< Rodzaju 22 >

1 Po tych wydarzeniach Bóg wystawił Abrahama na próbę i powiedział do niego: Abrahamie! A on odpowiedział: Oto jestem.
यी कुराहरूपछि परमेश्‍वरले अब्राहामको जाँच गर्नुभयो । उहाँले तिनलाई भन्‍नुभयो, “ए अब्राहाम!” अब्राहमले भने, “म यहीँ छु ।”
2 I [Bóg] powiedział: Weź teraz swego syna, twego jedynego, którego miłujesz, Izaaka, idź do ziemi Moria i tam złóż go na ofiarę całopalną na jednej górze, o której ci powiem.
त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा । त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्‌, जुन म तँलाई बताउनेछु ।”
3 Abraham wstał więc wcześnie rano, osiodłał swego osła i wziął ze sobą dwóch służących i swego syna Izaaka, narąbał drew na ofiarę całopalną, wstał i poszedł na miejsce, o którym mu Bóg powiedział.
त्यसैले अब्राहाम बिहानै उठेर गधामा काठी कसे, अनि आफ्‍ना दुई जवान मानिसहरू र आफ्‍नो छोरो इसहाकलाई साथमा लिए । उनले होमबलिको निम्‍ति दाउरा चिरे, त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँतर्फ यात्रा सुरु गरे ।
4 A trzeciego dnia Abraham podniósł swe oczy i zobaczył z daleka to miejsce.
तेस्रो दिन अब्राहामले माथि हेरे र टाढा त्‍यो ठाउँ देखे ।
5 Wtedy Abraham powiedział do swoich służących: Zostańcie tu z osłem, a ja i chłopiec pójdziemy tam, oddamy cześć [Bogu] i wrócimy do was.
अब्राहामले आफ्‍ना जवान मानिसहरूलाई भने, “तिमीहरू गधासँग यहीँ बस, अनि म र यो केटो त्यहाँ जानेछौँ । हामी पूजा गर्नेछौँ र तिमीहरूकहाँ फेरि फर्केर आउनेछौँ ।”
6 Wziął więc Abraham drwa na ofiarę całopalną i włożył je na swego syna Izaaka, [a sam] wziął do ręki ogień i nóż i poszli obaj razem.
त्यसपछि अब्राहामले होमबलिको निम्ति दाउरा लिए र आफ्‍नो छोरो इसहाकलाई बोकाए । उनले आगो र छुरी आफ्‍नो हातमा लिए अनि ती दुवै जना सँगसँगै गए ।
7 I Izaak powiedział do swego ojca Abrahama: Mój ojcze! A [on] odpowiedział: Oto jestem, mój synu. I [Izaak] zapytał: Oto ogień i drwa, a gdzie jest baranek na ofiarę całopalną?
इसहाकले आफ्‍ना पिता अब्राहामलाई भने, “बुबा,” अनि तिनले भने, “म यहीँ छु, मेरो छोरा ।” त्‍यसले भन्‍यो, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिको लागि थुमाचाहिँ खोइ?”
8 Abraham odpowiedział: Bóg sobie upatrzy baranka na ofiarę całopalną, mój synu. I szli obaj razem.
अब्राहामले भने, “मेरो छोरा, परमेश्‍वरले नै होमबलिको निम्‍ति थुमा जुटाइदिनुहुनेछ ।” अनि ती दुवै सँगसँगै गए ।
9 A gdy przyszli na miejsce, o którym mu Bóg powiedział, Abraham zbudował tam ołtarz, ułożył na nim drwa, związał swego syna Izaaka i położył go na ołtarzu na drwach.
परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्‍यहाँ एउटा वेदी बनाएर दाउरा राखे । त्‍यसपछि तिनले आफ्‍नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे ।
10 Potem Abraham wyciągnął rękę i wziął nóż, aby zabić swego syna.
अब्राहामले आफ्‍नो छोरालाई मार्न छुरी उठाए ।
11 Lecz Anioł PANA zawołał do niego z nieba: Abrahamie, Abrahamie! A [on] odpowiedział: Oto jestem.
त्यसपछि परमप्रभुका एक जना दूतले स्‍वर्गबाट तिनलाई भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु ।”
12 [Anioł] powiedział: Nie podnoś ręki na chłopca i nic mu nie czyń, bo teraz wiem, że boisz się Boga i nie odmówiłeś mi swego jedynego syna.
उनले भने, “तेरो हात त्‍यस केटामाथि नउठा, न त त्‍यसलाई केही गर, आफ्‍नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌ भन्‍ने देखेर तैँले परमेश्‍वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ
13 A Abraham podniósł swe oczy i spojrzał, a oto za nim baran zaplątał się rogami w zaroślach. Abraham poszedł więc i wziął barana, i złożył go na ofiarę całopalną zamiast swego syna.
।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्‍झेर फसेको देखे । अब्राहामले गएर त्‍यस भेडालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि चढाए ।
14 I Abraham nadał temu miejscu nazwę: PAN upatrzy. Dlatego po dziś dzień mówią: Na górze PANA będzie upatrzony.
यसकारण अब्राहामले त्‍यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्‍छ” राखे, र “परमप्रभुको डाँडामा जुटाइनेछ” भनी आजसम्म पनि भनिन्‍छ ।
15 Wtedy Anioł PANA ponownie zawołał z nieba na Abrahama:
परमप्रभुका दूतले दोस्रो पल्‍ट स्‍वर्गबाट अब्राहामलाई बोलाएर भने,
16 Przysiągłem na siebie samego, mówi PAN: Ponieważ to uczyniłeś i nie odmówiłeś mi swego syna, twego jedynego;
यो परमप्रभुको घोषणा हो, “मैले आफ्‍नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात्‌ तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले
17 Błogosławiąc, będę ci błogosławić, a rozmnażając, rozmnożę twoje potomstwo jak gwiazdy na niebie i jak piasek na brzegu morza; a twoje potomstwo odziedziczy bramy swoich nieprzyjaciół.
म निश्‍चय नै तँलाई आशिष्‌ दिनेछु र म तेरा सन्‍तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्‍याउनेछु । तेरा सन्‍तानले आफ्‍ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन्‌ ।
18 I w twoim potomstwie będą błogosławione wszystkie narody ziemi, dlatego że posłuchałeś mojego głosu.
तेरा सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌ ।”
19 Abraham wrócił więc do swoich służących i wstali, i wspólnie udali się do Beer-Szeby. Abraham bowiem mieszkał w Beer-Szebie.
त्‍यसैले अब्राहाम आफ्‍ना जवान मानिसहरूकहाँ फर्केर आए, र तिनीहरू बेर्शेबासम्‍म सँगसँगै गए, अनि उनी बेर्शेबामा बसोबास गरे ।
20 Po tych wydarzeniach doniesiono Abrahamowi: Oto Milka również urodziła dzieci twemu bratu Nachorowi;
यी कुराहरू भएको केही समयपछि “मिल्‍काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्‍माइन्‌” भन्‍ने कुरा अब्राहामले सुने ।
21 Usa, jego pierworodnego, Buza, jego brata, i Kemuela, ojca Arama;
तिनीहरू जेठो ऊज, त्‍यसको भाइ बूज, र आरामका पिता कमूएल,
22 I Keseda, Chazo, Pildasza, Jidlafa i Betuela.
र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए ।
23 Betuel zaś spłodził Rebekę. Tych ośmiu urodziła Milka Nachorowi, bratu Abrahama.
बतूएल रिबेकाका पिता भए । अब्राहामका भाइ नाहोरबाट मिल्‍काले जन्माएका आठ छोराहररू यी नै थिए ।
24 A jego nałożnica, której imię było Reuma, urodziła też Tebacha, Gachama, Tachasza i Maakę.
यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्‍माई ।

< Rodzaju 22 >