< Kapłańska 9 >

1 A ósmego dnia Mojżesz wezwał Aarona, jego synów i starszych Izraela.
आठौँ दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए ।
2 I powiedział do Aarona: Weź sobie młodego cielca na ofiarę za grzech i barana na całopalenie, [oba] bez skazy, i złóż je w ofierze przed PANEM.
उनले हारूनलाई भने, “पापबलिको निम्ति बगालबाट एउटा बाछो, र होमबलिको निम्ति एउटा निष्‍खोट भेडा लिएर परमप्रभुको अगि अर्पण गर्नू ।
3 A do synów Izraela powiesz: Weźcie kozła z kóz na ofiarę za grzech oraz cielca i barana, jednoroczne i bez skazy, na całopalenie;
इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पापबलिको निम्ति एउटा बोको र होमबलिको निम्ति एक-एक वर्षको निष्‍खोट बाछो र भेडाको बच्‍चा लिनू,
4 Także wołu i barana na ofiary pojednawcze, by złożyć je przed PANEM, i ofiarę pokarmową zmieszaną z oliwą; bo dziś PAN wam się ukaże.
र परमप्रभुको अगि बलिदानको निम्ति मेलबलिस्वरूप एउटा साँढे र एउटा भेडा, र तेल मिसाइएको अन्‍नबलि लिनू, किनभने आज परमप्रभु तिमीहरूकहाँ देखा पर्नुहुने छ ।’”
5 I przyprowadzili to, co Mojżesz rozkazał, przed Namiot Zgromadzenia. A cały lud zbliżył się i stanął przed PANEM.
यसैकारण मोशाले भनेअनुसार तिनीहरूले सबै कुरा भेट हुने पालमा ल्याए, र इस्राएलका सबै समुदाय परमप्रभुको सामु आई खडा भए ।
6 Wtedy Mojżesz powiedział: Oto co PAN nakazał wam uczynić; a ukaże się wam chwała PANA.
अनि मोशाले भने, “परमप्रभुको महिमा तिमीहरूको सामु प्रकट होस् भनेर उहाँले तिमीहरूलाई आज्ञा गर्नुभएका कुरा यी नै हुन् ।”
7 Do Aarona zaś Mojżesz powiedział: Zbliż się do ołtarza i złóż swoją ofiarę za grzech i swoje całopalenie, i dokonaj przebłagania za siebie i lud. Złóż też ofiarę ludu i dokonaj za niego przebłagania, jak PAN rozkazał.
मोशाले हारूनलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएझैँ वेदीको नजिक आऊ र आफ्नो पापबलि र होमबलि अर्पण गर, र आफ्नै निम्ति र मानिसहरूका निम्ति प्रायश्‍चित्त गर, र मानिसहरूका निम्ति प्रायश्‍चित्तस्वरूप बलिदानलाई अर्पण गर ।”
8 Aaron zbliżył się więc do ołtarza i zabił cielca na ofiarę za grzech za siebie.
यसैकारण हारून वेदीको नजिक गए अनि आफ्नै निम्ति पापबलिको बाछो मारे ।
9 I synowie Aarona podali mu krew, a on umoczył swój palec we krwi i pomazał [nią] rogi ołtarza, a [resztę] krwi wylał u podstawy ołtarza;
हारूनका छोराहरूले तिनको सामु रगत टक्र्याए, अनि तिनले आफ्नो औँलालाई रगतमा चोपेर वेदीका सिङहरूमा लगाए, र त्यसपछि तिनले रगतलाई वेदीको फेदमा खन्याए ।
10 Ale tłuszcz, nerki i płat tłuszczu na wątrobie z ofiary za grzech spalił na ołtarzu, jak PAN rozkazał Mojżeszowi;
तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई पापबलिस्वरूप वेदीमा जलाए ।
11 Mięso zaś i skórę spalił w ogniu poza obozem.
मासु र छाला भने छाउनीभन्दा बाहिर जलाइयोस् ।
12 Zabił też ofiarę całopalną, a synowie Aarona podali mu krew, którą pokropił ołtarz dokoła.
हारूनले होमबलिलाई जलाए, र तिनका छोराहरूले तिनलाई रगत दिए र तिनले त्यो रगतलाई वेदीको सबैतिर छर्के ।
13 Przynieśli mu też ofiarę całopalną [podzieloną] na części wraz z głową, a [on] spalił to na ołtarzu;
तिनीहरूले होमबलिलाई टुक्रा-टुक्रा गरी टाउकोसमेत तिनलाई दिए र तिनले ती सबै वेदीमा जलाए ।
14 Obmył też wnętrzności oraz nogi i spalił je z ofiarą całopalną na ołtarzu.
तिनले भित्री भागहरू र खुट्टाहरूलाई धोए र ती सबैलाई वेदीको होमबलिमाथि जलाए ।
15 Potem przyprowadził ofiarę ludu. Wziął kozła przeznaczonego na ofiarę za grzech za lud, zabił go i złożył na ofiarę za grzech, tak jak poprzednio.
हारूनले मानिसहरूका बलिदानको भेटीस्वरूप एउटा बोको अर्पण गरे, र तिनीहरूका पापको निम्ति बलिदानको रूपमा त्यसलाई लिएर मारे; तिनले पहिलो बोकोलाई गरेझैँ यसलाई पनि पापको निम्ति बलिदान गरे ।
16 Przyprowadził też ofiarę całopalną i uczynił z nią według przepisu.
परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले होमबलिलाई अर्पण गरे ।
17 Przyprowadził też ofiarę pokarmową. Wziął z niej pełną garść i spalił na ołtarzu, oprócz ofiary całopalnej porannej.
तिनले अन्‍नबलि अर्पण गरेपछि त्यसबाट एक मुट्ठी लिए अनि त्यही बिहानीको होमबलिसँगै त्यसलाई वेदीमा जलाए ।
18 Zabił też wołu i barana jako ofiarę pojednawczą za lud. I synowie Aarona podali mu krew, którą pokropił ołtarz dokoła.
तिनले त्यो साँढे र मानिसहरूको निम्ति चढाइने मेलबलिको भेडालाई पनि मारे । हारूनका छोराहरूले तिनलाई रगत दिए, र तिनले त्यो वेदीको सबैतिर छर्के ।
19 [Podali] mu także tłuszcz z wołu i barana, ogon, tłuszcz pokrywający [wnętrzności] oraz nerki i płat tłuszczu na wątrobie.
तर तिनीहरूले त्यस साँढे र भेडाको बोसो, बोसे-पुच्छर, भित्री भागहरूलाई ढाक्‍ने बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई काटी निकाले ।
20 Włożyli też tłuszcz na mostkach, a [on] spalił tłuszcz na ołtarzu;
आफूले काटेर निकालेका भागलाई लिएर तिनीहरूले छातीमा राखे, अनि हारूनले बोसोलाई वेदीमा जलाए ।
21 Mostki zaś i prawą łopatkę Aaron kołysał na ofiarę kołysaną przed PANEM, jak Mojżesz nakazał.
मोशाले आज्ञा गरेझैँ हारूनले छाती र दाहिने फिलालाई परमप्रभुको अगि डोलाइने बलिझैँ डोलाए ।
22 Potem Aaron podniósł ręce w stronę ludu i pobłogosławił go, a po złożeniu ofiary za grzech, ofiary całopalnej i ofiary pojednawczej zszedł na dół.
त्यसपछि हारूनले आफ्ना हात मानिसहरूतर्फ उठाएर तिनीहरूलाई आशिष् दिए, अनि पापबलि, होमबलि र मेलबलि अर्पण गर्ने स्थानबाट तिनी तल झरे ।
23 Wtedy Mojżesz i Aaron weszli do Namiotu Zgromadzenia, potem wyszli i pobłogosławili lud. I chwała PANA ukazała się całemu ludowi.
मोशा र हारून भेट हुने पालभित्र पसेर बाहिर आए अनि मानिसहरूलाई आशिष् दिए, अनि परमप्रभुको महिमा सबै मानिसहरूको सामु प्रकट भयो ।
24 I wyszedł ogień sprzed PANA, i strawił na ołtarzu ofiarę całopalną oraz tłuszcz. A gdy cały lud to ujrzał, krzyknął z radości i upadł na twarz.
परमप्रभुबाट आगो बाहिर निस्‍कियो र वेदीको होमबलि र बोसोलाई भस्‍म पारिदियो । जब सारा मानिसहरूले यो देखे, तिनीहरू उच्‍च सोरमा कराए र आफ्नो शिर निहुराए ।

< Kapłańska 9 >