< Aggeusza 1 >
1 W drugim roku króla Dariusza, w szóstym miesiącu, pierwszego dnia [tego] miesiąca, słowo PANA doszło przez proroka Aggeusza do Zorobabela, syna Szealtiela, namiestnika Judy, i do Jozuego, syna Josadaka, najwyższego kapłana, mówiące:
दारा राजाको दोस्रो बर्षको छैटौँ महिनाको पहिलो दिनमा, शालतिएलका छोरा यहूदाका राज्यपाल यरुबाबेल, र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो,
2 Tak mówi PAN zastępów: Ten lud powiada: Jeszcze nie nadszedł czas, czas budowania domu PANA.
“सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: यी मानिसहरू भन्छन्, ‘हामी आएर परमप्रभुको भवन निर्माण गर्ने समय अझै आएको छैन’ ।”
3 Wówczas słowo PANA doszło przez proroka Aggeusza mówiące:
त्यसपछि अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो,
4 A czy dla was [jest] to czas, abyście mieszkali w swoich domach wyłożonych deskami, podczas gdy ten dom [leży] opustoszały?
“यो मन्दिर ध्वस्त हुँदा के यो तिमीहरू आफ्ना सुन्दर घरहरूमा बस्ने समय हो?
5 Teraz więc [tak] mówi PAN zastępów: Zastanówcie się nad swoimi drogami.
यसैकारण सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: आफ्ना मार्गहरूमाथि ध्यान देओ!
6 Siejecie wiele, a mało zbieracie; jecie, ale się nie nasycacie; pijecie, ale nie gasicie pragnienia; ubieracie się, lecz nikt nie może się ogrzać, a ten, kto gromadzi zarobek, gromadzi go w dziurawym worku.
तिमीहरूले प्रशस्त बीऊ छरेका छौ, तर फसल भने थोरै मात्र ल्याउँछौ, तिमीहरू खान्छौ तर तिमीहरूसँग पर्याप्त छैन । तिमीहरू पिउँछौ, तर प्रशस्त मद्य तिमीहरूसँग छैन । तिमीहरू लुगा लगाउँछौ तर आफैँलाई तातो राख्न सक्दैनौ, र ज्यालादारीमा काम गर्नेहरूले पैसा कमाउँछन् तर तिनीहरूले ती प्वालहरू भएका झोलामा राख्दछन् ।”
7 Tak mówi PAN zastępów: Zastanówcie się nad swoimi drogami.
सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: “आफ्ना मार्गहरूमाथि ध्यान देओ ।
8 Wstąpcie na tę górę i sprowadźcie drewno; zbudujcie ten dom, a upodobam go sobie i będę uwielbiony, mówi PAN.
माथि पर्वतमा जाओ, काठहरू ल्याओ, र मेरो भवन बनाओ, अनि म त्यसमा आनन्द मनाउनेछु, र म महिमित हुनेछु - परमप्रभु भन्नुहुन्छ ।”
9 Liczyliście na wiele, a oto [było] tego mało, a to, co przynieśliście do domu, ja rozdmuchałem. Dlaczego? – mówi PAN zastępów. Dlatego że mój dom jest pusty, podczas gdy każdy z was troszczy się o swój dom.
“तिमीहरूले धेरै कुराको खोजी गर्यौ, तर हेर! तिमीहरूले घरमा थोरै कुरा ल्यायौ, कनभने मैले ती उडाइदिएँ । किन?” सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । “किनभने मेरो भवन भग्नावशेषको बिचमा छ, तर तिमीहरू हरेक भने आफ्नै घर बनाउन लागिपरेका छौ ।
10 Dlatego niebo wstrzymało nad wami rosę, a ziemia wstrzymała wydawanie swego plonu.
यसैकारण आकाशले आफ्नो शीत रोकिदिनेछ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछैन ।
11 Sprowadziłem suszę na tę ziemię, na te góry, na pszenicę, na moszcz i na oliwę, na [to], co ziemia wydaje, na ludzi i na bydło, i na wszelką pracę rąk.
मैले भूमि, पर्वतहरू, अन्न, नयाँ मद्य, तेल, पृथ्वीका उब्जनीहरू, मानिसहरू, पशुहरू, र तिमीहरूका हातका परिश्रममाथि अनिकाल बोलाएको छु ।”
12 Wtedy Zorobabel, syn Szealtiela, i najwyższy kapłan Jozue, syn Josadaka, oraz cała resztka ludu wysłuchali głosu PANA, swego Boga, i słów proroka Aggeusza, ponieważ posłał go PAN, ich Bóg, a lud bał się PANA.
अनि शालतिएलका छोरा यरुबाबेल, र येहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूले, बाँकी रहेका सबै मानिसका साथमा तिनीहरूका परमेश्वर परमप्रभुको आवाज र अगमवक्ता हाग्गैका वचनलाई पालन गरे, किनभने तिनीहरूका परमेश्वर परमप्रभुले तिनलाई पठाउनुभएको थियो र मानिसहरूले परमप्रभुको भय मान्थे ।
13 Wtedy Aggeusz, posłaniec PANA, przemówił do ludu, [głosząc] przesłanie PANA: Ja jestem z wami, mówi PAN.
त्यसपछि परमप्रभुका समाचारवाहक, हाग्गैले मानिसहरूलाई यसो भनी परमप्रभुको सन्देश सुनाए, “म तिमीहरूसँग छु - परमप्रभु घोषणा गर्नुहुन्छ ।”
14 I PAN wzbudził ducha Zorobabela, syna Szealtiela, namiestnika Judy, i ducha Jozuego, syna Josadaka, najwyższego kapłana, oraz ducha całej reszty ludu, tak że przyszli i podjęli pracę przy domu PANA zastępów, swego Boga;
यसकारण परमप्रभुले यहूदाका राज्यपाल, शालतिएलका छोरा यरुबाबेल, येहोसादाकका छोरा प्रधान पुजारी यहोशू, र सबै बाँकी रहेका मानिसहरूका आत्मालाई उत्तेजित गरिदिनुभयो, अनि तिनीहरू गए र तिनीहरूका परमेश्वर सेनाहरूका परमप्रभुको भवनमा काम गरे ।
15 Dnia dwudziestego czwartego, szóstego miesiąca, w drugim roku króla Dariusza.
दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा यो भयो ।