< Rodzaju 48 >
1 Gdy to się stało, dano znać Józefowi: Oto twój ojciec zachorował. Wziął więc ze sobą swoich dwóch synów, Manassesa i Efraima.
यी कुराहरू भएको केही समयपछि “हेर्नुहोस्, हजुरका पिता बिरामी हुनुहुन्छ” भनेर कसैले योसेफलाई खबर दियो । यसकारण तिनले आफ्ना दुई छोरा मनश्शे र एफ्राइमलाई आफ्नो साथमा ल्याए ।
2 I powiedziano Jakubowi: Oto twój syn Józef idzie do ciebie. A Izrael zebrał siłę i usiadł na łożu.
जब “हेर्नुहोस्, तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्” भन्ने खबर कसैले याकूबलाई सुनायो, इस्राएल आफै बल गरेर पलङ्गमा बसे ।
3 Wtedy Jakub powiedział do Józefa: Bóg Wszechmogący ukazał mi się w Luz, w ziemi Kanaan, i błogosławił mi.
याकूबले योसेफलाई भने, “सर्वशक्तिमान् परमेश्वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो । उहाँले मलाई आशीर्वाद दिनुभयो
4 I powiedział do mnie: Oto ja uczynię cię płodnym i rozmnożę cię, i wywiodę z ciebie wielki lud. I dam tę ziemię twemu potomstwu po tobie w wieczne dziedzictwo.
र भन्नुभयो, 'हेर, म तँलाई फल्दो-फुल्दो बनाउनेछु, र तेरो वृद्धि गराउनेछु । तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु । म यो देश अनन्त अधिकारको रूपमा तेरा सन्तानलाई दिनेछु ।’
5 Dlatego teraz twoi dwaj synowie, Efraim i Manasses, którzy urodzili ci się w ziemi Egiptu, zanim przyszedłem tu do ciebie do Egiptu, są moimi. Będą moi jak Ruben i Symeon.
अब म मिश्रमा आउनअगि मिश्रमा जन्मेका तेरा यी दुई जना छोराहरू मेरै हुन् । रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्शे मेरै हुनेछन् ।
6 Ale twoje dzieci, które spłodzisz po nich, będą twoje; będą zwane w swych posiadłościach imieniem swoich braci.
तिनीहरूभन्दा पछि जन्मेका सन्तानहरूचाहिँ तेरा हुनेछन् । यिनीहरूका नाम पनि यिनका दाजुभाइहरूले पाउने हकमा सूचीबद्ध गरिनेछ ।
7 A gdy wracałem z Paddan, umarła mi Rachela w ziemi Kanaan, w drodze, gdy byłem jeszcze w niewielkiej odległości od Efraty, i pogrzebałem ją tam przy drodze do Efraty, czyli Betlejem.
म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्न अझ केही टाढा छँदै कनान देशमा राहेल मरिन् । मैले तिनलाई एप्रात अर्थात् बेथलेहेम जाने बाटोमा गाडेँ ।”
8 A gdy Izrael zobaczył synów Józefa, zapytał: Czyi oni są?
योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्?”
9 Józef odpowiedział swemu ojcu: To są moi synowie, których Bóg dał mi tutaj. A [on] powiedział: Proszę, przyprowadź ich do mnie, abym im błogosławił.
योसेफले आफ्ना बुबालाई भने, “यिनीहरू परमेश्वरले मलाई यहाँ दिनुभएका मेरा छोराहरू हुन् ।” इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, ताकि म तिनीहरूलाई आशीर्वाद दिऊँ ।”
10 A oczy Izraela były tak słabe ze starości, że nie mógł widzieć. I przyprowadził ich do niego, a [Jakub] ich pocałował i uścisnął.
त्यस बेला तिनको उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, त्यसैले तिनले देख्न सकेनन् । यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए, अनि तिनले तिनीहरूलाई म्वाइँ खाएर अँगालो हाले ।
11 Potem Izrael powiedział do Józefa: Nie spodziewałem się, że będę jeszcze oglądał twoją twarz, a oto Bóg dał mi widzieć nawet twoje potomstwo.
इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख फेरि देख्न पाउँला भनी ठानेकै थिइनँ, तर मलाई परमेश्वरले तेरा सन्तान पनि देख्न दिनुभयो ।”
12 Wtedy Józef odsunął ich od jego kolan i pokłonił się twarzą aż do ziemi.
तब योसेफले तिनीहरूलाई इस्राएलका घुँडाको बिचबाट हटाए, र तिनले भुइँमा घोप्टेर दण्डवत् गरे ।
13 Potem Józef wziął obydwu i [postawił] Efraima po swojej prawej ręce, czyli po lewej stronie Izraela; a Manassesa po swojej lewej ręce, czyli po prawej stronie Izraela, i przyprowadził ich do niego.
योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्याए ।
14 Izrael wyciągnął swoją prawą rękę, położył ją na głowę Efraima, który był młodszy, a swoją lewą rękę na głowę Manassesa, umyślnie pokładając swoje ręce, choć pierworodny był Manasses.
इस्राएलले आफ्नो दाहिने हात पसारेर कान्छा एफ्राइमको टाउकोमा र आफ्नो देब्रे हात मनश्शेको टाउकोमा राखे । मनश्शे जेठा भएकाले तिनले आफ्नो एउटा हात अर्को हातमाथि खप्ट्याए ।
15 I błogosławił Józefowi, mówiąc: Bóg, przed którego obliczem chodzili moi ojcowie, Abraham i Izaak, Bóg, który mnie żywił od mej młodości aż do dziś;
इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्वरको सामुन्ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्वरले मेरो जीवनभरि आजसम्म मेरो वास्ता गर्नुभएको छ,
16 Anioł, który wybawił mnie ze wszelkiego zła, niech błogosławi tym chłopcom i niech będą nazywani [od] mego imienia i od imienia moich ojców, Abrahama i Izaaka, i niech się rozmnożą na ziemi.
ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् । मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् । पृथ्वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून् ।”
17 A gdy Józef zobaczył, że jego ojciec położył swoją prawą rękę na głowę Efraima, nie podobało mu się to. Wziął więc rękę swego ojca, aby ją przenieść z głowy Efraima na głowę Manassesa.
जब योसेफले तिनका बुबाले आफ्ना दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखे, यो उनलाई मन परेन । तिनले एफ्राइमको टाउकोबाट मनश्शेको टाउकोमा राख्न भनी तिनका बुबाको हात उठाए ।
18 I Józef powiedział do swego ojca: Nie tak, mój ojcze. Ten bowiem [jest] pierworodny, połóż swoją prawą rękę na jego głowę.
योसेफले आफ्ना बुबालाई भने, “हे मेरा बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो । तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस् ।”
19 Ale jego ojciec wzbraniał się i powiedział: Wiem, mój synu, wiem. Ten też stanie się ludem i on też urośnie, ale jego młodszy brat go przewyższy, a z jego potomstwa wyjdzie mnóstwo narodów.
तर तिनका बुबाले अस्वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ । यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ । तापनि यसको भाइचाहिँ योभन्दा महान् हुनेछ, र त्यसका सन्तान जाति-जातिहरूको एक समूह हुनेछ ।”
20 Błogosławił im więc tego dnia, mówiąc: Przez ciebie Izrael będzie błogosławił, mówiąc: Niech Bóg cię uczyni jak Efraim i jak Manasses. Tak wyróżnił Efraima przed Manassesem.
इस्राएलले तिनीहरूलाई त्यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्तो आशीर्वाद दिनेछन्, ‘परमेश्वरले तँलाई एफ्राइम र मनश्शेजस्तै बनाऊन्’।” यसरी तिनले मनश्शेभन्दा एफ्राइमलाई नै अगाडि राखे ।
21 Potem Izrael powiedział do Józefa: Oto ja umieram, ale Bóg będzie z wami i przywróci was do ziemi waszych ojców.
इस्राएलले योसेफलाई भने, “हेर्, म मर्न लागेको छु, तर परमेश्वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा फर्काएर लैजानुहुनेछ ।
22 Oto daję ci jedną część więcej niż twoim braciom, którą nabyłem moim mieczem i moim łukiem z ręki Amorytów.
त्यसबाहेक तेरा दाजुभाइहरूभन्दा तँमाथि भएकोले मैले आफ्नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा म तँलाई दिन्छु ।”