< Jonasza 4 >
1 Ale Jonaszowi bardzo się to nie podobało i rozgniewał się.
तर यो कुराले योनालाई अप्रसन्न बनायो र तिनी धेरै रिसाए ।
2 I modlił się do PANA, mówiąc: Proszę, PANIE, czy tego nie mówiłem, gdy jeszcze byłem w swojej ziemi? Dlatego zaraz uciekłem do Tarszisz, gdyż wiedziałem, że ty jesteś Bogiem łaskawym i litościwym, nieskorym do gniewu i [pełnym] wielkiego miłosierdzia, który żałuje nieszczęścia.
यसैले योनाले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे परमप्रभु, के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र? यसकारण म तर्शीशमा भागेर जाने प्रयत्न गरें, किनभने मलाई थाहा थियो, कि तपाईं अनुग्रही परमेश्वर हुनुहुन्छ, दयाले पूर्ण, रिसाउनमा ढिलो र प्रतिज्ञामा विश्वसनीय हुनुहुन्छ, र तपाईंले विपत्ति पठाउन रोक्नुहुन्छ ।
3 A teraz, PANIE, proszę, zabierz ode mnie moje życie, bo lepiej mi umrzeć, niż żyć.
यसकारण, अब हे परमप्रभु, तपाईंसँग म बिन्ती गर्छु, मबाट मेरो प्राण लिनुहोस्, किनकि मेरो निम्ति जिउनुभन्दा मर्नु नै असल छ ।”
4 PAN odpowiedział: Czy to dobrze, że [tak] się gniewasz?
परमप्रभुले भन्नुभयो, “के तँ यति धेरै रिसाउनु ठिक हुन्छ र?”
5 Wyszedł więc Jonasz z miasta i usiadł po wschodniej stronie miasta. Tam zrobił sobie szałas i usiadł w jego cieniu, by zobaczyć, co się stanie z tym miastem.
तब योना त्यस सहरबाट बाहिर गए र सहरको पुर्वपट्टि बसे । त्यहाँ उनले एउटा छाप्रो बनाए र त्यसको छायामा बसे जसले गर्दा त्यो सहरलाई के हुँदोरहेछ भनी तिनले हेर्न सक्थे।
6 A PAN Bóg sprawił, że nad Jonaszem wyrosła tykwa, aby zasłaniała jego głowę i chroniła go przed upałem. I Jonasz bardzo się cieszył [z tej] tykwy.
परमप्रभु परमेश्वरले एउटा बिरुवा उमार्नुभयो र त्यसलाई योनाको माथि बढाउनुभयो, जसले गर्दा तिनको कष्ट कम गर्न त्यसले तिनको शिरमा छाया प्रदान गरोस् । त्यो बिरुवाको कारणले योना असाध्ये खुशी भए ।
7 Ale nazajutrz o świcie Bóg sprawił, że robak podgryzł tę tykwę, tak że uschła.
तर अर्को बिहानीको सुर्योदयमा परमप्रभुले एउटा कीरा खटाउनुभयो । त्यो बिरुवालाई त्यसले काटिदियो, र त्यो बिरुवा सुक्यो ।
8 I gdy wzeszło słońce, Bóg wzbudził suchy wiatr wschodni; i słońce tak prażyło głowę Jonasza, że omdlewał i życzył sobie śmierci, mówiąc: Lepiej mi umrzeć, niż żyć.
अर्को बिहानी सुर्योदय हुँदा यसो भयो । परमप्रभुले तातो पुर्वी हावा पठाउनुभयो । अनि योनाको टाउकोमाथि टन्टलापुर घाम पर्यो र उनी मुर्छै पर्न लागे । तब योनाले आफू मर्न पाए हुन्थ्यो भनी इच्छा गरे । तिनले आफैलाई भने, “मेरो निम्ति त जिउनुभन्दा मर्नु नै बेस हुन्छ ।”
9 I Bóg powiedział do Jonasza: Czy to dobrze, że tak się gniewasz z powodu tej tykwy? I odpowiedział: To dobrze, że się gniewam, [nawet] aż na śmierć.
तब परमप्रभुले योनालाई भन्नुभयो, “के तँ यो बिरुवाको निम्ति धेरै रिसाउनु ठिक हुन्छ र?” तब योनाले भने, “म मरुन्जेलसम्म पनि रिसाउन ठिक हुन्छ ।”
10 Wtedy PAN mu powiedział: Żałujesz tej tykwy, przy której nie pracowałeś ani nie dałeś jej wzrostu; wyrosła w jedną noc i w jedną noc uschła;
परमप्रभुले भन्नुभयो, “तैंले मेहनत नै नगरेको, र तैंले नहुर्काएको बिरुवाको तँलाई यति धेरै माया लाग्यो । त्यो एक रातमै बढ्यो र एक रातमै मर्यो ।
11 A ja miałbym nie żałować Niniwy, tego wielkiego miasta, w którym jest więcej niż sto dwadzieścia tysięcy ludzi, którzy nie umieją rozróżnić swej prawej ręki od lewej, a także wiele bydła?
यसैले मेरो बारेमा, क मैले त्यो ठुलो सहर निनवेलाई दया नदेखाउनू, जसमा एक लाख बिस हजारभन्दा धेरै मानिसहरू बस्छन्, जसलाई आफ्नो दाहिने र देब्रे हात बिचको भिन्नता थाहा छैन, र धेरै गाई-वस्तुहरू छन्?”