< Marka 5 >

1 I przeprawili się za morze do krainy Gadareńczyków.
उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो ।
2 A gdy on wyszedł z łodzi, zaraz wybiegł mu [naprzeciw] z grobowców człowiek mający ducha nieczystego.
जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो ।
3 Mieszkał on w grobowcach i nawet łańcuchami nikt nie mógł go związać.
त्यो मानिस चिहानमा बस्थ्‍यो । कसैले पनि त्यसलाई रोक्‍न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्‍न पनि सकेको थिएन ।
4 Często bowiem był wiązany pętami i łańcuchami, ale rwał łańcuchy i kruszył pęta, i nikt nie mógł go poskromić.
त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन ।
5 A zawsze, we dnie i w nocy, przebywał w górach i grobowcach, krzycząc i tłukąc siebie kamieniami.
हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्‍च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो ।
6 Gdy więc zobaczył Jezusa z daleka, przybiegł i oddał mu pokłon;
जब त्यसले येशूलई टाढैबाट देख्यो, त्यो दौडेर उहाँकहाँ गयो, अनि उहाँको अगि घोप्‍टो पर्‍यो ।
7 A wołając donośnym głosem, powiedział: Cóż mam z tobą, Jezusie, Synu Boga najwyższego? Zaklinam cię na Boga, abyś mnie nie dręczył.
त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ? म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”
8 Powiedział mu bowiem: Wyjdź, duchu nieczysty, z tego człowieka!
किनभने येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्किआइज ।”
9 I zapytał go: Jak ci na imię? A on odpowiedział: Na imię mi Legion, bo jest nas wielu.
उहाँले त्यसलाई सोध्‍नुभयो, “तेरो नाम के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”
10 I prosił go bardzo, aby nie wyganiał ich z tej krainy.
त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो ।
11 A pasło się tam w pobliżu góry wielkie stado świń.
त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो,
12 I wszystkie te demony prosiły go: Poślij nas w te świnie, abyśmy [mogły] w nie wejść.
अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस् ।”
13 I Jezus zaraz im pozwolił. A duchy nieczyste, wyszedłszy, weszły w świnie. Wtedy stado, liczące około dwóch tysięcy, ruszyło pędem po urwisku do morza i utonęło w nim.
उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।
14 Ci zaś, którzy paśli świnie, uciekli i opowiedzieli [o tym] w mieście i we wsiach. I wyszli [ludzie], aby zobaczyć, co się stało.
अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू गए ।
15 Przyszli więc do Jezusa i zobaczyli tego, który był opętany, w którym był legion [demonów], jak siedział ubrany i przy zdrowych zmysłach. I bali się.
तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।
16 A ci, którzy to widzieli, opowiedzieli im, co się stało z opętanym, a [także] o świniach.
भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।
17 Wtedy zaczęli go prosić, aby odszedł z ich granic.
अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे ।
18 A gdy wsiadł do łodzi, prosił go ten, który był opętany, aby [mógł] przy nim zostać.
जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्‍यो ।
19 Lecz Jezus mu nie pozwolił, ale powiedział: Idź do domu, do swoich, i opowiedz im, jak wielkie rzeczy Pan ci uczynił i jak się nad tobą zmiłował.
तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्‍नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।”
20 Odszedł więc i zaczął w Dekapolu opowiadać, jak wielkie rzeczy Jezus mu uczynił. I wszyscy się dziwili.
त्यसकारण, त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्‍क परे ।
21 A gdy Jezus przeprawił się z powrotem w łodzi na drugą stronę, zebrało się wokół niego mnóstwo ludzi. A [on] był nad morzem.
येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।
22 Wtedy przyszedł jeden z przełożonych synagogi, imieniem Jair, a gdy go zobaczył, padł mu do nóg.
यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए । जब उनले येशूलाई देखे, तब उहाँको पाउमा परे ।
23 I prosił go usilnie: Moja córeczka umiera. Przyjdź, połóż na nią ręce, aby została uzdrowiona, a będzie żyła.
उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्‍न सकून् ।”
24 I poszedł z nim. Szło zaś za nim mnóstwo ludzi, którzy na niego napierali.
त्यसैले, उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भिडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।
25 Wtedy pewna kobieta, która od dwunastu lat cierpiała na upływ krwi;
त्यहाँ बाह्र वर्षदेखि रगत बग्‍ने रोगले ग्रस्त भएकी एक महिला थिइन् ।
26 I wiele wycierpiała od licznych lekarzy, i wydała wszystko, co miała, a nic jej nie pomogło, przeciwnie, pogarszało jej się;
तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्‍ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन् । तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्‍याएन, बरु तिनको अवस्था झनझन नराम्रो मात्र हुँदै गयो ।
27 Usłyszawszy o Jezusie, podeszła w tłumie od tyłu i dotknęła jego szaty.
तर तिनले येशूको बारेमा सुनेकी थिइन् । त्यसैले, उहाँ भिडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन् ।
28 Mówiła bowiem: Jeśli dotknę choćby jego szaty, będę zdrowa.
किनकि तिनले भनिन्, “यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु ।”
29 I natychmiast ustał jej upływ krwi, i poczuła w ciele, że została uzdrowiona ze swojej choroby.
जब तिनले उहाँलाई छोइन्, रगत बग्‍न रोकियो, अनि तिनले आफू आफ्‍नो कष्‍टबाट निको भएकी महसुस गरिन् ।
30 A Jezus od razu poznał, że wyszła z niego moc, odwrócił się do tłumu i zapytał: Kto dotknął moich szat?
येशूले आफूबाट शक्‍ति निस्‍केर गएको तुरुन्तै थाहा पाउनुभयो । अनि उहाँ भिडतिर फर्केर भन्‍नुभयो, “कसले मेरो लुगा छोयो?”
31 Odpowiedzieli mu jego uczniowie: Widzisz, że tłum na ciebie napiera, a pytasz: Kto mnie dotknął?
उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्‍नुहुन्छ, अनि तपाईं भन्‍नुहुन्छ ‘मलाई कसले छोयो’?”
32 I spojrzał wokoło, aby zobaczyć tę, która to uczyniła.
तर येशूले यो कसले गरेको थियो भनी देख्‍न वरिपरि हेर्नुभयो ।
33 Wtedy kobieta ze strachem i z drżeniem, wiedząc, co się z nią stało, podeszła, upadła przed nim i wyznała mu całą prawdę.
ती स्‍त्रीले आफूलाई के भएको थियो भन्‍ने कुरा थाहा पाइन्, अनि तिनी डरले कामिन् । तिनी उहाँको सामु घोप्टो परिन् र सबै सत्यता उहाँलाई बताइन् ।
34 A on powiedział do niej: Córko, twoja wiara cię uzdrowiła, idź w pokoju i bądź uzdrowiona ze swojej choroby.
उहाँले तिनलाई भन्‍नुभयो, “हे छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।”
35 A gdy jeszcze mówił, przyszli ludzie od przełożonego synagogi i powiedzieli: Twoja córka umarła. Czemu jeszcze trudzisz Nauczyciela?
उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुलाई किन दुःख दिने?”
36 Ale Jezus, gdy tylko usłyszał, co mówili, powiedział do przełożonego synagogi: Nie bój się, tylko wierz!
तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो, उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो, “नडराऊ । विश्‍वास मात्र गर ।”
37 I nie pozwolił iść za sobą nikomu oprócz Piotra, Jakuba i Jana, brata Jakuba.
उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।
38 A gdy przyszedł do domu przełożonego synagogi, zobaczył [tam] zamieszanie oraz płaczących i bardzo zawodzących.
उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्‍नुभयो ।
39 Wszedłszy więc, powiedział do nich: Dlaczego robicie zamieszanie i płaczecie? Dziewczynka nie umarła, tylko śpi.
जब उहाँ घरभित्र पस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो ।”
40 I naśmiewali się z niego. Ale on wyrzucił wszystkich, wziął ze sobą ojca i matkę dziewczynki oraz tych, którzy przy nim byli, i wszedł tam, gdzie leżała dziewczynka.
उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो, अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा आउनुभयो ।
41 Ujął dziewczynkę za rękę i powiedział do niej: Talitha kumi! – co się tłumaczy: Dziewczynko, mówię ci, wstań!
उहाँले बालिकालाई हात समातेर तिनलाई भन्‍नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ ।”
42 I natychmiast dziewczynka wstała i chodziła, miała bowiem dwanaście lat. I ogarnęło ich wielkie zdumienie.
तुरुन्तै बालिका उठिन् अनि हिँडिन् (उनी बाह्र वर्षकी थिइन्) । अनि तिनीहरू अत्यन्तै चकित भए ।
43 Wtedy przykazał im surowo, aby nikt się o tym nie dowiedział, i polecił, aby dano jej jeść.
उहाँले त्यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो । अनि उहाँले ती बालिकालाई केही खाने कुरा दिनुभयो ।

< Marka 5 >