूमी गाईवस्तुहरूको निम्ति असाध्यै राम्रो थियो ।
2 Przyszli [ci] synowie Gada i synowie Rubena i powiedzieli do Mojżesza, kapłana Eleazara oraz do naczelników zgromadzenia:
त्यसैले गाद र रूबेनका सन्तानहरू आए अनि मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूसँग कुरा गरे । तिनीहरूले भने,
3 Atarot, Dibon, Jazer, Nimra, Cheszbon, Eleale, Sebam, Nebo i Beon;
“हामीले सर्वेक्षण गरेका ठाउँहरूका सूची यही होः आतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन ।
4 Ziemia, którą PAN podbił przed zgromadzeniem Izraela, jest ziemią [odpowiednią] dla bydła, a twoi słudzy mają [liczne] bydło.
यी ठाउँहरूलाई परमप्रभुले इस्राएलका समुदायको सामु आक्रमण गर्नुभयो र तिनीहरू गाईवस्तुहरूका निम्ति राम्रा ठाउँहरू छन् । हामी तपाईंका दासहरूका गाईवस्तुहरू धेरै छन् ।”
5 Mówili dalej: Jeśli znaleźliśmy łaskę w twoich oczach, niech ta ziemia będzie dana twoim sługom w posiadanie, a nie przeprowadzaj nas za Jordan.
तिनीहरूले भने, “यदि हामीले तपाईंको नजरमा कृपा पाएका छौँ भने, यो भूमि तपाईंका दासहरू हामीलाई हाम्रो स्वामित्वमा दिइयोस् । हामीलाई यर्दन पारि नलैजानुहोस् ।”
6 Wtedy Mojżesz odpowiedział synom Gada i synom Rubena: Czy wasi bracia pójdą na wojnę, a wy tu będziecie siedzieć?
मोशाले गाद र रूबेनका सन्तानहरूलाई जवाफ दिए, “के तिमीहरू बसोवास गर्दा तिमीहरूका दाजुभाइहरूचाहिँ लडाइँमा जाने?
7 Dlaczego zniechęcacie serca synów Izraela, aby nie przeprawili się do ziemi, którą dał im PAN?
परमप्रभुले इस्राएलका मानिसहरूलाई दिनुभएको भूमिमा जानबाट तिनीहरूलाई किन निरुत्साहित पार्ने? मैले कादेश-बर्नेबाट तिमीहरूका बुबाहरूलाई भूमिको जाँचबुझ गर्न पठाउँदा तिनीहरूले त्यही गरे ।
8 Tak właśnie postępowali wasi ojcowie, gdy ich posłałem z Kadesz-Barnea, aby wyszpiegowali tę ziemię.
तिनीहरू एश्कोलको बेँसीमा गए ।
9 Kiedy dotarli aż do doliny Eszkol i zobaczyli ziemię, zniechęcili serca synów Izraela, aby nie weszli do ziemi, którą PAN im dał;
तिनीहरूले भूमिलाई देखे र इस्राएलका मानिसहरूका मनलाई निरुत्साहित बनाए, ताकि परमप्रभुले तिनीहरूलाई दिनुभएको भूमिमा प्रवेश गर्न तिनीहरूले इन्कार गरून् ।
10 Dlatego w tym dniu zapłonął gniew PANA i przysiągł:
परमप्रभुको क्रोध दन्कियो । उहाँले शपथ खानुभयो र भन्नुभयो,
11 Na pewno nikt z tych ludzi, którzy wyszli z Egiptu, od dwudziestego roku życia wzwyż, nie ujrzy tej ziemi, którą przysiągłem Abrahamowi, Izaakowi i Jakubowi, ponieważ nie szli za mną w pełni;
'मैले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गरेका भूमिलाई मिश्रबाट आएका बिस वर्षभन्दा माथिका कसैले देख्ने छैनन्, किनभने
12 Oprócz Kaleba, syna Jefunnego, Kenizyty, i Jozuego, syna Nuna, ponieważ oni w pełni szli za PANEM.
यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूले बाहेक तिनीहरूले मलाई पूर्ण रूपमा अनुसरण गरेका छैनन् । कालेब र यहोशूले मात्र मलाई पूर्ण रूपमा अनुसरण गरेका छन् ।'
13 I zapłonął gniew PANA na Izraela, i sprawił, że tułali się po pustyni przez czterdzieści lat, aż wyginęło całe pokolenie, które czyniło źle w oczach PANA.
त्यसैले परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो । उहाँको नजरमा दुष्टता गर्ने सबै पुस्ता विनाश नभएसम्म उहाँले तिनीहरूलाई मरुभूमिमा यताउता भौतारिन लगाउनुभयो ।
14 A oto powstaliście w miejsce waszych ojców jako plemię grzesznych ludzi, aby jeszcze bardziej wzmóc zapalczywość gniewu PANA przeciw Izraelowi.
हेर, तिमीहरू आफ्ना बुबाहरूको स्थानमा अझ धेरै पापी मानिसहरूझैँ इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध उराल्न खडा भएका छौ ।
15 Jeśli bowiem odwrócicie się od kroczenia za nim, wtedy on znowu pozostawi ich na tej pustyni, a w ten sposób zgubicie cały ten lud.
यदि तिमीहरू उहाँलाई पछ्याउनबाट तर्कियौ भने, उहाँले इस्राएललाई फेरि पनि मरुभूमिमा नै छोड्नुहुने छ र तिमीहरूले यी सबै मानिसलाई नष्ट पार्ने छौ ।
16 Wtedy zbliżyli się do niego i powiedzieli: Tu zbudujemy zagrody dla naszego bydła i miasta dla naszych dzieci;
त्यसैले तिनीहरू मोशाको नजिक आए र भने, “यहाँ हाम्रा गाईवस्तुहरूका निम्ति खोर र हाम्रा परिवारहरूका निम्ति सहर बनाउन अनुमति दिनुहोस् ।
17 My zaś sami zbrojnie i ochoczo [pójdziemy] przed synami Izraela, aż zaprowadzimy ich na ich miejsce, a nasze dzieci będą mieszkały w miastach obwarowanych ze względu na mieszkańców tej ziemi.
तथापि, हामी आफैचाहिँ तिनीहरूलाई आ-आफ्नो ठाउँमा नलगेसम्म हामी हतियारसहित इस्राएलको फौजसँग जान्छौँ । तर अझै यस भूमिमा रहेका अन्य मानिसहरूका कारण हाम्रा परिवारहरूचाहिँ किल्लाबन्दी गरिएका सहरहरूमा बस्ने छन् ।
18 Nie wrócimy do swoich domów, dopóki każdy spośród synów Izraela nie otrzyma swojego dziedzictwa;
इस्राएलका हरेक मानिसले आ-आफ्नो उत्तराधिकर नपाएसम्म हामी हाम्रो घरतिर फर्कने छैनौँ ।
19 Nie weźmiemy dziedzictwa razem z nimi po tamtej stronie Jordanu i dalej, ponieważ nasze dziedzictwo przypadło nam po tej stronie Jordanu, po stronie wschodniej.
हामीले तिनीहरूसँग यर्दन पारिपट्टि अंश पाउनेछै नौँ, किनभने हाम्रो अंश यहीँ यर्दनको पूर्वीपट्टि नै छ ।
20 Mojżesz powiedział im: Jeśli uczynicie to, co powiedzieliście, i uzbrojeni pójdziecie przed PANEM na wojnę;
त्यसैले मोशाले तिनीहरूलाई जवाफ दिए, “यदि तिमीहरूले आफूले भनेबमोजिम गर्छौ, तिमीहरू हातहतियारसहित परमप्रभुको सामु युद्ध गर्न जान्छौ भने,
21 I każdy z was zbrojnie przejdzie Jordan przed PANEM, aż wypędzi swoich wrogów przed sobą;
परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको सामुबाट नधपाउनुभएसम्म र
22 I ziemia zostanie podbita przed PANEM, a potem wrócicie, to będziecie niewinni przed PANEM i przed Izraelem; a ta ziemia będzie waszą posiadłością przed PANEM.
उहाँको सामु भूमिलाई कब्जा नगरेसम्म तिमीहरू सबै हातहतियारसहित परमप्रभुको सामु यर्दन पारि तर्नुपर्छ । त्यसपछि तिमीहरू फर्कन सक्छौ । तिमीहरू परमप्रभु र इस्राएलका सामु दोषरहित हुने छौ । यो भूमि परमप्रभुको सामु तिमीहरूको सम्पत्ति हुने छ ।
23 Lecz jeśli nie uczynicie tego, oto zgrzeszycie przeciw PANU, a wiedzcie, że wasz grzech was znajdzie.
तर यदि तिमीहरूले यसो गरेनौ भने, हेर, तिमीहरूले परमप्रभु विरुद्ध पाप गरेका हुने छौ । तिमीहरूका पापले अवश्य नै फेला पार्ने छ ।
24 Budujcie więc miasta dla waszych dzieci i zagrody dla waszych owiec; uczyńcie to, co wyszło z waszych ust.
तिमीहरूका परिवारहरूका निम्ति सहरहरू र भेडाबाख्राहरूका निम्ति खोर बनाओ; तिमीहरूले जे भनेका छौ सो गर ।”
25 Wtedy synowie Gada i synowie Rubena powiedzieli do Mojżesza: Twoi słudzy uczynią tak, jak nasz pan rozkazuje.
गाद र रूबेनका सन्तानहरूले मोशालाई भने, “तपाईंका दासहरूले हाम्रा मालिकले आज्ञा गरेअनुसार गर्ने छन् ।
26 Nasze dzieci, nasze żony, nasze trzody i całe nasze bydło pozostaną tu, w miastach Gileadu;
हाम्रा बालबच्चाहरू, हाम्रा पत्नीहरू, हाम्रा गाईवस्तुहरू र हाम्रा सबै भेडाबाख्रा गिलादका सहरहरूमा रहने छन् ।
27 Twoi słudzy natomiast, wszyscy uzbrojeni na wojnę, pójdą przed PANEM, jak mówi nasz pan.
तथापि, हामी तपाईंका दासहरू हाम्रा मालिकले भन्नुभएबमोजिम नै लडाइँको निम्त हातहतियारसहित परमप्रभुको सामु पारि जाने छन् ।”
28 I Mojżesz wydał rozkaz o nich kapłanowi Eleazarowi, Jozuemu, synowi Nuna, i naczelnikom spośród ojców pokoleń synów Izraela;
त्यसैले मोशाले तिनीहरूको बारेमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूका कुल-कुलका अगुवाहरूलाई निर्देशन दिए ।
29 Mojżesz powiedział im: Jeśli synowie Gada i synowie Rubena przejdą z wami za Jordan, wszyscy uzbrojeni do wojny przed PANEM, a ziemia zostanie podbita przed wami, wtedy dacie im ziemię Gilead w posiadanie;
मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू ।
30 Lecz jeśli uzbrojeni nie przejdą z wami, wtedy otrzymają dziedzictwo pośród was w ziemi Kanaan.
तर यदि तिनीहरू तिमीहरूसँगै हातहतियारसहित पारि गएनन् भने, तिनीहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्त गर्ने छन् ।”
31 Synowie Gada i synowie Rubena odpowiedzieli: Uczynimy to, co PAN powiedział do twoich sług;
त्यसैले गाद र रूबेनका सन्तानहरूले जवाफ दिए, “परमप्रभुले हामी तपाईंका दासहरूलाई भन्नुभएबमोजिम हामीले यसै गर्ने छौँ ।
32 Pójdziemy uzbrojeni przed PANEM do ziemi Kanaan, a posiadłość naszego dziedzictwa zostanie po tej stronie Jordanu.
हामी परमप्रभुको सामु हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ, तर हाम्रो स्वामित्वमा रहेको अंश यर्दन वारि हामीसँग रहने छ ।”
33 Mojżesz dał wtedy synom Gada, synom Rubena i połowie pokolenia Manassesa, syna Józefa, królestwo Sichona, króla Amorytów, i królestwo Oga, króla Baszanu, ziemię z jej miastami i granicami, a także miasta tej ziemi dokoła.
त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए । तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए ।
34 I synowie Gada odbudowali Dibon, Atarot i Aroer;
गादका सन्तानहरूले दीबोन, अतारोत, अरोएर,
35 Atrot, Szofan, Jazer i Jogboha;
अत्रोत-शोपान, याजेर, योगबहा,
36 Bet-Nimra, Bet-Haran, miasta warowne i zagrody dla stad.
बेथ-निम्रा, बेथ-हारान सहरहरूलाई पर्खालले घेरेर भेडाबाख्राहरूका निम्ति खोरहरू बनाए ।
37 Synowie Rubena zaś odbudowali Cheszbon, Eleale i Kiriataim;
रूबेनका सन्तानहरूले हेश्बोन, एलाले, किर्यातैयम,
38 Nebo, Baal-Meon, ich nazwy zmieniono, także Sybma; a miasta, które zbudowali, nazwali od swoich imion.
नेबो, बालमोन, यिनीहरूका नाउँ पछि फेरियो र शिब्मा बनाए । तिनीहरूले पुनर्निर्माण गरेका सहरहरू नाउँ अरू नै राखे ।
39 Synowie Makira, syna Manassesa, poszli do Gileadu, zdobyli go i wypędzili Amorytów, którzy tam mieszkali.
मनश्शेका छोरा माकीरका सन्तानहरू गिलादमा गए र त्यहाँ बसोबास गर्ने एमोरीहरूबाट यसलाई कब्जा गरे ।
40 I Mojżesz dał Gilead Makirowi, synowi Manassesa, a ten w nim zamieszkał.
त्यसपछि मोशाले मनश्शेका छोरा माकीरलाई गिलाद दिए, र तिनका मानिसहरू त्यहाँ बसोबास गरे ।
41 Potem Jair, syn Manassesa, poszedł i zdobył ich wsie, które nazwał Chawot-Jair.
मनश्शेका छोरा याईर गए र यसका नगरहरू कब्जा गरे र तिनीहरूको नाउँ हब्बात-याईर राखे ।
42 Także i Nobe poszedł i zdobył Kenat z jego wioskami, które nazwał Nobe, od swojego imienia.
नोबाह गए र केनात र यसका गाउँहरू कब्जा गरे अनि तिनले यसको नाउँ आफ्नै नाउँमा नोबह राखे ।