< Jeremiasza 8 >

1 W tym czasie, mówi PAN, wydobędą z ich grobów kości królów Judy, kości ich książąt, kości kapłanów, kości proroków i kości mieszkańców Jerozolimy;
“यो परमप्रभुको घोषणा हो, त्यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्दाहरूका हड्‍डीहरू निकाल्नेछन् ।
2 I rozrzucą je przed słońcem, przed księżycem i przed całym zastępem nieba, które oni kochali, którym służyli, za którymi szli, których szukali i którym oddawali pokłon. Nie będą zebrane ani pogrzebane, [lecz] staną się nawozem na powierzchni ziemi.
त्यसपछि तिनीहरूले सूर्य, चन्द्रमा र आकाशका सबै ताराको प्रकाशमा तिनलाई फैलाउनेछन् । तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन्, सेवा गरेका छन्, तिनको खोजी गरेका छन् र पुजा गरेका छन् । हड्‍डीहरू फेरि जम्मा गरिने र गाडिने छैनन् । ती जमिनको सतहमा मलझैं परिरहनेछन् ।
3 I cała reszta ocalałych z tego przewrotnego rodu będzie wybierać [raczej] śmierć niż życie we wszystkich miejscach, gdzie zostali, kiedy ich wygnałem, mówi PAN zastępów.
हरेक बाँकी रहेको ठाउँ जहाँ मैले तनीहरूलाई धपाएको छु, त्यहाँ तिनीहरूले आफ्‍नो निम्‍ति जीवनको साटो मृत्यु रोज्नेछन्, यो सर्वशक्तिमान् परमप्रभुको घोषण हो ।
4 Dlatego powiesz do nich: Tak mówi PAN: Czy nie powstaje ten, który upadł? Czy nie zawraca ten, który zbłądził?
त्यसैले तिनीहरूलाई भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'के कोही लडेर उठ्दैन र? के कोही हरायो भने त्यो फर्केर आउन खोज्दैन र?
5 Czemu więc odwrócił się ten lud Jerozolimy wiecznym odstępstwem? Trzymają się kłamstwa, nie chcą wrócić.
यरूशलेमका मानिसहरू किन स्थायी विश्‍वासहीनतामा तर्केर गएका छन् त? तिनीहरू विश्‍वासघातमा टाँसिरहन्छन्, र पश्‍चात्ताप गर्न इन्कार गर्छन् ।
6 Uważałem i słyszałem: nie mówią właściwie, nikt nie żałuje swej niegodziwości, mówiąc: Cóż uczyniłem? Każdy biegnie swoją drogą, jak koń pędzący do bitwy.
मैले ध्यान दिएँ, र सुनें, तर तिनीहरूले सही कुरा बोलेनन् । आफ्नो दुष्‍टताको लागि कोही पनि दुःखी भएन, 'मैले के गरेको छु?' भनेर सोध्‍ने कुनै व्‍यक्‍ति छैन । घोडा युद्धमा गएझैं तिनीहरू सबै आफूलाई इच्छा लागेको ठाउँमा जान्छन् ।
7 Nawet bocian na niebiosach zna swoje ustalone pory; synogarlica, żuraw i jaskółka przestrzegają czasu swego przylotu. Lecz mój lud nie zna sądu PANA.
आकाशको सारस अनि ढुकुर, गौँथली र सारिका चरा पनि आफ्नो समय थाहा छ । तिनीहरू ठिक समयमा बसाइँ सर्छन्, तर मेरा मानिसहरूले परमप्रभुका आज्ञाहरू जान्दैनन् ।
8 Jakże [możecie] mówić: My jesteśmy mądrzy, a prawo PANA [jest] przy nas? Oto zaprawdę na próżno uczynił je; daremne jest pióro pisarzy.
'परमप्रभुको व्यवस्था हामीसित भएको हुनाले हामी बुद्धिमान छौं' भनी तिमीहरू कसरी भन्‍न सक्छौ? वास्तवमा, हेर, शास्‍त्रीहरूको छलपूर्ण कलमले धलको सृजना गरेको छ ।
9 Mędrcy się zawstydzili. Są przestraszeni i pojmani. Oto odrzucają słowo PANA, jaką więc mają mądrość?
बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम?
10 Dlatego ich żony dam innym, ich pola tym, którzy ich zdobędą, bo od najmniejszego aż do największego – wszyscy są oddani chciwości, od proroka aż do kapłana – wszyscy działają podstępnie.
त्यसैले म तिनीहरूका पत्‍नीहरू अरूलाई दिनेछु, र तिनीहरूका खेतबारी अधिकार गर्नेहरूलाई म ति दिनेछु, किनकि सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी छन् । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।
11 I leczą rany córki mego ludu [tylko] powierzchownie, mówiąc: Pokój, pokój! Ale nie ma pokoju.
शान्‍ति नै नहुँदा पनि 'शान्ति, शान्ति' भनेर तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।
12 Czy zawstydzili się, że popełnili obrzydliwość? Bynajmniej, wcale się nie zawstydzili ani nie potrafili rumienić. Dlatego upadną wśród tych, co mają upaść. W czasie gdy ich nawiedzę, upadną, mówi PAN.
तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । कसरी शर्म मान्‍ने भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन्, परमप्रभु भन्‍नुहुन्छ ।
13 Doszczętnie ich wykorzenię, mówi PAN. Nie będzie winogron na winorośli ani żadnych fig na drzewie figowym, nawet liść opadnie, a to, co im dałem, zostanie im zabrane.
म तिनीहरूलाई पूर्ण रूपमा हटाइदिने छु, यो परमप्रभुको घोषणा हो । दाखका बोटहरूमा दाख हुनेछैन, न त अञ्जीरका रुखहरूमा अञ्जीर हुनेछ । किनकि पात सुकेर जानेछ, र मैले तिनीहरूलाई दिएका कुरा हराएर जानेछ ।
14 Czemu [tu] siedzimy? Zbierzcie się, wejdźmy do miast warownych i tam będziemy milczeć. PAN bowiem, nasz Bóg, każe nam milczeć i daje nam do picia wodę żółci, gdyż zgrzeszyliśmy przeciwko PANU.
हामी किन यहाँ बसिरहेका छौं? सँगसँगै आओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं, र त्यहाँ हामी मरेर चुप बनौं । किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई चुप पार्नुहुनेछ । उहाँले हामीलाई विष पिउन लगाउनुहुनेछ किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौं ।
15 Oczekiwaliśmy pokoju, ale nic dobrego [nie przyszło]; czasu uzdrowienia – a oto strach.
हामी शान्तिको अपेक्षा गर्दैछौं, तर त्यहाँ कुनै असल कुरो हुनेछैन । हामी चङ्गाइको समयको आशा गर्दैछौं, तर त्यहाँ त्रास हुनेछ ।
16 Od Dan słychać parskanie jego koni, na odgłos rżenia jego mocarzy zadrżała cała ziemia. Nadciągają, aby pożreć ziemię i wszystko, co jest na niej, miasto i jego mieszkańców.
दानबाट त्यसका घोडाहरूको घ्वार-घ्वार आवाज सुनिन्छ । त्यसका शक्तिशाली घोडाहरूको हिनहिनाइको आवाजमा पुरै पृथ्वी हल्लिन्छ । किनकि तिनीहरू आउनेछन् र यो देश र यसको सम्पत्ति, सहर र यसमा बस्‍नेहरूलाई स्वाहा पार्नेछन् ।
17 Oto bowiem poślę na was najbardziej jadowite węże, których nie można zaklinać, i będą was kąsać, mówi PAN.
किनकि हेर, म तिमीहरूका बिचमा सर्पहरू, तिमीहरूका टुनामुनाले वशमा पार्न नसक्‍ने विषालु सर्पहरू पठाउँदैछु । तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्, यो परमप्रभुको घोषणा हो ।
18 Moje serce, które miało mnie posilać w smutku, mdleje we mnie.
मेरो शोकको कुनै अन्त छैन, र मेरो हृदय व्याकुल भएको छ ।
19 Oto głos krzyku córki mego ludu z dalekiej ziemi: Czy nie ma PANA na Syjonie? Czy nie ma na nim jego króla? Czemu pobudzili mnie do gniewu swoimi bożkami i obcymi próżnościami? – [odpowiada PAN].
हेर्नुहोस्, टाढाको देशमा भएका मेरो मानिसहरूको छोरीको क्रन्दन सुन्‍नुहोस् । के परमप्रभु सियोनमा हुनुहुन्‍न र? के त्यसका राजा अहिले त्यहाँ हुनुहुन्‍न र? त्यसो भए, तिनीहरूले आफ्ना खोपिएका मूर्तिहरू र बेकम्मा विदेशी देवताहरूले मलाई किन रिस उठाउँछन् त?
20 Przeminęło żniwo, skończyło się lato, a my nie jesteśmy wybawieni.
कटनीको समय बितेको छ, ग्रीष्म ऋतु पनि सकिएको छ । तरै पनि हामी बचाइएका छैनौं ।
21 Z powodu rany córki mojego ludu jestem ranny, pogrążony w żałobie, ogarnęło mnie przerażenie.
मेरा मानिसहरूको छोरीको चोटको कारणले मलाई मलाई चोट लागेको छ । त्यसलाई आइपरेका डरलाग्दा कुराहरूमा म शोक गर्छु । म लज्‍जित भएको छु ।
22 Czy nie ma balsamu w Gileadzie? Czy nie ma tam lekarza? Czemu więc nie jest uleczona córka mojego ludu?
के गिलादमा कुनै औषधी छैन? के त्यहाँ कुनै निको पार्न व्‍यक्‍ति छैन? मेरा मानिसहरूको छोरीको चोट किन निको भएको छैन त?

< Jeremiasza 8 >