< Hioba 24 >
1 Czemu, [skoro] od Wszechmocnego nie są zakryte czasy, ci, którzy go znają, nie widzą jego dni?
दुष्ट मानिसहरूको न्याय गर्ने समय सर्वशक्तिमान्ले किन तोक्नुभएको छैन? परमेश्वरप्रति विश्वासयोग्य हुनेहरूले उहाँको न्यायको दिन आएको किन देखेका छैनन्?
2 [Niektórzy] przesuwają granice, zabierają trzody i pasą je.
यस्ता दुष्ट मानिसहरू पनि छन् जसले साँध-सिमानाका निसानाहरू हटाउँछन् । यस्ता दुष्ट मानिसहरू पनि छन् जसले बगालहरूलाई जबरजस्ती लैजान्छन् र तिनलाई आफ्नै खर्कहरूमा राख्छन् ।
3 Osła sierot pędzą i wołu wdowy biorą w zastaw.
अनाथहरूका गधाहरूलाई तिनीहरूले जबरजस्ती लैजान्छन् । विधवाको गोरुलाई तिनीहरूले बन्धकका रूपमा लैजान्छन् ।
4 Spychają z drogi ubogich, biedni ziemi [muszą] się kryć razem.
दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्ती हटाउँछन् । पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्।
5 Oto jak dzikie osły na pustyni wychodzą oni do swojej pracy, wstając rano na łup. Pustynia [wydaje] chleb dla nich oraz ich dzieci.
हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैं, यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्दै आफ्नो काममा जान्छन् । सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ ।
6 Na polu żną zboże i zbierają [grona] w winnicy niegodziwych.
गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन् । तिनीहरूले दुष्टहरूका फसलबाट टिप्न छुटेका दाख बटुल्छन् ।
7 Nagich zmuszają nocować bez ubrania, tak że nie mają czym się nakryć w czasie chłodów;
तिनीहरू रातभरि लुगाबिना नाङ्गै बस्छन् । जाडोमा ढाक्नलाई तिनीहरूसित केही हुँदैन ।
8 Przemoczeni ulewą górską, bez schronienia przytulają się do skały.
तिनीहरू पहाडका झरीले भिजेका छन् । तिनीहरूका बासस्थान नभएको हुनाले तिनीहरू ठुला ढुङ्गाको छेउमा पल्टिन्छन् ।
9 Odrywają od piersi sieroty, od ubogiego biorą zastaw.
यस्ता दुष्ट मानिसहरू छन् जसले अनाथहरूलाई आफ्ना आमाको कोखबाट खोसेर लैजान्छन्, र गरिब मानिसहरूका बालबालिका बन्धकको रूपमा लैजान्छन् ।
10 Nagiego zmuszają do chodzenia bez ubrania, a głodnym zabierają snopy.
तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन् । तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्नका बिटाहरू बोक्छन् ।
11 [A ci, którzy] pośród ich murów wyciskają oliwę i tłoczą w prasach, są spragnieni.
गरिब मानिसहरूले ती दुष्टहरूका पर्खालभित्र तेल पेल्छन् । तिनीहरूले दुष्ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन् ।
12 Ludzie w mieście wzdychają, dusze śmiertelnie rannych wołają, a Bóg im w tym nie przeszkadza.
सहरबाट मर्न लागेको मानिसको क्रन्दन निस्कन्छ, अनि घाइतेको गलाले मदतको लागि चिच्च्याउँछ । तर परमेश्वरले दोष लगाउनुहुन्न ।
13 To są ci, którzy się sprzeciwiają światłości, nie znają jej dróg ani nie trwają na jej ścieżkach.
केही दुष्ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् । तिनीहरूले यसका मार्गहरू जान्दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन् ।
14 Morderca wstaje przed świtem i zabija ubogiego i potrzebującego, a w nocy jest jak złodziej.
उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोरजस्तो हुन्छ ।
15 Oko cudzołożnika czeka na zmierzch, mówiąc: Nikt mnie nie zobaczy, i zakrywa on [swoje] oblicze.
साथै, व्यभिचारीका आँखाले साँझलाई पर्खेर बस्छ । उसले भन्छ, 'कुनै आँखाले मलाई देख्नेछैन ।' उसले आफ्नो भेष बद्लन्छ ।
16 W ciemności podkopują domy, które sobie za dnia oznaczyli, nie znają światła.
अन्धकारमा दुष्टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।
17 Dla nich bowiem poranek jest jak cień śmierci. Jeśli ktoś ich rozpozna, ogarnia ich strach cienia śmierci.
तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।
18 Lekko unoszą się na wodach, przeklęty jest ich dział na ziemi, nie patrzą na drogę [do] winnic.
तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।
19 [Jak] susza i upał trawią wody śniegu, [tak] grób [trawi] grzeszników. (Sheol )
जसरी खडेरी र तापले हिउँलाई पगालेर पानी बानउँछ, त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्छ । (Sheol )
20 Zapomni o nim łono [jego] matki, a robak będzie się nim karmić jak słodycz; nikt go więcej nie wspomni, a nieprawość zostanie połamana jak drzewo.
उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ । किराले त्यसलाई मिठो मानेर खानेछ । फेरि उसको सम्झना गरिनेछैन । यसरी एउटा रुखलाई झैं दुष्टतालाई टुक्राटुक्रा पारिनेछ ।
21 Dręczy niepłodną, która nie rodziła, a wdowie nie czyni dobra.
बच्चा नजन्माएकी बाँझी स्त्रीलाई दुष्टले निलिहाल्छ । उसले विधवाको निम्ति कुनै असल कुरा गर्दैन ।
22 Pociąga też mocarzy swoją siłą; [gdy] powstaje, nikt nie jest pewien swego życia.
तापनि परमेश्वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्न ।
23 Dano mu, że może oprzeć się bezpiecznie; jego oczy jednak [patrzą] na ich drogi.
तिनीहरू सुरक्षित छन्, र तिनीहरू यसबारे खुसी छन् भनी परमेश्वरले तिनीहरूलाई सोच्न दिनुहुन्छ, तर उहाँका आँखा तिनीहरूका मार्गमा हुन्छन् ।
24 Na chwilę zostali wywyższeni, ale już [ich] nie ma; zostali poniżeni [i] ściśnieni jak wszyscy inni, a jak wierzch kłosa zostaną wycięci.
यी मानिसहरू उच्च पारिएका छन् । तापनि क्षणभरमै तिनीहरू खतम हुनेछन् । वास्तवमा, तिनीहरूलाई निम्न स्तरमा पर्याइनेछ । अरू सबैलाई झैं तिनीहरूलाई पनि जम्मा गरिनेछ । अन्नको बालाझैं तिनीहरूलाई काटिनेछ ।
25 A jeśli tak nie jest, kto mi udowodni kłamstwo i obróci wniwecz moje słowa?
यस्तो होइन भने, कसले मलाई झुटा प्रमाणित गर्न सक्छ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ?