< Hioba 26 >
1 A Hiob tak odpowiedział:
तब अय्यूबले जवाफ दिए र भने,
2 Jakże uratowałeś tego, który nie ma mocy? Jakże wybawiłeś ramię, które nie ma siły?
“शक्ति नभएको मानिसलाई तपाईंले कसरी मदत गर्नुभएको छ! ताकत नभएको पाखुरालाई तपाईंले कसरी बचाउनुभएको छ!
3 Jakże doradziłeś temu, który nie ma mądrości? Jakże dokładnie nauczyłeś tej sprawy?
बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ!
4 Komu powiedziałeś te słowa? Czyj to duch wyszedł od ciebie?
कसको सहायताद्वारा तपाईंले यी वचनहरू बोल्नुभएको छ? तपाईंबाट बाहिर निस्केको आत्मा कसको थियो?
5 Rzeczy martwe rodzą się pod wodami oraz ich mieszkańcy.
मरेकाहरू, पानीमुनि भएकाहरू र त्यहाँ बास गर्नेहरू, सबैलाई त्रसित पारिएको छ ।
6 Piekło jest odkryte przed nim i zatracenie nie ma przykrycia. (Sheol )
परमेश्वरको सामु चिहान उदाङ्गो छ । विनाश आफै पनि उहाँबाट लुक्न सक्दैन । (Sheol )
7 Rozciągnął północ nad pustym miejscem [i] ziemię zawiesił na niczym.
उत्तरी आकाशलाई उहाँले खुल्ला अन्तरिक्षमा तन्काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ ।
8 Zawiązuje wody w swoich obłokach, a obłok nie pęka pod nimi.
उहाँले पानीलाई आफ्नो बाक्लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् ।
9 Zatrzymuje widok swego tronu, rozciąga nad nim swój obłok.
उहाँले चन्द्रमाको सतहलाई ढाक्नुहुन्छ, र आफ्ना बादलहरू त्यसमाथि फैलाउनुहुन्छ ।
10 Wodom nakreślił granice, aż nastąpi koniec światłości i ciemności.
उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ ।
11 Filary niebios trzęsą się i zdumiewają się jego gromem.
उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्क पर्छन् ।
12 Swoją mocą dzieli morze, a swoją roztropnością uśmierza jego nawałnicę.
आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो ।
13 Swoim duchem przyozdobił niebiosa, a jego ręka stworzyła pokrzywionego węża.
आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो । वेगले भाग्दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो ।
14 Oto tylko cząstka jego dróg, ale jakże mało o nim słyszymy! A kto pojmie grzmot jego wielkiej potęgi?
हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन् । हामीले उहाँको बारेमा एउटा मधुर सोर मात्रै सुन्छौँ । उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र?”