< Jozuego 14 >
1 A oto co synowie Izraela odziedziczyli w ziemi Kanaan, co przydzielili im jako dziedzictwo kapłan Eleazar i Jozue, syn Nuna, oraz naczelnicy wśród ojców pokoleń synów Izraela.
कनानको भू-भागमा इस्राएलका मानिसहरूले उत्तराधिकारको रूपमा प्राप्त गरेका क्षेत्र यी नै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए ।
2 Ich dziedzictwa [dokonano] za pomocą losów, jak PAN rozkazał przez Mojżesza, dla dziewięciu i pół pokolenia.
जसरी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको थियो, त्यसरी नै साँढे नौ कुललाई तिनीहरूको उत्तराधिकार चिट्ठाद्वारा चुनिएको थियो ।
3 Gdyż Mojżesz dał dziedzictwo dwom pokoleniom i połowie pokolenia za Jordanem, ale Lewitom nie dał dziedzictwa wśród nich.
किनभने साँढे दुई कुललाई यर्दनपारि नै उत्तराधिकार दिइएको थियो, तर तिनले लेवीलाई कुनै उत्तराधिकार दिएनन् ।
4 Synowie Józefa stanowili bowiem dwa pokolenia: Manassesa i Efraima. Lewitom więc nie dano udziału w ziemi oprócz miast do zamieszkania z przyległymi do nich pastwiskami dla ich stad i dobytku.
वास्तवमा योसेफको कुल मनश्शे र एफ्राइम गरी दुई कुल थिए । लेवीहरूलाई त्यो भू-भागमा कुनै उत्तराधिकार दिइएन, तर तिनीहरूका गाईवस्तुहरूका निम्ति चरन र तिनीहरूका भौतिक सरसामानहरूका निम्ति केही सहरहरू मात्र दिइए ।
5 Jak PAN rozkazał Mojżeszowi, tak postąpili synowie Izraela i podzielili ziemię.
इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक गरे, त्यसैले तिनीहरूले भू-भाग बाँडे ।
6 Wtedy synowie Judy przyszli do Jozuego w Gilgal i powiedział do niego Kaleb, syn Jefunnego, Kenizzyta: Ty wiesz, co PAN powiedział Mojżeszowi, mężowi Boga, o mnie i o tobie w Kadesz-Barnea.
त्यसपछि यहूदाको कुल गिलगालमा यहोशूकहाँ आए । कनज्जी यपून्नेका छोरा कालेबले तिनलाई भने, “तपाईं र मेरो बारेमा परमप्रभुले कादेश-बर्नेमा के भन्नुभएको थियो भनी तपाईंलाई थाहा छ ।
7 Miałem czterdzieści lat, gdy Mojżesz, sługa PANA, posłał mnie z Kadesz-Barnea na wybadanie ziemi i przyniosłem mu wiadomość zgodnie z tym, co miałem w sercu.
परमप्रभुका दास मोशाले यो भूमिको भेद लिन पठाउँदा म चालिस वर्षको थिएँ । मैले तिनलाई मेरो हृदयमा भएअनुसारको प्रतिवेदन ल्याएर दिएँ ।
8 Lecz moi bracia, którzy chodzili ze mną, zatrwożyli serce ludu. Ja [zaś] poszedłem całkowicie za PANEM, swoim Bogiem.
तर मसँगै गएका मेरा दाजुभाइहरूले मानिसहरूको हृदय डरले शिथिल बनाइदिए । तर मैले मेरा परमप्रभु परमेश्वरलाई पूर्ण रूपमा पछ्याएँ ।
9 W tym dniu Mojżesz przysiągł: Zaprawdę, ziemia, którą deptała twoja noga, stanie się dziedzictwem twoim i twoich synów na wieki, ponieważ całkowicie poszedłeś za PANEM, moim Bogiem.
त्यस दिन मोशाले यसो भने, 'निश्चय नै, तिम्रा खुट्टाले टेकेका भू-भाग तिम्रो र तिम्रा सन्तानहरूको एउटा अंश हुने छ, किनभने तिमीले परमप्रभु मेरा परमेश्वरलाई पूर्ण रूपमा पछ्याएका छौ ।'
10 A teraz oto PAN zachował mnie przy życiu, jak powiedział; już minęło czterdzieści pięć lat od tego czasu, kiedy PAN powiedział to do Mojżesza, gdy Izraelici wędrowali po pustyni. I oto mam dziś osiemdziesiąt pięć lat;
अब, हेर्नुहोस्, इस्राएलीहरू मरुभूमिमा हिँड्दा परमप्रभु मोशासँग बोल्नुभएको समयदेखि उहाँले भन्नुभएमुताबिक नै यी चालिस वर्षसम्म उहाँले मलाई जीवितै राख्नुभएको छ । अब, हेर्नुहोस्, म पचासी वर्षको भएको छु ।
11 A jeszcze dziś jestem tak silny, jak byłem w tym dniu, gdy Mojżesz mnie wysłał. Jaka wtedy [była] moja siła, taka jest teraz moja siła do wojny, by wyruszać i wracać.
म अझै आजको दिनमा पनि मोशाले मलाई पठाउनुभएको दिनको जत्तिकै बलियो छु । युद्धको निम्ति अनि बाहिर भित्र गर्नको निम्ति मेरो सामर्थ्य अहिले पनि त्यस बेलाको जत्तिकै छ ।
12 Teraz więc daj mi tę górę, o której PAN powiedział w owym dniu. Sam bowiem słyszałeś tego dnia, że tam są Anakici, a miasta [są] wielkie i warowne. Jeśli PAN będzie ze mną, wypędzę ich, jak [mi] PAN obiecał.
यसकारण, परमप्रभुले त्यस दिन प्रतिज्ञा गर्नुभएको यो पहडी देश मलाई दिनुहोस् । किनभने तपाईंले त्यस दिन सुन्नुभयो, कि त्यहाँ अनाकीहरू ठुला-ठुला किल्ला भएको सहरहरूमा थिए । सायद परमप्रभुले भन्नुभएझैँ उहाँ मसँग रहनुहुने छ र मैले उनीहरूलाई धपाउने छु ।”
13 I Jozue błogosławił mu, i dał Kalebowi, synowi Jefunnego, Hebron w dziedzictwo.
त्यसपछि यहोशूले तिनलाई आशिष् दिए र यपून्नेका छोरा कालेबलाई हेब्रोन उत्तराधिकारको रूपमा दिए ।
14 Dlatego Hebron stał się dziedzictwem Kaleba, syna Jefunnego Kenizzyty, aż do dziś, bo całkowicie [poszedł] za PANEM, Bogiem Izraela.
यसकारण, हेब्रोन आजको दिनसम्म पनि यपून्नेका छोरा कालेबको उत्तराधिकार भएको छ, किनभने तिनले इस्राएलका परमप्रभु परमेश्वरलाई पूर्ण रूपमा पछ्याए ।
15 A Hebron zwano wcześniej Kiriat-Arba. [Arba] był wielkim człowiekiem wśród Anakitów. A ziemia zaznała pokoju od wojny.
हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो । (अर्बा अनाकीमहरूमध्ये महान् मानिस थिए ।) त्यसपछि त्यो मुलुकले युद्धबाट विश्राम पायो ।