< Jeremiasza 25 >
1 Słowo, które doszło do Jeremiasza o całym ludzie Judy w czwartym roku Joakima, syna Jozjasza, króla Judy, a był to pierwszy rok Nabuchodonozora, króla Babilonu;
यहूदाका सबै मानिसको विषयमा यर्मियाकहाँ आएको वचन यही हो । यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यो वचन आयो । त्यो बेबिलोनका राजा नबूकदनेसरको पहिलो वर्ष थियो ।
2 Które wypowiedział prorok Jeremiasz do całego ludu Judy i do wszystkich mieszkańców Jerozolimy, mówiąc:
यर्मिया अगमवक्ताले यो वचन यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दालाई घोषणा गरे ।
3 Od trzynastego roku Jozjasza, syna Amona, króla Judy, aż do dziś, to [znaczy] już [przez] dwadzieścia trzy lata, dochodziło do mnie słowo PANA i przemawiałem do was z wczesnym wstawaniem i mówieniem, ale nie słuchaliście.
तिनले भने, “यहूदाका राजा अमोनका छोरा योशियाहको तेह्रौं वर्षदेखि आजको दिनसम्म अर्थात् तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आइरहेको छ, र मैले तिमीहरूसित पटक-पटक बोलेको छु, तर तिमीहरूले सुनेका छैनौ ।
4 PAN też posyłał do was wszystkie swoje sługi, proroków, z wczesnym wstawaniem i przesłaniem, ale nie usłuchaliście ani nie nakłoniliście swego ucha, aby usłyszeć.
परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पटक-पटक पठाउनुभयो, तर तिमीहरूले सुनेका वा ध्यान दिएका छैनौ ।
5 Oni mówili: Niech teraz każdy z was się odwróci od swojej złej drogi i od zła swoich uczynków, a będziecie mieszkać w tej ziemi, którą PAN dał wam i waszym ojcom na wieki wieków.
यी अगमवक्ताहरूले भने, ‘हरेक मानिस आफ्नो दुष्ट चाल र आफ्ना भ्रष्ट अभ्यासहरूबाट फर्कोस्, अनि परमप्रभुले प्राचीन समयमा तिमीहरूका पिता-पुर्खाहरू र तिमीहरूलाई स्थायी उपहारको रूपमा दिनुभएको देशमा फर्कोस् ।
6 Nie chodźcie za innymi bogami, aby im służyć i oddawać im pokłon, i nie pobudzajcie mnie do gniewu uczynkami waszych rąk, a [ja] nie uczynię wam nic złego.
त्यसैले अरू देवताहरूको पुजा गर्न वा तिनीहरूको सामु निहुरिन तिनीहरूको पछि नलाग, र उहाँले तिमीहरूको हानि गर्ने गरी तिमीहरूका हातले बनाएका कामबाट उहँलाई रिस नउठाओ ।”
7 Ale nie usłuchaliście mnie, mówi PAN, pobudzając mnie do gniewu uczynkami swoich rąk na własne nieszczęście.
तर तिमीहरूले मेरो कुरा सुनेका छैनौ । त्यसैले तिमीहरूको हानि गर्न तिमीहरूका हातको कामले उहालाई रिस उठाएका छौ, यो परमप्रभुको घोषणा हो ।’
8 Dlatego tak mówi PAN zastępów: Ponieważ nie usłuchaliście moich słów;
त्यसैले सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘तिमीहरूले मेरा वचन नसुनेका हुनाले,
9 Oto poślę po wszystkie rody północne i zbiorę [je], mówi PAN, i Nabuchodonozora, króla Babilonu, swego sługę, i sprowadzę ich na tę ziemię, na jej mieszkańców i na te wszystkie okoliczne narody, a doszczętnie zniszczę ich i uczynię ich [przedmiotem] zdumienia i świstania, i wiecznym spustoszeniem.
हेर्, मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो, तिनीहरूलाई म यस देश र यसका बासिन्दाहरूको विरुद्धमा र तिमीहरूका वरिपरि भएका सबै जातिको विरुद्धमा ल्याउनेछु । किनकि म तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु । म तिनीहरूलाई त्रास, गिल्ला र अनन्तको विनाशको पात्रमा परिणत गरिदिनेछु ।
10 I sprawię, że zaniknie głos wesela i głos radości, głos oblubieńca i głos oblubienicy, odgłos żaren i światło pochodni.
म आनन्द र खुसीको सोर, दुलहा र दुलहीको सोर, जाँतो पिंधेको सोर र बत्तिको उज्यालोको अन्त्य गरिदिनेछु ।
11 I cała ta ziemia stanie się spustoszeniem i zdumieniem, a te narody będą służyć królowi Babilonu przez siedemdziesiąt lat.
तब यो सारा देश उजाड र त्रासको पात्र हुनेछ, अनि सत्तरी वर्षसम्म यी जातिहरूले बेबिलोनका राजाको सेवा गर्नेछन् ।
12 A gdy się dopełni siedemdziesiąt lat, ukarzę króla Babilonu i ten naród, mówi PAN, za ich nieprawość, oraz ziemię Chaldejczyków, i zamienię ją w wieczne spustoszenie.
तब सत्तरी वर्ष पुरा भएपछि म बेबिलोनका राजा, र त्यो जाति र कल्दीहरूको देशलाई तिनीहरूको अधर्मको कारण दण्ड दिनेछु र त्यसलाई अनन्तको उजाड पार्नेछु, यो परमप्रभुको घोषण हो ।
13 I sprowadzę na tę ziemię wszystkie moje słowa, które wypowiedziałem przeciw niej, [mianowicie] to wszystko, co jest napisane w tej księdze, co prorokował Jeremiasz przeciw wszystkim narodom.
त्यसपछि मैले त्यस देशको विरुद्धमा बोलेका सबै वचन र यर्मियाले सबै जातिको विरुद्धमा बोलेका अगमवाणीका वचनहरू जुन यो पुस्तकमा लेखिएका छन्, ती सबै पुरा गर्नेछु ।
14 Gdyż i one będą podbite i wzięte do niewoli przez liczne narody i wielkich królów. Odpłacę im według ich czynów i według uczynków ich rąk.
किनकि अरू धेरै जातिहरू र महान् राजाहरूले यी जातिहरूका मानिसहरूलाई कमारा तुल्याउनेछन् । तिनीहरूका कामहरू र तिनीहरूका हातका कार्यहरूका कारण म तिनीहरूलाई बदला लिनेछु ।”
15 Tak bowiem powiedział do mnie PAN, Bóg Izraela: Weź z mojej ręki kubek wina tej zapalczywości i daj z niego pić wszystkim narodom, do których cię posyłam.
किनकि परमप्रभु इस्राएलका परमेश्वरले मलाई यसो भन्नुभयो, “मेरो हातबाट क्रोधको मदिराले भरिएको यो कचौरा लि, र मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा ।
16 Będą pić i zataczać się, a nawet szaleć przed ostrzem miecza, który posyłam między nie.
तिनीहरूले पिउनेछन् र त्यसपछि धरमराउने छन्, र मैले तिनीहरूका बिचमा पठाएको तरवारको सामु बौलाहा हुनेछन् ।”
17 Wziąłem więc kubek z ręki PANA i napoiłem wszystkie narody, do których PAN mnie posłał:
त्यसैले मैले परमप्रभुको हातबाट कचौरा लिएँ, र ती सबै जाति जसकहाँ परमप्रभुले मलाई पठाउनुभएको थियो, मैले तिनीहरूलाई पिउन लगाएँ,
18 Jerozolimę i miasta ziemi Judy, jej królów i książąt, aby uczynić ich [przedmiotem] spustoszenia, zdumienia, świstania i przekleństwa, jak [to jest] dzisiaj;
अर्थात् तिनीहरू आजको दिनमा भएझैं तिनीहरूलाई विनाश, भय अनि गिल्ला र सरापको पात्र बनाउन यरूशलेम, यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई यो पिउन लगाएँ ।
19 Faraona, króla Egiptu, jego sługi i książąt, oraz cały jego lud;
अरू जातिहरूले पनि यसलाई पिउनुपर्यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिस,
20 Całą różnorodną ludność, wszystkich królów ziemi Uz, wszystkich królów ziemi Filistynów oraz Aszkelon, Gazę, Ekron i resztkę Aszdodu;
विभिन्न जातका सबै मिश्रित मानिस, र ऊज देशका सबै राजा, पलिश्तीहरू अश्कलोन, गाजा, एक्रोन र अश्दोदका बाँकी रहेकाहरू सबै राजा,
21 Edom, Moab i synów Ammona;
एदोम, मोआब र अम्मोनका मानिसहरू,
22 Wszystkich królów Tyru, wszystkich królów Sydonu oraz królów zamorskich wysp;
टुरोस र सीदोनका राजाहरू, समुद्रपारि किनाराका सबै राजा,
23 Dedan, Temę, Buzę i wszystkich [mieszkańców] w najdalszych zakątkach:
ददान, तेमा र बूज, तिनीहरूका शिरका किनाराहरूमा कपाल काट्नेहरू सबैले यसलाई पिउनुपर्यो ।
24 Wszystkich królów Arabii i wszystkich królów różnorodnej ludności mieszkającej na pustyni;
यसबाहेक, अरबका सबै राजा, उजाड-स्थानमा बस्ने मिश्रित मानिसहरूका सबै राजा,
25 Wszystkich królów Zimri, wszystkich królów Elamu i wszystkich królów Medii;
जिम्रीका सबै राजा, एलामका सबै राजा, मादीका सबै राजा,
26 I wszystkich królów Północy, bliskich i dalekich, jednego po drugim; wszystkie królestwa ziemi, jakie są na powierzchni ziemi. A król Szeszak będzie po nich pił.
उत्तरका, नजिक र टाढा बस्ने सबै राजा, पृथ्वीमा हुने सबै राज्यहरूले तिनीहरूका भाइसँगै परमप्रभुको हातको कचौरा पिउनुपर्यो । अन्त्यमा, बेबिलोनका राजाले पनि त्यस कचौरालाई पिउनेछ ।
27 I powiesz im: Tak mówi PAN zastępów, Bóg Izraela: Pijcie i upijacie się, wymiotujcie i padajcie, aby już nie powstać z powodu miecza, który ja poślę między was.
परमप्रभुले मलाई भन्नुभयो, “अब तैंले तिनीहरूलाई यसो भन्नुपर्छ, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः पिओ र मात, अनि बान्त गर, लडिबडि गर, र मैले तिमीहरूका बिचमा पठाउँदै गरेको तरवारको सामु खडा नहोओ ।'
28 A jeśli nie zechcą wziąć kubka z twojej ręki, aby pić, wtedy im powiesz: Tak mówi PAN zastępów: Koniecznie będziecie pić.
तब तिनीहरूले पिउनलाई तेरो हातबाट कचौरा लिन इन्कार गरे भने, तैंले तिनीहरूलाई यसो भन्नू, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः तिमीहरूले निश्चय पनि यसलाई पिउनैपर्छ ।
29 Oto bowiem na to miasto, nad którym jest wzywane moje imię, zaczynam sprowadzać nieszczęście, a wy mielibyście pozostać nieukarani? Nie ujdziecie karze, bo ja przyzywam miecz na wszystkich mieszkańców tej ziemi, mówi PAN zastępów.
किनकि हेर, मेरो नाउँद्वारा कहलाइने सहरमाथि मैले विपत्ति ल्याउनै लागेको छु, र के तिमीहरू आफूचाहिं दण्डबाट उम्कने छौ र? तिमीहरू उम्कने छैनौ, किनकि देशका सबै बासिन्दाको विरुद्धमा म एउटा तरवार पठाउँदैछु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।'
30 Dlatego ty prorokuj przeciwko nim wszystkie te słowa i powiedz im: PAN zagrzmi z wysoka i ze swego Świętego Przybytku wyda swój głos; zagrzmi nad swoim miejscem zamieszkania; wzniesie okrzyk jak tłoczący winogrona przeciwko wszystkim mieszkańcom tej ziemi.
तिनीहरूका विरुद्धमा तैंले यी सबै वचनको अगमवाणी बोल्नुपर्छ र तिनीहरूलाई यसो भन्नुपर्छ, 'परमप्रभु उच्च ठाउँहरूबाट गर्जनुहुनेछ, र आफ्नो पवित्र बासस्थानबाट उहाँको स्वरले उहाँले चर्को गरी कराउनुहुनेछ, अनि आफ्ना जातिको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ, र अङ्गुर पेल्नेहरूजस्तै पृथ्वीमा बस्ने सबैको विरुद्धमा उहाँले चर्को गरी कराउनुहुनेछ ।
31 I dojdzie wrzawa aż do krańców ziemi, bo PAN prowadzi spór z tymi narodami, sprawuje sąd nad wszelkim ciałem, bezbożnych wyda pod miecz, mówi PAN.
युद्धको आवाज पृथ्वीको कुना-कुनासम्म गुन्जिनेछ, किनकि परमप्रभुले जाति-जातिहरूको विरुद्धमा अभियोग लगाउनुहुन्छ, र सबै मानिसमाथि इन्साप ल्याउनुहुने छ, अनि दुष्टहरूलाई उहाँले तरवारले काट्नुहुनेछ, यो परमप्रभुको घोषणा हो ।’
32 Tak mówi PAN zastępów: Oto nieszczęście przejdzie z narodu na naród, a wielki wicher zerwie się od krańców ziemi.
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, विपत्ति एक जातिदेखि अर्को जातिकहाँ जाँदैछ, र पृथ्वीका पल्लो कुनाबाट प्रचण्ड आँधी सुरु हुँदैछ ।
33 I pobici przez PANA w tym dniu leżeć będą od krańca ziemi aż po kraniec ziemi; nie będą ich opłakiwać ani zbierać, ani grzebać, będą jak nawóz na polu.
तब त्यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् । तिनीहरूका निम्ति शोक गरिने, जम्मा गरने र गाडिनेछैन । तिनीहरू भुइँमा मलजस्तै हुनेछन् ।
34 Zawódźcie, pasterze, i wołajcie, tarzajcie się w popiele, wy, przewodnicy tej trzody! Dopełniły się bowiem dni waszej rzezi i rozproszenia i padniecie jak drogie naczynie.
हे गोठालाहरू हो, विलाप गर, मदतको लागि कराओ । बगालका अगुवाहरू हो, धुलोमा लडीबडी गर, किनकि तिमीहरूको हत्या गरिने दिन आएको छ । तिमीहरू माटोको भाँडाझैं खस्दा छरपष्ट हुनेछौ ।
35 Nie będzie ucieczki dla pasterzy ani ocalenia dla przewodników tej trzody.
गोठालाहरूका लागि कुनै शरणस्थान छैन । बगालका अगुवाहरूका लागि त्यहाँ भाग्ने ठाउँ हुनेछैन ।
36 [Będzie słychać] głos wołania pasterzy i zawodzenie przewodników tej trzody, bo PAN spustoszy ich pastwiska.
गोठालाहरूको रुवाइ र बगालका अगुवाहरूको विलाप सुन, किनकि परमप्रभुले तिनीहरूका खर्कहरू नष्ट पार्दै हुनुहुन्छ ।
37 I będą zniszczone spokojne łąki z powodu zapalczywości gniewu PANA.
त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।
38 Opuścił jak lew swoją jaskinię, bo ich ziemia jest spustoszona z powodu zapalczywości niszczyciela i zapalczywości jego gniewu.
जवान सिंहले झैं उहाँले आफ्नो ठाउँ छाड्नुभएको छ, किनकि अत्याचारीको रिस र उहाँको बल्दो क्रोधको कारणले तिनीहरूको देश त्रासको ठाउँ हुनेछ ।