< Liczb 15 >
1 I PAN powiedział do Mojżesza:
परमप्रभुले मोशालाई भन्नुभयो,
2 Przemów do synów Izraela i powiedz im: Gdy przyjdziecie do ziemi waszego mieszkania, którą wam daję;
“इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू परमप्रभुले तिमीहरूलाई दिनुहुने भूमिमा बस्न जानेछौ, कि होमबलि कि भाकल पुरा गर्ने स्वैच्छा बलि कि
3 I będziecie chcieli złożyć PANU ofiarę spalaną na całopalenie, ofiarę bądź poślubioną, bądź dobrowolną lub też w wasze uroczyste święta, aby złożyć PANU miłą woń z wołów albo z owiec;
तिमीहरूको चाडमा बलिदान गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्न पार्ने सुगन्धित बास्नाको निम्ति तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदान तयार पर्नुपर्छ ।
4 To niech składający PANU ofiarę złoży na ofiarę pokarmową dziesiątą część efy mąki pszennej zmieszanej z czwartą częścią hinu oliwy.
तिमीहरूले परमप्रभुको निम्ति एक लिटर तेलमा मुछेको आधा पाथी पिठोको अन्नबलिसाथै होमबलि चढाउनुपर्छ ।
5 A czwartą część hinu wina na ofiarę z płynów przygotujesz przy całopaleniu lub innej ofierze na każde jagnię.
तिमीहरूले होमबलि वा बलिदानको निम्ति हरेक थुमाको निम्ति एक लिटर दाखमद्य पनि चढाउनुपर्छ ।
6 Przy baranie zaś złożysz na ofiarę pokarmową dwie dziesiąte efy mąki pszennej zmieszanej z trzecią częścią hinu oliwy.
यदि तिमीहरूले थुमा चढाइरहेका छौ भने, तिमीहरूले डेढ लिटर तेलमा मुछेको आधा पाथी पिठोलाई अन्नबलिको रूपमा तयार पार्नुपर्छ ।
7 A na ofiarę z płynów złożysz jedną trzecią hinu wina jako miłą woń dla PANA.
अर्घबलिको निम्ति तिमीहरूले डेढ लिटर दाखमद्य तयार पार्नुपर्छ । यसले परमप्रभुको निम्ति सुगन्धित बास्ना दिनेछ ।
8 Gdy zaś będziesz składał cielca na ofiarę całopalną lub na ofiarę wypełnienia ślubu albo na ofiarę pojednawczą dla PANA;
जब तिमीहरूले होमबलि वा भाकल पुरा गर्न बलिदानको रूपमा वा परमप्रभुको निम्ति मेलबलिको रूपमा साँढे तयार पार्छौ,
9 Wtedy wraz z cielcem złożysz na ofiarę pokarmową trzy dziesiąte efy mąki pszennej zmieszanej z połową hinu oliwy.
तिमीहरूले साँढेसँगै दुई लिटर तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्नबलिको रूपमा चढाउनुपर्छ ।
10 Na ofiarę pokarmową złożysz też połowę hinu wina, na ofiarę spalaną [jako] miłą woń dla PANA.
तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइने बलिको रूपमा दुई लिटर दाखमद्यको अर्घबलि चढाउनुपर्छ ।
11 Tak należy postąpić przy każdym wole, przy każdym baranie, jagnięciu lub koźlęciu.
हरेक साँढे, थुमा र भेडा वा बाख्राको निम्ति यसो गर्नुपर्छ ।
12 Według liczby, którą składacie, tak uczynicie z każdą ich sztuką według ich liczby.
तिमीहरूले तयार पार्ने र चढाउने बलिदान यहाँ उल्लेख गरेजस्तै गर्नुपर्छ ।
13 Każdy rodowity mieszkaniec postąpi w ten sposób, gdy będzie składał ofiarę spalaną jako miłą woń dla PANA.
कसैले परमप्रभुलाई प्रसन्न तुल्याउने सुगन्धको निम्ति आगोद्वारा चढाइने बलिदान ल्याउँदा स्वदेशी इस्राएलीहरू सबैले यी कुराहरू यसबमोजिम गर्नुपर्छ ।
14 A jeśli obcy gości u was lub mieszka z wami od pokoleń i będzie chciał złożyć ofiarę spalaną jako miłą woń dla PANA, uczyni to tak, jak [wy] czynicie.
यदि विदेशी तिमीहरूसँग बसोबास गरेको छ भने वा तिमीहरूका मानिसहरूको पुस्तौँसम्म तिमीहरूसँग बसोबास गर्न सक्छ, त्यसले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइने बलिदान चढाउनुपर्छ । त्यसले पनि तिमीहरूले गरेझैँ नै गर्नुपर्छ ।
15 Będzie jedna ustawa dla was i dla przybysza, który mieszka [wśród was]; będzie to ustawa wieczysta przez wszystkie wasze pokolenia. Przybysz będzie przed PANEM tak jak wy.
समुदायको निम्ति र तिमीहरूसँग बस्ने परदेशीको निम्ति एउटै नियम हुनुपर्छ, तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुनुपर्छ । तिमीहरूमाझ बस्ने परदेशी पनि तिमीहरूजस्तै हुनुपर्छ । परमप्रभुको सामु त्यसले तिमीहरूले जस्तै गर्नुपर्छ ।
16 Będzie jedno prawo i jeden sąd dla was i przybysza, który mieszka wśród was.
तिमीहरू र तिमीहरू माझ बस्ने परदेशीलाई एउटै नियम र आदेश लागु हुनुपर्छ ।”
17 I PAN powiedział do Mojżesza:
फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
18 Przemów do synów Izraela i powiedz im: Gdy wejdziecie do ziemi, do której was wprowadzę;
“इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू मैले लैजाने भूमिमा आउँछौ,
19 A będziecie jeść chleb tej ziemi, to złożycie PANU ofiarę wzniesienia.
जब तिमीहरूले त्यस भूमिमा उत्पादन भएको खानेकुरा खान्छौ, तिमीहरूले बलिदान चढाउनुपर्छ र मेरो निम्ति यसलाई चढाउनुपर्छ ।
20 Złożycie jako ofiarę wzniesienia placek z pierwocin waszych ciast; złożycie go tak jak ofiarę wzniesienia z klepiska.
आफ्नो मुछेको पहिलो पिठोबाट खलाबाट नै उठाइएको बलिदानको रूपमा यसलाई उठाउन एउटा रोटी चढाउनुपर्छ । तिमीहरूले यसलाई यसरी उठाउनुपर्छ ।
21 Będziecie składać PANU ofiarę wzniesienia z pierwocin waszych ciast przez wszystkie wasze pokolenia.
तिमीहरूले तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म पहिले आफ्नो मुछेको पिठोबाट उठाइएको बलिदानको रूपमा मलाई चढाउनुपर्छ ।
22 A gdybyście zbłądzili i nie wypełnili wszystkich tych przykazań, które PAN nadał przez Mojżesza;
मैले मोशासँग बोलेका यी सबै आज्ञा तिमीहरूले पालन नगर्दा तिमीहरूले कहिले काहीँ नचाहेर पनि पाप गर्नेछौ ।
23 Tego wszystkiego, co PAN wam rozkazał przez Mojżesza, od tego dnia, w którym PAN to nakazał, i potem przez wszystkie wasze pokolenia;
मैले तिमीहरूलाई आज्ञाहरू दिन सुरु गरेको दिनदेखि नै र तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म मोशाद्वारा मैले आज्ञा गरेका सबै आज्ञाहरू पालन गर्नू ।
24 Jeśli popełniono ten błąd nieświadomie przez zgromadzenia, to całe zgromadzenie złoży jednego młodego cielca na całopalenie, na miłą woń dla PANA, wraz z jego ofiarą pokarmową i ofiarą z płynów według zwyczaju, oraz jednego kozła ze stada na ofiarę za grzech.
समुदायले थाहा नपाई अजानमा गरेको पापको सवालमा परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति समुदायले एउटा साँढे होमबलिको रूपमा चढाउनुपर्छ । यहीसँगै आज्ञा गरेजस्तै अन्नबलि र अर्घबलिसाथै पापबलिको रूपमा बाख्रालाई पनि चढाउनुपर्छ ।
25 I kapłan dokona przebłagania za całe zgromadzenie synów Izraela, i będzie im przebaczone, gdyż stało się [to] nieświadomie. A oni przyniosą PANU swoją ofiarę na ofiarę spalaną i swoją ofiarę za grzech przed PANEM za swój błąd.
पुजारीले सारा समुदायको निम्ति प्रायश्चित्त गर्नुपर्छ । तिनीहरूलाई क्षमा दिइनेछ, किनभने पाप गल्ति थियो । तिनीहरूले तिनीहरूको बलिदान अर्थात् आगोद्वारा चढाइने बलिदान ल्याएका छन् । तिनीहरूले आफ्नो गल्तिको निम्ति पापबलि ल्याएका छन् ।
26 I będzie przebaczone całemu zgromadzeniu synów Izraela i przybyszowi, który mieszka pośród nich, ponieważ cały lud popełnił to nieświadomie.
अनि इस्राएलका मानिसहरूका सबै समुदायलाई क्षमा दिइनेछ र तिनीहरूसँग बस्ने परदेशीलाई पनि क्षमा दिइनेछ, किनभने सबै मानिसहरूले अजानमा नै पाप गरे ।
27 A jeśli tylko jedna osoba zgrzeszy nieświadomie, wtedy przyniesie roczną kozę na ofiarę za grzech;
यदि कुनै मानिसले अजानमा पाप गर्छ भने, त्यसले एक वर्षे बाख्रीलाई पापबलिको रूपमा चढाउनुपर्छ ।
28 I kapłan dokona przebłagania za człowieka, który zbłądził, grzesząc wobec PANA nieświadomie; dokona za niego przebłagania i będzie mu przebaczone.
अजानमा पाप गर्ने व्यक्तिको निम्ति पुजारीले प्रायश्चित्त गर्नुपर्छ । प्रायश्चित्त गरेपछि त्यस मानिसलाई क्षमा गरिनेछ ।
29 Będzie jedno prawo dla tego, który grzeszy nieświadomie, zarówno dla rodowitego mieszkańca wśród synów Izraela, jak i dla przybysza, który mieszka pośród nich.
अजानमा पाप गर्ने स्वदेशी इस्राएली मानिस र तिमीहरू माझ बसोबास गरेको परदेशीको निम्ति एउटै नियम हुनुपर्छ ।
30 Lecz człowiek, który bezczelnie zgrzeszy świadomie, zarówno rodowity mieszkaniec, jak i przybysz, znieważa PANA; człowiek ten zostanie wykluczony spośród swego ludu.
तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्ति स्वदेशी भए पनि परदेशी भए पनि त्यसले मेरो ईश्वर-निन्दा गर्छ । त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ ।
31 Wzgardził bowiem słowem PANA i złamał jego przykazanie; taki człowiek musi zostać wykluczony; na nim [ciąży] jego nieprawość.
किनभने त्यसले मेरो वचनलाई घृणा गरेको छ, त्यो व्यक्तिलाई पूर्ण रूपमा बिलकुलै बहिष्कार गर्नुपर्छ ।
32 A gdy synowie Izraela byli na pustyni, spotkali człowieka zbierającego drwa w dzień szabatu.
त्यसको पाप त्यसैमाथि पर्नेछ ।” इस्राएलका मानिसहरू मरुभूमिमा हुँदा तिनीहरूले शबाथ दिनमा दाउरा बटुलिरहेको मानिस भेट्टाए ।
33 I ci, którzy go spotkali zbierającego drwa, przyprowadzili go do Mojżesza i Aarona, i do całego zgromadzenia.
त्यसलाई भेट्टाउनेहरूले त्यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए ।
34 I osadzili go pod strażą, bo jeszcze im nie oznajmiono, jak należy z takim postąpić.
तिनीहरूले त्यसलाई थुनामा राखे, किनभने त्यसलाई के गर्नुपर्छ भनी निधो गरिएको थिएन ।
35 Wtedy PAN powiedział do Mojżesza: Ten człowiek musi ponieść śmierć; niech całe zgromadzenie go ukamienuje poza obozem.
परमप्रभु मोशासँग बोल्नुभयो, “त्यो मानिस निश्चय नै मर्नुपर्छ । सबै समुदायले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हान्नुपर्छ ।”
36 Całe zgromadzenie wyprowadziło go poza obóz i ukamienowało, i umarł, jak PAN rozkazał Mojżeszowi.
यसैले सबै समुदायले त्यसलाई छाउनी बाहिर ल्याए र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे ।
37 I PAN powiedział do Mojżesza:
फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
38 Przemów do synów Izraela i powiedz im, aby robili sobie frędzle na skrajach swoich szat przez wszystkie pokolenia, a do frędzli niech przyprawią sznurek z błękitnej [tkaniny].
“इस्राएलका सन्तानहरूलाई भन् र आफ्नो लुगाको किनाराहरूमा झुन्डाउन र तिनीहरू सबैलाई निलो धागोले किनारामा झुन्डाउन झुम्का बनाउन तिनीहरूलाई आज्ञा गर् ।
39 I będziecie mieć te frędzle, żebyście na nie spoglądali i przypominali sobie wszystkie przykazania PANA, aby je wypełnić, a nie podążali za własnym sercem i własnymi oczami, za którymi idąc, cudzołożylibyście;
तिनीहरूले यो तिनीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म गर्नुपर्छ । यो तिमीहरूले यसलाई हेर्दा बहन गर्नुपर्ने मेरा सबै आज्ञा याद दिलाउने विशेष कुरा हुने छ, ताकि तिमीहरूले आफ्नै हृदय र आफ्नै आँखामा हेरेर आफैलाई भ्रष्ट नतुल्याओ ।
40 Abyście pamiętali i wypełniali wszystkie moje przykazania, i byli święci dla waszego Boga.
यसो गर् ताकि तिमीहरूले मेरा आज्ञाहरू याद गर्नेछौ र पालन गर्नेछौ अनि तिमीहरू पवित्र अर्थात् तिमीहरूका परमेश्वर मेरो निम्ति आरक्षित हुनेछौ ।
41 Ja [jestem] PAN, wasz Bóg, który was wyprowadził z ziemi Egiptu, aby być waszym Bogiem. Ja [jestem] PAN, wasz Bóg.
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूका परमेश्वर हुनलाई मिश्र देशबाट ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।”