< Izajasza 10 >
1 Biada tym, którzy wydają niesprawiedliwe ustawy, i tym, którzy wypisują dekrety ucisku;
धिक्कार तिनीहरूलाई जसले अन्यायपुर्ण कानुन जारी गर्छन् र अनुचित नियम लेख्छन् ।
2 Aby odepchnąć ubogiego od sądu i pozbawić sprawiedliwości ubogich mego ludu, aby wdowy stały się ich łupem i aby mogli ograbiać sieroty.
तिनीहरूले खाँचोमा परेकाहरूलाई न्यायबाट वञ्चित गर्छन्, मेरा मानिसका गरिबहरूलाई तिनीहरूका अधिकारहरू लूट्छन्, विधवालाई लूट्छन् र अनाथहरूलाई आफ्नो शिकार बनाउँछन् ।
3 A co uczynicie w dniu nawiedzenia i spustoszenia, który przyjdzie z daleka? Do kogo będziecie uciekać się o pomoc? I gdzie zostawicie swoją chwałę?
इन्साफको दिनमा टाढाबाट विनाश आउँदा तिमीहरू के गर्नेछौ? सहायताको निम्ति तिमीहरू कसकहाँ भागरे जानेछौ र आफ्नो सम्पत्तिलाई तिमीहरू कहाँ छोड्नेछौ?
4 Beze mnie skulą się wśród więźniów, upadną wśród zabitych. Mimo tego wszystkiego jego gniew nie ustał, ale jego ręka jest jeszcze wyciągnięta.
कुनै पनि कुरा बाँकी रहँदैन र कैदीहरूका माझमा तिमीहरू झुक्नेछौ वा मारिएकाहरू माझमा ढल्नेछौ । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु उहाँको हात अझै पसारिएकै छ ।
5 Ach, Asyryjczyk, rózga mego gniewu; w jego ręku jest kij mojego oburzenia.
अश्शूरलाई धिक्कार, जो मेरो रिसको लट्ठी हो, त्यो लहुरो जसद्वारा म आफ्नो क्रोध मच्चाउँछु!
6 Wyślę go przeciw obłudnemu narodowi, przeciw ludowi mojego gniewu przykażę mu, aby zebrał łup i zdobycz, aby zdeptał go, jak błoto na ulicach.
त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।
7 Lecz on nie tak będzie mniemał i jego serce nie będzie tak myślało, ponieważ w swoim sercu umyślił wytracić i wytępić niemało narodów.
तर यो उहाँको इच्छा होइन, न त उहाँले यसरी सोच्नुहुन्छ । धेरै जातिहरूलाई विनाश गर्ने र निमिट्यान्न पार्ने कुरा उहाँको मनमा छ ।
8 Mówi bowiem: Czyż moi książęta nie są królami?
किनकि उहाँले भन्नुहुन्छ, “मेरा सबै शासकहरू राजाहरू होइनन्?
9 Czy Kalno nie jest jak Karkemisz? Czy Chamat nie jest jak Arpad? Czy Samaria nie jest jak Damaszek?
के कल्नो कर्कमीशजस्तै होइन र? के हमात अर्पादजस्तै होइन र? के सामरिया दमस्कसजस्तै होइन र?
10 Jak moja ręka dosięgła królestw bożków, chociaż ich bożki [przewyższały] te w Jerozolimie i Samarii;
जसरी मेरो हातले मूर्तीपुजक राज्यहरूलाई जितेको छ, जसका कुँदेका मूर्तिहरू यरूशलेम र सामरियामा भएका भन्दा धेरै थिए,
11 Czyż nie uczynię z Jerozolimą i jej bożkami tak, jak uczyniłem z Samarią i jej bożkami?
सामरिया र त्यसको व्यार्थका मूर्तीहरूलाई मैले जे गरें, यरूशलेम र त्यसको मूर्तीहरूलाई पनि म त्यसै गर्नेछैन र?”
12 I stanie się, że gdy Pan dokona całego swojego dzieła nad górą Syjonu i nad Jerozolimą, ukarzę owoc wyniosłego serca króla Asyrii i pychę jego zuchwałych oczu.
जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।
13 Mówi bowiem: Dokonałem [tego] mocą swojej ręki i własną mądrością, bo jestem mądry. Zniosłem granice narodów, zabrałem ich skarby i powaliłem mieszkańców jak mocarz.
किनकि त्यसले भन्छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्याएको छु ।
14 Moja ręka sięgnęła po bogactwo narodów jak do gniazda. A jak się zbiera porzucone jajka, tak ja zgarnąłem całą ziemię; i nikt nawet skrzydłem nie poruszył, nie otworzył dzioba ani nie pisnął.
एउटा गुँडबाट झैं, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैं, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्ना पखेटाहरू चलाएनन् वा आफ्ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।”
15 Czy chełpi się siekiera wobec tego, który nią rąbie? Czy wynosi się piła nad tego, który nią piłuje? Jak gdyby rózga wywijała tym, który ją podnosi, jak gdyby kij podnosił się, jakby nie był drewnem.
के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्यक्तिलाई उचालेको जस्तो भयो ।
16 Dlatego Pan, PAN zastępów, ześle wycieńczenie na jego opasłych, a pod jego chwałą rozpali ogień, jakby płonący ogień.
यसकारण सर्वशक्तिमान् परमप्रभुले उसका कुलिन योद्धाहरू माझ रूढी पठाउनुहुनेछ । अनि उहाँको महिमाको मुनि आगोजस्तै जलन दन्काइनेछ ।
17 A Światłość Izraela będzie ogniem, a jego Święty – płomieniem, który spali i strawi jego ciernie i osty w jednym dniu.
इस्राएलको प्रकाश आगो बन्नेछ र त्यसको परमपवित्र आगोको ज्वालाजस्तो बन्नुहुनेछ । त्यसले उसको काँढाहरू र सिउँडीहरूलाई एकै दिनमा डढाउने र नष्ट पार्नेछ ।
18 Strawi także wspaniałość jego lasu i urodzajnych pól, od duszy aż do ciała, i stanie się tak jak [wtedy], gdy chorąży ucieka ze strachu.
त्यसको जङ्गलको गौरव र त्यसको फलवन्त भूमिको प्राण र शरीर दुवैलाई परमप्रभुले नष्ट पार्नुहुनेछ । यो बिरामीको शरीर गलेको जस्तो हुनेछ ।
19 A pozostałych drzew jego lasu będzie tak niewiele, że nawet dziecko będzie mogło je spisać.
त्यसको जङ्गलमा रहेका रूखहरू अति थोर बाँकी हुनेछन्, जसलाई एक जना बालकले पनि गन्न सक्छ ।
20 I w tym dniu stanie się, że resztka Izraela i ci, którzy ocaleli z domu Jakuba, nie będą już polegać na tym, który ich bije, lecz będą prawdziwie polegać na PANU, Świętym Izraela.
त्यस दिन इस्राएलका बाँकी, उम्केका याकूबका घरानाले आफूलाई पराजित गर्नेमाथि भर पर्ने छैनन्, तर तिनीहरू साँच्चै इस्राएलका परमपवित्र परमप्रभुमा भर पर्नेछन् ।
21 Resztka zawróci, resztka Jakuba, do Boga mocnego.
याकूबका बाँकी रहेकाहरू शक्तिशाली परमेश्वरकहाँ फर्कनेछन् ।
22 Bo choćby twój lud, Izraelu, był jak piasek morski, [tylko] resztka z niego powróci. Postanowione wytracenie będzie opływało w sprawiedliwość.
किनकि तपाईंका मानसिहरू इस्राएल समुद्र किनारको बालुवाझैं भए तापनि, तिनीहरूमा बाँकी रहेकाहरू मात्र फर्कनेछन् । प्रशस्त धार्मिकताले माग गरेझैं, विनाशलाई आदेश दिइएको छ ।
23 Pan BÓG zastępów dokona bowiem postanowionego wytracenia pośród całej tej ziemi.
निर्धारण गरिएको विनाशलाई परमप्रभु सर्वशक्तिमान् परमप्रभुले सम्पूर्ण देशभरि ल्याउन लाग्नुभएको छ ।
24 Dlatego tak mówi Pan BÓG zastępów: Mój ludu, który mieszkasz na Syjonie, nie bój się Asyryjczyka. Uderzy cię rózgą i swą laskę podniesie na ciebie, [tak jak] Egipt.
यसकारण परमप्रभु सर्वशक्तिमान् परमप्रभुले भन्नुहुन्छ, “ए सियोनमा बस्ने मेरा मानिसहरू हो, अश्शूरसँग नडराओ । त्यसले तिमीहरूलाई आफ्नो लट्ठीले प्रहार गर्नेछ र तिमीहरूको विरुद्धमा त्यसको लहुरो उठाउनेछ जस्तो मिश्रीहरूले गरे ।
25 Jeszcze chwila bowiem, a skończy się mój gniew i moja zapalczywość – ku ich zniszczeniu.
त्यससँग नडराओ किनकि तिमीहरू विरुद्धको मेरो रिस चाँडै अन्त हुनेछ र मेरो क्रोधले त्यसको विनाशमा लैजानेछ ।”
26 I PAN zastępów wzbudzi bicz na niego, jak podczas porażki Midianitów przy skale Oreba, i podniesie swą laskę tak, jak ją [podniósł] nad morzem, w Egipcie.
तब सर्वशक्तिमान् परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई पराजित गरेझैं तिनीहरूका विरुद्ध कोर्रा चलाउनुहुनेछ । उहाँले आफ्नो हात समुद्रमाथि उठाउनुहुनेछ र उहाँले मिश्रमा गर्नुभएझैं यसलाई माथि उचाल्नुहुनेछ ।
27 I stanie się w tym dniu, że jego brzemię zostanie zdjęte z twoich ramion i jego jarzmo z twojej szyi, a to jarzmo zostanie zniszczone z powodu namaszczenia.
त्यस दिन, तिमीहरूका कुममा भएको त्यसको बोझ र तिमीहरूको काँधमा भएको जुवा हटाइनेछ र मोटोपनको कारणले जुवा नष्ट पारिनेछ ।
28 Przybył do Ajjat, przeszedł przez Migron, w Mikmas zostawił swój oręż.
शत्रुहरू अय्यातमा आएका छन् र मिग्रोन भएर गएका छन् । मिकमाशमा त्यसले आफ्नो खाद्यन्नहरू भण्डारण गरेको छ ।
29 Przeszyli przełęcz, w Geba zanocowali; zlękła się Rama, uciekła Gibea Saula.
तिनीहरूले भञ्जयाङ पार गरेका छन् र गेबामा बास बसेका छन् । रामा काँप्छ र शाऊलको गिबा भागेको छ ।
30 Podnieś swój głos, córko Gallim! Niech słyszą w Laisz, biedny Anatot!
ए गल्लीमको छोरी, उच्च सोरमा करा! हे लाकीश, ध्यान दे! तँ विचरा अनातोत!
31 Madmena ustąpiła, mieszkańcy Gabim szykują się [do ucieczki].
मदमेना भाग्दैछ, गेबीमका बासिन्दाहरू सुरक्षाको निम्ति भाग्छन् ।
32 Jeszcze przez dzień zostanie w Nob, potrząśnie swoją ręką przeciwko córce Syjonu, wzgórzu Jerozolimy.
त्यसै दिन त्यो नोबमा रोकिनेछ र सियोनका छोरीको पर्वत र यरूशलेमका पहाडहरूतिर आफ्नो मुक्का हल्लाउनेछ ।
33 Oto Pan, PAN zastępów odetnie latorośle gwałtownie. Wznoszące się wysoko zostaną ścięte, a wyniosłe będą poniżone.
हेर, परमप्रभु सर्वशक्तिमान् परमप्रभुले डरलाग्दो विनाशसँगै हाँगाहरू लुछ्नुहुनेछ । सबैभन्दा अग्ला रूखहरू काटिनेछन् र अहङ्कारीलाई होच्याइनेछ ।
34 Wytnie także gęstwiny lasu siekierą, a Liban upadnie od wielmożnego.
उहँले वनका झाडीहरूलाई वन्चरोले काट्नुहुनेछ र लेबनानको आफ्नो गौरव पतन हुनेछ ।