< Ozeasza 8 >
1 [Przyłóż] trąbę do ust [i mów]: [Oto przyleci] na dom PANA jak orzeł, gdyż złamali moje przymierze i przekroczyli moje Prawo.
“तुरही फुक्न तयार होओ! परमप्रभुको मन्दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।
2 Izrael będzie wołać do mnie: Mój Boże, znamy cię.
तिनीहरू मलाई पुकारा गर्छन्, ‘हे मेरा परमेश्वर, इस्राएलीमा हामी तपाईंलाई चिन्दछौं ।’
3 [Ale] Izrael odrzucił dobro. Wróg będzie go ścigać.
तर इस्राएलले जे असल छ त्यो इन्कार गरेको छ, र सत्रुले त्यसलाई खेद्नेछ ।
4 Oni ustanawiają królów, ale beze mnie; wybierają książąt, [lecz] bez mojej wiedzy. Ze swego srebra i złota czynią sobie bożki na własną zgubę.
मैले नचुनेका राजाहरूलाई, तिनीहरूले स्थापित गरेका छन् । तिनीहरूले मलाई नसोधी राजकुमारहरू नियुक्त गरेका छन् । आफ्ना चाँदी र सुनले, आफ्नै निम्ति तिनीहरूले मूर्तिहरू बनाएका छन्, तर तिनीहरूको विनाश हुनलाई नै यसो भयो ।”
5 Twój cielec cię odrzucił, Samario! Mój gniew zapłonął przeciwko nim. Jak długo [jeszcze] nie będą oczyszczeni?
“ए समारिया, तेरो बाछो तिरस्कृत भएको छ । यी मानिसहरूका विरूद्धमा मेरो क्रोध जल्दैछ । किनकि कहिलेसम्म तिनीहरू दोषी रहनेछन्?
6 On bowiem jest z Izraela, rzemieślnik go wykonał, nie jest więc Bogiem. Cielec Samarii obróci się w proch.
किनकि यो मूर्ति इस्राएलबाट आएको हो । एउटा कारिगरले त्यो बनायो । त्यो परमेश्वर होइन! सामरियाको बाछोलाइ टुक्रा-टुक्रा पारिनेछ ।
7 Oni bowiem posiali wiatr, będą zbierać wicher. Nie ma żadnego źdźbła. Kłos nie wyda mąki, a choćby wydał, obcy ją zjedzą.
किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन् । खडा बालीमा बालाहरू छैनन्, र त्यसले केही फसल दिंदैन । त्यसमा फसल लाग्यो भने, परदेशीहरूले त्यो सखाप पार्नेछन् ।
8 Izrael będzie pożarty, wkrótce staną się wśród pogan jak naczynie, z którego nie ma żadnej pociechy.
इस्राएल निलिएको छ । अब जातिहरूमा बिचमा ती काम नलाग्ने वस्तुझैं रहन्छन् ।
9 Uciekli bowiem do Asyrii [jak] dziki samotny osioł. Efraim najął [sobie] kochanków.
किनकि वन-गधा एक्लै गएझैं, तिनीहरू अश्शूरसम्म गए । एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्त गरेको छ ।
10 A chociaż najęli spośród narodów, [ja] ich wkrótce zbiorę i ucierpią nieco z powodu brzemienia króla książąt.
तिनीहरूले जातिहरूका बिचमा प्रेमीहरू नियुक्त गरे तापनि, अब तिनीहरूलाई म एकसाथ भेला गराउनेछु । राजकुमारहरूका राजाको दमनको कारणले, तिनीहरू दुःखी हुन लाग्नेछन् ।
11 Ponieważ Efraim pomnożył ołtarze, by grzeszyć, [te] ołtarze staną się dla niego [powodem] grzechu.
किनकि पापबलिहरूका निम्ति एफ्राइमले वेदीहरूको सङ्ख्या बढाएका छन्, तर झन् पाप गर्ने वेदीहरू ती भएका छन् ।
12 Wypisałem mu wielkie rzeczy z mojego Prawa, [ale] on je uważał za coś obcego.
तिनीहरूका निम्ति मैले आफ्नो व्यवस्थालाई दस हजारपल्ट लेखे पनि, तिनीहरूले त्यसलाई कुनै नयाँ कुराजस्तो गरी हेर्छन् ।
13 Z ofiar moich darów składają w ofierze mięso i jedzą [je, ale] PAN tego nie przyjmuje. Już wspomina ich nieprawość i ukarze ich za grzechy. Powrócą do Egiptu.
मेरा भेटीहरूका बलिदानको बारेमा, तिनीहरूले मासु चढाउँछन् र त्यो खान्छन्, तर म, परमप्रभुले त्यो ग्रहण गर्दिनँ । अब म तिनीहरूका अधर्मका बारेमा विचार गर्नेछु, र तिनीहरूका पापलाई दण्ड दिनेछु । तिनीहरू मिश्रदेशमा फर्कनेछन् ।
14 Zapomniał Izrael o swoim Stwórcy i pobudował świątynie, a Juda rozmnożył miasta warowne. Ale ja poślę ogień na jego miasta, który pożre jego pałace.
इस्राएलले आफ्ना सृष्टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएका छ । यहूदाले धेरै सहरहरूलाई किल्लाबन्दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्लाहरू भष्म पार्नेछ ।