< Habakuka 3 >
1 Modlitwa proroka Habakuka na Syggajon.
अगमवक्ता हबकूकको प्रार्थना ।
2 PANIE, usłyszałem twoją wieść i uląkłem się. PANIE, ożyw swoje dzieło w środku lat, objaw je w środku lat; w gniewie pamiętaj o miłosierdziu.
परमप्रभु मैले तपाईंको बयान सुनेको छु, र म भयभीत भएको छु । परमप्रभु, यी समयहरूको बिचमा आफ्नो काम पुनर्जीवित पार्नुहोस् । यी समयहरूको बिचमा ती परिचित बनाउनुहोस् । तपाईंको क्रोधको समयमा कृपा गर्न सम्झनुहोस् ।
3 Bóg szedł z Temanu, Święty z góry Paran, (Sela) Jego majestat okrył niebiosa, ziemia była pełna jego chwały.
परमेश्वर तेमानबाट आउनुभयो, र एकमात्र पवित्रचाहिँ पारान पर्वतबाट आउनुभयो । सेला उहाँको महिमाले आकाशहरू ढाके, र पृथ्वी उहाँको प्रशंसाले भरिएको छ ।
4 Jego blask był jak światłość, rogi wychodziły z jego rąk, a tam była ukryta jego moc.
प्रकाशझैँ चम्किलो, दुईवटा किरण उहाँको हातबाट चम्कियो, र उहाँले आफ्नो शक्ति त्यहाँ लुकाउनुहुन्छ ।
5 Przed nim szła zaraza, płonące węgle szły przed jego nogami.
उहाँभन्दा अगि घातक रोग फैलियो, र महामारीले उहाँलाई पछ्यायो ।
6 Stanął i zmierzył ziemię, spojrzał i rozproszył narody; góry wieczyste zostały skruszone, skłoniły się pagórki dawne. Jego drogi są wieczne.
उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ ।
7 Widziałem namioty Kuszanu dotknięte uciskiem, a zasłony ziemi Midian drżały.
मैले कूशनका पालहरूलाई दु: खमा देखेँ, र मिद्दानको भुमिमा भएका पालहरूका रचनाहरूलाई काँपिरहेको देखेँ ।
8 Czy PAN rozgniewał się przeciwko rzekom? Czy [skierowałeś] przeciwko rzekom swój gniew? Czy przeciwko morzu zwróciło się twoje oburzenie, gdy jechałeś na swoich koniach [i na] swoich rydwanach zbawienia?
के परमप्रभु नदीहरूसँग रिसाउनुभएको थियो? तपाईं घोडाहरूमाथि र विजयी रथहरूमाथि चढ्नुहुँदा के तपाईंको क्रोध नदीहरूको विरुद्धमा थियो, वा तपाईंको रिस समुद्रको विरुद्धमा थियो?
9 Twój łuk został obnażony [z powodu] przysięgi wypowiedzianej pokoleniom. (Sela) Podzieliłeś ziemię rzekami.
तपाईंले आफ्नो नाङ्गो धनु बाहिर निकाल्नुभएको छ, र तपाईंले आफ्नो धनुमा तिर राख्नुहुन्छ! सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो ।
10 Widziały cię góry [i] zadrżały, ulewa wód przeminęła. Przepaść wydała swój głos, wysoko podniosła swoje ręce.
पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।
11 Słońce i księżyc zatrzymały się w swoim przybytku, szli przy blasku [twoich] strzałów [i] przy blasku twojej lśniącej włóczni.
तपाईंका तिरहरू उडेर चम्किँदा, तपाईंको चम्किलो भालाको चमक आउँदा, सूर्य र चन्द्र तिनीहरूकै उच्च स्थानमा अडिरहे ।
12 W gniewie deptałeś ziemię, w zapalczywości młóciłeś pogan.
तपाईं पृथ्वीमाथि क्रोधमा हिँड्नुभएको छ । क्रोधमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभएको छ ।
13 Wyruszyłeś, aby wybawić swój lud, by ze swoim pomazańcem [go] wybawić; zraniłeś głowę z domu niegodziwego, odkrywając fundament aż do szyi. (Sela)
तपाईं आफ्ना मानिसहरूको मुक्ति, आफ्नो अभिषिक्त जनको मुक्तिको निम्ति निस्कनुभयो । दुष्टको घरानाको मुखियालाई तपाईंले चकनाचुर पार्नुभयो र त्यसको खुट्टादेखि घाँटीसम्म त्यसलाई नाङ्गो पारिदिनुभयो । सेला
14 Jego oszczepami przebiłeś głowę jego wsi; burzyli się jak wicher, aby mnie rozproszyć; cieszyli się, jakby mieli potajemnie pożreć ubogiego.
तपाईंले त्यसका लडाकुहरूका शिरलाई तिनीहरूकै तिरले छेडिदिनुभयो किनभने तिनीहरू हामीलाई तितरबितर गर्न आँधीझैँ आए, शरणस्थानमा दरिद्रहरूलाई भस्म पार्नेको झैँ तिनीहरूको नजर थियो ।
15 Jechałeś przez morze na swoich koniach, [przez] skupisko wielkich wód.
तपाईं आफ्ना घोडाहरूमा समुद्रमाथि हिँड्नुभएको छ, र समुद्रमाथि तपाईंले कुल्चनुभएको छ ।
16 Gdy to usłyszałem, zatrzęsło się moje wnętrze, na ten głos zadrżały moje wargi. Zgnilizna przeniknęła moje kości i cały się trząsłem, słysząc, że mam odpocząć w dniu utrapienia. Gdy nadciągnie na ten lud, zgładzi ich swoim wojskiem.
मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्डीहरू मक्किन्छन्, र म भित्र-भित्रै काँप्छु ।
17 Choćby drzewo figowe nie zakwitło i nie było plonu w winnicach, choćby i owoc oliwy zawiódł, i pola nie przyniosły żywności, trzoda zniknęła z owczarni, i nie było bydła w oborach;
अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।
18 Ja jednak będę się radował w PANU, rozraduję się w Bogu mojego zbawienia.
म अझै पनि परमप्रभुमा रमाहट गर्नेछु । मेरो मुक्तिको परमेश्वरको कारण म खुशी हुनेछु ।
19 Pan BÓG jest moją siłą i uczyni moje nogi jak [nogi] łań, i sprawi, że będę chodzić po wyżynach. Przewodnikowi chóru, na moje instrumenty strunowe.
परमप्रभु परमेश्वर मेरो शक्ति हुनुहुन्छ र उहाँले मेरा खुट्टालाई हरिणका झैँ बनाउनुहुन्छ । उहाँले मलाई उच्च स्थानहरू अगि जान दिनुहुन्छ । सङ्गीत निर्देशकको निम्ति, मेरा तार- वाद्दहरुमा बजाइने राग ।